सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री बालेन शाहको छलफल शुरू भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो साढे १ बजेबाट छलफल शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले यसअघि सोमबार कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए ।
सम्बन्धित निर्वाचन क्षेत्रका मुख्य समस्याहरू पहिचान गर्ने र समाधानका उपायहरू पहिल्याउने उद्देश्यले छलफल अगाडि बढाइएको सचिवालयले जनाएको छ ।
छलफलमा दुवै प्रदेशका सांसदहरूले स्थानीय समस्या, विकास आयोजना, बजेट, सामाजिक सुरक्षा लगायतका विषय राखेका थिए ।
रास्वपा सांसद यज्ञमणि न्यौपानेका अनुसार प्रदेशका सामूहिक समस्या, प्रत्येक निर्वाचन क्षेत्रका समस्याको सन्दर्भमा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।
