राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठ्माण्डौ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले उक्त प्रतिवेदन पेस गरेकी हुन्।

वार्षिक प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट सम्बन्धित तहको अदालतमा दायर रहेका मुद्दा, रिट तथा निवेदनमध्ये ७५ हजार १६५ थान फछ्र्यौट भएकामा सरकारको पक्षमा फछ्र्यौट प्रतिशत ६६.३४ रहेको छ।

यस आर्थिक वर्षमा देशैभरका अनुसन्धान निकायमा दर्ता भएका नेपाल सरकार वादी भएका मुद्दासँग सम्बन्धित कसुरको संख्या ५९ हजार ३५५ रहेकामा सरकारी वकिल कार्यालयबाट नेपाल सरकार वादी भई ४२ हजार १०९ थान मुद्दामा ६६ हजार ३८२ जना व्यक्ति उपर मुद्दा चलाउने गरी निर्णय भएको छ।

त्यस्तै, चार हजार ५४७ थान मुद्दामा  चार हजार ८४१ जना व्यक्तिउपर मुद्दा नचलाउने निर्णय भएको प्रतिवेदनमा छ। त्यसैगरी महान्यायाधिवक्ताको कार्यालय तथा मातहत कार्यालयबाट कुल तीन हजार ७५ प्रतिवादी रहेको दुई हजार ६१२ थान मुद्दामा मिलापत्रको आदेश भएको छ।

यस आवमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयहरूसँग ५२ वटा विषयमा कानुनी राय माग भएकामा ४७ वटा विषयमा राय प्रदान गरिएको छ। महान्यायाधिवक्ताको कार्यालय र मातहत कार्यालयबाट अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको जम्मा संख्या एक लाख २७ हजार ४०९ रहेको छ । नेपाल सरकार वादी भएका मुद्दाको सङ्ख्या एक लाख पाँच हजार ३६, नेपाल सरकारउपर दायर भएका रिटको संख्या १६ हजार ५१४ र अन्य निवेदनको सङ्ख्या पाँच हजार ८५९ रहेको छ। संख्या गत आर्थिक वर्षको भन्दा ३.९० प्रतिशतले कमी हो।

नेपालको संविधानको धारा १५९ को उपधारा (१) मा महान्यायाधिवक्ताले प्रत्येक वर्ष संविधान र सङ्घीय कानुनबमोजिम आफूले सम्पादन गरेको कामको वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष पेस गर्ने व्यवस्था रहेको छ। रासस

प्रचण्डविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाहीको माग गरेको रिटमा आज सुनुवाइ हुने

काठ्माण्डौ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाहीको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदातलमा सुनुवाइ हुने भएको छ। न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको रिटमा आज सुनुवाइ हुने भएको हो।

अधिवक्ता ज्ञानेन्द्रराज आरण, रामेछापका कल्याण बुढाथोकीसहितले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै २०७९ साल फागुन २३ गते सर्वोच्चमा रिट दिएका थिए।

प्रचण्डले २०७६ माघ १ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधनका क्रममा १७ हजारमध्ये ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर प्रचण्डले पाँच हजार व्यक्ति मारेको जिम्मेवारी लिने साबिती बयान दिएको र त्यसका आधारमा तत्काल प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय दिनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो।

‘मान्छे मारे भन्ने छुट कसैलाई पनि छैन। व्यक्ति हत्या मैले नै गरेको हुँ भनेर कानुनलाई चुनौति दिंदा पीडित पक्षलाई चोट पर्नु स्वाभाविक हुन्छ। प्रचण्डको २०७६/१०/०१ गतेको सार्वजनिक स्वीकारोक्ति (हत्याको), हुँकार, कानुन हातमा लिएर दिएको सार्वजनिक अभिव्यक्ति, ५००० व्यक्ति मारेको भन्ने साविति बयान निम्न तर्क, आधार र कानुनले गैरकानुनी भएकोले निजलाई तत्काल प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय गर्नुपर्ने देखिन्छ। प्रचण्ड कानुन भन्दा माथि छैनन्,’ रिटमा उल्लेख छ।

कञ्चनपुरका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढ्दै

कञ्चनपुर। कञ्चनपुरका बस्तीमा जङ्गली हात्ती प्रवेश गरेर आतङ्क मच्चाउन थालेको छ । पुस पहिलो सातादेखि बस्ती प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयलाई घर र बालीनाली जोगाउन मुस्किल भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा बस्ती प्रवेश गरेको एउटा दन्ते हात्तीले आतङ्क मच्चाएको स्थानीयले बताएका छन् । जङ्गली हात्तीले बेलडाँडीस्थित झिलमिला, इमिलियालगायत क्षेत्रमा स्थानीय आजित बनेका छन् ।

आइतबार बिहान ४ बजे सो दन्ते हात्तीले बेलडाँडी गाउँपालिका–५, झिलमिलाका स्थानीय कमल गिरी, नेपाली गिरी र बिरजनी गिरीको घर भत्काउनुका साथै अन्नबालीमा क्षति पु¥याएको छ । रातको समयमा घरमा क्षति पु¥याउँदा परिवारका सदस्य भने भागेर बाँच्न सफल भएका इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

जङ्गली हात्तीले दुईकोठे कच्ची घर भत्काउनुका साथै पाँच कट्ठा जमिनमा लगाइएको उखु, पाँच कट्ठामा लगाइएको गहुँ र तोरी नष्ट गरेको स्थानीय कमल गिरीले बताउनुभयो । जङ्गली हात्तीले घर भत्काएपछि घरमा बस्दै आएका चार सदस्य बिचल्लीमा परेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष इन्द्रबहादुर खड्काले जङ्गली हात्तीले स्थानीयको घर भत्काएपछि चिसोमा झनै सास्ती बेहोर्नु परेको बताए ।

यसै गरी जङ्गली हात्तीले स्थानीय नेपाली गिरीको दुईकोठे कच्ची घर भत्काउँदै घरभित्र राखिएको चामल, धान, गहुँ, पिठोसमेत खाएर नष्ट गरेको वडाध्यक्ष खड्काले बताए । अब घरमा खाने अन्नसमेत नभएको स्थानीय गिरीले गुनासो गरे ।

यसै गरी स्थानीय वीरजनी गिरीले जङ्गली हात्ती घरमा पसेर एककोठे कच्ची भान्साघर भत्काई अन्नपात खाएर नष्ट गरेको उनले बताए । जङ्गली हात्तीलाई बस्तीबाट टाढा लान उनले सम्बन्धित निकायलाई आग्रहसमेत गरे । अर्कोतिर ऐलानी जमिनमा बस्दै आएका स्थानीय सरकारले क्षतिपूर्तिसमेत उपलब्ध नगराउँदा आजित बनेका छन् ।

“घरमा भएको सबै खाद्यान्न, अन्नबाली हात्तीले नष्ट गरिदियो,” स्थानीय नेपाली गिरीले भन्नुभयो, “ऐलानी जमिन भएका कारण निकुञ्जले क्षतिपूर्ति दिन मान्दैन ।” हात्तीले १० कट्ठामा लगाएको उखु सात दिनपहिले पूर्ण रूपमा सखाप पारेको बेलडाँडीका स्थानीय शेरबहादुर थापाले दुःखेसो पोखे । हात्तीको बथानबाट छुटेको एक दन्ते हात्तीले बस्तीमा आतङ्क मच्चाउन थालेपछि जनप्रतिनिधि र स्थानीयबिच आइतबार छलफल भएको छ ।

वडाध्यक्ष खड्काले हात्तीबाट बस्ती र बालीनाली जोगाउन स्थानीयबिच छलफल भएको बताउनुभयो । राति पालो लगाएर गस्ती गर्ने सहमति भएको उनले बताए । यसै गरी दन्ते हात्तीलाई बस्तीबाट टाढा लैजान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयलाई पनि आग्रह गरिएको वडाध्यक्ष खत्रीले बताए ।

दन्ते हात्ती बस्तीमा घुमिरहेकाले स्थानीयवासी त्रसित बनेका छन् । पुस १६ गते राति अचानक गाउँ छिरेका हात्तीले आक्रमण गर्दा भीमदत्त नगरपालिका–१९, बागफाँटाका स्थानीय छक्कु डगौरा घाइते हुनुभएको थियो । टाउको, अनुहार र छातीमा चोट लागी गम्भीर घाइते भएका डगौराको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । यसै गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती बस्तीमा प्रवेश गरे नधपाउन र क्षति पुग्न गए विवरणसहित कार्यालयमा पठाउन आग्रह गरेको छ ।

सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाण्डौ – हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढेर तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ आज तोलामा १ सय ८५ रुपैयाँले बढेको छ । चाँदी आज १ सय ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँ थियो ।

प्रधानमन्त्री ओलीले दिएको बयानमा के छ ?

काठमाडौँ — २३ र २४ भदौको घटना सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगमाथि नै आपत्ति जनाउँदै बयान नदिने अडान राख्दै आएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः आइतबार लिखित बयान दिएका छन् ।

आइतबार नै ओलीले राष्ट्रिय मानवअधिकार आयोग पुगेर उक्त घटनाबारे साढे दुई घण्टा लामो बयान पनि दिएका छन् । ओली मानवअधिकार आयोगमा बयान दिन जाने तयारी गर्दै गर्दा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगको टोली ‘बयान दिन’ आग्रहसहितको पत्र लिएर ओली निवास गुन्डु पुगेको थियो । ओलीले गुन्डु पुगेका आयोग टोलीलाई लिखित रूपमा पहिल्यै तयार पारिएको आफ्नो भनाइ दिएर पठाएका थिए । संयोगले दुवै आयोगले एकै दिन तत्कालीन प्रधानमन्त्री ओलीलाई बयान लिने र बयान लिन बोलाउने काम गरेका थिए ।

‘आयोग टोली उहाँलाई बयान दिन उपस्थित हुनुहोला भनी पत्र लिएर पुगेको थियो, पत्र बुझेलगत्तै उहाँले आफ्नो भनाइ लिखित रूपमै रहेको भनी दिएर पठाउनुभएको छ’ जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा भन्छन्, ‘२३ र २४ भदौको घटनाबारे उहाँले दिएको भनाइमाथि आयोग अध्ययनकै क्रममा छ ।’ ओलीको लिखित भनाइको अध्ययनपछि स्थान हदबारे आयोगले निर्णय लिने शर्माले बताए ।

यसअघि जाँचबुझ आयोगमाथि नै प्रश्न उठाउँदै सिंहदरबारमा पुगेर बयान नदिने अडान ओलीले सार्वजनिक रूपमै व्यक्त गर्दै आएका थिए । आयोगका पदाधिकारीले भने तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीसँग बयान लिने बताउँदै आएका थिए । दुवै पक्षको अडानका बीचमा सरकारले मध्यस्थता गरी ‘मध्यमार्गी उपाय’ निकालेपछि लिखित जवाफ पेस गरे पनि स्विकार्न आयोग सहमत भएको थियो । ओलीले पनि आफू लिखित रूपमा पेस गर्न तयार रहेको संकेत दिएका थिए । त्यसपछि आयोग टोली आइतबार पत्र लिएर पुगेको थियो ।

ओलीले आफ्नो लिखित बयानमा २२ देखि २४ भदौसम्मका घटना र आयोग अध्यक्ष गौरीबहादुर कार्कीको धारणा यसअघि नै सार्वजनिक भएको प्रसंगसम्म अटाएका छन् । आयोगका एक सदस्यका अनुसार ओलीले सामाजिक सञ्जाल बन्द गर्नुको कारणमा सर्वोच्च अदालतले फैसला गरिसकेको विषय भएको र देशभित्र विदेशी कम्पनीहरूले कर नतिर्नेदेखि नियमनसम्म नगरी चलाउने गरेकाले त्यसो गर्न हुने असल मनसाय रहेको उल्लेख गरेका छन् ।

युवाहरूले काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी अनुमति लिएको तर त्यसमा घुसपैठ भएको जिकिर ओलीको छ । उनले आन्दोलनमा घुसपैठ भएको र अराजक समूहको प्रवेश भएको आन्दोलनमा संलग्न भएका युवाले नै भनेकाले आफूले थप भन्न नपर्ने लेखेका छन् । उनले २३ भदौमा सुरुमा शान्तिपूर्ण प्रदर्शन हुने भनी माइतीघरबाट जुलुस सुरु भएको तर पछि त्यहाँ घुसपैठ भएको दाबी गरेका छन् । नयाँ बानेश्वर पुगेर संसद् भवन तोडफोड गर्ने काममा संलग्न भएका व्यक्तिहरू आन्दोलनकारी नभई घुसपैठ भएकाहरू भएको उनको भनाइ छ ।

आन्दोलन गर्नेहरू अधिकांश जेन–जी उमेरका नभएको तत्कालीन समयका फोटो र भिडियोहरूमा प्रस्ट देखिने दाबी पनि उनको छ । २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने र त्यसमा बल प्रयोग नगरी युवा र विद्यार्थीलाई सहयोग गर्ने छलफल भएको ओलीको लिखित जवाफमा उल्लेख छ । २३ भदौमा तोडफोड गरिनुका साथै एक्कासि गोली प्रहार हुन थालेपछि आफूले तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सबै सुरक्षा निकायका प्रमुखहरूको बैठक बोलाएर छलफल गरेको र छानबिन समिति गठनको समेत निर्णय भएको उनको जवाफ छ । त्यसपछि २३ भदौको बेलुका मन्त्रिपरिषद् बैठकबाट घटनाका विषयमा छानबिन गर्न आयोग बनाउने निर्णय गरेको ओलीले बताएका छन् ।

आन्दोलनमा देशभित्रका शक्तिको मात्र हात नभएको अहिले पुष्टि हुँदै आएको दाबी ओलीको छ । ‘सरकार गठनदेखि विभिन्न काममा अहिले जसरी भूराजनीतिक खेल भएका छन्, त्यसले यो आन्दोलनमा घुसपैठ भएको पुष्टि गर्ने’ उनले उल्लेख गरेका छन् । २४ भदौमा जसरी विध्वंसका घटनाहरू भए त्यो योजनाबद्ध नै भएको दाबी पनि ओलीको छ । उनले केही अराजक समूहहरूले योजना नै बनाएर संसद् भवन, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास, राष्ट्रपति भवनदेखि व्यक्तिगत सम्पत्तिमा समेत क्षति पुर्‍याएको बताएका छन् ।

बिनाकुनै योजना एकै पटक र कम समयमा यत्रो क्षति पुर्‍याउन सम्भव नहुने भन्दै योजनाबद्ध घटना भएको दाबी ओलीको छ । आफूले सुरक्षा निकायबाट भरपर्दो सहयोग नपाएको पनि ओलीले लेखेका छन् । ‘२४ भदौको अवस्था नियन्त्रणमा लिन मैले नेपाली सेना परिचालन गर्न चाहेको थिएँ, तर त्यो सम्भव भएन,’ उनको लिखित बयानमा छ । ओलीले २४ भदौमा आफूमाथि पनि नियोजित रूपमा आक्रमणको प्रयास भएको दाबी गरेका छन् । बालुवाटारमै प्रवेश गरेर जसरी आक्रमण गरियो, त्यसले उक्त दिन आफ्नो हत्या पनि हुन सक्ने अवस्था भएको दाबी ओलीको छ । ओलीले गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघिपछि सामाजिक सञ्जालबाट धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका रहेको सुरुदेखि नै भन्दै आएको र अहिले पनि यही अडानमा रहेको लिखित जवाफमा पनि उल्लेख गरेका छन् । उनले घटना किन भयो र यसका पछाडि कुन–कुन शक्तिको हात छ त्यसको खोजीनीति र स्पष्ट हुनुपर्ने माग आयोगसमक्ष गरेका छन् ।

आयोग प्रवक्ता शर्माले बयानको क्रम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै बयान सकिएपछि प्रतिवेदन लेखन थालिने जानकारी दिए । आयोगले शुक्रबार दुई शीर्ष नेताहरू शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि लिखित बयान माग गरेको छ । सरकारले ५ असोजमा विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा विज्ञानराज शर्मा र बीपी भण्डारी सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा तीन महिना अवधि तोकिए पनि काम नसकिएपछि एक महिना थप गरिएको छ ।

बालेन्द्र शाह पक्षका रास्वपा केन्द्रीय सदस्य (नामावली सहित)

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका मेयर तथा पार्टीबाट आगामी प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।

आइतबार साँझ बसेको केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘यस बैठकले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा अनुमोदन गरेको छ,’ झाले भने ।

त्यसरी केन्द्रीय सदस्य बनेकाहरूले सभापति रवि लामिछानेसमक्ष शपथग्रहण गरेका छन् । पुस १३ मा रास्वपा र बालेन्द्र शाहबीच एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।

  • बालेन्द्र शाह वरिष्ठ नेता
  • सुनिल लम्साल
  • भुपदेव शाह
  • सस्मित पोखरेल
  • सागर ढकाल
  • लक्ष्मण थारु
  • रमेश पौडेल
  • खगेन्द्र सुनार
  • गणेश पौडेल
  • सन्तोष गिरी
  • नमिता यादव
  • सरिता ज्ञवाली
  • जेम्स कार्की
  • सुशान्त वैदिक
  • लक्ष्मी बर्देवा
  • शिव यादव
  • रोहन कार्की
  • अनन्तराज घिमिरे
  • रामकुमार ढुंगाना
  • प्रदीप ज्ञवाली
  • मधुसुधन ढकाल
  • ओजश्वी थापा
  • केपी खनाल
  • आदित्य आचार्य
  • प्रदीप पाण्डे
  • खेमराज साउद

विशेष महाधिवेशन रोकिन्न : थापा–शर्मा पक्ष

काठमाडौं ।  १५औँ महाधिवेशन वैशाखमा सार्ने कार्यसम्पादन समिति बैठकको निर्णयमा असहमति जनाएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्ष पुसभित्रै विशेष महाधिवेशन गर्ने अडान र गृहकार्यमा छ ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग केन्द्रीय कार्यसमितिले स्वीकार गरेर विशेष महाधिवेशन बोलाउनुपर्ने अन्यथा विधानत: केन्द्रको तर्फबाट आफूहरूले विशेष अधिवेशन आह्वान गर्ने महामन्त्रीद्वयको तयारी छ । स्रोतका अनुसार थापा र शर्माले नेतृत्वलाई दुई दिनको समय दिएका छन् । त्यसबिचमा विशेष महाधिवेशनबारे निर्णय नभए महामन्त्रीले नै विशेष महाधिवेशनको आह्वान गर्ने तयारी छ । त्यस्तो अवस्थामा कार्यविधि विशेष महाधिवेशनले नै बनाउने तथा खाने–बस्ने व्यवस्था आयोजकले व्यहोर्ने गरी तयारी भइरहेको छ ।

थापानिकट केन्द्रीय सदस्य प्रतिमा गौतमले अगाडि बढेको विशेष महाधिवेशन प्रक्रिया नरोकिने बताइन् । ‘विशेष महाधिवेशन अघि बढ्यो, अब यो रोकिन्न । यसलाई केन्द्रीय समितिले स्वीकारेर जान सक्छ । यस्तो अवस्थामा सबैको जित हुन्छ । विधानत: विशेष महाधिवेशन स्विकार्नैपर्छ ।

४० प्रतिशत प्रतिनिधिले विधानको धारा १७ (२) अनुसार लिखित माग गरेपछि इच्छाले स्विकार्ने/नस्विकार्ने भन्ने हुँदैन,’ उनले भनिन् । केन्द्रीय कार्यसमिति र सम्पादन समितिको बहुमतको निर्णय भन्नेहरूले महाधिवेशन प्रतिनिधिको बहुमतको विषय भुल्न नहुने उनले बताइन् । १४औँ महाधिवेशनको प्रतिनिधि नै विशेष महाधिवेशनको प्रतिनिधि हुने भएकाले विशेष महाधिवेशनका लागि धेरै समय नलाग्ने उनको भनाइ छ ।

१० लाख मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाण्डाै- निर्वाचन आयोगले नमूना मतपत्रको छपाइ अन्तिम चरणमा पुर्‍याएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको मतदाता शिक्षाका लागि १० लाख थान नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको हो ।

आयोगले हिजोदेखि जनक शिक्षा सामग्री केन्द्रमा नमूना मतपत्र छपाइ शुरू गरेको हो । आजसम्ममा नमूना मतपत्र छापेर भोलिदेखि समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गर्ने तयारी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उहाँका अनुसार समानुपातिकतर्फको मतपत्रमा बन्दसूची बुझाएका ५८ दलको चुनाव चिह्न रहनेछ । समानुपातिकतर्फको मतपत्र देशैभर एकै आकारमा हुनेछ । समानुपातिकको मतपत्र २ करोड ८ लाख ५० हजार थान छाप्ने आयोगले जनाएको छ ।

माघ ९ गतेसम्ममा समानुपातिकतर्फको मतपत्र छापिसकेर माघ १२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ शुरू गर्ने योजना रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता माघ ६ गते हुँदैछ । प्रत्यक्षतर्फको मतदानका लागि २ करोड थान मतपत्र छापिने छ । यस पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् । कुल मतदाताको ५ देखि १० प्रतिशत सङ्ख्यामा बढाएर मतपत्र छापिनेछ ।

मतपत्र छपाइ स्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

दिल्ली जानुअघि प्रचण्डले भेटे ओलीलाई

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ। आइतबार भारतको नयाँ दिल्ली जान लागेका प्रचण्डले त्यसअघि एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्। ओली सचिवालयले उनीहरूको भेटलाई अनौपचारिकरुपमा पुष्टि गरेको छ। नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन प्रचण्ड आज त्यसतर्फ जान लागेका हुन्।

उनीहरूबीच समसामयिक राजनीतिका साथै आगामी निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले समेत जनाएको छ। भेटबारे औपचारिकरुपमा दुवैपक्षले जानकारी गराएका छैन।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको विषयलगायत पछिल्लो राजनीति अवस्थाका बारेमा छलफल भएको स्रोतले बताएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ शक्तिबीच पार्टी एकता भएसँगै प्रमुख तीन दल कांग्रेस,एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच पनि चुनावी तालमेलका लागि नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ।  तर,तालमेलको विषयमा भने टुंगो लागिसकेको छैन।

सुदूरपश्चिमा पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार बढी

कैलाली । सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको हो ।

निर्वाचन आयोगले अद्यावधिक गरेको मतदातामध्ये महिलाको सङ्ख्या ८ लाख ६४ हजार ४२३ महिला र पुरुषको सङ्ख्या ८ लाख ५२ हजार २१९ रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारीले जानकारी दिए । त्यस्तै, १८ जना अन्य मतदाता रहेका छन् । पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार ४०२ ले बढी रहेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशमा १७ लाख १६ हजार छ सय ६० मतदाता कायम भएका छन् । विसं २०७९ सालको निर्वाचनमा १६ लाख ६९ हजार ४११ मतदाता रहेका थिए । हाल प्रदेशमा ४७ हजार २४९ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कैलालीमा पाँच लाख ५१ हजार ५२, कञ्चनपुरमा तीन लाख १४ हजार ३८५, बैतडीमा एक लाख ५६ हजार ३७२ र दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेका छन् ।

यस्तै, डडेलधुरामा ९३ हजार ४०३, बझाङमा एक लाख २६ हजार ९०३, अछाममा एक लाख ६५ हजार ३३७, डोटीमा एक लाख २८ हजार ३९९ र बाजुरामा ८६ हजार ९६१ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशभरी १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र कायम रहेको जनाइएको छ ।  गोरखापत्र

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ- सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर आज तोलाको ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ४ हजार ५ सय २५ रुपैयाँ थियो ।

दीपक उपाध्याय : सुदूर पश्चिमको ब्लड बैंक

सूई घोप्ने । रगत निकाल्ने । यो सुनेरै डराउछन्, कतिपय । कमजोर भईन्छ । शरीरमा रगत कम हुन्छ । कतिपय यही डरले दिदैनन्, रगत ।

एक छन्, उनी । न डराउछन् । न पीर गर्छन् । बस्, रगत दिईरहन्छन् । तीन महिना कुर्छन् ।

सूई घोप्न पाखुरा तेर्स्याउँछन् । रगत दिन्छन् । उनलाई दुख्छ होला कि नाई ? उनी दुखाई सहन तयार भईरहन्छन् । उनको त्यही दुखाईले अरुको जीवन बचाईरहेको छ । जसको उनी हिसाव गर्दैनन् । बस्, रगत दिईरहन्छन् । उनी हुन्, दीपक उपाध्याय ।

