झापामा ठूलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज

द एभरेष्ट पोष्ट
१८ पुष २०८२ २३:१३
झापामा ठूलो दुर्घटनाबाट जोगियो बुद्ध एयरको जहाज

काठमाडौं,१८ पुस । झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएको बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाण्डौंबाट भद्रपुरका लागि यात्रु बोकेर उडेको जहाज अवतरणका क्रममा रन वेमा चिप्लिएको थियो । ओभर रनका कारण धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको जहाजका यात्रुहरु भने सकुशल रहेका छन् ।

काठमाडौंबाट उडेको बुद्ध एयरको ९०१ नम्बरको जहाज राति साढे ९ बजेतिर झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर घासे मैदानमा जोतिएको थियो ।

जहाज धावनमार्गबाट चिप्लिएर घारीमा पुगेपछि अत्तालिएका ५१ जना यात्रुहरु आआफ्नो तरिकाले बाहिर निस्किए । कोही मूलढोकाबाट बाहिर निस्किए । कोही झ्याल फुटाएर निस्किए । कतिपय इमर्जेन्सी ढोकाबाट निस्किए ।

चालक दल र सम्पूर्ण यात्रुहरु सकुशल बाहिर निस्किएको जल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले ठूलो दुर्घटनाबाट यात्रुहरु जोगिएको बताए ।
घासे मैदानमा जोतिएका कारण बिमानमा क्षति पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस