नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

द एभरेष्ट पोष्ट
५ साउन २०८३ १६:१०
नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै छ। लिग–२ मा नेपालले अब आठ खेल खेल्न बाँकी छ। लिग–२ को अन्तिम दुई सिरिज नेपालले विदेशी भूमिमा नै खेल्नेछन्।

यसअघि घरेलु मैदानमा भएको अमेरिका र स्कटल्यान्ड सम्मिलित अन्तिम सिरिजबाट नेपालले ६ अंक जोडेको थियो। नेपालले बुधबार घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ। आगामी सोमबार नामिबियासँग र सिरिजको अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्सँग खेल्नेछ।

लिग–२ अघि नेपाली टोलीले जर्सीसँग दुई अभ्यास खेल खेलेको थियो। ति दुवै खेलमा नेपालले क्लीन स्विप गरेको थियो। नेपालको सुरुवाती ११: रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरि (उपकप्तान), आशिफ शेख, कुशल भुर्तेल, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने।

अंक तालिका

लिग–२ मा नेपाल २४ अंकमा तालिकाको पाचौँ स्थानमा छ। लिग–२ का २८ खेलमा ११ खेलमा जित, १५ खेलमा हार र दुई खेलमा अंक बाँडेको नेपाल २४ अंकमा तालिकाको पाचौँ स्थानमा छ।

समान खेलबाट १० खेलामा जित, १६ खेलमा हार र दुई खेलमा अंक बाँडेको नामिबिया २२ अंकमा तालिकाको सातौँ स्थानमा छ। २८ खेलबाट नै १४ खेलमा जित १५ खेलमा हार र दुई खेलमा अंक बाँडेको नेदरल्यान्ड्स ३२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस