सुदूरपश्चिमका निरज विश्वकर्मा नेपाल आइडलको टप १२ मा

धनगढीः सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिस्पर्धी निरज विश्वकर्मा नेपाल आइडलको १२ औँ स्थानमा पुगेका छन।

डोटीको दीपायल–सिलगढी नगरपालिका–४ राजपुरका निरज नेपाल आइडल सिजन सिक्सको १२ औँ स्थानमा पुगेका हुन्। उनी सुदूरपश्चिमबाट हाल एक्लो प्रतिस्पर्धी हुन्। सुमधुर स्वर र साङ्गीतिक निखारताले भरिपूर्ण निरजलाई अब नेपाल आइडलका अन्य चरणमा पुग्न भोटको आवश्यकता परेको छ।

उनका बुवा प्रतापका अनुसार शनिवार राति साढे ९ बजेरदेखि हुने अनलाइन भोटिङ मङ्गलवार दिउँसाे २ बजेसम्म रहेको छ। छोटो समयमा हुने भोटिङ गरेर अघिल्लो चरणमा जानका लागि सहयोग गर्न प्रतापले आग्रह गरेका छन्। सानैदेखि गायन क्षेत्रमा लागेका निरजको उमेर १८ वर्ष मात्र भएको छ। उनी सुदूरपश्चिमका सहित सबै भाकामा पोक्त छन्। नेपालबाट इ–सेवा र विदेशमा रहेकाहरूले मोमो एपबाट भोट गर्नुपर्ने छ। उनको भोटिङ कोड एनआइ ०९ रहेको छ। एसएमएसका लागि एनआइ–०९ टाइप गरेर नमस्ते तथा एन्सेलका प्रयोगकर्ताहरूले ३७००० मा म्यासेज पठाउनु पर्ने छ।

‘कुलिङ अफ पिरियड’ प्रकरण छानबिनका लागि सात सदस्यीय समिति गठन हुने

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको लागू नहुने प्रावधान राखिएको विषयमा छानबिन गर्न सात सदस्यीय  संसदीय विशेष  छानबिन समिति गठन हुने भएको छ । सभामुख देवराज घिमिरेले दलहरूसँगको परामर्शका आधारमा छानबिन समिति गठन गर्ने निर्णय गरेका हुन् ।

समितिमा कांग्रेस र एमालेबाट २-२ जना सदस्य रहने र अन्य दलबाट पनि सदस्य हुने सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।  समितिमा राज्य व्यवस्था समितिकै सदस्यलाई संलग्न नगराइने सहमति भएको छ । दलहरूले नाम दिएपछि समितिले पूर्णता पाउनेछ ।

समितिलाई छानबिनको प्रतिबेदन बुझाउन २१ दिनको समय तोकिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयको दफा ८२ मा निजमाती र सरकारी सबै कर्मचारीलाई सेवाबाट राजीनामा वा अवकाशको दुई वर्षपछि मात्रै अर्को नियुक्ति लिन पाउने व्यवस्था गरिएको थियो ।

त्यसको उपदफामा कुलिङ अफ पिरियड लागू नहुने प्रावधान घुसेपछि यस विषयमा छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग हुँदै आएको छ । यस प्रकरणपछि समितिको सचिवबाट सुरजकुमार दुराले राजीनामा दिइसकेका छन् भने समिति सभापति रामहरी खतिवडाले दलले निर्देशन दिएमा आफूले पनि पद छोड्ने बताएका छन् ।

यस प्रकरणमा सांसदले सभापतिलाई दोष लगाएका छन् । सभापतिले कर्मचारीलाई  र कर्मचारीले सांसद र समितिलाई दोषारोपण गरेका छन् । जेठ २ गते समितिबाट संघीय निजामती विधेयक पारित गर्दा समिति सभापतिले परिमार्जनसहित विधेयक पारित भएको छ चित्त नदुखाउनुहोला भनेका थिए ।

त्यसपछि विधेयकमा कानुनी भाषा मिलाउनका लागि कानुन मन्त्रालय र संघीय मामिला मन्त्रालयमा पठाउने उनले समितिलाई जानकारी गराएका थिए । भाषा मिलाइसकेपछि आफुहरूलाई परिमार्जित विधेयक प्राप्त नभएको सांसदहरूले बताउँदै आएका छन् । कुलिङ अफ पिरियड खण्डित हुनेगरी विधेयकमा प्रावधान कहाँबाट घुस्यो भन्ने छानबिन अब संसदीय विशेष छानबिन समितिबाट हुनेछ ।

समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी ‘कुलिङ पिरियड’ को व्यवस्था उक्त विधेयकमा गरेको थियो। तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निस्क्रिय हुने गरी विधेयक पारित भयो ।

यसबारे समितिमा हंगामा भएसँगै समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेका थिए।

विराटनगरले रिटेन गर्‍यो सन्दीपसहित ६ खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किङ्सले रिटेन्सन लिस्ट सार्वजनिक गरेको छ । विराटनगरले‌ शनिबार रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो ।

यसअघि अघिल्लो सिजनका मार्की सन्दीप लामिछाने रिटेनको घोषणा गरिसकेको विराटनगरले उनी सहित ६ खेलाडी रिटेन गरेको छ । रिटेन भएका खेलाडीहरूमा सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारी छन्।

विराटनगरले यसअघि शनिबार बिहान सामाजिक सञ्जालमा पोस्ट राख्दै सन्दीपलाई दोस्रो सिजन पनि मार्की खेलाडीकै रूपमा निरन्तरता दिने जनाएको थियो ।

उनी पहिलो सिजन विराटनगरको कप्तान पनि थिए । विराटनगरको प्रदर्शन भने राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ जित मात्र निकालेर ८ टिममध्ये सातौं भएको थियो ।

एनपीएलको दोस्रो सिजनका लागि मार्की खेलाडीबाहेक ६ अन्य खेलाडी रिटेन गर्न पाउने प्रावधान छ । योसँगै सबै ८ वटै टिमले रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।

एनपीएलको दोस्रो सिजनका लागि आउँदो अगस्टमा मिनी अक्सन पनि हुने तय छ ।

विद्यार्थीलाई गगनको आग्रह : यो देश बर्बाद भयो भन्ने कुरा नपत्याउनुस्

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही भएन भनेर भन्नेहरूको कुरा पनि नपत्याउन विद्यार्थीलाई आग्रह गरेका हुन् ।

उनले आफूले अध्ययन गरेर मात्रै समर्थन र विरोध गर्न सुझाव दिए । राम्रो गरेकोमा धन्यवाद दिन र भने जति गर्न नसकेकोमा प्रश्न गर्न उनले आग्रह गरे ।

महामन्त्री थापाले भने– ‘कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस् । तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । दुइवटै रङ । यो देशमा केही राम्रो भएको छ । केही राम्रो गर्न सकिएको छैन । राम्रो गरेकोमा धन्यवाद भन्नुस् । गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस् । बाँकी रहेको म गर्छु भनेर जिम्मा लिनुस् न । नथाक्नुस्, नभाग्नुस् । नगल्नुस् । अडिएर बस्नुस् । नयाँ कुरा सिक्नुस्, प्रश्न गर्नुस् । क्रिटिकल हुनुस्, रमाइलो पनि गर्नुस् ।’

महामन्त्री थापाले अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्ने आफूलाई विश्वास रहेको बताए ।

अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो

टेक्सास । अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान अचानक आएको बाढीले ठूलो मानवीय क्षति पु¥याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिका अझै सम्पर्कमा आउन सकेका छैनन् ।

केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाएअनुसार थप व्यक्तिहरू हराइरहेका हुनसक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्नसक्ने सम्भावना छ ।

टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन् । उनले बताएअनुसार ग्वाडालुपे नदीको पानीको सतह एकै चोटी २६ फिट (करिब ८ मिटर)ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन छन् ।

शिविरका प्रमुखले पठाएको सन्देश अनुसार बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्धार कार्य जारी रहेको छ । उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ ।

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ । किनभने धेरै सडक अवरुद्ध अवस्थामा छन् ।

विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानव निर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रुपमा देखिन थालेका छन् ।

भ्रष्टाचार अन्त्य गर्न रवि लामिछाने खोज्दा कारागार पुगेँ :डिपी अर्याल

काठमाडौँ : रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले नागर्जुन पुगेर पार्टी सभापति रवि लामिछानेको सन्देश सुनाएका छन्।पार्टीको नागर्जुन नगर अधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले कारागारबाट अविचलित भएर पार्टी निर्माणमा लाग्न आग्रह गरेको बताए।

उनले भने, ‘हामी अविचलित भएर पार्टी निर्माणमा गर्नुपर्छ, पार्टी सभापतिलाई भएको ज्यादतीको हामी हिसाबकिताब गर्नेछौँ, समय आउँछ, अहिले आत्तिनु पर्दैन। उहाँले कारागारमा बसेर आफ्नै खुट्टामा नअल्झिन सन्देश पठाउनुभएको छ। उहाँले आफूले कुनै गलत काम गर्दा पनि कारागारमा बस्नुपरेको सन्देश पठाउनुभएको छ। यो देश बनाउन, सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्नको लागि राजनीतिमा आए, म राजनीतिमा आएको कसैलाई पच्न सकेन त्यसैले म कारागारमा छु, त्यसको हिसाबकिताब समयमा गर्नेछु।’

उनले रवि लामिछाने कुनै व्यक्ति र पार्टीको नेता मात्रै होइन यो एउटा विचार भएको बताए। उनले थपे, ‘हामीले बैङ्कमा पैसा राख्दा ब्याज पाउँछौँ तर यो सरकारले रवि लामिछानेलाई कारागारमा राख्दा त्यसको स्याज तिर्नुपर्छ, ढिलो छिटो मात्रै हो।’

नाउपासँग छलफल गरेर अगाडी बढ्न मुख्यमन्त्री शाहलाई सभापति देउवाको सुझाव, रिक्त मन्त्रालयमा नाउपालाई नै नियुक्त गर्न छलफल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको एक दिनपछि शनिवार बुढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन् । मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार मुख्यमन्त्री शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै नाउपाले सङ्घ र प्रदेशमा आफ्नो समर्थन फिर्ता लिने घोषणा गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा शुक्रवार समर्थन फिर्ता लिएको नाउपाले सङ्घमा फिर्ता लिन भोली बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ । सभापति देउवालाई मुख्यमन्त्री शाहले मन्त्रीलाई पदमुक्त गर्नुको कारणसहित पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए । सभापति देउवाले मुख्यमन्त्री शाहलाई देखिएका समस्याहरू वार्ता र संवाद मार्फत हल गर्न सुझाव दिएका थिए ।

नाउपासँग संवाद गरेर रिक्त रहेको मन्त्रालयमा नाउपाबाटै मन्त्री बनाउनेगरि अघि बढ्न मुख्यमन्त्री शाहलाई सभापति देउवाले सुझाव दिएका थिए । सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन् । नाउपाले समर्थन फिर्ता लिँदैमा मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने वा सरकार ढल्ने अवस्था छैन । तर, नाउपालाई साथमै लिएर अघि बढ्न सभापति देउवाले मुख्यमन्त्रीलाई सुझाव दिएको निकट स्रोतको भनाइ छ ।

मुख्यमन्त्री शाहले नाउपासँग छलफल गरेर अगाडी बढ्ने सभापति देउवालाई बताएका थिए । आज बिहान सभापति भेट्न मुख्यमन्त्री शाह काठमाडौँ पुगेका थिए । भेटमा सरकारको गतिविधि र बजेट पारित लगायतका विषयमा पनि कुरा भएको थियो ।

विनाशकारी बाढीले टेक्सासमा कम्तीमा १३ जनाको मृत्यु, २० बेपत्ता, उद्धार जारी

टेक्सास । अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानक बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ। स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार सो बाढीमा परी अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ।
ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २० भन्दा बढी बालिकाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् ।

केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाइअनुसार, थप व्यक्तिहरू हराइरहेका हुन सक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ।

टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार, मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन् । उनले बताएअनुसार, ग्वाडालुपे नदीको पानीको सतह एकैचोटि २६ फिट (करिब ८ मिटर) ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन अवस्थामा छन् ।

शिविरका प्रमुखले पठाएको सन्देश अनुसार, बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्णरूपमा अवरुद्ध भएको छ।

हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्दार कार्य जारी रहेको छ। उद्धार टोलीहरू रातदिन खटिएको बताइएको छ ।

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ, किनभने धेरै सडकहरू अवरुद्ध अवस्थामा छन् ।

विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानवनिर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रुपमा देखिन थालेका छन् ।

नेपाललाई एसीसी यू–१६ को उपाधि

काठमाडौँ– नेपालले एसीसी यू–१६ को उपाधि जितेको छ । सिंगापुरलाई दुई विकेटले पराजित गर्दै नेपालले यो उपाधि जितेको हो ।
मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

फाइनल भिडन्त शनिवार बिहान ७ः४५ बजे मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा खेलिएको थियो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटे सभापति देउवालाई

काठमाडौं– सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीको समर्थन गुमाएको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको एक दिनपछि शनिबार बूढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन् । भेटबारे केही खुलाइएको छैन ।

मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिएका छन । मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन उन्मुक्ति पार्टीले शुक्रबारमात्रै फिर्ता लिएको थियो ।

उक्त पार्टीले समर्थन फिर्ता लिए पनि सुदूरपश्चिम सरकारको सत्ता समीकरणमा गणितीय असर भने पर्दैन । संघीय सरकारका लागि कांग्रेस र एमालेबीच सात बुँदे सहमति पछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन भएको थियो ।

‘मेरी बास्सै’की अप्सरा आमाको निधन

काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को निधन भएको छ ।

श्रेष्ठको शुक्रबार राति निधन भएको केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले जानकारी दिइन् ।

श्रेष्ठ ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिकामा थिइन् । उनको यो भूमिका धेरै रुचाइएको थियो ।

श्रेष्ठ लामो समयदेखि स्तन क्यान्सर पीडित थिइन् । उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

नेपालले जितका लागि पायो ११४ रनको लक्ष्य

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले जितका लागि सामान्य लक्ष्य पाएको छ । सिंगापुरसँगको खेलमा नेपालले ११४ रनको लक्ष्य पाएको छ ।

मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले पहिला बलिङ गरेको थियो ।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुरले ४०.५ ओभरमा ११३ रन जोडेको छ ।

समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा भएको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।

बयालपाटा अस्पताल साउन १ देखि बन्द हुने अवस्थामा

धनगढी, २० असार ।
सम्पूर्ण सेवा, सुविधा निशुल्क प्रदान गर्दै आएको देशकै एक मात्र अस्पताल बयालपाटा बन्द हुने अवस्थामा पुगेको छ ।

बजेट वक्तव्य मार्फत अछामको बयालपाटा अस्पताल आफ्नो मातहतमा सञ्चालन गर्ने निर्णय गरिसकेको प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि आवश्यक प्रकृया शुरु गर्न भने आनाकानी गरिरहेको छ ।

बयालपाटा अस्पताल सञ्चालन गर्दै आएको न्याय हेल्थ नेपाल प्रदेश सरकारबाट आर्थिक सहयोग नपाएपछि  प्रदेश सरकारलाई अस्पतालमा बुझाउन बाध्य भएको हो । प्रदेश सरकारका कर्मचारी र मन्त्री पनि बयालपाटा अस्पताललाई प्रदेशको मातहतमा चलाउन आतुर देखिन्थे । तर बयालपाटा अस्पताल सञ्चालनका लागि आवश्यक प्रकृया पुरा गर्न भने उनीहरु उदासिन छन् ।

एक हप्तादेखि अस्पतालका प्रमुख डा. मन्दिप पाठक र बयालपाटा अस्पतालको टीम मन्त्रालयहरु धाईरहेको छ ।
अस्पताल सञ्चालनका लागि सहमती माग गर्दै सामाजिक विकास मन्त्रालयले पठाएको पत्र आर्थिक मामिला मन्त्रालयमा थन्किएको छ ।

साउन १ गते आफ्नो मातहतमा सञ्चालन गर्ने निर्णय गरिसकेको प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि आवश्यक तयारी र प्रकृया भने अहिलेसम्म थालेको छैन् ।

एक हप्तादेखि सहमती पत्रका लागि आर्थिक मामिला मन्त्रालय धाईरहेको बयालपाटाको टीमलाई आर्थिक मन्त्रालयले सामाजिक विकास मन्त्रालय जान भन्छन् । सामाजिक विकास मन्त्रालयमा जादा त्यहाँका कर्मचारीले आर्थिक मन्त्रालयमा जान भन्छन् ।

अस्पतालमा बिरामीको शल्यक्रियामा व्यस्त रहने डा. पाठक एक साता यता मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालय र सामाजिक मन्त्रालय धाईरहेका छन् । कर्मचारी र मन्त्रीहरुले रेस्पोन्स गर्नुको साटो किन आएको भन्दै झर्किने गरेको उनको तितो अनुभव छ

अस्पताल कुनै हालतमा चलोस । बन्द नहोस । बिरामीले दुःख नपाउन भन्ने डा. पाठकको चिन्ता हो । तर प्रदेश सरकारका मन्त्री र कर्मचारीहरुमा अस्पताल बन्द हुने कुरामा कुनै चिन्ता देखिदैन ।

आर्थिक मन्त्रालयको सहमती कुर्दा एक साता वितिसक्यो, न्याय हेल्थका बोर्ड सदस्य भन्छन्, गठन आदेश र अस्पताल सञ्चालनको विधिका बारेमा त छलफल नै भएको छैन् ।

बयालपाटा अस्पतालमा चिकित्सक सहित १२१ जना कर्मचारी कार्यरत छन् । त्यस्तै अछामका छ वटा पालिकामा ६५ समुदाय स्वास्थ्य कार्यकर्ता कार्यरत छन् । प्रदेश सरकारले सामुदायीक स्वास्थ्य कार्यकर्ताको जिम्मेवारी नलिने बताईसकेको छ । बाँकी चिकित्सक र कर्मचारीका हकमा पनि प्रदेश सरकार मौन छ । उनीहरुको सेवा सुविधा र जिम्मेवारीका बारेमा प्रदेश सरकारले अहिलेसम्म कुनै ढाँचा र निर्णय गरेको छैन् ।

बयालपाटा अस्पताल सञ्चालनका लागि प्रदेशले ७ करोड ५० लाख र संघीय सरकारले ६ करोड रुपैया विनियोजन गरेपनि अन्य आवश्यक प्रकृया भने अघि नबढ्दा अस्पताल बन्द हुने अवस्थामा पुगेको हो ।

आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्र हमालले बयालपाटा अस्पतालको पत्र मन्त्रालयमा आएको भएपनि कुनै निर्णय नभएको बताए । उनले पत्रका बारेमा बुझिरहेको बताए ।

Himalayan Literature Festival 2083 to Be Held in Kathmandu in Jestha

Kathmandu, 4 july

Himalayan Literature Festival & Writers Workshop (HLF-WWK) Returns: Kathmandu to Host 2026 Edition White Lotus Book Shop, Kathmandu, has announced it will host the 2026 edition of the Himalayan Literature Festival and Writers Workshop (HLF-WWK) from May 29 to June 5.

“The 2026 edition will feature scores of world-renowned authors from North America, Latin America, and Europe, with a special focus on South Asian writers and the emerging generation of Nepalese literary voices,” said Shreejana Bhandari, curator of HLF-WWK. The Himalayan Literature Festival (HLF), Nepal’s first international literary festival, marked a historic milestone when it was held from May 27–28, 2024, in Kathmandu.

Conceived as the culminating event of the New York Writers Workshop in Kathmandu (NYWW-K), which ran from May 22 to June 2, the festival brought together a remarkable confluence of global and local literary voices. Organized by a prestigious alliance of published authors and professional writers, the event featured over 40 international writers from five continents and more than 150 Nepalese authors, engaging in a dynamic exchange of ideas, craft, and cross-cultural inspiration.

The festival was dedicated to Gopal Prasad Rimal, a towering figure in modern Nepalese poetry. His legacy was honored through the release of an English translation of his selected poems—a symbolic gesture reinforcing the festival’s mission to bridge Eastern and Western literary traditions.

Notable international participants included: Tony Barnstone, Tom Lutz, Yuyutsu Sharma, Rob Fenn, Ruth Danon, Felicity Volk, K Satchidanandan, Pankaj Bista. Jami Proctor Xu, Ravi Shankar, Tim Tomlinson, Xiao Xiao, Sirunyan, Yann Vagneux, Julie Krishnan-Williams, Son Van, Dariusz Lebioda, Piia Mustamäki, Gorka Lasa, Peter Allenspach, Da Mao, Maria Claire Heath, Deedle Tomlinson, Rukmini Bhaya Nair, Jahrose Jafta, Vasilis Manousakis, Anand Thakore, Supip Sen, Neville Sarony, Vanita Ramani, Kiran Bhat, Laksmisree Banerjee, Divya Joshi, Inderjeet Mani, Brian Hou, Jane Houng, Lizzie Packer, Butler, Ann Gordon, Nancy Parish, Babette Albin, and Marianne Sciberras. They were joined by over two dozen prominent Nepalese and Nepal Bhasha authors, including: Durgalal Shrestha, Narayan Wagle, Karna Sakya, Shiven Thapa, B.N. Joshi, Shakuntala Joshi, Bishwa Sigdel, Raj Kumar Baniya, Narayan Dhakal, Bimila Tumkhewa, Sabina Maharjan, Avaya Shrestha, Kripa Khanal, Shyam Rimal, Hisilina Shakya, Rami Priya, Pratisara Saymi, Rajni Mila, Dwarika Shrestha, Shailendra Sakar, Yubaraj Ghimire, Manoj Dahal, Laxmi Thapoa, Akhand Bhandari, Deepak Sapkota, Shreejana Bhandari, Mohraj Sharma, Ken Subedi, Suresh Kiran, Biren Shrestha, Amar Aakash, Bhuwan Thapaliya, Vijay Gurung, Sarad Pradhan, and many others.

The workshops and festival featured a wide range of imaginative and interdisciplinary panels, including: “Meditation and Imagination”: exploring mindfulness practices as tools for writers, “Psychoanalysis, Shamanism, and the Problem of Character”: where the three-act structure meets the Zen koan, “Translating the Ghazal as American Blues”: a cross-cultural poetic exploration, “Stories on the Couch, Characters on the Prayer Mat”: what drives our characters and poems?, “Dream, Story, Prayer, Chant”: mapping modes of expression across borders, “Mapping Your Journey with Words and Images”: interweaving photography and narrative Workshops during NYWW-K 2024 were held in iconic locations such as Kathmandu, Pokhara (along the tranquil shores of Lake Fewa, at the foothills of the Annapurna range), and Changu Narayan, the oldest Hindu temple in Nepal.

Special sessions were also conducted at the Pashupati Shrine along the Bagmati River and at Chitwan Jungle Lodge, creating a powerful synthesis of sacred space, natural beauty, and creative energy.

Together, the NYWW-K workshops and HLF 2024 created a rare space where writers from vastly different cultures and traditions could meet, converse, collaborate, and inspire one another. This distinctive blend of literary excellence, cross-cultural dialogue, and Himalayan spirituality laid a strong foundation for future festivals.

New books of poetry and fiction by Tim Tomlinson, Tony Barnstone, and Gorka Lasa were launched during the festival.

The current issue of Pratik magazine, edited by Himalayan poet Yuyutsu Sharma, features selected writings produced during the event. A stage performance directed by Che Shankar of the Garden Theatre Community, featuring poetry by Rimal, Yuyutsu Sharma, Tony Barnstone, and Ravi Shankar, was staged in the gardens of Kathmandu Guest House, where the festival took place. As we look ahead to June 2026, the upcoming New York Writers Workshop in Kathmandu and the second edition of the Himalayan Literature Festival and Writers Workshop (HLF-WWK) promise to build on this extraordinary momentum. With renewed energy, broader participation, and deeper engagement with South Asian voices, diasporic narratives, and global storytelling traditions, the 2026 edition (May 29–June 5) aims to further solidify Nepal’s place on the world’s literary map. Writers, readers, and creators are warmly invited to join us in Kathmandu in June 2026 for another landmark celebration of literature, imagination, and cultural exchange.

शनिबारदेखि बजारमा रासायनिक मलको अभाव हुदैन : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि बजारमा रासायनिक मलको अभाव नहुने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार मन्त्रालयबारे ‘ब्रिफिङ’ गर्दै उनले यस्तो बताएका हुन् ।

कृषिमन्त्री अधिकारीले एक लाख १० हजार मल आइपुगेको पार्टीलाई जानकारी गराए । उनले शनिबारसम्ममा देशका विभिन्न स्थानमा रहेका गोदामहरूमा मल पुग्ने पनि बताए ।
‘एक लाख १० हजार टन मल आइपुगेको छ । हाम्रो ३७ स्थानमा गोदाम छ । आज धेरै ठाउँमा लोड भएर भोलिसम्ममा ती गोदामहरूमा मल पुग्दै छ,’ मन्त्री अधिकारीले भने, ‘सम्पूर्ण नेताजीहरूलाई अनुरोध गर्न चाहन्छु– मलाई लाग्छ भोलिबाट मलको समस्या बजारमा नआउला ।’

एनआरएन अस्ट्रेलियाको अध्यक्षमा उमेदवारी दिने सन्तोषको घोषणा

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका वर्तमान महासचिव सन्तोष कुँवरले अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् । जुलाई २६ मा हुने एनआरएनए अस्ट्रेलियाको निर्वाचनका लागि कुँवरले उमेदवारी घोषणा गरेका हुन् ।

ब्रिसबेन निवासी कुँवर नेपालबाट उच्चशिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका थिए । उनी एक दशकअगाडि एनआरएनए अस्ट्रेलियाको राज्य समन्वय परिषद्को सचिव बनेका थिए ।

यसअघि, कुँवर राज्य संयोजक (२०१७–२०१९), आईसीसी सदस्य (२०१९–२०२१), ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१– २३) बनिसकेका छन् ।

उनले करिब १० वर्षको एनआरएनए यात्राका क्रममा संस्थाको दिगो विकास र एनआरएनए अस्ट्रेलियालाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, स्रोतको पहुँचलगायत विभिन्न तहका सरकारी समन्वयकारी भूमिकामा योगदान गरेको बताए ।

“मेरो योगदान संस्थामा आबद्ध सबैमाझ लुकेको छैन । यसका साथै संस्थामा दिगो स्वयमसेवाको अवधारणाका लागि मेरो प्रयास जारी छ,” उनले भने ।

कुँवरले आफूले अध्यक्षका रूपमा दुई वर्षका कार्ययोजनासमेत तयार पारेको बताए । उनले मुलुकसँग जोडिने र जोड्ने विषयसहित प्रवासी नेपालीको हकहितमा लागिरहने बताए ।