उनी असल मित्र हुन् । साथी भनेपछि हुरुक्क हुन्छन् । सबैचिज छोडेर साथी रोज्छन् । उनका लागि साथीभन्दा पनि महत्व राख्ने कुरा हो, रक्तदान् ।

जब उनी रगतको अभावमा कोही छटपटाईरहेको् सुन्छन् । उनी सबैचिज छोडेर कुद्छन् । भरसक आफै रगत दिन्छन् । हरेक तीन महिनामा नबिराई रक्तदान गर्छन् । तीन महिना पहिले रक्तदान गर्न मिल्दैन, त्यस्तो अवस्थामा उनी रक्तदाता खोजेर रक्तसञ्चार केन्द्रमा पुग्छन् । बिरामीले आवश्यक पर्ने रगत नजुटाएसम्म चुप बस्दैनन् । तर एउटा बिरामीका लागि रगत जुटाउन नपाउदै अर्कोका लागि जुटाउन तयार रहनुपर्छ ।

उनी आफू मात्र रक्तदान गर्दैनन् । विद्यालय, ईन्स्टिच्यूटमा पुग्छन्, त्यहाँका विद्यार्थीहरुलाई रक्तदानको महत्वका बारेमा जानकारी दिन्छन् । आफ्नो अनुभव सुनाउछन् । ‘बचाऔँ कसैको ज्यान, आउनुस् गरौँ रक्तदान’ भन्दै रक्तदानका लागि अरुलाई पनि प्रेरित गर्छन् । रगतको चरम अभाव भएपछि पुषको पहिलो साता धनगढी उपमहानगरपालिका वडा नम्बर ५ ले रक्तदान कार्यक्रम आयोजना ग¥यो । वडा अध्यक्ष गजेन्द्र शाहीसंगै उनले रक्तदानका लागि सबैलाई आह्वान गरे । सुदूरपश्चिममै पहिलो पटक सर्बाधिक २७० जनाले रक्तदान गरे । जसमध्ये पहिलो पटक रक्तदान गर्ने ७५ प्रतिशतभन्दा बढि थिए ।

परिवारमा रक्तदान गर्ने उनी एक्लो होईनन्, दाई बिनोद र बहिनी सानुले उनलाई पछ्याएका छन् । रक्तदाताको परिवार । बिनोदले ९० पटक रक्तदान गरिसकेका छन् । सानुले २१ पटक । भाउजुले ७ पटक । र, उनकी पत्नी सुजाले ५ पटक ।

अस्पतालको शैयामा, घाईते, बिरामी र सुत्केरी । चिकित्सकले अत्याउछन्, तुरुन्त रगत लिएर आउ । अन्यथा जे पनि हुन सक्छ । बिरामीलाई त्यही छोडेर आफन्त रगत खोज्न निस्किन्छन् । उनीहरु रक्तसञ्चार केन्द्र जादैनन्, उपाध्यायलाई कल गर्छन् । रक्त सञ्चार गएपनि त्यहाँबाट कल गर्नुपर्ने उपाध्यायलाई नै हो । अनि सोझै उनैलाई कल लगाउछन् । हो, उनी आफैमा ब्लड बैंक हुन् ।

उनी छन् पनि त्यस्तै । जो समस्या लिएर आउछन् । उनी त्यसका लागि रगतको खोजीमा कुद्हिाल्छन् ।

बिरामी को हो ? बउनी जात सोध्दैनन् ? धर्म बुझ्दैनन् । पार्टी र आस्थासंग उनलाई के सरोकार ? बस्, विरामीको अवस्था सोध्छन् । र, सोच्छन्, बचाउन पाए हुन्थ्यो ।

यद्दपि उनको थर र भूगोललाई लिएर प्रश्न गर्नेहरु नभएका होईनन् ? उनको आस्थाको सोधीखोजी गर्नेहरु नभएका होईनन् । पहाड घर कहाँ हो ? थर के हो ? उनलाई छु मतलव त्यस्तालाई उनी मनमनै भन्छन्, तिमी मेरो भूगोल खोज । म हिडे, बिरामीका लागि रगत खोज्न ।

रगतको जात हुदैन् । बस्, समूह हुन्छ । समूह मिल्छ कि मिल्दैन्, त्यो हेर्छन् । र, उनी समूह मिल्ने मान्छेसंग रक्तदानका लागि आग्रह गर्छन् । जात हेर्ने फुर्सद उनलाई कहाँ ? त्यसका ठेकेदार त अरु छदैछन् ।

एक पटक सूईको दुखाई खेपेको मान्छे अर्को पटक सूई घोप्न परे आतिन्छ । तपाईलाई सूईले दुखाउदैन कि दुखाईले असर गर्न छोडिसक्यो ? उनको जवाफ थियो, केही क्षणको दुखाईले कसैको जीवन जोगिन्छ भने मेरो त्यो दुःखाईले अर्थ राख्दैन । जब बिरामी निको भएर घर जादै गरेको सुन्छु, म त त्यसै खुशी हुन्छु । र, दुखाई बिर्सिन्छु ।

हुन् पनि उनलाई दुःखाईसंग कहिल्यै डर भएन् । उनले रक्तदान गर्न थालेको तीन दशक भयो । २०५३ सालदेखि उनी हरेक तीन महिनामा रक्तदान गर्दै आएका छन् । योबीचमा उनलाई सञ्चो भएको होस, उनले रगत नदिएको होस, त्यस्तो कुनै समय छैन् । अरुलाई रक्तदानका लागि खोज्नुपर्छ । उनी त तीन महिनापुगेपछि आफै रक्तदान गर्न रक्त सञ्चार केन्द्र पुग्छन् ।

हो, उनी सुदूरपश्चिमको ब्लड बैंक हुन् । ब्लड बैंकमा रगतको अभाव हुदा उनैलाई सबैले गुहार्छन् । यही योगदानको कदर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले उनलाई एक वर्षअघि ‘रक्तदान सद्भावना दूत’ नियुक्त ग¥यो । र, सुदूरपश्चिमका दर्जनौ संस्थाले उनलाई नगद र कदर पत्र सहित सम्मान गरिसकेका छन् ।

उनी बुवाको किरियामा थिए । १५ दिनपनि उनलाई रगतका लागि आग्रह गर्ने कलले छोडेन् । उनी आफू रगत दिन असमर्थ थिए । अरुलाई कल गर्न उनलाई त्यहाँ अनुमती थिएन् । उनी एकातिर बुवा गुमाएको पीडामा थिए । अर्कोतिर रगतको अभावमा अस्पतालको शैयामा छटपटाईरहेका बिरामीलाई सहयोग गर्न नपाउदा थप पीडामा थिए ।

उनी बुवाको काज किरिया सकिएकै दिनदेखि बिरामीका लागि रगतको जोहो गर्न निस्किसकेका थिए ।

उनलाई रक्तदान गर्न प्रेरित गर्ने बुवा थिए । एकदिन उनी अफिसको काम सकेर खाना खान घर आईपुगेका थिए । खाना खान बस्न नपाउदै अस्पतालबाट कल गरेका एक बिरामीका आफन्तले आग्रह गरे–दीपक सर मेरो सुत्केरी श्रीमतीलाई तत्काल रगत चाहिएको छ, आईदिनु प¥यो ।

उनले केही समय लाग्ने बताए । र, कल टुंग्याए ।

यो कुरा सुनिरहेका बुवाले भने, खाना त पछि खाए हुन्छ । रगत समयमै नपाए बिरामीको ज्यान गयो भने के हुन्छ । पहिले बिरामीलाई रगत दिएर आउ ।

उनले बुवाको बचन काट्न सकेनन् । उनी खाना  छोडेर रक्तसञ्चार पुगे । रक्तदान गरेर । र, घर फर्किए । अनि खाना खाए ।

दुईदिनपछि उनलाई तिनै व्यक्तिको कल आयो । कल गर्नेले एकै सासमा भने, धन्यवाद दीपक सर । तपाईले रगत दिएर मेरो श्रीमतीको ज्यान जोगियो । आज अस्पतालले डिस्चार्ज गरेर हामी घर फर्किदैछौ ।

बुवा रहेनन् । बुवाको कुरा उनी सधै सम्झिरहन्छन् । त्यसदिनदेखि उनले कहिल्यै रगत दिन र खोज्न बिलम्ब गरेनन् ।

उनलाई एकदिन एउटा कल आयो । कल गर्नेले केही सोधेन । सोझै आफ्नो समस्या सुनाए, ‘हजुर, म बझाङबाट आएको हुँ । मेरी श्रीमतीलाई ३ पिन्ट रगत चाहिएको छ । यहाँ चिनेजानेको कोही छैन ।’ उनी त्यतिमै रोकिएनन्, भने–‘रगत निकाल्ने ठाउँले हजुरको नम्बर दिएको हो ।’

‘चिन्ता नगर्नुहोस् ।’,उनले आश्वस्त पार्दै भने । र, केहीछिनमै आवश्यक रक्त समूह सामाजिक सञ्जालमा पोस्ट गरे । केहीबेरमै ३ पिन्ट फ्रेस रगतको व्यवस्थापन भयो ।

एक सातापछि बझाङ फर्किदै गर्दा ती व्यक्तिले फोन गरेर सुनाए, तपाईले रगत खोजीदिएर मेरो श्रीमतीको ज्यान जोगियो । भगवानले तपाईको रक्षा गरुन् । तपाईलाई धन्यवाद ।

उनलाई त्यही आशिष लागेको छ । र त, यो उमेरमा पनि उनी रगत दिन सक्षम छन् । कहिलेकाही बिरामी हुने बाहेक स्वास्थ्यमा समस्या भोगेका छैनन् । सायद, भगवानले पनि भन्छन् होला, तिमी बिरामी भए, अरु बिरामीको के होला ?

रक्तदान मानव जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको सबैभन्दा महान् सामाजिक कार्य हो । दुर्घटना, सुत्केरी अवस्था, शल्यक्रिया, क्यान्सर, थालासेमिया, रक्तअल्पता जस्ता रोगका बिरामीका लागि रगत जीवन र मृत्युबीचको पुल बन्छ । कृत्रिम रूपमा बनाउन नसकिने रगत मानवले मानवकै लागि दान गर्नुपर्ने अमूल्य उपहार हो । एक व्यक्तिले दान गरेको एक युनिट रगतबाट तीन जनासम्मको जीवन जोगिन सक्छ । रक्तदान गर्दैगर्दा उनले यो सन्देश पनि युवाहरुलाई दिईरहेका छन् ।

‘नायक त्यो होइन् जो जित्छ । नायक त्यो हो, जो जीवन दिन्छ् ।’ उनी सुदूरपश्चिमका त्यस्तै एक नायक हुन् । त्यसै भनिएको होईन्, रक्तदाता समाजका मौन नायक हुन् । यो पनि सत्य हो, रगत दिनेहरू इतिहासमा होइन, हृदयमा बस्छन् । उनले के कति जोडे, के कति कमाए ? मान्छे त्यसको हिसाव खोज्छन् । त्यसैलाई सफलताको मानक ठान्छन् । जसजसलाई उनले रगत दिएर बचाए । तिनको हृदयमा सधै रहीरहनेछन्, यो पैसाले बनाउन सकिने स्थान होईन, पैसाका पछि दगुर्नेहरुले यो बुझ्दैनन् ।

अपाङ्गता भएका बालिका–किशोरीका लागि धनगढीमा खेलकुद प्रतियोगिता

रञ्जना बिसी,

 कैलाली। अपाङ्गता भएका बालिका तथा किशोरीहरूको शारीरिक, मानसिक र भावनात्मक विकासलाई लक्षित गर्दै धनगढीमा खेलकुद प्रतियोगिता गरिएको छ ।
एक्सेस प्लानेटको आयोजनामा तथा गर्ल्स अपर्चुनिटी एलायन्सको सहकार्यमा त्रिनगर माध्यमिक विद्यालय, धनगढीमा खेलकुद भएको हो । कार्यक्रममा बोल्दै सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार प्रतिबद्ध रहेको विश्वास दिलाइन्।
उनले अपाङ्गता भएका बालिका तथा किशोरीहरूले खेलकुदमार्फत आफूमा रहेको क्षमतालाई उजागर गर्नुपर्ने बताइन । अपाङ्गता भएका व्यक्तिलाई मध्यनजर गर्दै सबै उमेर समूहलाई समेटेर प्रदेशस्तरीय खेलकुद प्रतियोगिता चालु आर्थिक वर्षभित्र आयोजना गर्ने उनको प्रतिबद्धता छ।
“सुदूरपश्चिम प्रदेश खेलकुदको हब बन्दै गएको छ,” उनले भनिन्, “सबै विद्यालयमा एक पटक अनुगमन गरी कुन विद्यालयलाई के आवश्यक छ  व्यापक छलफल गरेर सामूहिक रूपमा अघि बढ्नुपर्छ।”

नेत्रहीन युवासंघ नेपाल केन्द्रीय कार्यालयका महासचिव तथा नेपाल नेत्रहीन संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन रावलले खेलकुद क्षेत्रमा प्रभावकारी काम गर्न संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय सुदृढ हुन आवश्यक रहेको बताए।
उनले अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता कार्यक्रमको उपस्थितिमा मात्र सीमित नराखी नीति निर्माण, बजेट विनियोजन र कार्यान्वयनमा अनिवार्य गरिनुपर्नेमा जोड दिए। राष्ट्रपति कप, रनिङ सिल्डलगायत पालिका स्तरीय खेलकुद कार्यक्रमहरूमा दृष्टिसम्बन्धी तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि विशिष्टकृत खेलकुद योजना तर्जुमा गर्नुपर्ने उनको भनाइ थियो।
एक्सेस प्लानेट कैलालीकी अध्यक्ष मनिषा रानाले अपाङ्गता भएका बालिका तथा किशोरीहरूको समग्र विकासका लागि खेलकुद प्रभावकारी माध्यम भएको बताइन्। “यस्ता खेलहरूले शारीरिक विकाससँगै आत्मविश्वास र भावनात्मक एकता पनि मजबुत बनाउँछन्,” उनले भनिन्।
प्रतियोगितामा समावेशी, दक्षिणकाली र पञ्चोदय माध्यामिक विद्यालयका किशोरीहरूको सहभागिता रहेको थियो।  प्रतियोगितामा हाई जम्प, लङ जम्प, सफ्ट बल र दौड गरी चार प्रकारका खेलकुद भएका थिए।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र, द्वितीयले २ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तृतीयले २ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको थियो। अन्य सहभागीलाई पनि सान्त्वना प्रमाणपत्र प्रदान गरिएको थियो।

आउँदो निर्वाचनमा सुदूरपश्चिमको भविष्य खोजौ 

-प्रेम राज अवस्थी

सुदूरपश्चिम प्रदेश नेपाली इतिहास, संस्कृति, प्रकृति र अपार कृषि, पर्यटन र जलविद्युतको सम्भावनाको क्षेत्र हो। तर विडम्बना, दशकौँदेखि यो प्रदेश विकासको मूलधारबाट पछाडि परेको छ। पछाडि पर्नाका बिभिन् कारणहरू मध्य राजनीतिक सबै भन्दा अगाडी आउने हुनाले, सुदूरपश्चिमको भबिश्यको चर्चाको उपयुक्त समय चुनाबी माहौलको समय पनि हो। त्यसैले सुदूरपश्चिमेलिहरुले आगामी फागुन २१, २०८२ को निर्वाचनमा केवल सत्ता हस्तान्तरणमा सहयोगीमा मात्र सीमित राख्नु हुँदैन। आफ्नो मतदानको अधिकार लाई सुदूरपश्चिमको भविष्य पुनर्निर्धारण गर्ने ऐतिहासिक अवसरमा पनि लिनुपर्दछ।

२०८२ सम्मका तथ्याङ्कलाई आधार मान्दा सुदूरपश्चिम प्रदेशको समग्र विकास अवस्था नेपालका अन्य प्रदेशहरूको तुलनामा कमजोर छ। मानव विकास सूचकाङ्कका दृष्टिले यो प्रदेश करिब ०.५४७ अङ्कसहित राष्ट्रिय औसतभन्दा तल छ, जुन बागमती र गण्डकी जस्ता प्रदेशहरूको तुलनामा निकै कमजोर स्थिति हो। विशेष गरी गरिबीको सवालमा सुदूरपश्चिम देशकै सबैभन्दा पिछडिएको अवस्थामा छ, जहाँ करिब ३४.१६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छन्। यो दर गण्डकी प्रदेशको तुलनामा करिब तीन गुणाले बढी हो। आर्थिक दृष्टिकोणले पनि राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान मात्र ७ प्रतिशत हाराहारीमा सीमित छ र यस वर्षको आर्थिक वृद्धिदर (३.३२ प्रतिशत) पनि अन्य प्रदेशहरू भन्दा न्यून रहने प्रक्षेपण छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा केही सुधारका प्रयास भए तापनि अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन। यद्यपि १५–६० वर्ष उमेर समूहको साक्षरता दरका आधारमा यसलाई ‘साक्षर प्रदेश’ घोषणा गरिएको छ, तर समग्र साक्षरता दर (७६.२ प्रतिशत) अझै पनि बागमती र गण्डकीभन्दा पछाडि नै छ। स्वास्थ्य सेवाको पहुँचमा कमी लगायत, गरिबीका कारण यहाँको औसत आयु ६७ वर्ष छ, जुन बागमतीको तुलनामा तीन वर्ष कम हो। साथै, बालबालिकामा हुने पुड्कोपन र कुपोषण जस्ता समस्या सुदूरपश्चिमका ग्रामीण भेगमा अझै गम्भीर स्वास्थ्य चुनौतीका रूपमा छन्। पूर्वाधार विकास क्षेत्रमा पनि दुर्गम जिल्लाहरूमा विद्यधुतीकरण र सडक सञ्जालको पहुँच अन्य प्रदेशको तुलनामा न्यून छ, जसले यस प्रदेशलाई राष्ट्रिय मूलधारमा ल्याउन थप बजेट र विशेष विकास योजनाको आवश्यकता देखिन्छ।

आजसम्मको वस्तुस्थितिलाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेश पछौटे, व्याप्त गरिबी रहनुमा आर्थिक र विशेष गरी राजनीतिक कारणहरूको ठुलो भूमिका छ। भौगोलिक रूपमा यो प्रदेश काठमाडौँबाट टाढा हुनु र यहाँका पहाडी तथा हिमाली भूभाग विकट हुनुले सडक तथा पूर्वाधार विकासमा सधैँ बाधा पुर्‍याएको छ। पूर्वमा विकासका लहरहरू पुग्दा सुदूरपश्चिममा महेन्द्र राजमार्ग पुग्न नै दशकौँ ढिलो भएको ऐतिहासिक तथ्य छ। आर्थिक रूपमा यहाँको ठुलो जनसङ्ख्या परम्परागत कृषिमा निर्भर छ र रोजगारीका लागि छिमेकी मुलुक भारत पलायन हुनुपर्ने बाध्यताले स्थानीय उत्पादकत्वमा ह्रास ल्याएको छ। जलविद्युत् र पर्यटनको प्रचुर सम्भावना भए तापनि लगानी अभाव र केन्द्रको बेवास्ताका कारण यी स्रोतहरूको उचित परिचालन हुन सकेको छैन।

राजनीतिक कारणलाई हेर्दा सङ्घीयता लागू भए पनि ‘केन्द्रीकृत मानसिकता’ अझै कायम रहनु यस प्रदेशको मुख्य अवरोध हो। सुदूरपश्चिमको प्रादेशिक सरकार बजेट र योजनाका लागि केन्द्रमा निर्भर रहनुपर्ने र काठमाडौँमा हुने सत्ता समीकरणको फेरबदलले प्रदेश सरकारहरू छिनछिनमा ढल्ने प्रवृत्ति यहाँ चरम छ। पछिल्लो १८ महिनामा चार पटकसम्म सरकार परिवर्तन हुनुले विकास योजनाहरू अलपत्र परेका छन् र बजेट कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ। यसका साथै राजनीतिक दलहरूमा ‘भागबन्डाको राजनीति’ र पहुँचवाला नेताहरूको क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने प्रवृत्तिले सीमान्तकृत समुदाय र दुर्गम क्षेत्रहरू विकासको मूल प्रवाहबाट टाढिएका छन्। राजनीतिक प्रतिनिधित्वमा पनि सुदूरपश्चिमका मुद्दाहरूलाई काठमाडौँले सधैँ ओझेलमा राख्नु र स्थानीय नेतृत्वले केन्द्रसँग दह्रो बार्गेनिङ गर्न नसक्नुले यो प्रदेश अझै पछाडि परेको छ।

वि.सं. २०४६ को प्रजातन्त्र पुनर्स्थापना पछि नेपालमा अवलम्बन गरिएका विभिन्न राजनीतिक र आर्थिक नीतिहरूले सुदूरपश्चिमको विकासमा मिश्रित प्रभाव पारेका छन्। प्रजातन्त्रको आगमनसँगै मुलुकले अवलम्बन गरेको आर्थिक उदारीकरण र निजीकरण नीतिले सुगम तथा सहरी क्षेत्रमा लगानी बढाए पनि सुदूरपश्चिममा निजी क्षेत्र आकर्षित हुन सकेन, जसले क्षेत्रीय असमानताको खाडल झन् बढ्दै गयो। वि.सं. २०५२ देखि सुरु भएको एक दशक लामो सशस्त्र द्वन्द्वको चपेटामा यो प्रदेश नराम्ररी पर्‍यो, जुन विकास पछाडि पर्नुको अर्को मुख्य राजनीतिक कारण हो। द्वन्द्वका क्रममा भौतिक पूर्वाधारहरूको विनाश हुनु र विकास बजेट सुरक्षातर्फ केन्द्रित हुनुले यस क्षेत्रको प्रगतिलाई दशकौँ पछाडि धकेल्यो। यद्यपि वि.सं. २०७२ को संविधानमार्फत लागू भएको सङ्घीयताले सुदूरपश्चिमलाई प्रदेशको पहिचान र आफ्नै स्रोत परिचालन गर्ने अधिकार प्रदान गर्‍यो, तर राजनीतिक संस्कारमा आएको ह्रास र केन्द्रको सत्ता समीकरण अनुसार प्रदेश सरकारहरू परिवर्तन भइरहने अस्थिरताले सोचेअनुरूपको विकास हुन सकेको छैन।

दुई वर्षको अवधिमा सुदूरपश्चिममा देखिएको चरम राजनीतिक अस्थिरता र बारम्बारको सरकार परिवर्तनले विकास आयोजनाहरूलाई अलपत्र पारेको छ। प्रदेशको राजधानी (गोदावरी) तोकिएको वर्षौँ बितिसक्दा पनि भौतिक पूर्वाधार निर्माण हुन नसक्नु र प्रशासनिक कामहरू अझै अस्थायी रूपमा सञ्चालन हुनु राजनीतिक इच्छाशक्तिको कमीको ज्वलन्त उदाहरण हो। साथै राज्यले स्वदेशमा रोजगारीका ठोस नीतिहरू ल्याउन नसक्दा यहाँको युवा शक्ति रोजगारीका लागि भारत र अन्य मुलुक पलायन भइरहेको छ, जसले सामाजिक–आर्थिक विकासमा अवरोध सिर्जना गरेको छ। समग्रमा २०४६ पछिको राजनीतिले सुदूरपश्चिमलाई चेतना त दियो, तर केन्द्रीकृत मानसिकता, सशस्त्र द्वन्द्व र वर्तमान प्रादेशिक सरकारको अस्थिरताका कारण यो प्रदेश विकासको दौडमा अन्य प्रदेशहरूभन्दा पछाडि नै रहन बाध्य भएको छ।

सुदूरपश्चिमका जनताले विगतमा धेरै नेताहरूलाई विश्वास गरे। तर दुर्भाग्यवश, तीमध्ये धेरैले जनहितभन्दा व्यक्तिगत स्वार्थ, दलगत लाभ र सत्ताको गणितलाई प्राथमिकता दिए। विकासका नाममा भाषण भए, योजना बने, तर कार्यान्वयन कमजोर रह्यो। पहाडी जिल्लाहरू निरन्तर उपेक्षित भए, आधारभूत सेवा, रोजगारी र अवसरको अभावले जनतालाई बसाइँ सराइ र वैदेशिक रोजगारतिर धकेल्यो। राजनीतिक नेतृत्वले सुदूरपश्चिमलाई राष्ट्रिय विकासको केन्द्रमा ल्याउने साहस र क्षमता प्रदर्शन गर्न सकेन, यही नै आजको गम्भीर आत्म समीक्षाको विषय हो।

बि. स.२०७८ को जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या २७,११,२७० छ। यसमध्ये करिब १०,९६,१०२ युवा वर्गमा पर्छन्। वि.सं. २०८१ सम्म प्रदेशको समग्र साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ, जसमा युवाहरू नै बढी छन्। तर यही युवा शक्ति रोजगारी र अवसर अभावमा देश छोड्न बाध्य छ। अनुमानअनुसार हरेक वर्ष करिब ८ लाख मानिस सुदूरपश्चिमबाट वैदेशिक रोजगारीका लागि भारत लगायत अन्य देशमा बाहिरिन्छन्, र लाखौँ सुदूरपश्चिमवासी भारतका विभिन्न सहरहरू, मुम्बई, दिल्ली, पन्जाब, नैनीताल, गुजरात, बेङ्गलुरु लगायतमा श्रमरत छन्। यो अवस्था केवल आर्थिक समस्या होइन, यो नेतृत्वको र राज्यको असफलताको प्रतिफल हो।

विकासको उच्च सम्भावना हुँदा हुँदै पनि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गरिबी र खाद्य असुरक्षा गहिरो छ। जीविकोपार्जनको सुनिश्चितता नहुँदा मानिसहरू तराईतर्फ वा सिधै भारततर्फ पलायन भइरहेका छन्। यसले पहाड खाली हुँदै गएका छन्, कृषि भूमि बाझिँदै गएको छ र सामाजिक संरचना कमजोर बनेको छ। यदि यही क्रम जारी रह्यो भने सुदूरपश्चिमको संस्कृति र दीर्घकालीन विकास गम्भीर जोखिममा पर्नेछ।

भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँगको रणनीतिक सिमाना, भारतको राजधानी दिल्ली र धार्मिक क्षेत्र हरिद्वार नजिक रहेको, विशाल प्राकृतिक स्रोत र युवा जनशक्ति यसका आधार हुन्। सुदूरपश्चिममा ९,६८५ मेगावाट जलविद्युत् सम्भावना छ भन्ने सुनिन्छ। ७५० मेगावाटको पश्चिम सेती भण्डारण आयोजना र ४५० मेगावाटको सेती नदी–६ जस्ता परियोजना प्रदेशको आर्थिक रूपान्तरणका मेरुदण्ड बन्न सक्छन्। साथै, कर्णाली–चिसापानी १० हजार मेगावाट ऊर्जा परियोजना जस्ताले सुदूरपश्चिमलाई ऊर्जा प्रवर्तनको केन्द्र बनाउन सक्छ।

दोधारा–चाँदनी ड्राइ पोर्ट, प्रस्तावित एकीकृत लजिस्टिक्स पार्क र कोल्ड चेन पूर्वाधारले सुदूरपश्चिमलाई अन्तर देशीय व्यापारको प्रवेशद्वार बनाउन सक्छ। कृषि तथा औद्योगिक उत्पादनलाई भारत र तेस्रो बजारसम्म पुर्‍याउने संरचना विकास अनिवार्य छ। गोदावरी औद्योगिक क्षेत्र, दार्चुलामा ढुङ्गा, तामा, ग्रेनाइट तथा बैतडी–डडेलधुरामा फलाम, सिसा, जस्ता खानीमा आधारित उद्योग विकासको सम्भावना छ। यी क्षेत्रलाई पारदर्शी र दिगो ढङ्गले अघि बढाउन सक्षम नेतृत्व चाहिन्छ।

करिब ८५ प्रतिशत घरधुरी कृषि पेसामा संलग्न छन्। जैविक खेती, खप्तड क्षेत्रमा उच्च पहाडी जडीबुटी प्रशोधन, बाजुरामा जैतुन प्रशोधन जस्ता कार्यक्रमले स्थानीय रोजगारी सिर्जना गर्न सक्छन्।

खप्तड, शुक्लाफाँटा, अपि–नम्पा संरक्षण क्षेत्र, अपि–साइपाल ट्रेकिङ, बडिमालिका, गोदावरी–बुढीतोला जस्ता स्थानहरूमा इको–टुरिजम र साहसिक पर्यटनको अपार सम्भावना छ। उग्रतारा, शैलेश्वरी, बडिमालिका जस्ता धार्मिक स्थललाई भारत लक्षित तीर्थ पर्यटन सर्किटमा विकास गर्न सकिन्छ। तर यसका लागि दूरदर्शी योजना र दृढ कार्यान्वयन चाहिन्छ।

आइटी दशकको अवधारणासँगै सुदूरपश्चिममा सफ्टवेयर विकास र डिजिटल सेवाको सम्भावना बढ्दै छ। धनगढी र महेन्द्रनगर जस्ता सहरमा स्मार्ट सिटी अवधारणा लाई अघि बढाउन सकिन्छ। आगामी वर्ष नेपाल अति कम विकसित राष्ट्रबाट स्तरोन्नति हुँदै छ। यस सन्दर्भमा सुदूरपश्चिमले हरित, उत्थानशील र समावेशी विकासको मोडेल अपनाउँदै आर्थिक विकास र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्छ।

सडक, हवाई पूर्वाधारमा धनगढी विमानस्थललाई भारतका सहरहरू संग जोड्ने क्षत्रिय विमानस्थलमा विकास र दुर्गम पहाडसँगको हवाई सम्पर्क कायम गर्नु पर्छ। युवा पलायनले स्थानीय उत्पादकत्व घटाइरहेको छ। यी चुनौती समाधान गर्न केवल योजना होइन, सक्षम नेतृत्व आवश्यक छ।

आगामी निर्वाचनमा सुदूरपश्चिमले भावनामा होइन, विवेकमा आधारित निर्णय गर्नुपर्छ। जात, दल वा पुराना नाराभन्दा माथि उठेर सही व्यक्ति, सही सीप र सही क्षमता भएको नेतृत्व छान्नुपर्छ, जो सुदूरपश्चिमको एजेन्डालाई राष्ट्रिय विकासको अग्रपङ्क्तिमा पुर्‍याउन सक्छ, देशका नीति र स्रोतलाई यहाँको सामाजिक–आर्थिक विकास र वातावरण संरक्षणमा केन्द्रित गर्न सक्छ।

यो समय मौन बस्ने होइन, निर्भीक रूपमा परिवर्तनको संवाहक बन्ने हो। सुदूरपश्चिमका युवाहरू, बुद्धिजीवी, किसान तथा प्रवासी सबैले स्पष्ट रूपमा भन्नुपर्छ, अब आत्म-केन्द्रित राजनीति स्वीकार्य छैन। अब सुदूरपश्चिमको भविष्य सुरक्षित गर्न दूरदर्शी, जिम्मेवार र निर्णायक नेतृत्व अपरिहार्य भइसकेको छ। सुदूरपश्चिम मात्र होइन, समग्र देशका लागि आगामी निर्वाचन सही नेतृत्व, सही दृष्टि र निर्णायक परिवर्तनतर्फको प्रस्थान बिन्दु बन्नुपर्छ। फागुन २१ केवल एक चुनावी मिति मात्र नभई सुदूरपश्चिमसहित सम्पूर्ण नेपालको नयाँ यात्राको सार्थक प्रारम्भ हुनुपर्छ।

निर्णय मतदाताहरूको हातमा छ।

(यदि यस लेखसम्बन्धी कुनै टिप्पणी वा जिज्ञासा भएमा कृपया प्रेम राज अवस्थीलाई [email protected] मार्फत सम्पर्क गर्नुहोला )

प्राकृतिक दूधको शक्तिः सुदूरपश्चिम डेरी क्षेत्रको उज्यालो भविष्य

धनगढी– सुदूरपश्चिम प्रदेशलाई परम्परागत रूपमा कृषि र पशुपालनमा निर्भर क्षेत्रका रूपमा लिइन्छ । पहाडी भूगोल, ग्रामीण जीवनशैली र परम्परागत खाद्य संस्कृतिले यहाँको दुग्ध उत्पादनलाई देशका अन्य प्रदेशभन्दा फरक र विशिष्ट बनाएको छ । यही पृष्ठभूमिमा नेपाल डेरी एशोसियसन सुदूरपश्चिम प्रदेशको छैटौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सुदूरपश्चिमको डेरी क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीमाथि गम्भीर बहसको थालनी गरेको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शंकर शाहले प्रस्तुत गरेको तथ्यांक अनुसार नेपालमा वार्षिक रूपमा करिब २७ लाख मेट्रिक टन दूध उत्पादन हुन्छ । यसमध्ये सुदूरपश्चिम प्रदेशको योगदान मात्रै २ लाख ७५ हजार मेट्रिक टन रहेको छ । भौगोलिक कठिनाइ, सीमित पूर्वाधार र बजार पहुँचका समस्या हुँदाहुँदै पनि यो उत्पादन सुदूरपश्चिमको ठूलो उपलब्धि मानिन्छ ।
सचिव शाहका अनुसार दूध उत्पादनले हजारौँ किसान र व्यवसायीलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ । ‘यदि व्यवस्थित बजारीकरण गर्न सकियो भने दूध क्षेत्रले अझ धेरैलाई घरमै स्वरोजगार दिन सक्छ,’ उनले भने । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा डेरी क्षेत्रलाई विकास गर्न सकिने उनको धारणा थियो ।
नेपालमा प्रति व्यक्ति वार्षिक ९२ लिटर दूध उपलब्धता हुनुपर्ने मानक रहे पनि देशको औसत उपलब्धता ९० लिटर मात्र छ । तर सुदूरपश्चिममा भने प्रति व्यक्ति वार्षिक १०२ लिटर दूध उपलब्धता रहेको तथ्यले यो प्रदेश दूध उपभोगमा अगाडि रहेको देखाउँछ ।
यसको मुख्य कारण यहाँको घरेलु उपभोग संस्कार हो । सुदूरपश्चिमका धेरै घरमा दूधबाट घरमै घिउ, दही, मोही र अन्य परिकार बनाउने चलन अझै कायम छ । बजारमा मात्र निर्भर नभई घरेलु प्रयोगमा जोड दिइएकाले दूध उत्पादन र उपभोगबीच सन्तुलन देखिएको सचिव शाहको भनाई रहेको छ ।
सुदूरपश्चिममा सञ्चालनमा रहेको घाँस विकास कार्यक्रमले पशुपालनलाई प्राकृतिक बनाएको छ । रासायनिक दाना र कृत्रिम पदार्थको प्रयोग कम भएकाले यहाँ उत्पादन हुने दूधलाई ‘प्राकृतिक र मिसावट रहित’ मानिन्छ । सचिव शाहले यही विशेषतालाई आधार बनाएर सुदूरपश्चिमको छुट्टै डेरी पहिचान बनाउन सकिने बताए ।
‘यहाँको दूध र दुग्ध परिकारलाई ब्रान्डिङ गरेर बजारमा लैजान सकियो भने सुदूरपश्चिमको छुट्टै पहिचान बन्छ,’ उनले भने । घिउ, दही, छुर्पी, पनिरजस्ता परिकारलाई स्थानीय स्वाद र संस्कृतिसँग जोडेर प्रवद्र्धन गर्न सके प्रदेशको आर्थिक रुपान्तरणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
यद्यपि सुदूरपश्चिमको डेरी क्षेत्र बाहिरबाट हेर्दा व्यवस्थित देखिए पनि भित्र गहिरो विरोधाभास रहेको छ । कार्यक्रममा उठाइएको सबैभन्दा गम्भीर प्रश्न यही थियो–किसान भन्छन् दूध बिक्री भएन, डेरी व्यवसायी भन्छन् प्रशस्त दूध पाएनौँ र उपभोक्ता भन्छन् दूध नै पाइँदैन ।
उनले यो त्रिकोणात्मक समस्या उत्पादनभन्दा बढी व्यवस्थापन र प्रणालीगत कमजोरीसँग जोडिएको बताए । संकलन केन्द्रको अभाव, चिस्यान प्रविधि (कोल्ड चेन) नहुनु, ढुवानी समस्या, मूल्य निर्धारणको अस्पष्टता र बजारमा बिचौलियाको प्रभावले यो अवस्था सिर्जना गरेको उनी बताउँछन ।
दूध उत्पादनमा किसानले बढ्दो लागतको मार खेपिरहेका छन् । पशु आहार, औषधि, श्रम र ढुवानी खर्च बढ्दै जाँदा किसानको नाफा घटेको छ । यही कारण कतिपय किसान दूध उत्पादनबाट निरुत्साहित हुँदै गएका छन् ।
सचिव शाहले उत्पादन वृद्धि र लागत घटाउन विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । सहुलियत ऋण, पशु बीमा, प्रविधिमैत्री गोठ सुधार, उन्नत जातको पशुपालन र तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्र डेरी क्षेत्र दिगो बन्ने उनको धारणा थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास समिति सभापति एवं नेकपा एमालेका नेता धर्मराज पाठकले कृषि क्षेत्रको समग्र अवस्थामाथि प्रश्न उठाए । उनले जनसंख्याको ठूलो हिस्सा कृषिमा निर्भर भए पनि कुल गार्हस्थ उत्पादनमा अपेक्षित योगदान नदेखिनु गम्भीर समस्या भएको बताए ।
‘सरकारी, सहकारी र निजी क्षेत्रबाट प्रयास भइरहेका छन्, तर उत्पादनमा सुधार हुन सकेको छैन,’ पाठकले भने । कृषिमा ठूलो जनसंख्या लागे पनि बेरोजगारी र गरिबी हटाउन नसकिएको यथार्थ उनले औँल्याए । सुदूरपश्चिमबाट मौसमी कामदार भारत जाने क्रम अझै रोकिएको छैन, जसले ग्रामीण अर्थतन्त्र कमजोर बनाइरहेको उनको भनाइ थियो ।
यदि डेरी क्षेत्रलाई मूल्य शृङ्खलासँग जोड्न सकियो भने यसले रोजगारी सिर्जनामा ठूलो भूमिका खेल्न सक्छ । दूध उत्पादनदेखि प्रशोधन, प्याकेजिङ, ढुवानी र बजारीकरणसम्म थुप्रै अवसर छन् । विशेषगरी युवा र महिलालाई लक्षित कार्यक्रम सञ्चालन गर्न सके वैदेशिक रोजगारीको विकल्प निर्माण गर्न सकिने उनले अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा सहभागी डेरी व्यवसायीहरूले स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । नीति, लगानी र बजारलाई एउटै दिशामा लैजान सके मात्र डेरी क्षेत्रले आफ्नो सम्भावना पूरा गर्न सक्ने उनीहरूको धारणा थियो ।
नेपाल डेरी एशोसियसन सुदूरपश्चिम प्रदेश अध्यक्ष चेतराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनात्मक समीक्षा र भावी कार्यदिशाबारे छलफल गरिएको थियो । अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिने जनाइएको छ ।
कार्यक्रमको समापन गर्दै डेरी व्यवसायी भागरथी कार्कीले सुदूरपश्चिमको डेरी क्षेत्र सम्भावनाले भरिपूर्ण भए पनि नीति र व्यवहारबीचको दूरी घटाउन नसके समस्या झनै गहिरिने चेतावनी दिइन् । उनले किसान, व्यवसायी र उपभोक्ताको हित सन्तुलन हुने प्रणाली निर्माण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् ।

मदिरा व्यवसायी संघ कैलालीको साधारण सभा सम्पन्न

धनगढी– मदिरा व्यवसायी संघ कैलालीको छैठौँ वार्षिक साधारण सभा धनगढीमा शनिबार भएको छ । संघका केन्द्रीय अध्यक्षको उपस्थितिमा सुरु भएको सभामा कैलाली जिल्लाका पदाधिकारीहरू, उद्योग वाणिज्य संघ कैलालीका प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सभाको उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले मदिरा व्यवसायलाई व्यवस्थित, मर्यादित र कानुनी दायराभित्र सञ्चालन गर्न सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय व्यवसायिक चुनौती, कर प्रणाली, नियमन तथा उपभोक्ता हितका विषयमा संघले खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
साधारण सभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजना र नीतिगत विषयमा छलफल भएको छ । कार्यक्रमले व्यवसायीहरूबीच अनुभव साटासाट, समस्या पहिचान र समाधानका उपाय खोज्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

हिमशिखर सहकारीको १७औँ वार्षिक साधारणसभा सम्पन्न

धनगढी– कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारणसभाको उदघाटनसत्रमा संस्थाका शेयर सदस्य, कर्मचारी, ऋणी तथा सहकारीसँग आबद्ध विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटनसत्रमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सभाको औपचारिक उद्घाटन गर्दै संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारीले स्थापना कालदेखि हालसम्म हासिल गरेको उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे प्रकाश पारेका थिए । अध्यक्ष भण्डारीले सहकारीको दिगो विकास, सदस्यको हित संरक्षण तथा पारदर्शी वित्तीय व्यवस्थापनमा संस्था प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा सेवाको दायरा थप विस्तार गरिने बताए ।
त्यसैगरी, संस्थाका व्यवस्थापक महेन्द्र शाहीले संक्षिप्त विवरणसहित आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले आर्थिक वर्ष २०८०/८१ मा संस्थाको कुल सम्पत्ति रु. ७५ करोड २८ लाख ५३ हजार रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा रु. १३ करोड १८ लाख २६ हजारले वृद्धि भई रु. ८८ करोड ४६ लाख ८० हजार पुगेको जानकारी दिए । कुल सम्पत्तिमा भएको उल्लेखनीय वृद्धिले संस्थाको वित्तीय अवस्था सुदृढ बन्दै गएको स्पष्ट हुने उनले बताए ।
व्यवस्थापक शाहीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको शेयर पुँजी रु. ४ करोड २ लाख २१ हजार रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा वृद्धि भई रु. ४ करोड ६६ लाख ३४ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा शेयर पुँजीमा १५.९५ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै उनले सदस्यहरूको सहकारीप्रतिको विश्वास बढ्दै गएको बताए ।
त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा संस्थाको कुल बचत निक्षेप रु. ५० करोड २३ लाख ५९ हजार रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा वृद्धि भई रु. ६१ करोड ९० लाख २५ हजार पुगेको जानकारी पनि प्रतिवेदनमा समेटिएको थियो । बचत संकलनमा भएको यो वृद्धिले संस्थाको वित्तीय स्थायित्व मजबुत बनेको व्यवस्थापक शाहीले बताए । साथै, आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल आम्दानी रु. ३ करोड ९५ लाख ३२ हजार रहेको उल्लेख गर्दै उनले आय–व्यय व्यवस्थापन सन्तुलित रूपमा अघि बढिरहेको बताए ।
आर्थिक वर्ष २०८१/८२ को मसान्तसम्म संस्थाको नगद तथा बैंक मौज्दात रु. १५ करोड ३० लाख २० हजार पुगेको र संस्थामा २४.७२ प्रतिशत तरलता कायम रहेको जानकारी पनि उद्घाटनसत्रमा दिइयो । यो तरलता दरले संस्थाको वित्तीय जोखिम व्यवस्थापन सन्तोषजनक रहेको देखाउने व्यवस्थापक शाहीले बताए ।
कार्यक्रममा लेखा समिति सदस्य खेमराज अवस्थीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रतिवेदनमार्फत संस्थाको वित्तीय कारोबार, आन्तरिक नियन्त्रण प्रणाली तथा लेखा परीक्षण प्रक्रियाबारे जानकारी गराउँदै आगामी दिनमा थप सुधारका सुझावहरू प्रस्तुत गरेका थिए ।
साधारण सभामा सहकारीले संस्थामा कार्यरत कर्मचारी, शेयरधनी, समाजमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएकोे थियो । साधारणसभाको उद्घाटनसत्रको सञ्चालन संस्थाका सचिव विमल जोशीले गरेका थिए । कार्यक्रममा हिमशिखर सहकारी संस्था लिमिटेडका सबै शाखाका कर्मचारी, शेयर सदस्य, ऋणी तथा संस्थासँग आबद्ध विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

Dallas Runs for Autistic Children

Dallas (Texas), 3 January
People who run every day, people who run once in a while, and even those who had never run before came together in Euless on Saturday. They all had one reason — Walk for Autism.

The five-kilometer event was organized by One Step Foundation to support autistic children. More than 270 people of all ages took part, from four- and five-year-old children to senior citizens in their eighties.

The run was free, and 267 participants had registered in advance. Many others joined on the day itself after hearing about the event. They did not want to miss the chance to be part of the cause.

With Data Flake  as the main sponsor, the program received strong support from the community. Families of autistic children helped in different ways. Some arranged drinking water, others brought coffee and fruit. Various organizations sent volunteers, and many people volunteered on their own. With everyone’s help, Walk for Autism was completed successfully.

This was not a race to win. There were no prizes for speed and no competition among runners. Everyone who participated was treated as a winner, and all received medals. It was the first time such a run for autistic children was held in Texas, and the event stood out for its simple and inclusive approach.

There was no formal opening or closing ceremony. There were no chief guests or speeches. The focus remained on autistic children and their families.

Bal Joshi, a marathon runner and volunteer with One Step Foundation, handed over NPR 100,000 collected from the event to Jigyasa Foundation in Nepal, which works with autistic children.

“Support from the whole community is needed to address the challenges faced by autistic children,” Joshi said. “Unless people understand what these families go through, real change is not possible. That is why we invited everyone to join us.”

Event coordinator Manoj Katuwal thanked all participants, volunteers, sponsors, and supporters for their contribution to the program.

 

अटिष्टिक बालबालिकाका लागि दौडियो ड्यालस

ड्यालस,टेक्सास, ३ जनवरी ।

सधै दौडिने र कहिलेकाही दौडिनेहरु शनिवार युलेसको एकै ठाउँमा दौडिए । त्यो दौडमा कहिल्यै नदौडिनेहरु पनि सहभागी भए । उद्देश्य भने एउटै थियो, ‘वाक फर अटिजम’ ।

वान स्टेप फाउण्डेसनले अटिष्टिक बालबालिकाहरुका लागि पाँच किमी दौड आयोजना गरेको थियो । जसलाई नाम दिईएको थियो, ‘वाक फर अटिजम’ ।

आयोजक वान स्टेप फाउण्डेसनको आह्वानमा २७० जनाभन्दा बढि व्यक्ति दौडमा सहभागी भए । त्यो पनि सबै उमेर समूहका । चार/पाँच वर्षका बालबालिकादेखि ८० वर्षसम्मका जेष्ठ नागरिकहरु दौडमा सहभागी थिए । निशुल्क आयोजना गरिएको दौडका लागि २६७ जनाले अग्रिम रुपमा नाम दर्ता गरेका थिए । नाम दर्ता गर्न छुटेका थुप्रै व्यक्तिहरुले समेत यो अवसर गुमाउन चाहेनन् । उनीहरु पनि सहभागी थिए ।

डेटा फ्लेक मुख्य प्रायोजक रहेको ‘वाक फर अटिजम’ का लागि अटिष्टिक परिवार स्वस्फूर्त रुपमा सहयोग गरे । कसैले पानीको व्यवस्था गरिदिए । कसैले कफि । कसैले फलफूल सहयोग गरे । र, विभिन्न संघसंस्थाले स्वयमसेवकहरु पठाएर सहयोग गरे । कतिपय व्यक्ति स्वस्फूर्त रुपमा स्वयमसेवकको भूमिका निर्वाह गर्न आईपुगे । ती सबैको सहयोगमा ‘वाक फर अटिजम’ भव्य रुपमा सम्पन्न भयो । यो कसैलाई उछिन्ने दौड थिएन् । नत यसमा उत्कृष्ट धावकलाई उत्कृष्ट पुरस्कारको व्यवस्था थियो । दौडमा सहभागी हुने सबै बिजेता थिए । र, आयोजकले सबैलाई मेडल प्रदान ग¥यो । अटिष्टिक बालबालिकाहरुका निम्ति टेक्सासमा पहिलो पटक आयोजना गरिएको यो दौड आयोजनाको उद्देश्य र यसको सञ्चालनका दृष्टिकोणले पनि पहिलो थियो ।

न त यौ दौडको औपचारिक रुपमा उद्घाटन गरियो ।  न त औपचारिक रुपमा समापन । न त दौडमा प्रमुख अतिथि थिए । नत मन्तव्य व्यक्त गर्ने अतिथिहरु । दौडको प्राथमिकतामा थिए त, केवल अटिष्टिक बालबालिकाहरु । र, तिनका परिवार ।

वान स्टेप फाउण्डेसनका स्वयमसेवक तथा म्याराथन धावक बाल जोशीले अटिष्टिक बालबालिकाहरुको सहयोगका लागि आह्वान गरिएको दौडबाट संकलित एक लाख रुपैया नेपालमा अटिष्टिक बालबालिकाका लागि काम गर्ने जिज्ञासा फाउण्डेसनलाई प्रदान गरे ।

अटिष्टिक बालबालिकाहरुका समस्या समाधानका लागि सिंगो समुदायको साथ र सहयोग आवश्यक रहेको ठान्यौ, जोशीले भने, अटिष्टिक बालबालिका र तिनका परिवारले भोगेका पीडा सबैले महशुस नगरेसम्म त्यो संभव छैन् । त्यही कारण दौडमा सबैलाई सहभागी हुन आह्वान ग¥यौ । हाम्रो आह्वानलाई स्वीकार गर्दै दौडमा सबैको सहभागिता रह्यो ।

ईभेण्ट संयोजक मनोज कटुवालले दौडमा सहभागी हुने सबैलाई धन्यवाद दिए ।

घोडाघोडी सिमसारमा जलपन्क्षी गणना शुरु

कैलाली । जैविक विविधताको खानी मानिने नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड स्याङ्क्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा आजदेखि जलपन्क्षी गणना शुरु भएको छ। चरा संरक्षण नेटवर्क कैलालीको टोलीले पुस २१ गतेसम्म चराहरूको अध्ययन, अवलोकन र गणना गर्ने कार्यलाई अगाडि बढाएको छ।

घट्दो सङ्ख्या र चुनौती घोडाघोडी क्षेत्रमा विगतमा करिब २,२०० को हाराहारीमा जलपन्क्षी पाइने गरेकामा गत वर्ष यो सङ्ख्या घटेर १,१०० मा सीमित भएको तथ्याङ्क छ। विशेष गरी घोडाघोडीको सूचक प्रजातिका रूपमा चिनिने ‘हरिहाँस’ को सङ्ख्यामा आएको गिरावटले संरक्षणकर्मीहरूलाई चिन्तित तुल्याएको छ। बासस्थान असुरक्षित हुनु, आहाराको कमी र चोरी सिकारी जस्ता कारणले चराको सङ्ख्या घट्दै गएको नेटवर्कका सचिव राम कुमार र घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले बताए।

संरक्षणको आवश्यकता डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले घोडाघोडीलाई प्राकृतिक सम्पत्तिका रूपमा जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले पनि वर्ड स्याङ्क्चुरीको घोषणालाई कागजमा मात्र सीमित नराखी चराहरूको बासस्थान जोगाउन प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

नेपालकै तराई क्षेत्रको सबैभन्दा ठूलो प्राकृतिक तालका रूपमा रहेको घोडाघोडी क्षेत्रमा सानो-ठूला गरी २४ वटा तालहरू छन्। यहाँ रैथाने र आगन्तुक गरी कुल ३८१ प्रजातिका चराहरू पाइने गरेका छन्। सन् २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले यसलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो।

 

आजदेखि जलपन्छीको गणना शुरू

काठमाण्डौ – देशैभरका ताल तलैया, नदी, सिमसार क्षेत्रमा रहेका जलपन्छीको गणना शुरू भएको छ ।

हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारदेखि नेपालमा पूर्वको कोशीदेखि पश्चिममा शुक्लाफाँटासम्म जलपन्छीको गणना गर्ने गरिन्छ । पानी, ताल तलैया, सिमसार र आसपासको क्षेत्रमा आहारविहार गर्ने, प्रजनन गर्ने र धेरैजसो समय व्यतित गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ ।

यसवर्ष आजदेखि शुरू भएको गणना आउँदो माघ ४ गतेसम्म चल्नेछ । वेटल्याण्ड ईन्टरनेशनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा गणना थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, पन्छी संरक्षण संघलगायतले पनि जलपन्छीको गणनामा आवश्यक सहयोग गरेका छन् । चराको बारेमा ज्ञान भएका, पहिचान गर्न सक्ने सीप, क्षमता रहेका ४ सयभन्दा धेरै जना गणनामा सहभागी छन् ।

वरिष्ठ चराविद् डा. हेमसागर बरालका अनुसार जलपन्छीका प्रजाति, तिनको संख्या र वासस्थानमा देखिएका समस्या जस्ता जानकारीको अभिलेख गर्न गणना महत्त्वपूर्ण हुन्छ । सन् २०२५ मा देशका १८ ठाउँको ७८ क्षेत्रमा गरिएको चरा गणनामा ९६ प्रजातिका ९६ हजार ५ सय ६५ चरा गणना गरिएको थियो । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् ।

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ- जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपातलगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर जाडोयाममा रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग (हाइपोथर्मिया) का लक्षण देखिने बिरामीको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ । पछिल्ला वर्ष जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पुर्याउने र दम तथा क्यान्सर जस्ता दीर्घ रोगको जोखिम बढाउने गरेको मन्त्रालयको भनाइ छ ।

विशेषगरी बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घ रोगीहरू जाडोयाममा बढी जोखिममा रहने भएकाले चिसोबाट बच्न, धुवाँ–धुलोबाट जोगिन, पोषक तत्वयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन तथा भिटामिन ‘सी’ युक्त फलफूल र सागपात पर्याप्त मात्रामा खान मन्त्रालयले आग्रह गरेको छ । सरसफाइमा ध्यान दिन, प्रशस्त मात्रामा झोल पदार्थ खान र अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले चिसोका कारण देखिने समस्या बढेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा ‘हेलो स्वास्थ्य कल सेन्टर १११५’ मा परामर्श लिन भनेको छ । त्यसैगरी जाडोयाममा आगो, हिटर तथा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा हरेक वर्ष ज्यान जाने तथा अस्पताल भर्ना हुने घटना हुने गरेको उल्लेख गर्दै मन्त्रालयले विशेष सतर्कता अपनाउन भनेको छ ।

हावा पास नहुने कोठामा यस्ता उपकरण प्रयोग गर्दा कार्बन मोनोअक्साइड ग्यास जम्मा भई ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले आगो तथा तताउने उपकरण खुला र सुरक्षित ठाउँमा मात्र प्रयोग गर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुमबाहिर जडान गर्न आग्रह गरिएको छ ।

यस्ता उपकरण प्रयोग गर्दा टाउको दुख्ने, रिङ्गटा लाग्ने जस्ता लक्षण देखिएमा तुरुन्त हावा आवतजावत हुने खुला ठाउँमा जान र समस्या निरन्तर रहेमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

समानुपातिकतर्फको मतपत्र छपाइको तयारी सुरु

काठमाण्डौ- आउँदो फागुन २१ गते तय भएको प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छपाइ शुरू गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत चुनावका लागि आवश्यक सामग्री पुर्याउने गरी काम गर्नेक्रममा समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गर्न लागिएको जानकारी गराएका हुन् । समानुपातिकतर्फको मतपत्र सबै जिल्ला र निर्वाचन क्षेत्रमा एकै प्रकारको हुने भएकाले छपाइ शुरू गर्न लागिएको उनको भनाइ छ ।

प्रत्यक्षतर्फको मनोनयन भने आउँदो माघ ६ गते तोकिएको छ । प्रत्यक्षतर्फ हरेक निर्वाचन क्षेत्रमा फरक मतपत्र चाहिने हुँदा माघ ९ गतेपछि मात्र छपाइ शुरू गरिने प्रवक्ता भट्टराईले बताए । दुवै निर्वाचन प्रणालीलाई गरी चार करोड मतपत्र छाप्न लागिएको आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ दुई करोड र समानुपातिकतर्फ पनि दुई करोड गरी चार करोड मतपत्र छाप्न लागिएको हो । आउँदो फागुन २१ गते हुने चुनावका लागि एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् ।

मतदाता सङ्ख्याका आधारमा दुवै चुनाव प्रणालीतर्फ दुई/दुई करोड गरी चार करोड मतपत्र छपाइ गर्न लागिएको हो ।

कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी : एक हजार चल्ला जलेर नष्ट, ११ लाखको क्षति

कञ्चनपुर। कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति पुगेको छ । दोधारा चाँदनी नगरपालिका–६ का स्थानीय व्यवसायी रमेश औजीको लक्ष्मी पशुपन्छी फर्मका दुई वटा कुखुरा फर्ममा शुक्रबार राति करिब १ बजे आगलागी भएको हो ।

आगलागीबाट फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ, भने खोरभित्र पालिएका एक हजार एक सय कुखुराका चल्ला, २० कट्टा चारो लगायत खोरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको व्यवसायी औजीले बताएए छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, गएराति १ बजे विद्युतको तार सर्ट भएर आगो सल्केको बुझ्नमा आएको छ । आगलागीपछि स्थानीय, नेपाल प्रहरी तथा दमकलको सहयोगमा बिहान करिब ४ः३० बजे आगो नियन्त्रणमा लिइएको प्रनाउ बोहराले बताए ।

प्रहरीका अनुसार, कुखुराको चल्लाको हेरचाहका लागि खोरमै सुतेका राहुल औजी भने भाग्न सफल भएका थिए । औजीले सुतिरहेको अवस्थामा माथिबाट केही खसेपछि आगो लागेको थाहा पाएर भागेर ज्यान जोगाएको बताए ।

प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ११ लाख रुपियाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नेपालको संसदमा समानुपातिक कति सार्थक र कति यथार्थ ?

टीका पौडेल

नेपालको संसदमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधान निर्माणको एक महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा स्थापित भएको छ । यो व्यवस्था विशेषतः ऐतिहासिक रूपमा पछाडि पारिएका, राज्यको शक्ति संरचनाबाट बहिष्कृत, पहुँचविहीन तथा सिमान्तकृत समुदायलाई राज्य सञ्चालनको मूलधारमा सहभागी गराउने उद्देश्यले अपनाइएको हो । समावेशी लोकतन्त्रको अवधारणाबाट प्रेरित यो प्रणालीले प्रतिनिधित्वको गणितीय समानता मात्र होइन, सामाजिक न्याय र ऐतिहासिक क्षतिपूर्तिको भावनालाई पनि आत्मसात् गर्ने प्रयास गरेको देखिन्छ । तर व्यवहारमा यो व्यवस्था कति सार्थक छ र कति यथार्थमा आधारित छ भन्ने प्रश्न आज गम्भीर बहसको विषय बनेको छ ।

नेपालको राजनीतिक इतिहास हेर्दा राज्यसत्तामा सीमित जाति, वर्ग र भूगोलको वर्चस्व रहँदै आएको स्पष्ट देखिन्छ । लामो समयसम्म संसद, सरकार, प्रशासन र नीति निर्माणका तहहरू केही निश्चित समुदायको नियन्त्रणमा सीमित थिए । यही पृष्ठभूमिमा समानुपातिक प्रतिनिधित्वलाई सामाजिक सन्तुलन कायम गर्ने एउटा औजारका रूपमा संविधानमा समावेश गरिएको हो । यसको मूल भावना सिमान्तकृत समुदायका सक्षम, चेतनशील र नेतृत्व क्षमतायुक्त व्यक्तिहरूलाई कानुन निर्माण र नीति निर्धारणको केन्द्रमा पुर्‍याउनु थियो । तर आजको यथार्थले यो उद्देश्य कति हदसम्म पूरा भयो भन्ने प्रश्न गहिरो रूपमा उठाइरहेको छ ।

समानुपातिक प्रणालीको अवधारणा सैद्धान्तिक रूपमा आकर्षक देखिए पनि यसको कार्यान्वयन प्रक्रियामा गम्भीर कमजोरीहरू देखा परेका छन् । राजनीतिक दलहरूलाई बन्दसूची प्रणालीमार्फत प्रतिनिधि छनोट गर्ने अधिकार दिइनु, स्पष्ट मापदण्डको अभाव, पारदर्शिताको कमी र आन्तरिक लोकतन्त्रको कमजोर अवस्था यसका प्रमुख समस्याहरू हुन् । व्यवहारमा दलका शीर्ष नेताहरूले समानुपातिक सूचीलाई आफ्ना नातेदार, आर्थिक रूपमा सबल व्यक्ति, शक्ति केन्द्र नजिकका कार्यकर्ता र चुनाव जित्न नसकेका तर नेतृत्वमा प्रभाव जमाएका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने माध्यमका रूपमा प्रयोग गरेको आरोप व्यापक रूपमा लाग्दै आएको छ ।

यसरी समानुपातिक प्रतिनिधित्वको नाममा संसदमा पुग्ने धेरै व्यक्ति वास्तवमै सिमान्तकृत समुदायको वास्तविक आवाज बन्न सकेका छैनन् । उनीहरू न त समुदायसँग गहिरो सम्बन्ध राख्छन्, न त समुदायका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउँछन् । धेरै अवस्थामा समानुपातिक सांसदहरू दल नेतृत्वप्रति बढी उत्तरदायी देखिन्छन्, जनताप्रति होइन । यसले संसदलाई जनताको प्रतिनिधि संस्थाभन्दा पनि दल केन्द्रित शक्ति संरचनामा सीमित बनाइदिएको छ ।

समानुपातिक प्रणालीले प्रतिनिधित्व त बढाएको देखिए पनि त्यो प्रतिनिधित्वको गुणस्तर र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको छ । संसदमा उपस्थित हुनु मात्र प्रतिनिधित्व होइन, त्यहाँ प्रभावकारी रूपमा बोल्न सक्ने, नीति निर्माणमा हस्तक्षेप गर्न सक्ने र कानुनको मर्म बुझेर निर्णय लिन सक्ने क्षमता हुनु आवश्यक हुन्छ । तर व्यवहारमा धेरै सिमान्तकृत समुदायका सक्षम व्यक्ति समानुपातिक सूचीमा पर्नै नसक्ने अवस्था देखिएको छ । यसको सट्टा पहुँच भएका, आर्थिक शक्ति भएका र दल नेतृत्वसँग निकट सम्बन्ध भएका व्यक्तिहरू प्राथमिकतामा पर्ने गरेका छन् ।

यसले समानुपातिक प्रणालीको नैतिक वैधतालाई कमजोर बनाएको छ । जब संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्व व्यवहारमा शक्तिशाली वर्गको पुनरुत्पादनको माध्यम बन्छ, तब त्यो व्यवस्था संविधानको मर्मविपरीत जान्छ । समानुपातिक प्रणालीले सामाजिक न्यायको लक्ष्य पूरा गर्नुको सट्टा नयाँ प्रकारको राजनीतिक विशेषाधिकार सिर्जना गरेको अनुभूति जनस्तरमा बढ्दै गएको छ ।

समानुपातिक प्रतिनिधित्वको अर्को गम्भीर समस्या उत्तरदायित्वसँग सम्बन्धित छ । प्रत्यक्ष निर्वाचित सांसदहरू आफ्नो निर्वाचन क्षेत्रका मतदाताप्रति प्रत्यक्ष रूपमा जिम्मेवार हुन्छन् । उनीहरूलाई आगामी निर्वाचनमा पुनः निर्वाचित हुने दबाब रहन्छ । तर समानुपातिक सांसदहरू दल नेतृत्वको निर्णयबाट चयन हुने भएकाले उनीहरूको उत्तरदायित्व जनताप्रति भन्दा पनि पार्टी नेतृत्वप्रति केन्द्रित हुने गरेको देखिन्छ । यसले संसदभित्र स्वतन्त्र विचार, विवेकपूर्ण निर्णय र जनहितमा आधारित बहसलाई कमजोर बनाएको छ ।

यस सन्दर्भमा नेपालको संसदलाई हेर्दा समानुपातिक प्रणालीले राजनीतिक स्थायित्व र नीति निर्माणको गुणस्तरमा अपेक्षित योगदान दिन नसकेको तर्क पनि उठ्ने गरेको छ । धेरै समानुपातिक सांसदहरू विधेयकको गहिरो अध्ययन बिना पार्टीको ह्विप अनुसार मत दिने प्रवृत्तिमा सीमित देखिन्छन् । यसले संसदलाई विचारशील बहसको थलोभन्दा पनि औपचारिक अनुमोदन गर्ने संस्थामा रूपान्तरण गरेको अनुभूति गराएको छ ।

यस अवस्थालाई सुधार गर्न संविधान संशोधनमार्फत समानुपातिक प्रणालीलाई पूर्ण रूपमा हटाउने वा गम्भीर रूपमा पुनर्संरचना गर्ने बहस अघि बढेको छ । विशेषतः प्रतिनिधिसभा जस्तो प्रत्यक्ष जनप्रतिनिधित्वको केन्द्रमा समानुपातिक प्रणालीभन्दा प्रत्यक्ष निर्वाचनलाई मात्र आधार बनाउनु पर्ने तर्क बलियो हुँदै गएको छ । प्रत्यक्ष निर्वाचनले जनताको रोजाइ, जनआवाज र जनउत्तरदायित्वलाई सशक्त बनाउने विश्वास गरिएको छ ।

यसको विकल्पका रूपमा समानुपातिक प्रणालीलाई राष्ट्रसभामा सीमित गर्नु उचित हुने धारणा पनि उल्लेखनीय छ । राष्ट्रसभा स्वभावतः नीति, अनुभव, विज्ञता र समावेशी प्रतिनिधित्वको सन्तुलन कायम गर्नका लागि बनाइएको संस्था हो । यहाँ समानुपातिक आधारमा विभिन्न समुदाय, क्षेत्र, लिंग र पृष्ठभूमिका व्यक्तिलाई प्रतिनिधित्व गराउँदा प्रतिनिधिसभाको जनादेश र राष्ट्रसभाको समावेशी चरित्रबीच सन्तुलन कायम गर्न सकिने तर्क प्रस्तुत गरिएको छ ।

यदि समानुपातिक प्रणालीलाई पूर्ण रूपमा हटाउन सम्भव नहुने हो भने कम्तीमा त्यसलाई पारदर्शी, उत्तरदायी र योग्यतामा आधारित बनाउने संयन्त्र अनिवार्य रूपमा निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । स्पष्ट मापदण्ड, खुला प्रतिस्पर्धा, समुदायको सिफारिस प्रणाली, स्वतन्त्र अनुगमन र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने सुधारबिना समानुपातिक प्रणालीको उद्देश्य पूरा हुन कठिन देखिन्छ ।

अन्ततः संविधान कुनै स्थिर दस्तावेज होइन, यो समय, अनुभव र अभ्यासका आधारमा परिमार्जन हुँदै जानुपर्ने जीवित संरचना हो । समानुपातिक प्रतिनिधित्वको व्यवस्था पनि त्यसैको एउटा अंश हो । यदि यो व्यवस्था संविधानको मूल मर्मअनुसार समावेशी लोकतन्त्रको माध्यम बन्न सकेन भने त्यसलाई सुधार वा पुनर्विचार गर्नु लोकतन्त्रकै सुदृढीकरणका लागि आवश्यक हुन्छ ।

नेपालको लोकतान्त्रिक यात्रामा समानुपातिक प्रणालीले ऐतिहासिक भूमिका खेलेको स्वीकार गर्दै, यसको वर्तमान अभ्यासले सिर्जना गरेका विकृति र विसंगतिलाई नस्वीकारी अगाडि बढ्नु दीर्घकालीन रूपमा घातक हुन सक्छ । त्यसैले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनलाई केन्द्रमा राख्दै, राष्ट्रसभामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने संवैधानिक सुधार नेपालको संसदीय प्रणालीलाई अझ यथार्थपरक, उत्तरदायी र जनमुखी बनाउने महत्वपूर्ण कदम हुन सक्छ ।

यसरी हेर्दा नेपालको संसदमा समानुपातिक प्रतिनिधित्व न पूर्ण रूपमा असार्थक छ, न त पूर्ण रूपमा सफल नै । यसको मूल्याङ्कन उद्देश्य र व्यवहारबीचको दूरीलाई गम्भीरतापूर्वक विश्लेषण गरेर मात्र गर्न सकिन्छ । संविधानको मर्म, जनताको अपेक्षा र लोकतन्त्रको दीर्घकालीन हितलाई केन्द्रमा राखेर गरिने निष्पक्ष सुधारले मात्र यो प्रणालीलाई सार्थक बनाउने वा आवश्यक परे वैकल्पिक व्यवस्था अपनाउने मार्ग प्रशस्त गर्न सक्छ ।

(कोलोराडो निवासी पौडेल बल्ड डोनर्स एशोसियसन अमेरिकाका कार्यकारी उपाध्यक्ष हुन् ।)

झापामा ठूलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज

काठमाडौं,१८ पुस । झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएको बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाण्डौंबाट भद्रपुरका लागि यात्रु बोकेर उडेको जहाज अवतरणका क्रममा रन वेमा चिप्लिएको थियो । ओभर रनका कारण धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको जहाजका यात्रुहरु भने सकुशल रहेका छन् ।

काठमाडौंबाट उडेको बुद्ध एयरको ९०१ नम्बरको जहाज राति साढे ९ बजेतिर झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर घासे मैदानमा जोतिएको थियो ।

जहाज धावनमार्गबाट चिप्लिएर घारीमा पुगेपछि अत्तालिएका ५१ जना यात्रुहरु आआफ्नो तरिकाले बाहिर निस्किए । कोही मूलढोकाबाट बाहिर निस्किए । कोही झ्याल फुटाएर निस्किए । कतिपय इमर्जेन्सी ढोकाबाट निस्किए ।

चालक दल र सम्पूर्ण यात्रुहरु सकुशल बाहिर निस्किएको जल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले ठूलो दुर्घटनाबाट यात्रुहरु जोगिएको बताए ।
घासे मैदानमा जोतिएका कारण बिमानमा क्षति पुगेको छ ।

 

 

बुद्ध एयरको जहाज भद्रपुरको रन वे चिप्लियो

काठमाडौं,१८ पुस ।

बुद्ध एयरको जहाज झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएको छ ।

काठमाण्डौंबाट भद्रपुरका लागि यात्रु बोकेर उडेको जहाज अवतरणका क्रममा रन वेमा चिप्लिएको हो ।

ओभर रनका कारण धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको जहाजका यात्रुहरु भने सकुशल रहेको बताईएको छ ।

बँदेल र बाँदरबाट हैरानी खेपेका डडेल्धुराका किसानहरु च्याउ खेती गर्दै

डडेलधुराः डडेल्धुरामा जङ्गली जनावर बँदेल र बाँदरले अन्नबाली सखाप पारेर हैरान भएका किसानहरु च्याउ खेती गर्न थालेका छन्।

पछिल्ला वर्षमा व्यावसायिक रूपमा च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ । डडेलधुरामा उत्पादित च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराईका जिल्ला कैलाली, कञ्चनपुरमा निर्यात गरिँदा किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले आफूले च्याउ खेतीबारे बुझेको बताउँदै जङ्गली जनावरले सताएका किसानका लागि च्याउ खेती राम्रो सम्भावना भएको उल्लेख गरे। थोरै जमिनमा टनेल निर्माण गरी राम्रो उत्पादनसँगै मनग्गे आम्दानी गर्न सकिने भएकाले जङ्गली जनावरको हैरानीबाट समेत किसानले मुक्ति पाउने उनको भनाइ छ ।  हाल नेपालका ७० जिल्लामा च्याउको व्यावसायिक खेती गरिँदै आएको र वार्षिक १४ हजार मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क रहेको उनले बताए।

केही वर्षयता डडेलधुराका ११ किसानले च्याउको व्यावसायिक उत्पादन गर्दै आएको कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरूले जानकारी दिए। उनका अनुसार डडेलधुरामा वार्षिक छ हजार सात सय किलोग्राम च्याउ उत्पादन हुने गरेको छ ।
बजारको समस्या नहुने भएकाले च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको उनले बताए। प्रतिकेजी चार सय रुपियाँसम्म किसानले पाउने भएकाले आम्दानीको राम्रो स्रोत च्याउ बन्दै गएको उनको भनाइ छ ।

हाल डडेलधुरामा ठुलो मात्रामा कन्ये प्रजाति र केही मात्रामा सिताके प्रजातिको च्याउ उत्पादन भइरहेको उनले जानकारी दिए।

खोज्नुहोस