२०८३/८४ को बजेटका लागि राष्ट्र बैंकद्वारा सुदूरपश्चिमबाट सुझाव संकलन

यशोदा शर्मा

कैलाली। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागअन्तर्गत रहेको प्रदेश कार्यालय धनगढीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाका लागि सुदूरपश्चिम प्रदेशबाट सुझाव संकलन गरेको छ।

मंगलबार आयोजित पूर्व–बजेटकालीन अन्तरक्रिया कार्यक्रममा प्रदेशको समग्र आर्थिक अवस्था, समस्या तथा सुधारका आवश्यक उपायबारे सरोकारवाला निकायसँग छलफल गरिएको हो।

राष्ट्र बैंक सरकारको प्रमुख आर्थिक सल्लाहकार निकाय भएकाले यसरी संकलित सुझाव तथा तथ्यांक अर्थ मन्त्रालयमार्फत बजेट निर्माण तथा तर्जुमा प्रक्रियामा समेटिने कार्यालयले जनाएको छ।

कार्यक्रममा विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी तथा सरोकारवाला सहभागि थिए । सहभागीहरूले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिमको आर्थिक अवस्था कमजोर रहेको उल्लेख गर्दै सुधारका लागि प्रभावकारी नीति, योजना र तिनको पूर्ण कार्यान्वयन आवश्यक रहेको जोड दिए।

उनीहरूले डिजिटल बैंकिङ प्रणालीको विस्तार, व्यवसायीका लागि वित्तीय साक्षरता कार्यक्रम, जलविद्युत् आयोजना कार्यान्वयन, सडक तथा पूर्वाधार स्तरोन्नति, रैथाने कृषि बाली प्रवर्द्धन तथा किसानलाई उचित मूल्य र अनुदानको व्यवस्था गर्न सुझाव दिएका छन्।

यसैगरी पहाडी जिल्लामा उत्पादित वस्तुको बजार पहुँच विस्तारका लागि सडक सञ्जाल तथा ढुवानी व्यवस्थामा सुधार गर्नुपर्नेमा पनि जोड दिइएको थियो।

कार्यक्रममा राष्ट्र बैंक धनगढीका प्रमुख केशब बहादुर केशीले बैंकहरु निश्चित नीति नियममा चल्ने हुँदा कुनै पनि ठगिको खतरा नहुने भएकाले निर्धक्क भएर सेवा लिन आग्रह गरेका छन् । साथै कुनै पनि समस्या भए राष्ट्र बैंकमा सम्पर्क गर्न र सेवाग्राहीका समस्या समाधान गर्न आफु तयार रहेको बताए ।

ओली-लेखक पक्राउविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने

नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

सरकारले प्रतिशोधपूर्ण र बदलाको भावनाले पक्राउ गरेको तथा शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको दाबी गर्दै एमालेले सडकदेखि संसदसम्मको प्रतिवाद रणनीति तय गरेको हो।

मंगलबार बसेको पार्टीको सचिवालय बैठकका निर्णयहरू सार्वजनिक गर्दै एमाले सचिव महेश बस्नेतले आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन्।

सचिवालय बैठकले वडा तहदेखि संघीय राजधानीसम्मको आन्दोलन कार्यतालिका बनाएको छ।

घोषित कार्यक्रम अनुसार आगामी चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गरिनेछ। त्यसैगरी, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन र वैशाख ३ गते वडा तहमा भेला हुनेछन्।

प्रदेशस्तरमा वैशाख ७ गते सबै प्रदेशका राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते संघीय राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने एमालेको तयारी छ।

आन्दोलनका थप कार्यक्रमहरू तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णयसमेत भएको सचिव बस्नेतले बताएका छन्।

सडक आन्दोलनसँगै एमालेले नागरिक संवाद र संसदीय मोर्चालाई पनि सँगसँगै अघि बढाउने भएको छ। आन्दोलनका क्रममा सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ।

त्यसैगरी, संसद्‌भित्र अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्दै सरकारविरुद्ध प्रभावकारी प्रस्तुति दिने जिम्मा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइएको छ।

यसै विषयमा ठोस रणनीति बनाउन बुधबार दिउँसो ३ बजे पार्टी कार्यालयमा संसदीय दलको बैठक बोलाइएको छ।

पार्टीको मूल आन्दोलनलाई सघाउन एमालेका भ्रातृ तथा जनसंगठनहरू पनि परिचालन हुने भएका छन्। सरकारले विद्यार्थी तथा पेसागत संगठनका गतिविधिमाथि गरेको हस्तक्षेपको विषयलाई समेत समेटेर सबै जनसंगठनले आ-आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने तय भएको छ।

जनसंगठनहरूको आन्दोलनलाई एकीकृत र प्रभावकारी बनाउन बुधबार बिहान ११ बजे पार्टी कार्यालयमा जनसंगठन संयन्त्रको बैठक बस्ने एमालेले जनाएको छ।

कैलालीमा औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

कैलाली- कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ। विषादी छिट्काउ अभियानअन्तर्गत कैलालीका सयौँ घरमा विषादी छिट्ने जनाइएको छ।

धनगढीबाट सुरु भएको सो अभियानअन्तर्गत टीकापुरका औलो तथा कालाजारका बिरामी भएका घर र छिमेकमा विषादी छिट्ने काम सम्पन्न भइसकेको छ। टीकापुरका नौ घरमा औलोका बिरामी रहेकाले प्राविधिकको सहयोगमा विषादी छम्केको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मीनबहादुर धामीले जानकारी दिए।

‘स्वास्थ्य कार्यालय कैलालीले औलो, कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्काउ अभियान सञ्चालन गरेको हो। यहाँका विभिन्न प्रभावित तथा सम्भावित महामारी क्षेत्रहरूमा कार्यक्रम सञ्चालन भइरहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षको साउनदेखि हालसम्म औलो तथा कालाजारका बिरामी देखिएका स्थान वरपर विषादी छिट्न थालिएको हो।’

उनका अनुसार कैलालीमा १०४ जना औलो तथा कालाजारका बिरामी भेटिएका छन् भने सयौँ घरमा विषादी छिट्ने कार्यक्रम रहेको छ।

सरकारले औलो तथा कालाजारलाई सन् २०२८ सम्म र मलेरियालाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य लिएको छ। स्वास्थ्य संस्थाले यी रोग निवारणका लागि परीक्षणको दायरा विस्तार गर्ने, रोग पहिचान गर्ने, तथ्याङ्क यकिन गर्ने, बिरामीको उपचार गर्ने, ‘केस–बेस सर्भिलेन्स’ तथा प्रतिकार्यात्मक गतिविधि सञ्चालनलाई प्राथमिकता दिएको छ।

महिला स्वास्थ्य स्वयम्सेविका सुशीला विकले विपन्न समुदायमा विभिन्न समस्याले मलेरियाको जोखिम रहेकाले विषादी छिट्ने काम बिरामी देखिएका घरमा मात्र नभई गाउँभरि नै छिट्ने व्यवस्था मिलाउन माग गरे। -रासस 

नेप्से १९.७० प्रतिशतले बढ्यो

काठमाडौँ- नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से १९.७० अंकले घटेर २८५१. ०५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३९ कम्पनिका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स, भुजुङ हाइड्रो, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रो र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्य कुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर ९.९७ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सप्तकोशी विकास बैंकको ८.९६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ४८ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ४० करोड ३८ लाख बराबरको कारोबार भएको छ ।

प्रधानमन्त्रीसँगको छलफलपछि के भन्छन् सुदूरपश्चिमका सांसद भण्डारी ?

धनगढी । प्रधानमन्त्री बालेन शाह र सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदबीच मंगलबार छलफल भएको छ।

बैठकमा सुदूरपश्चिमका सबै २७ जना सांसदको उपस्थिति रहेको थियो। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ जना सांसद सहभागी थिए। भेटका क्रममा सांसदहरूले सामूहिक र व्यक्तिगत रूपमा प्रदेशका जल्दाबल्दा समस्या र राष्ट्रिय राजनीतिका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन्।

भेटघाटपछि बैतडीबाट निर्वाचित रास्वपा सांसद हरि मोहन भण्डारीले सुदूरपश्चिमका मुख्य पाँच–सातवटा मुद्दाहरूलाई प्राथमिकताका साथ उठाइएको जानकारी दिए।

सांसदहरूले गेटा मेडिकल कलेज सञ्चालन र त्यसका लागि आवश्यक बजेटको सुनिश्चितता, खुटिया–दिपायल द्रुतमार्गको अवधारणालाई पूर्णता दिने, महाकाली कोरिडोरको निर्माण कार्यलाई तीव्रता दिने र सुदूरपश्चिमका विमानस्थलहरूको स्तरोन्नति जस्ता विषयमा जोड दिएको उनले जानकारी दिए।

छलफलका क्रममा सांसद भण्डारीले व्यक्तिगत धारणा राख्दै वर्तमान प्रदेश संरचनाको औचित्यमाथि कडा प्रश्न पनि उठाएको बताए।

उनले प्रदेश संरचना मागी खाने भाँडो मात्र भएको र यसले भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै यसलाई खारेज गर्नुपर्ने माग प्रधानमन्त्री समक्ष राखे।

‘प्रदेश संरचनाको काम छैन, यो बिचौलिया पाल्ने थलो भएको छ, त्यसैले यसको खारेजी हुनुपर्छ। भनेर मैलेँ व्यक्तिगतरुपमा प्रधानमन्त्री कहाँ कुरा राखेको छु’, उनले भने।

भेटमा लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका सीमा विवादका विषयमा पनि छलफल भएको थियो। नक्सामा मात्र जमिन समेटेर नपुग्ने भन्दै यसलाई कूटनीतिक र राजनीतिक माध्यमबाट समाधान गर्न सांसदहरूले सुझाव दिएका छन्।

सीमा अतिक्रमणका विषयमा स्पष्ट भेरिफिकेसन हुनुपर्ने र छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई राष्ट्रिय हितमा राखेर अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

सांसदहरूले देशको जर्जर आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आयातभन्दा निर्यातमा जोड दिन र आन्तरिक उत्पादन बढाउन सुझाव दिएका छन्।

‘बाहिरको फलफूल र खसी खाएर देश चल्दैन, आफ्नै स्रोत र साधनको प्रयोग गर्नुपर्छ,’ उनले भने।

साथै, भ्रष्टाचार र कमिसनतन्त्र विरुद्ध सरकार निर्मम भएर लाग्नुपर्ने र सुशासनको अनुभूति जनतालाई दिलाउनुपर्ने आवाज सांसदहरूले उठाएका छन्।

प्रधानमन्त्रीले प्रत्येक सांसदका कुरालाई करिब दुई घण्टाभन्दा बढी समय लगाएर धैर्यपूर्वक सुनेको सासंदहरुले बताएका छन्।

आफूहरूका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिने र विकास निर्माणका कार्यमा सुदूरपश्चिमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको सासंदहरुको भनाई छ।

मन्त्रालयले थाल्यो स्वास्थ्य परीक्षण गराउने संस्थाको सूचीकरण

काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको स्वास्थ्य परीक्षण गराउने संस्थाहरुको सूचीकरण प्रक्रिया अगाडि बढाएको छ।

स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाले संस्था सूचीकरण, नविकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को दफा ३ को व्यवस्था बमोजिम मन्त्रालयले सूचीकरणको प्रक्रिया अगाडि बढाएको हो।

चैत १७ गतेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय अनुसार यस्तो व्यवस्था गरिएको मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।  ।

null

कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक जारी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ। नेपाली कांग्रेसका पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षधरको केन्द्रीय समितिको बैठक काठमाडौंमा चलिरहेको हो।

बैठकमा तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्का, शेखर कोइराला, शंशाक कोइराला, विमलेन्द्र नीति, रामशरण महत, रामहरी खतिवडा, एनपी साउद लगायतका शीर्ष नेता सहभागी छन्।

बैठकमा सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिट, संसदीय दलको नेता, संसद्मा पार्टीको भूमिका, आगामी रणनीति, समसामयिक राजनीतिबारे छलफल हुनेछ।

नयाँ निर्वाचित सांसद्हरूलाई बधाई दिने प्रयोजन देखाउँदै सोमबार छुट्टै भेला गरेको समूहले आज कार्यसमितिको बैठक राखेको थियो। यता संस्थापन पक्षले भने भेला गरे कारबाहीको चेतावनी दिँदै आएको छ।

कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै पार्टीभित्र समानान्तर गतिविधि चलिरहेको छ। शेरबहादुर देउवा र शेखर कोइराला समूहले उक्त महाधिवेशनलाई अझै पूर्णरूपमा स्वीकार गरेका छैनन्। विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दिएका थिए। उक्त रिटमाथि चैत २२ गते सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

नयाँ निर्वाचित सांसद्हरूलाई बधाई दिने प्रयोजन देखाउँदै सोमबार छुट्टै भेला गरेको समूहले आज कार्यसमितिको बैठक राखेको थियो। यता संस्थापन पक्षले भने भेला गरे कारबाहीको चेतावनी दिँदै आएको छ।

कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै पार्टीभित्र समानान्तर गतिविधि चलिरहेको छ। शेरबहादुर देउवा र शेखर कोइराला समूहले उक्त महाधिवेशनलाई अझै पूर्णरूपमा स्वीकार गरेका छैनन्। विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दिएका थिए। उक्त रिटमाथि चैत २२ गते सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहको छलफल शुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो साढे १ बजेबाट छलफल शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।

सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उद्देश्यले छलफल अगाडि बढाइएको सचिवालयले जनाएको छ ।

छलफलमा दुवै प्रदेशका सांसदहरूले स्थानीय समस्या, विकास आयोजना, बजेट, सामाजिक सुरक्षा लगायतका विषय राखेका थिए ।

रास्वपा सांसद यज्ञमणि न्यौपानेका अनुसार प्रदेशका सामूहिक समस्या, प्रत्येक निर्वाचन क्षेत्रका समस्याको सन्दर्भमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३(१) बमोजिम १९ चैत बिहीबार २ बजे संघीय संसद् भवन सिंहदरबारमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

संसद्को बर्खे अधिवेशन जेन–जी आन्दोलनपछि २७ भदौमा प्रतिनिधिसभा विघटन भई चुनाव घोषणा भएसँगै अन्त्य भएको थियो । सरकारले ढिलो गरी हिउँदे अधिवेशन आह्वान गरेको हो । २१ फागुनको निर्वाचनपछिको पहिलो संसद् बैठक बस्दै छ ।

अधिवेशन आह्वान भएसँगै संसद् सचिवालयले १९ गते २ बजे बैठकमा उपस्थित हुन सांसदहरूलाई अनुरोध गर्दै सूचना जारी गरेको छ । आउँदो बिहीबार २ बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बस्नेछ । प्रतिनिधिसभाको बैठक नयाँ भवनस्थित बहुउद्देश्यीय हलमा बस्नेछ भने राष्ट्रिय सभाको संसद् सचिवालय परिसरमा रहेको कृषि समितिमा बनाइएको नयाँ हलमा बस्नेछ ।

पूर्वप्रधानमन्त्रीहरु विरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तीव्रता

काठमाडौँ — सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । अनुसन्धानकै क्रममा पूर्वमन्त्री खड्का आइतबार पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीविरुद्ध थप अनुसन्धान अघि बढाएको हो । ६ महिनाअघि नै प्रारम्भिक छानबिन थालेको विभागले अनुसन्धानका लागि सहयोग माग्दै प्रहरी प्रधान कार्यालयलाई गत साता पत्र पठाएको थियो । त्यही पत्रका आधारमा पूर्वमन्त्री तथा कांग्रेस नेता खड्कालाई सीआईबीले पक्राउ गरेको हो ।

खड्का पक्राउलगत्तै गृहमन्त्री सुधन गुरुङले ‘सीआईबीको जरुरी पक्राउ पुर्जी’ सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए । ‘पूर्वऊर्जामन्त्री खड्कालाई २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा नियन्त्रणमा लिइएको’ पनि उनले फेसबुकमा लेखेका छन् । गृहमन्त्री गुरुङ र विभागले अन्य नेताको अनुसन्धानबारे खुलाएका छैनन् ।

प्रहरीका पूर्वडीआईजी तथा सीआईबीका पूर्वप्रमुख हेमन्त मल्लका अनुसार पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको यो पहिलो घटना हो ।

पूर्वप्रधानमन्त्री देउवा तीन दशकदेखि सार्वजनिक लाभको पदमा थिए । २०४८ देखि २०७९ सम्मका सबै संसदीय र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट विजयी भएका थिए । गत २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने उनी प्रतिस्पर्धामा थिएनन् । गत २७–३० पुसको विशेष महाधिवेशनअघि देउवा कांग्रेस सभापति थिए ।

२०४८ मा गृहमन्त्री बनेका देउवा २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा गरी ५ पटक प्रधानमन्त्री भएका थिए । देउवा–पत्नी आरजु राणा देउवा २०६४, २०७० र २०७९ मा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् । जेन–जी आन्दोलन हुँदा आरजु परराष्ट्रमन्त्री थिइन् । प्रदर्शनकारीले २४ भदौमा निवासमै पुगेर देउवा दम्पतीमाथि हातपात गरेका थिए । उनीहरूको घर पनि आगजनी गरिएको थियो ।

एमाले अध्यक्षसमेत रहेका ओली २०७२, २०७४, २०७७ र २०८१ मा गरी चार पटक प्रधानमन्त्री, २०५१ मा गृह र २०६३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । हालै सम्पन्न प्रतिनिधिसभा र २०६४ को संविधानसभा चुनावबाहेक २०४८ यताका ६ चुनावमा ओली विजयी भएका थिए । हालैको चुनावमा भने रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहसँग पराजित भएका थिए । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले २३ भदौको जेन–जी आन्दोलन दमनको कसुरदार औंल्याएपछि ओली शनिबार पक्राउ परेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहाल २०६२/६३ को राजनीतिक परिवर्तनपछि संसदीय राजनीतिमा सक्रिय भएका हुन् । २०६४ यताका पाँचवटै संसदीय चुनावमा उनी विजयी भएका छन् । उनी २०६५, २०७३ र २०७९ मा गरी तीन पटक प्रधानमन्त्री भए । दाहाल विवादास्पद व्यवसायी शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका थिए, जुन घर २४ भदौमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।

ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

शनिबार बिहानदेखि भर्ना भएका ओलीलाई अब ‘डिस्चार्ज’ गर्न सकिने उनीहरूको भनाई छ । ‘सबै रिपोर्ट नर्मल नै आएको छ । चिकित्सकीय छलफलले उहाँलाई डिस्चार्ज गर्न सकिने निचोड छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने ।

ओलीले शनिबार बिहान मुटुमा समस्या भएको बताएपछि चिकित्सकले थप परीक्षण गरेका थिए । आइतबार ओलीको शरीरमा मुटुको धड्कनसम्बन्धी समस्या हेर्न लागि ‘होल्टर मोनिटर’ राखिएको थियो । उक्त उपकरण मुटुको धड्कनको अवस्था हेर्नका २४ देखि ४८ घन्टासम्म लागि गर्छ । रिपोर्टमा मुटुको चाल पनि ठीक रहेको पाइएको ती चिकित्सकले बताए ।

तर, पिसाबमा भने संक्रमण देखिएपनि कुनै लक्षण देखिएको छैन । त्यसका लागि चिकित्सकले कल्चरको नुमना लिएका छन् ।

‘पिसाब परीक्षणमा केही ब्याक्टेरिया देखिएको छ । तर खासै लक्षण देखाएको अवस्था छैन,‘ ती चिकित्सकले भने,‘थप पुष्टि गर्न ‘युरिन कल्चर’ परीक्षण गराइएको छ ।’

शनिबार गरिएको एक्स–रेमा ओलीको पित्तथैलीमा ढुंगा देखिएको थियो । तर, हालको अवस्थामा शल्यक्रिया गर्नुपर्ने तत्काल आवश्यकता भने नदेखिएको चिकित्सकहरूको भनाइ छ । ग्यास्ट्रो सर्जनहरूको टोलीले समेत ओलीको स्वास्थ्य अवस्थालाई हेर्दा अहिले नै अप्रेसन गर्नु जोखिमपूर्ण हुन सक्ने सुझाव दिएको ती चिकित्सकले बताए ।

दुई पटक मिर्गौला प्रत्यारोपण भइसकेका कारण, धेरै उमेर र मुटुको बिरामी भएका कारणले पनि चिकित्सकले अप्रेशन गर्न जोखिम नलिएको बुझिएको छ ।

‘उहाँको (ओली) पित्तथैलीमा ढुंगामा निकाल्न तत्काल अप्रेसन गर्नैपर्ने देखिँदैन,’ उपचारमा संलग्न ती चिकित्सकले भने, ‘ शरीरलाई असर नै गर्ने ढुंगा छैन । त्यसैले तत्काल शल्यक्रिया गर्नुभन्दा पछि समय मिलाएर गर्ने विकल्प उपयुक्त हुन सक्छ ।’

तर, ओलीले भने ढुंगा निकालेर समस्या समाधान गरिदिनुपर्ने इच्छा व्यक्त गरेका छन् ।

‘उहाँले भने (ओली) ढुंगा बढ्दै गएकाले अप्रेसन गरेर निकालिदिए हुन्छ भन्नुहुन्छ,’ ती चिकित्सक भन्छन्,‘तर अहिलेको अवस्थामा जोखिम मूल्यांकन गरेर निर्णय लिनुपर्छ ।’

अस्पताल स्रोतका अनुसार ओलीको समग्र स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएकाले डिस्चार्ज गर्न सकिने सम्भावना छ ।

‘अहिलेको अवस्थालाई हेर्दा उहाँलाई (ओली) धेरै दिन अस्पताल राखिरहनु पर्ने देखिँदैन,’ अर्का एक चिकित्सकले भने, ‘एक–दुई दिन निगरानीमा राखेर डिस्चार्ज गर्न सकिने अवस्था देखिन्छ ।’

शनिबार बिहान पक्राउ परेपछि प्रहरीले नै स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण भयो । त्यसबेला ओलीले मुटुको धड्कनमा समस्या भएको बताए ।

त्यसपछि चिकित्सकले थप परीक्षण गर्न ‘एनेक्स–१’ को बेड नम्बर ५०१ भर्ना गरेको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्रीको रूपमा थिए । यस घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली लेखकलाई दोषी रहेको औंल्याउँदै ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

प्रतिवेदनका आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा म्याद दिएसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणमै राखेर अनुसन्धान गरिने भएको छ ।

लेखकसँगै पाँच दिन म्याद थप भएका पूर्वप्रधामन्त्री ओली भने स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमै छन् ।

पूर्वप्रधानमन्त्री ओलीकाे बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

काठमाण्डाै- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ ।

ओलीलाई रिहा गर्न माग गर्दै दायर भएकाे निवेदनमा आज भएको सुनुवाइपछि अदालतले रिहा गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकको निवेदनमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।

ओलीकी श्रीमती राधिका शाक्य र लेखककी श्रीमती यशोदाले निवेदन दर्ता गराएका हुन् । ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा र लेखकको कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो ।

प्रहरीले अस्ति शनिवार दुवै नेतालाई पक्राउ गरेको हो । भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनबारे जाँचबुझ गर्न गठिन आयोगको सिफारिशअनुसार बल प्रयोग गरेको अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न प्रहरीले  उनीहरूलाई पक्राउ गरेको हो ।

हिजो जिल्ला अदालत काठमाण्डाैले ओली र लेखकलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

 

पीएम कप सुदूरपश्चिमले लुम्बिनीलाई १२ रनले हरायो

काठमाडौं- प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्निबी प्रदेशलाई १२ रनले पराजित गरेको छ ।

वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा सोमबार भएको खेलमा १६९ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४०.२ ओभरमा १५६ रनमा अलआउट भएको हो । यससँगै सुदूरपश्चिमले जारी प्रतियोगितामा आफ्नो तेस्रो जित हासिल गरेको छ ।

सुदूरपश्चिमका लागि सन्तोष यादवले अर्धशतकीय पारी खेले । तर जितको लागि पर्याप्त हुन सकेन । उनले ८४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ६७ रनको योगदान गरे । धुव्र सुनारले ३६ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीका लागि शेर मल्ल र खड्क बोहोराले ३–३ विकेट लिए । हेमन्त धामीले २ तथा लोकेन्द्र चन्द र नारायण जोशीले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४५.४ ओभरमा १६८ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि दिपक बोहराले ३० र हेमन्त धामीले २९ रन बनाए ।

लुम्बिनीका लागि सन्तोष यादव र अजय चौहानले ४–४ तथा सन्देश थापाले १ विकेट लिए ।

अर्थले गर्‍यो ३० उपसचिवको पदस्थापन

अर्थ मन्त्रालयले एकसाथ ३० जना उपसचिवको पदस्थापन (जिम्मेवारी) तोकेको छ।

केही समयअघिदेखि बढुवा भएर अर्थ मन्त्रालयमा रहेका ३० जना उपसचिवको चैत १५ गतेको निर्णयबाट देशभरका विभिन्न कर तथा भन्सार कार्यालयहरूमा जिम्मेवारी तोकिएको हो।

उनीहरूको रोजाइका आधारमा नै पदस्थापन गरिएको अर्थका अधिकारीहरूले बताएका छन्।

जसअनुसार ९ उपसचिवलाई भन्सार कार्यालय मातहतका कार्यालयहरूमा पदस्थापन गरिएको छ।

५ उपसचिवलाई प्रदेश आर्थिक मन्त्रालयहरूमा पदस्थापन गरिएको छ।

एक जनालाई सम्पत्ति शुद्धीकरण विभागमा पदस्थापन गरिएको छ भने १५ जनालाई आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरूमा पदस्थापन गरिएको छ।

मेरिटअनुसार पहिलो हुनेले पहिले पोष्टिङ छान्ने, दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने अनि मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ।

एसइईको नतिजा अब एक महिनामै !

अब माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक महिनामै आउने भएको छ ।  सरकारले एसईई परीक्षा सकिएको एक महिनामै नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो ।

तीन महिना लगाएर नतिजा प्रकाशन गर्दै आएको बोर्डलाई एक महिनामै नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएको हो ।

सर्वोच्चले माग्यो ओलीलाई पक्राउ गर्नुको कारण

काठमाडौं । केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्च अदालतले ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।

राधिका शाक्यले ओलीलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेपनि सर्वोच्चले तत्काल रिहा गर्न भने अस्विकार गरेको छ ।

जाँचबुझ आयोगको सिफारिसका आधारमा वर्तमान सरकारले ओलीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो । ओलीलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो।

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए

काठमाडौं: यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख दिने गरेको प्रहरीले बताएको छ । फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धानअघि बढाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फिर्ता गरेको छ ।

धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेश गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेञ्चमा मिसिल पेश हुँदा अनुमति नदिइएको हो ।

एक चोटि तामेली गरिसकेकोमा मुद्दामा पक्राउ अनुमति दिन नमिल्ने भन्दै जिल्ला अदालतले मिसिल फिर्ता गरेको स्रोतले जनाएको छ ।

आईजीपीलाई दर्ज्यानी चिह्न अब प्रधानमन्त्रीले लगाइदिनुपर्छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठन र महानिरीक्षक (आईजीपी)लाई शक्तिशाली बनाउनुपर्ने बताएका छन् । सोमबार (चैत १६) काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका उनले संगठन र आईजीपीलाई बलियो बनाउँदा मात्र शान्ति सुरक्षा कायम गर्न सकिने बताएका हुन् ।

आईजीपीलाई लगाइँदै आएको दर्ज्यानी चिह्न अब सचिवले नभई प्रधानमन्त्री लगाइदिने व्यवस्था गरिने उनले उल्लेख गरे । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई हाल गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने व्यवस्था छ ।

प्रहरीको पोसाक समेत नेपालमै उत्पादन गर्ने गरी राज्यका तर्फबाट काम गरिने गृहमन्त्री गुरुङले बताए । प्रहरी कर्मचारीको सरुवा र बढुवा अनुमानयोग्य बनाउँदै सरकारले कुनै हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे ।

मन्त्रिपरिषद्को दोस्रो बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

आजको बैठक बालेन शाह नेतृत्वको दोस्रो बैठक हो । यसअघि शुक्रबार पहिलो बैठक बसेको थियो । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका सांसद बालेन शाह नेतृत्वमा रास्वपाको एकल सरकार गठन भएको थियो ।

प्रधानमन्त्री समक्ष ज्ञानेन्द्र शाहीको ९ बुँदे माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)समक्ष ९ बुँदे माग राखेका छन् ।

प्रधानमन्त्री बालेन्द्रले सांसदहरूसँग प्रदेशगत रुपमा परामर्श लिइरहेका छन् । यसक्रममा शाहीले प्रधानमन्त्रीसमक्ष कर्णाली प्रदेशको विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्रका विषय उठाएका हुन् । त्यसक्रममा उनले रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको सदुपयोग लगायतका ९ बुँदे माग प्रस्तुत गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री बालेन्द्रले कर्णालीको दीगो तथा समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । आवश्यक नीतिगत तथा संरचनागत सहयोग प्रदान गर्ने आश्वासन दिए ।

उक्त भेटमा कर्णाली प्रदेशबाट निर्वाचित सबै सांसदहरू उपस्थित थिए ।

पूर्वगृहमन्त्री लेखक पक्राउमा सर्वोच्चको कारण देखाऊ आदेश

काठ्माण्डौ- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरे पनि रिहा गर्न अस्वीकार गरेको हो । जेन–जी जाँचबुझ आयोगको प्रतिवेदनले फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेपछि लेखक गत शनिबार पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौंले भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई आइतबार ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा आदेश आउन बाँकी छ ।

सोमबार ४७.७१ अंकले घट्यो नेप्से

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १२ अर्ब ९६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६८ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा रिलायन्स स्पिनिङ्स मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सोलु हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रधानमन्त्री बालेनले कर्णालीका सांसदहरूसँग पनि गरे छलफल

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले कर्णाली प्रदेशका प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका छन् । उनले सांसदहरूसँग जिल्लाका समस्या र समाधानको सुझाव मागसहित छलफल गरेका हुन् ।

यसअघि कोशीका सांसदहरूसँग छलफल गरेका थिए । चरणबद्ध रूपमा सबै प्रदेशका सांसदसँग प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ । आज मध्यान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।

ओली पक्राउको विरोधमा एमाले पदाधिकारी समेत प्रदर्शनमा

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीका केन्द्रीय पदाधिकारी समेत प्रदर्शनमा उत्रिएका छन् । सोमबार (चैत १६) उनीहरूले काठमाडौंका बानेश्वर, माइतीघर, बिजुलीबजार क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् । सरकारविरुद्ध उनीहरूले नाराबाजी गरेका छन् । एमालेको झन्डा बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूको प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार (चैत १४) प्रहरीले ओली र तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्रीले गरे कोशीका सांसदसँग छलफल

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीहरूसँगको ब्रिफिङपछि सांसदहरूसँग छलफल थालेका छन्।

आइतबार सिंहदरबारमा मन्त्रीहरूसँग सुशासन र जनजीविकाका मुद्दामा छलफल गरेका प्रधानमन्त्री शाहले सोमबारदेखि प्रतिनिधि सभाका सांसदहरूसँग संवाद अघि बढाएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले प्रदेशगत आधारमा सांसदहरूसँग छलफल भइरहेको छ। प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री शाहले प्रत्येक प्रदेशका सांसदहरूलाई छुट्टाछुट्टै समूहमा राखेर भेट्ने कार्यतालिका बनाएका छन्।

यसै योजनाअन्तर्गत सोमबार प्रधानमन्त्री शाह कोशी प्रदेशका सांसदहरूसँगको छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीको सांसदसँग ‘प्रदेशवाइज’ छलफल : साम्पाङले भने- कोठे बैठकमा आउँदैनौँ

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूसँगको छलफलपछि सोमबारबाट सांसदहरूसँग प्रदेशगत छलफल थालेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार हाल कर्णाली प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ।

यसैबिच, श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा कोशी प्रदेशबाट सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्। प्रतिनिधिसभा बैठक बोलाउन माग गर्दै उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रधानमन्त्रीले सदन बोलाउन पहल नगरी कोठे बैठकमा बोलाएको कारण थाहा भएन। हामी आउँदैनौँ।’

उनले अगाडि थपेका छन्, ‘सदन बैठक कम्तीमा हप्ताको एक पटक राख्नुपर्छ। जनताका प्रश्नबाट भाग्न पाइँदैन, सबै प्रश्नको उत्तर दिनैपर्छ।’

आज प्रधानमन्त्रीले अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्दैछन्। सोही अनुसार श्रम, संस्कृति पार्टीलाई पनि निम्तो पठाएको थियो।

‘धुरन्धर २’ ले आफ्नै पहिलो भागको रेकर्ड ताेड्दै रच्यो नयाँ इतिहास

मुम्बई : बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो चलचित्र ‘धुरन्धर २: द रिभेन्ज’ ले बक्स अफिसमा एकपछि अर्को गर्दै ऐतिहासिक कीर्तिमानहरू तोडिरहेको छ। प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दा पनि यो चलचित्रको क्रेज घटेको छैन, बरु यसले व्यापारका नयाँ मानकहरू स्थापित गरिरहेको छ।

‘धुरन्धर २’ ले प्रदर्शनको ११औँ दिनमा भारतमा मात्र ६८.१० करोड नेट कलेक्सन गरेको छ। यससँगै भारतमा यसको कुल नेट कलेक्सन ८४६.८७ करोड पुगेको छ। यो कमाइले यसअघिको ‘धुरन्धर’ को पहिलो भागको लाइफटाइम कलेक्सन (८०४ करोड) लाई उछिनेको छ।

विश्वव्यापी बजारमा पनि चलचित्रको प्रदर्शन निकै आक्रामक देखिएको छ। विदेशमा यसले करिब ३५० करोडको व्यापार गरिसकेको छ, जसका कारण चलचित्रको कुल विश्वव्यापी ग्रस कलेक्सन १,३६१.९५ करोड पुगेको छ। यो आँकडासँगै ‘धुरन्धर २’ ले पहिलो भागको विश्वव्यापी रेकर्ड (१,३०७ करोड) लाई समेत पछाडि पारेको छ।

प्रख्यात ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, ‘धुरन्धर २’ दोस्रो हप्तामा सबैभन्दा बढी कमाउने हिन्दी चलचित्र बनेको छ। दोस्रो हप्ताको शुक्रबारदेखि आइतबारसम्म मात्र यसले १६४ करोड कमाएको छ, जबकि यसको पहिलो भागले सोही अवधिमा १४६.६० करोड कमाएको थियो।

‘धुरन्धर २’ को यो अभूतपूर्व सफलता र सिनेमाघरहरूमा यसको एकछत्र राजका कारण अक्षय कुमारको आगामी चलचित्र ‘भूत बंगला’ को प्रदर्शन मिति समेत सारिएको छ। ‘धुरन्धर २’ सँगको टक्करबाट बच्नका लागि अब यो चलचित्र १० अप्रिलको सट्टा १७ अप्रिल, २०२६ मा मात्र प्रदर्शन हुने बताइएको छ।

खोज्नुहोस