इजरायली आक्रमणमा १५ जनाको मृत्यु

एजेन्सी- गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार प्यालेस्टिनी क्षेत्रमा लगभग २१ महिनाको युद्धपछि इजरायली हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ ।

इजरायलले हालै गाजा पट्टीमा आफ्नो सैन्य कारबाही विस्तार गरेको छ । त्यहाँ युद्धले यस क्षेत्रको २० लाखभन्दा बढी जनसङ्ख्याका लागि गम्भीर मानवीय अवस्था सिर्जना गरेको छ ।

दक्षिणी गाजा सहर खान युनिस नजिकै विस्थापित मानिसहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघायरले बताए ।

उनले खान युनिसको तटमा रहेको पाल शिविरहरूमा दुई अन्य आक्रमणमा थप आठ जनाको मृत्यु भएको बताए । उक्त आक्रमणमा शुक्रबार बिहान दुई बालबालिकाको मृत्यु भएको थियो ।

प्यालेस्टिनी लडाकू समूह हमासले बिहीबार मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको बताए पनि इजरायली नेताहरू हमासलाई दमन गर्ने आफ्नो लक्ष्यमा अडिग छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले हमाससँग ६० दिनको युद्धविराममा सहमति जनाएको भन्दै गाजामा बाँकी रहेका बन्धकहरूलाई रिहा गर्न सक्ने बताएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बाँकी बन्दीलाई फिर्ता गर्न ठूलो आन्तरिक दबाबमा परेका छन् ।

साउन १ गतेदेखि पेन्सन र उपदान बन्द

काठमाडौँ : सरकारले अब कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा लैजाने भएको छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको हो।

अर्थ मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन भनेको छ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी पनि अर्थ मन्त्रालयले गरेको छ ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्। सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन्। राष्ट्रिय सभाले ती विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको छ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राखेका थिए।

उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो। त्यसअघि आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउँदै यससम्बन्धी अन्तरराष्ट्रिय समुदायबाट व्यक्त चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाउने निर्णय गरिएको स्पष्ट पारे।

‘नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नीतिगत र कानुनी सुधार आवश्यक छ। यसबाट पर्न सक्ने असर कम गर्न नीतिगत व्यवस्था गरिएको हो। यसबाट सुनको कारोबार पारदर्शी हुनेछ, कारोबारलाई करको दायरामा ल्याउँछ, अवैध कारोबार अन्त्य हुन्छ’, उनले भने।

राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले विनियोजन, राजस्व अनुमान, अन्तरराष्ट्रिय सहयोग, आन्तरिक ऋणलगायत आधारमा आगामी आवको बजेट उत्कृष्ट साबित भएको जिकिर गरे। उनले आन्तरिक ऋण उत्पादन र उत्पादकत्व वृद्धि तथा पुँजीगत खर्चका निम्ति परिचालित हुने विश्वास दिलाए।

सभाले ती विधेयकका सम्बन्धमा सांसदहरूले राखेका सुझाव बहुमतले अस्वीकृत गरेको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही असार २४ गते मंगलबार दिउसो १:१५ बजे बस्नेछ।

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गणनाको कार्य सुरु गरिएको हो ।
निकुञ्ज र विसिएनका आठ जनाको प्राविधिक टोलीले निकुञ्ज क्षेत्रमा पाँच दिनसम्म सुनौलो तोप चराको गणनाको कार्य गर्नेछ । “वाइनाकुलर, क्यामेरा, दुरबिन, जिपिएस लगायतको मद्दतले गणनाको कार्य गर्छौं,” नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले भने, “हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमा पुगेर गणनाको कार्य गर्छौं, हिँडेर पुग्न नसकिने क्षेत्रमा हात्तीमा चढेर गणनाको कार्य गर्छौं ।”

निकुञ्जसँगै दुई दिन निकुञ्ज बाह्य क्षेत्रमा पनि गणनको कार्य हुने उनले बताए । उनका अनुसार निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैया लगायत क्षेत्रमा सुनौलो तोप चरा गणनाको कार्य गरिनेछ ।

गणनका क्रममा चराको सङ्ख्यासँगै भाले, पोथीको सङ्ख्या यकिनको कार्य गरिनेछ । योसँगै गुँडको अवस्था कस्तो छ, कुन प्रजातिका रूखमा गुँड लगाउने गरेको छ, रूखको उचाइ, त्यस क्षेत्रमा रहेको घाँसका प्रजाति, आहाराको अवस्था, सिकारी चराले पुर्याउने नोक्सानी, सुरक्षा चुनौती लगायतबारे अध्ययन र अनुसन्धानको कार्य गरिने चराविज्ञ डगौराको भनाइ छ ।

दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोपको अवस्था अध्ययनको कार्य गरी त्यसैअनुरुप संरक्षणको योजना बनाइने निकुञ्जका रेञ्जर प्रयास केसीले बताए । उनका अनुसार नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइन्छ । निकुञ्जको घाँसेमैदानका बीच भागमा यस चराले गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप भनिएको उनले बताए ।

“रूखका हाँगामा कलात्मक तरिकाले पात सिएर चराले गुँड लगाउने गर्दछ, गुँड बनाएर यसले बच्चा जन्माउने गर्दछ,” केसीले भने, “तोप चरा सुनौलो रङको धर्के परेको सुन्दर हुन्छ ।” सन् १९९६ मा निकुञ्जमा सुनौलो तोप पहिलोपटक देखिएको थियो ।

“त्यसयता निकुञ्जले नियमित रूपमा यसको संरक्षण गरी तथ्याङ्क सङ्कलन गरिरहेको छ, निकुञ्जमा सुनौलो तोप चरा एक सयको हाराहारीमा रहेको छ, किसानको साथीका रूपमा रहेको सुनौलो तोप चराले कीराफट्याङ्ग्रा खान मन पराउँछ,” निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम बाग्लले भने, “सामूहिक रूपमा गुँड लगाउने, बस्ने र सामूहिक रूपमा आहारा खोज्न जाने भएकाले यसलाई सामाजिक चराका रूपमा पनि लिने गरिन्छ ।”

निकुञ्ज नजिकका ताल, सिमसार क्षेत्र नजिकका काँडेदार रूखमा गुँड लगाउने यसको विशेषता रहेको उनको भनाइ छ । उनका अनुसार मनसुनको समय सुनौलो तोप चराले अन्य समयमा भन्दा बढी प्रजनन गर्ने गर्दछ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोप चरासँगै ४०० बढी प्रजातिका चरा पाइन्छन् ।

तालिबान सरकारलाई मान्यता दिने पहिलो देश बन्याे रुस

एजेन्सी । रुसले अफगानिस्तानको तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । योसँगै रुस तालिबानको सत्तालाई मान्यता दिने विश्वको पहिलो देश बनेको छ ।

रुसको निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले साहसपूर्ण भन्नुभएको बीबीसीले जनाएको छ । काबुलमा रहेका रुसी राजदूत डिमित्री झिर्नोभले तालिबान सरकारलाई मान्यता दिने निर्णयबारे जानकारी गराउनुभएको मुक्तकीले बताएका छन ।

सन् २०२१ को अगस्टमा सत्तामा पुनर्स्थापित भएयता तालिबानले अन्तर्राष्ट्रिय मान्यता तथा लगानीका निम्ति कोशिश गरिरहेको छ । तर अफगानिस्तानमा मानव अधिकार हनन निरन्तर भइरहेका कारण तालिबानले मान्यता पाउन सकेको छैन ।

सन् २०२१ मा काबुलमा रहेका दूतावास बन्द नगर्ने थोरै देशमध्ये रुस एक थियो । क्षेत्रीय सुरक्षा र आर्थिक विकासका लागि काबुलसँग वार्ता विस्तार गर्न महत्त्वपूर्ण रहेको रुसले टेलिग्राममा लेखेको थियो ।

सन् २०२२ मा तालिबानसँग अन्तर्राष्ट्रिय आर्थिक सहमतिमा हस्ताक्षर गर्ने पनि रुस पहिलो देश थियो । त्यतिखेर रुसले अफगानिस्तानमा तेल, ग्यास र गहुँ आपूर्ति गर्न सहमति जनाएको थियो ।

यो वर्षको अप्रिलमा रुसले आतङ्ककारी सङ्गठनहरूको सूचीबाट तालिबानलाई हटाएको थियो । तर दुई देशबीचको इतिहास चाहिँ निकै जटिल छ ।

सन् १९७९ मा सोभियत युनियनले अफगानिस्तानमा अतिक्रमण गरेको थियो । नौ वर्ष लामो युद्धमा सोभियत युनियनका १५ हजार सैनिक मारिएका थिए । त्यतिखेर काबुलमा सोभियत युनियन समर्थित सरकार स्थापना गर्ने कामले रुसलाई अन्तर्राष्ट्रिय समुदायबाट एक्ल्यायो । अन्ततः सन् १९८९ को फेब्रुअरीमा सोभियत युनियन अफगानिस्तानबाट फिर्ता भएको थियो ।

पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन भयो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न तयार रहेको बताएका छन् ।
संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा परेका थिए ।

विपक्षी दलले उनको राजीनामा समेत माग गरेका छन् । संसदीय समितिबाट राजीनामा माग आएको प्रसंगमा बोल्दै खतिवडाले पार्टी बैठकमा भने, ‘सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु ।’

बदनाम गर्ने किसिमले संसदीय समितिमा काम नगर्न उनले आग्रह गरे । समिति गठन गरेर त्यसबाट जुन निर्णय आउँछ त्यसलाई पालन गर्न तयार रहेको उनले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

उनका अनुसार समर्थन फिर्तासम्बन्धी पत्र मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाइनेछ।

मुख्यमन्त्री शाहले बिहीबार नाउपाका मन्त्री रामेश्वर चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ सांसद छन्। जसमध्ये नाउपाका ७ जना सांसद छन्। वर्तमान कांग्रेस नेतृत्वको सरकारलाई एमाले र नाउपाले समर्थन दिँदै आएका थिए।

सरकार टिकाउन २७ सांसदको बहुमत आवश्यक पर्दछ। कांग्रेसका १८ र एमालेका ११ जना सांसद ९सभामुखबाहेक० सरकार पक्षमा रहेकाले नाउपाको समर्थन फिर्ताले सरकारको बहुमतमा तत्काल प्रभाव नपर्ने देखिन्छ ।

प्रदेशसभामा माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ३, राप्रपा र एक जना स्वतन्त्र सांसद छन्। एसका सांसद दीर्घ सोडारी निलम्बनमा छन्।

कुशासनको पक्षपोषक सरकारको पतन अनिवार्य छ : माधव नेपाल

काठमाडौँ- एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी ओली नेतृत्वको अहिलेको सरकारको पतन अनिवार्य भएको बताएका छन्। शुक्रवार कार्यालय आलोकनगरमा आयोजित विद्यार्थीको कार्यक्रममा अध्यक्ष नेपालले सरकारले जनताका पीडा र वेदनालाई सम्बोधन गर्न नसकेको बताएका हुन्।
उनले ओली नेतृत्वको सरकारले देशलाई राम्रोसँग हाँक्न नसकेको टिप्पणी गरे। अध्यक्ष नेपालले सरकारले जनताको विश्वास पनि जित्न नसक्ने र जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था नरहेको दाबी गरे ।

‘जनताका पीडा, वेदनालाई सम्बोधन गर्न पनि सकेको छैन । त्यसो हुनाले यो सरकारले जनताको विश्वास पनि जित्न सक्दैन, जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था छैन । यो सरकार जनमुखी होइन, जनविरोधी हो, अध्यक्ष नेपालले अगाडि भने,

‘यस्तो सरकार जुन सुशासनको पक्षधर होइन, कुशासनको पक्षपोषक हो । यस्तो सरकारलाई हामीले साथ दिने कुरै आउँदैन । यसको पतन अनिवार्य छ । खालि हामीले समय पर्खिनुपर्ने हुन्छ । आत्तिनुपर्ने केही आवश्यकता छैन।’

भ्रष्टाचार गरेको प्रमाण छैन

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफूले भ्रष्टाचार गरेको दाबी निराधार भएको बताए। पतञ्जली जग्गा प्रकरणमा अख्तियारले विशेष अदालमा मुद्दा दायर गरेको अवस्थामा नेपालले आफू ‘नबिराउनु, नडराउनु’ मान्यतामा अडिग रहेको उल्लेख गरे।

अध्यक्ष नेपालले भने, ‘मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु । बिराएको छैन भने डराउनुपर्ने कुनै आवश्यकता छैन । यस धर्तीका एक जना मान्छेले पनि माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस्, जुनसुकै बलिदान गर्न म तयार हुनेछु ।’

उनले आफू किहल्यै पनि बदलाको भावनाबाट नचलेको बताए।

एक हप्तामा ३५ जनामा कोरोना संक्रमण

काठमाडौं- नेपालमा कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको छ। पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ। एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए। उनले भने, ‘सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ।’

कोभिड–१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ। उनले कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइन/आइसोलेसन’मा बस्न आग्रह गरे।

गलत मनशायले छुट्याएको बजेट कार्यान्वयन हुँदैन: मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गतल मनसायबाट विनियोजित बजेट कार्यान्वयन नहुने बताएका छन्।
शुक्रबार धनगढीमा नेपाल वन प्राविधिक संघ प्रदेश कार्यसमित सुदूरपश्चिमको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली मुख्यमन्त्री शाहले त्यस्तो कुरा बताएका हुन।

‘बजेट भित्र समेटिएका कुनैपनि कार्यक्रम, कुनैपनि योजना चलखेलका आधारमा, लेनदेनका आधारमा, अनावश्यक रुपमा वा आवश्यकता नभएका ठाउँमा बजेट विनियोजन भएको छ, भने त्यो कुनै पनि कार्यान्वयन हुँदैन,’ उनले भने।

बजेट निर्माणका समयमा धेरै टिक्काटिप्पणीहरु आएको बताउँदै मुख्यमन्त्री शाहले आग्रह वा पूर्वाग्रहबाट विनियोजन गरिएको टिकाटिप्पणी सुनिन थालिएको बताए। तर आफू त्यत नलाग्ने उनको भनाइ थियो।

‘तर सही के हो र गलत के हो त्यो विश्लेषण गर्ने जिम्मेवारी सरकारका सबै मन्त्रीको काँधमा छ,’ उनले भने, ‘सही विश्लेषण गरी रिपोर्टिङ गर्न आग्रह गर्छु,’ उनले भने।

मुख्यमन्त्री शाहले विधि, प्रक्रिया र पद्धतिलाई स्थापित गर्दै अगाडि बढ्न र इमान्दारीका साथ सधै आम जनताको पक्षमा रहेर काम गर्न आग्रह गरे।

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू आजदेखि बन्द भएका छन् ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जनाएको छ ।

‘… सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणाली)हरूको सबै सेवाहरू बन्द भएको व्‍यहोरा जानकारी गराइन्छ।’ विज्ञप्तिमा भनिएको छ ।

विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक

बैतडी– गृहमन्त्री रमेश लेखकले समृद्ध नेपालका लागि हालसम्म भएका परिवर्तनहरूको रक्षा अपरिहार्य रहेको बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले पछिल्ला ७० वर्षमा नेपालमा सात वटा संविधान परिवर्तन भइसकेको स्मरण गराउँदै वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ सबैको ध्यान जानु पर्ने बताएका हुन् ।

उनले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन आवश्यक भएको भन्दै अहिलेको सरकार सात बुँदे सहमति अनुसार अगाडि बढिरहेको जानकारी दिए । ‘हामी दुई ठूला प्रतिस्पर्धी दल मिल्नुको एउटै कारण व्यवस्थालाई जोगाउने र स्थायित्व कायम गर्ने हो,’ मन्त्री लेखकले भने ।

उनले गठबन्धनका आधारमा आगामी चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने पनि स्पष्ट पारे ।

सरकारप्रति आएका गुनासाहरूलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले केही साना समस्या भए पनि ती समाधान गर्दै सरकार अगाडि बढिरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले झुलाघाट मोटरेबल पुल निर्माणका लागि भारतसँग सहकार्य आवश्यक रहेको बताए। साथै, महाकाली करिडोरमा बजेट अभाव देखिएको भन्दै यसमा सरकारले आवश्यक ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

खोज्नुहोस