बालेन्द्र शाह पक्षका रास्वपा केन्द्रीय सदस्य (नामावली सहित)

द एभरेष्ट पोष्ट
२१ पुष २०८२ ७:०८
बालेन्द्र शाह पक्षका रास्वपा केन्द्रीय सदस्य (नामावली सहित)

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाका मेयर तथा पार्टीबाट आगामी प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।

आइतबार साँझ बसेको केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘यस बैठकले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा अनुमोदन गरेको छ,’ झाले भने ।

त्यसरी केन्द्रीय सदस्य बनेकाहरूले सभापति रवि लामिछानेसमक्ष शपथग्रहण गरेका छन् । पुस १३ मा रास्वपा र बालेन्द्र शाहबीच एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बालेन्द्रलाई आगामी चुनावपछि बहुमत आएको अवस्थामा प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।

  • बालेन्द्र शाह वरिष्ठ नेता
  • सुनिल लम्साल
  • भुपदेव शाह
  • सस्मित पोखरेल
  • सागर ढकाल
  • लक्ष्मण थारु
  • रमेश पौडेल
  • खगेन्द्र सुनार
  • गणेश पौडेल
  • सन्तोष गिरी
  • नमिता यादव
  • सरिता ज्ञवाली
  • जेम्स कार्की
  • सुशान्त वैदिक
  • लक्ष्मी बर्देवा
  • शिव यादव
  • रोहन कार्की
  • अनन्तराज घिमिरे
  • रामकुमार ढुंगाना
  • प्रदीप ज्ञवाली
  • मधुसुधन ढकाल
  • ओजश्वी थापा
  • केपी खनाल
  • आदित्य आचार्य
  • प्रदीप पाण्डे
  • खेमराज साउद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस