रास्वपा कैलालीको समितिले पायो वैधता

द एभरेष्ट पोष्ट
४ साउन २०८३ १५:२४
रास्वपा कैलालीको समितिले पायो वैधता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कैलालीको अधिवेशनबाट सभापतिमा कविन्द्र ठकुल्ला नेतृत्वको कार्य समितिलाई वैधता दिइएको छ।

केन्द्रीय निर्वाचन आयोगले अधिवेशन विधिवत रुपले सम्पन्न भएको पाइएको भन्दै ठगुुल्ला नेतृत्वकै समितिलाई वैधता दिने निर्णय गरेको हो ।

जिल्ला अधिवेशनलाई सदर गर्दै आधिकारिकता प्रदान गर्ने निर्णय आयोगले गरेको छ। पदाधिकारी र सदस्यको निर्वाचन परिणामलाई यथावत राख्दै सदर गर्ने निर्णयमा उल्लेख गरिएको छ।

गत २४ जेठमा सम्पन्न रास्वपा कैलालीको अधिवेशनबाट निर्वाचित कार्य समितिविरुद्ध उजुरी परेपछि आयोगले तत्काल वैधता दिन अस्वीकार गरेको थियो। सभापति ठकुल्लाले केन्द्रले गरेको निर्णयको स्वागत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस