कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी : एक हजार चल्ला जलेर नष्ट, ११ लाखको क्षति

द एभरेष्ट पोष्ट
१९ पुष २०८२ ११:४१
कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी : एक हजार चल्ला जलेर नष्ट, ११ लाखको क्षति

कञ्चनपुर। कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति पुगेको छ । दोधारा चाँदनी नगरपालिका–६ का स्थानीय व्यवसायी रमेश औजीको लक्ष्मी पशुपन्छी फर्मका दुई वटा कुखुरा फर्ममा शुक्रबार राति करिब १ बजे आगलागी भएको हो ।

आगलागीबाट फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ, भने खोरभित्र पालिएका एक हजार एक सय कुखुराका चल्ला, २० कट्टा चारो लगायत खोरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको व्यवसायी औजीले बताएए छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, गएराति १ बजे विद्युतको तार सर्ट भएर आगो सल्केको बुझ्नमा आएको छ । आगलागीपछि स्थानीय, नेपाल प्रहरी तथा दमकलको सहयोगमा बिहान करिब ४ः३० बजे आगो नियन्त्रणमा लिइएको प्रनाउ बोहराले बताए ।

प्रहरीका अनुसार, कुखुराको चल्लाको हेरचाहका लागि खोरमै सुतेका राहुल औजी भने भाग्न सफल भएका थिए । औजीले सुतिरहेको अवस्थामा माथिबाट केही खसेपछि आगो लागेको थाहा पाएर भागेर ज्यान जोगाएको बताए ।

प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ११ लाख रुपियाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस