साहित्यकार पाण्डेयको उपन्यास ‘श्रीमती’माथि समीक्षा
मेरिल्याण्ड, जुलाई १२
अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासका वोर्ड अफ ट्रष्टिका उपाध्यक्ष , लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्धारा लिखित उपन्यास ‘श्रीमती’ माथि समीक्षा गरिएको छ ।
शनिवार आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरुले ‘श्रीमती’ उपन्यासले समेटेको विविध सामाजिक,आर्थिक, मनोवैज्ञानिक पाटोको विश्लेषण गरे ।
२१३ औ भानु जयन्तीको अवसरमा स्टार स्कलर्स नेटवर्क अमेरिकाले आयोजना गरेको कार्यक्रममा साहित्यकार, लेखक, विश्लेषक र समालोचकहरुले श्रीमती उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिका माथि वहस सृजना गरेको वताए ।
100%xकार्यक्रमलाई सम्वोधन गर्दे मेरिल्याण्ड राज्यका राज्य सांसद तथा कवि,साहित्यकार डा हयारी भण्डारीले श्रीमती उपन्यासले समेटेको विषयमा चर्चा गर्नु भयो ।
उहाँले उपन्यासले नेपाल र प्रवासको वहुआयामिक पाटोको बारेमा समेटेको बताउनुभयो ।
उपन्यासमा समेटिएका विभिन्न पात्रहरुले नेपालको सूदूर पश्चिमको जनजीवनलाई राम्रो सँग व्याख्या गरिएको छ, भण्डारीले पुस्तकमाथि टिप्पणी गर्दै भन्नुभयो, साथैं, उपन्यासमा स्थानीय भाषा,संस्कृतिको विषयमा समेत उपन्यासकारले लिपीवद्ध गरेका छन् ।
भण्डारीले उपन्यासले प्रवासमा वसेर जीवन यापन गरिरहेकाहरुको जन्मभूमिमा भोगिने भोगाई र त्यस पछि प्रवासमा समेत भोगिने भोगाईलाई श्रीमती र श्रीमानको सहकार्य मार्फत कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने तथ्यलाई राम्रोसँग उजागर गरेको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार तथा पत्रकार मधुकर अधिकारीले श्रीमती उपन्यासले धर्मशास्त्र र समाजशास्त्रले व्याख्या गरेका विषय वस्तुहरुलाई उपन्यासकारले केलाउने प्रयास गर्नु भएको छ ।
अधिकारीले पछिल्लो समयमा लेखिएका प्रवासको साहित्यमा साहित्यकार पाण्डेयको उपन्यास श्रीमती उत्कृष्ठ नमूना बनेको बताउनुभयो।
उहाँले उपन्यासकारले उपन्यासको मुख्य पात्र वितुर र धिमही मार्फत समाजको संरचनागत कार्यात्मकतालाई प्रष्ट पार्ने काम गरेको बताउनुभयो ।
मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक कृष्ण विष्टले उपन्यासकार पाण्डेयले श्रीमती उपन्यास मार्फत समाजको संरचनामा श्रीमतीको भूमिका महत्वपूर्ण भएको प्रष्ट्याउनुभएको बताउदै उपन्यासले दक्षिण एशियाको साहित्य लेखनमा अग्रणी वन्न सक्ने विषय वस्तु समेटिएको दावी गर्नुभयो ।
कार्यक्रममा स्टार स्कलर्सका अध्यक्ष प्रा डा उत्तम गौली, डा. दीपक कोईराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले उपन्यासका विविध पाटोको बारेमा चर्चा गर्नु भएको थियो ।
पुस्तकका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयले किताव प्रकाशनको बारृेमा विस्तत विवरण दिनु भएको थियो ।
अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्द, अनेसास विओटीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, दमन विक्रम शाह लगायतका व्यक्तित्वहरुले पुस्तक माथि टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा दोश्रो पुस्ताका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ,स्वर्णिम त्रिपाठी,मलिना छन्त्याल र सहिसा छन्त्यालले पुस्तकको वारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा साहित्यकार,लेखक,कवि तथा साहित्यका अनुरागीको वाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम सफलताको लागि सहयोग गर्ने सबैलाई लेखक, प्रकाशन गृहलाई पाण्डेयले धन्यवाद दिनुभयो ।
साहित्यकार तीर्थराज पाण्डेयले लेख्नु भएको श्रीमती उपन्यास २२० पृष्ठको सामाजिक विषयमा लेखिएको उपन्यास हो । यसको मुख्य पात्र वितुर र धिमही नेपालको सूदूरपश्चिममा जन्मिएर हुर्किएर कोरिया,जापान हुँदै अमेरिका पुगेर वस्दा श्रीमान र श्रीमतिवीच पारस्परिक सम्वन्धले सफलता हासिल गरेको घटनाको व्याख्या गरिएको छ । उपन्यास विसं २०८३ मा प्रकाशित श्रीमति उपन्यास अमेरिकामा रहेको गैर नाफा मुलक संस्था स्टार स्कलर्सले प्रकाशन गरेको हो ।


