Lhakpa Sherpa Elected President of United Sherpa Association of Colorado

Colorado, USA

United Sherpa Association of Colorado has unanimously elected Lhakpa Sherpa as its new president.

The election took place during the association’s general assembly, organized in celebration of the 2153rd Gyalpo Losar. Members gathered to review the association’s progress and select a new executive committee for the upcoming term.

Under the newly formed leadership, Dawa Sherpa was elected Vice President, Lhakpa Yangji Sherpa as First Treasurer, Ang Lhakpa Sherpa as Second Treasurer, and Kami Tenzing Sherpa as General Secretary.

The executive committee also includes Pa Nuru Sherpa, Pemba Geljen Sherpa, Ang Phura Sherpa, Pemba Sherpa, Mingma Temba Sherpa, Dawa Sherpa, Mendo Lama, Nima Lhamu Sherpa, and Ang Nima Sherpa.

During the opening session of the assembly, outgoing President Kaji Sherpa presented a summary of the association’s annual activities and achievements and expressed sincere appreciation to community members and supporters for their continued cooperation.

Vice President Lhakpa Sherpa shared updates on the proposed Sherpa Community Building planned for construction in Golden, Colorado, including the preliminary design, estimated budget, and potential funding sources.

In the second phase of the program, members of the outgoing executive committee were honored with traditional khadas in recognition of their valuable contributions to the growth and development of the association.

The event concluded with a cultural program featuring performances by local artists, along with a special musical presentation by well-known singer Nima Rumba, which added vibrancy and enthusiasm to the celebration.

पश्चिम टुडेका सम्पादक खेम राज उपाध्याय सम्मानित

धनगढी । युनिक मोडर्न एकेडेमी धनगढीले “१८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम”मा पश्चिम टुडे राष्ट्रिय दैनिकका सम्पादक खेम राज उपाध्यायलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम साहित्य समाज धनगढीका अध्यक्ष मदन पुरस्कार विजेता राम लाल जोशीले सम्पादक उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मान गर्नुभएको हो ।

विद्यालयले १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा “दुई दशक देखि पत्रकारिताका माध्यमबाट सुदूरपश्चिम प्रदेशको सामाजिक, आर्थिक, शैक्षिक विकास” का लागि पुर्याएको योगदानको उच्च कदर गर्दै सम्पादक उपाध्याय सम्मानित हुनुभएको हो ।

इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान

काठमाडौं- नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिएको हो ।

‘इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ,’ एडभाइजरीमा भनिएको छ ।

सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन अनुरोध गरेको छ ।

‘इजरायल र इरानद्वारा जारी गरिएका सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस्,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।’

मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना यात्रा नगर्न पनि भनेको छ ।

चुनावी प्रक्रियामा महिला सहभागीतालाई प्राथामिकतामा : निर्वाचन आयोग

काठमाण्डौ- निर्वाचन आयोगले लैङ्गिक समावेशिता सम्बन्धी नीति कार्यान्वयन गर्दै चुनावी प्रक्रियाका हरेक चरणमा महिला सहभागितालाई प्राथमिकतामा राखेको जनाएको छ । आयोगका आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले संविधान र कानूनले निर्देश गरे बमोजिम आयोग लैङ्गिक समावेशी निर्वाचन गराउन सदैव प्रतिवद्ध रहेको बताएका हुन् ।

आयुक्त तुलाधरले निर्वाचन आयोगले हरेक राजनीतिक दललाई निर्वाचन सम्पर्क व्यक्तिको रूपमा महिलालाई नै पठाउन अनुरोध गरेको पनि बताए । उनले मतदान केन्द्रहरुलाई महिला तथा अपाङ्गता मैत्री बनाउनेमा आयोग सचेत रहेको बताए ।

फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनावका लागि तीन जना मुख्य निर्वाचनअधिकृत र १८ जना निर्वाचन अधिकृत गरी २१ जना महिला निर्वाचन अधिकृत खटिएका छन् । आयुक्त तुलाधरले फागुन २१ गते हुने चुनावलाई सफल बनाउन सबै सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

देश चुनावमय भइसकेको उल्लेख गर्दै उनले चुनाव लागि सकारात्मक वातावरण निर्माण गर्न आयोग मात्र नभई सबै पक्षको सहयोग उत्तिकै आवश्यक रहेको बताएका हुन् ।

यसैबीच निर्वाचन आयोगले जाँडरक्सीको बिक्रीवितरण र प्रयोगमा रोक लगाउने निर्णय कायान्वयनमा कडाइ गरेको छ । चुनावलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न हिजोदेखि देशभर जाँडरक्सीमाथी प्रतिबन्ध लगाएको आयोगले त्यसको अनुगमनलाई पनि जोड दिएको हो ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले तोकिएको अवधिमा जाँडरक्सी विक्री–वितरण वा प्रयोग गरेको पाइए प्रचलित कानूनअनुसार कारबाही गरिने उनले जानकारी दिए ।   न्युज एजेन्सी नेपाल

प्रदेश र पालिकाको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाण्डौ- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र पालिकामा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराएको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेपछि महालेखा नियन्त्रक कार्यालयले गएको माघ २७ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्तावापतको रकम कटौती गर्न निर्देशन दिएको थियो ।

आयोगले वित्तीय समानीकरण अनुदानको परिमाण निर्धारण गर्ने अधिकार संविधानअनुसार आफूमा निहीत रहेकाले आफूले सिफारिस गरेअनुसार नै सरकारले अनिवार्य रूपमा अनुदान उपलब्ध गराउनुपर्ने स्पष्ट पारेको छ ।

सरकारले भने पुस मसान्तसम्म लक्षित राजस्वको ८१.७५ प्रतिशत मात्र सङ्कलन भएकाले त्यही अनुपातमा अनुदान हस्तान्तरण गर्नुपरेको जनाएको छ । गएको वर्ष पनि यस्तै अनुदान कटौती भएको थियो र विरोधपछि महालेखा नियन्त्रक कार्यालयले केही रकम निकासा गरेको थियो । तर चौथो किस्तामा समेत कटौती हुँदा प्रदेश र पालिकाले कुल स्वीकृत वार्षिक बजेटको ९१.७६ प्रतिशत मात्र प्राप्त गरेका थिए ।

इरानलाई परमाणु हतियार राख्नबाट रोक्नैपर्छ : नेतन्याहु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई परमाणु हतियार विकास गर्न नदिन संयुक्त कदम चालिएको बताएका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘मेरा दाजुभाइ तथा दिदीबहिनीहरू, इजरायलका नागरिकहरू, केही समय अघि इजरायल र अमेरिकाले इरानमाथि आतङ्कवादी शासनबाट उत्पन्न अस्तित्वगत खतरालाई हटाउन एक अभियान सुरु गरेका छन् । म हाम्रा महान् मित्र, राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको ऐतिहासिक नेतृत्वको लागि धन्यवाद दिन्छु । ४७ वर्षदेखि अयातोल्लाह शासनले इजरायलको मृत्यु’, ‘अमेरिकाको मृत्यु’ भनेर नारा लगाइरहेको छ ।’

इरानले आफूहरूको रगत बगाएको, धेरै अमेरिकीको हत्या गरेको अनि आफ्नै जनतालाई पनि नरसंहार गरेको उनले विज्ञप्तिमा लेखेका छन् । उनले यस्तो आतङ्कवादी शासनलाई परमाणु हतियार प्राप्त गर्न नदिनु सम्पूर्ण मानवताका लागि आवश्यक भएको उनले भनेका छन् । संयुक्त कारबाहीले साहसी इरानी जनतालाई आफ्नै भविष्य आफैँ निर्धारण गर्ने अवस्था सिर्जना गर्ने दाबी उनले गरेका छन् ।

‘इरानी जनताका सबै तप्काहरू– फारसी, कुर्द, अजरी, बलुची र अहवाजीहरूले अत्याचारको जुवा फ्याँकेर स्वतन्त्र र शान्तिपूर्ण इरान ल्याउने समय आएको छ । म तपाईं इजरायलका नागरिकहरूलाई होम फ्रन्ट कमान्डको निर्देशनहरू सुन्न अपिल गर्दछु । आगामी दिनहरूमा, अपरेसन ‘द रोअर अफ द लायन’ मा हामी सबैलाई धैर्य र दृढता चाहिन्छ’ विज्ञप्तिमा भनिएको छ । ‘सबै मिलेर हामी एक साथ उभिनेछौँ, सँगैसँगै लड्नेछौँ, र सँगसँगै हामी इजरायलको अनन्तता सुनिश्चित गर्नेछौँ’ अन्तिममा उनले भनेका छन् । -एजेन्सी

कञ्चनपुर–१ मा दुई पूर्व मन्त्रीलाई कांग्रेस र रास्वपाको चुनौती

महेन्द्रनगर : निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन् । मौन अवधि सुरु हुन दुई दिन बाँकी रहँदा दलहरुले प्रचारप्रसार तीब्र बनाएका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा दुई पूर्व मन्त्री र कांग्रेस रास्वपाका युवा उम्मेदवारबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ ।

नेकपा एमालेबाट पूर्व मन्त्री तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पूर्व मन्त्री विना मगर चुनावी मैदानमा छन् । यी दुई पूर्व मन्त्रीलाई चुनौती दिन नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता गोपीप्रसाद उपाध्यायलाई मैदानमा उतारेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकसिंह धामीलाई उम्मेदवार बनाएको छ ।  रास्वपाका धामी र कांग्रेसका उपाध्याय यस क्षेत्रका लागि नयाँ अनुहार हुन् । उनीहरु पहिलो पटक निर्वाचन लड्न लागेका हुन । मगर र तामाङ यस क्षेत्रका लागि पुराना अनुहार हुन ।

मगर २०७४ र तामाङ २०७९ मा यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । २०७४ सालको निर्वाचनमा एमाले माओवादीबीच भएको गठबन्धनबाट मगर प्रतिनिभिसभा र तामाङ प्रदेशसभाका सदस्य निर्वाचित भएका थिए । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी मगर खानेपानी मन्त्री बनेकी थिएन भने तामाङ सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए ।

यो क्षेत्रमा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका वासुदेव भट्ट निर्वाचित भएका थिए । २०५१ मा भने नेकपा एमालेका रामकुमार ज्ञवाली निर्वाचित भए । २०५६ को निर्वाचनमा भने नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउदले कांग्रेसको विरासत जोगाएका थिए । २०६४ मा नेकपा (माओवादी) विजय भयो । २०७० मा भने कांग्रेसले फेरि आफ्नो अस्तित्व जोगायो । विगतको परिणामलाई हेर्दा २०४८, ०५६ र ०७० गरी ३ पटक नेपाली कांग्रेसले निर्वाचन जितेको छ । २०६४ र ०७४ मा नेकपा माओवादी केन्द्रले यो क्षेत्रमा जितेको छ ।

२०७९ को निर्वाचनमा २८ वर्षपछि नेकपा एमालेले शानदार ‘कमब्याक’ गर्न सफल भएको थियो । तामाङले ५ हजार बढी मतान्तरले पूर्व मन्त्री मगरलाई पराजित गरेका थिए । तामाङले २४ हजार ८९२ मत ल्याउँदा मगरले १९ हजार ३४६ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा मगरलाई कांग्रेसको साथ थियो ।

यो क्षेत्रमा चौकोणात्मक प्रतिष्पर्धा हुँदैछ  । पुराना दलहरुलाई खास जोगाउनु पर्ने चुनौती समेत छ । कांग्रेसले परम्परागत मताधार र संगठनात्मक संरचनामाथि पार्टीले भरोसा गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर–१ का कार्यवाहक क्षेत्रीय सभापति चेतन राई कांग्रेसको पुरानो विरासत फर्काउने गरी निर्वाचनमा होमिएको बताए । ‘गत भदौमा भएको जेनजी आन्दोलनपछि युवाहरु आउनु पर्छ भन्ने मत बलियो भएकाले हाम्रो पार्टीले पनि यस पटक नयाँ युवालाई उम्मेदवार बनाएका छौ ।’

राइले भने, ‘हाम्रो उम्मेदवार जनतामाझ लोकप्रिय छन मतदाताबाट पनि राम्रो प्रतिक्रिया पाएका छौं, हामी जित्नेमा ढुक्क छौ ।’ २०७० पछिका निर्वाचनमा कांग्रेसले यस क्षेत्रमा जित निकाल्न सकेको छैन । यस पटक नयाँलाई मौका दिएर कांग्रेसले आफ्नो विरासत फर्काउन चाहेको छ । २०७९ मा यही क्षेत्रबाट निर्वाचित भएका एमालेका तारा लामा तामाङ गत निर्वाचनको सफलतालाई निरन्तरता दिने गरि आक्रामक रणनीतिका साथ मैदानमा उत्रिएका छन् ।

तर उनले यस क्षेत्रमा विकासका काम गर्न नसकेको र संसदमा समेत यहाँका मुद्दाहरु उठाउन नसकेको जनगुनासो छ । यस क्षेत्रमा सुरुमा एमालेले पार्टीका केन्द्रिय सदस्य कमला बोहरालाई टिकट दिएको थियो । त्यसको २४ घण्टा नबित्दै बोहराको टिकट खोसेर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेका कारण पार्टीभित्र असन्तुष्टि बढेको छ । लामो समय पार्टीमा सक्रिय नेतृ कलशा महराले पार्टी नै छोडेकी छन् । तामाङलाई एकातर्फ नयाँ उम्मेदवारहरुले चुनौती दिएका छन भने अर्कोतर्फ पार्टीभित्रकै असन्तुष्टिले सकस छ । तर तारा लामा तामाङले भने आफू प्रदेश सरकारमा मन्त्री हुँदा र प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदा थुप्रै विकासका काम गरेकाले आफूले यस पटक पनि निर्वाचन जित्ने दाबी गरेका गर्छन् ।

‘प्रदेशमा मन्त्री हुँदा र प्रतिनिधिसभामा हुँदा यस क्षेत्रको विकासका लागि थुप्रै काम गरेको छु, इमान्दार भएर जनताको समस्या समाधानका लागि लागेको छु’, तामाङले भने, ‘मैले गैरकानुनी काम र आर्थिक लाभ हुने काम गरेको छैन, यस पटक फेरि जनतामा गएको छु ।’  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पूर्वमन्त्री विना मगर गत निर्वाचनको हारको बदला लिएर आफ्नो विगतको साख जोगाउने रणनीतिमा छिन ।

यसअघिका निर्वाचनमा गठबन्धनको सहारामा निर्वाचन जितेकी मगरलाई यस पटकको निर्वाचन त्यति सहज छैन । २०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन समाजवादी पार्टीसँग गठबन्धन हुँदा समेत जित निकाल्न नसकेकी मगरलाई यस पटक एक्लै निर्वाचनमा जाँदा सहज छैन । मगरलाई पुरानो साख जोगाउने चुनौती छ ।

‘मैले मन्त्री हुँदा मेरो क्षमताले भ्याएसम्म थुप्रै विकास गरेको छु, सडक, खानेपानी र स्वास्थ्यलगायतका धेरै योजना सम्पन्न भएका छन्’, प्रतिनिधिसभा सदस्य उम्मेदवार मगरले भनिन्, ‘मैले हिजोका दिनमा गरेका विकास र त्यसको निरन्तरताका लागि यस क्षेत्रका मतदाताले मलाई जिताउने छन् ।’ अघिल्लो पटक हार व्यहोरे पनि यस पटक निर्वाचित हुनेमा उनी विश्वस्त छिन् ।

वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनक धामी पनि जनतामाझ लोकप्रिय छवी बनाएका व्यक्ति हुन् । एक वर्षअघि उनी नेपाली कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गरेका थिए । उनी एकातर्फ लोकप्रिय छवी र अहिले दलहरुप्रति देखिएको असन्तुष्टीका मत प्राप्त गरेर निर्वाचित हुने रणनीतिका साथ निर्वाचनमा होमिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता चन्द्रा ऐरले पुराना दलहरुप्रति जनता वाक्कदिक्क भइसकेकाले यस पटक नयाँलाई मौका दिने बताइन् । ‘जनताबाट पनि एक पटक हामीलाई मौका दिएर हेर्छौ भन्ने प्रतिक्रियाहरु आएका छन्’, उनले भनिन्, ‘हामीप्रति जनताले भरोसा गरेका छन् हाम्रो जित सुनिश्चित छ ।’ अन्य दलहरुभित्र देखिएको असन्तुष्टिको समेत फाइदा रास्वपालाई हुने उनको बुझाई छ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलाडाँडी र लालझाडी गाउँपालिका पर्छन् । यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता छन् ।-अन्नपुर्णबाट

हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास

गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ हिल्सा सडक खण्ड र वडा–६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन केही दिन बाँकी हुँदा मतादातालाई आवतजावतमा सहज बनाउनका लागि हिउँले बन्द भएका सडक खुलाउन सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए। हिउँ जमेर सडक बन्द हुँदा सर्वसाधरणदेखि सवारी साधन बन्द हुँदै आएका थिए।

हिल्सा सडक खुलाउन हिल्सा सिमकोट सडक आयोजनाले स्काभेटर काममा लगाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दको भनाइ छ। यस्तै वडा नम्बर ६ को लिमी गाउँ जाने सडक नाम्खा गाउँपालिका र पूर्वधार विकास कार्यालयले दुई वटा स्काभेटर परिचालन गरिसकेको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए। -रासस 

इरानमाथिको आक्रमणमा अमेरिका संलग्न रहेको ट्रम्पको पुष्टि

काठ्माण्डौ- अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले इजरायलले इरानविरुद्ध सुरु गरेको सैन्य कारबाहीमा आफ्नो संलग्नता रहेको बताएका छन् ।

बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै इरान आक्रमणमा अमेरिकाले सहयोग गरेको बताएका हुन् ।

इरानले इजरायलमाथि हमला गर्ने सूचना पाएपछि त्यसअगावै आफूहरूले हमला गरेको इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणपछि इरानको राजधानी तेहरानका विभिन्न भागमा विस्फोट भएको खबर आएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार तेहरानको जम्म्हूरी क्षेत्र र युनिभर्सिटी स्ट्रिट आसपास कैयौँ क्षेप्यास्त्र प्रहार भएका छन् ।

बाजुरामा स्याउ खेतीमा किसानको आकर्षण बढ्दो

बाजुरा- बाजुराका दुर्गम क्षेत्रका किसानमा स्याउ खेतीप्रति आकर्षण बढ्दै गएको छ। जिल्लाको पूर्व–उत्तरी क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दाका अधिकांश किसान अहिले स्याउ खेतीमा सक्रिय छन्। स्थानीय सरकारले पछिल्लो समय धेरै गाउँ बस्ती सडक सञ्जालसँग जोड्दा किसानको स्याउ खेतीप्रति आकर्षण बढेको हो।

बुढीनन्दा नगरपालिका–८ का चक्र कठायतले बताए अनुसार, “स्याउ खेतीले जीविकोपार्जन सहज हुने देखिएपछि मैले समूहको ऋण लिएर खेती गर्न थालेँ। पहिलो वर्षमा ५ सय बोट लगाएँ, त्यसपछि २ हजार बोट फेरि लगाएँ। अहिले मेरो बगैचामा झण्डै २५ सय बोट स्याउका छन्।”

उनले थपे, “खेती गर्दा बाँदर, भालु र बँदेलले धेरै नोक्सान पु¥याउँछन्। त्यसैले स्याउ खेती सुरु गरेको हुँ। पहिले गाउँमा सडक थिएन र खच्चरमा ढुवानी गर्दा बिक्री गर्न समस्या हुन्थ्यो। अहिले बाटो पुगेपछि स्याउ व्यवसायमा लागेको हुँ।”

कठायतले लगाएका स्याउ बोट अहिले फल्न थालेका छन्। यहाँ भदौदेखि असोजसम्म स्याउ पाक्छन्। सबै स्याउ एकै पटक पाक्ने भएकाले बजारमा बिक्री गर्न किसानलाई समस्या हुने गरेको छ। यसका लागि चिस्यान केन्द्र स्थापना आवश्यक छ, तर अहिलेसम्म त्यस्तो सुविधा छैन। यदि सरकारले चिस्यान केन्द्र वा कोल्ड स्टोर स्थापना गरे किसानले स्याउ लामो समयसम्म सुरक्षित राख्न सक्थे।

बाजुरामा १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ र वार्षिक एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ। यहाँ फुजी, गाला र गोल्डेन जातको स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र, बाजुराका प्रमुख जसिराम साहनीले जानकारी दिए।

मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाण्डाै- प्रेस काउन्सिल नेपालले चुनावलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

काउन्सिलको हिजो बसेको बैठकले चुनावजस्तो संवेदनशील विषयमा चुनावलाई प्रभाव पार्ने किसिमका, दल तथा उम्मेदवारलाई नकारात्मक असर पुर्याउने, मतदातालाई दिग्भ्रमित पार्ने खालका, निष्पक्ष मतदानमा असर पुग्नेगरी चुनावी विश्लेषणात्मक सामग्रीका साथै विदेशी सञ्चारमाध्यमबाट सम्प्रेषित चुनावलाई प्रभाव पार्ने किसिमको सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न आग्रह गरेको हो ।

बैठकले चुनावको सम्मुखमा विदेशी सञ्चारमाध्यमबाट वृत्तचित्रको नाममा चुनावलाई प्रभाव पार्ने किसिमबाट यस्ता सामग्री सम्प्रेषण भएको र बीबीसी विदेशी देशबाट सञ्चालित भएको हुँदा त्यस सञ्चारमाध्यम र त्यसअन्तर्गतको सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको नियमन गर्ने विषय यस काउन्सिलको स्पष्ट क्षेत्राधिकारभित्र पर्ने नदेखिएकाले कूटनीतिक समन्वयमार्फत प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गरी पत्राचार गर्नेसमेत निर्णय गरेको छ ।

 

चुनाव आउँदा पनि रित्तै छ कञ्चनपुरको धारापानी, जनताले आश्वासन पनि सुन्न पाएनन्

कञ्चनपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका सहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी निकै बढेको छ ।

उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । चोक–चोकमा कोण सभासँगै र्‍यालीलगायतका कार्यक्रमको व्यस्तता छ । तर, शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरे फेदीमा रहेको धारापानी गाउँमा भने यसपटकको चुनावको कुनै रन्को छैन । चौबीस घरधुरी रहेको यस बस्तीमा अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न पुगेका छैनन् ।

चुरे पहाडको काखमा अवस्थित धारापानी प्राकृतिक रूपमा जति मनोरम छ, यहाँका बासिन्दाको जीवनशैली त्यत्तिकै कष्टकर छ । गर्मीका बेला धारापानी खोलामा नुहाउन, पिकनिक खान र नजिकैको झरनामा रमाउन जाने मानिसहरूको कमी हुँदैन, तर विडम्बना १ त्यही झरना र खोलाको पानीले सिञ्चित गाउँलाई आधारभूत पूर्वाधारले भने छुन सकेको छैन । २०१२ सालदेखि बस्ती बस्न सुरु भए पनि आजसम्म यो गाउँ राज्यको नजरमा ‘अदृश्य’ जस्तै बनेको छ ।

कुनै समय गुल्जार रहेको धारापानी गाउँ अहिले बिस्तारै रित्तिँदै गएको छ । रोजगारी र पूर्वाधारको अभावमा १५ परिवारले घरमा ताला लगाएर जीविकोपार्जनका लागि भारततर्फ पलायन भइसकेका छन् । हाल यहाँ केवल नौ परिवार मात्रै बस्दै आएका छन् ।

स्थानीय बालाराम गौतमले गहभरि आँसु पार्दै भने , “मुख्य समस्या भनेकै युवालाई स्वदेशमै रोजगारी नहुनु हो, यदि यहाँ काम पाइने भए भारतमा जुठो भाँडा माझ्नका लागि घरका छोराहरूलाई किन पठाउँथ्यौँ र रु यो हाम्रो बाध्यता हो ।” उनका अनुसार गाउँमा अहिले केवल बूढापाकाहरू मात्रै बाँकी छन् । छोराछोरीलाई उच्च शिक्षा हासिल गराउने रहर हरेक अभिभावकको हुन्छ, तर जीवन जिउने आधार नै नभएपछि सानै उमेरमा श्रमका लागि मुग्लान पठाउनु यहाँको नियति बनेको छ ।

खानेपानीको भरपर्दो व्यवस्था नहुँदा धारापानीवासीले वर्षौँदेखि खोलाको पानी पिउँदै आएका छन् । गौतम भन्छन् , “खोलाको पानी पिउनु हाम्रो बाध्यता हो, बर्खाका बेला त झन् धमिलो पानी थिग्र्याएर पिउनुपर्छ ।” पिउने पानीको त कुरै छोडौँ, बस्तीसम्म पुग्ने भरपर्दो बाटोसमेत छैन ।

स्थानीय रायभान ठगुन्नाका अनुसार हिउँदमा मुस्किलले हिँड्न सकिने बाटो बर्खा लाग्नेबित्तिकै पहिरोले पुरै थुनिदिन्छ । “बर्खा सुरु भएपछि हाम्रो अन्य क्षेत्रसँगको सम्पर्क टुट्छ”, ठगुन्नाले भने , “त्यसैले बर्खा आउनुअगावै घरका लागि चाहिने नुन, तेल र खाद्यान्नको जोहो गरिसक्नुपर्छ ।” गाउँमा बिजुली पुर्‍याउनका लागि भन्दै हालै केही पोलहरू गाड्ने काम त सुरु भएको छ, तर बिजुलीको स्विच थिच्न कति वर्ष कुर्नुपर्ने हो, कसैलाई पत्तो छैन ।

धारापानीको माटो सुन फलाउने खालको छ । यहाँको बारीमा लटरम्म कागती, अमिलो, आँपलगायतका फलफूल फल्छन् । मौरीपालनबाट प्रशस्त मह उत्पादन हुन्छ । तर, सडक सञ्जालको अभावमा यी सबै उत्पादन खेर गइरहेका छन् ।

“गाउँमा बूढापाका मात्रै छौँ, पिठ्युँमा बोकेर बजारसम्म लैजान सकिँदैन”, ठगुन्नाले दुखेसो पोखे, “गाउँसम्म न त व्यापारी आइपुग्छन्, न त सवारी साधन नै चल्छन्, त्यही भएर उत्पादित फलफूल बारीमै कुहिएर जान्छ ।” उनले यसपटक आफ्ना उत्पादनको बजारीकरणका लागि पहल गर्ने उम्मेदवारलाई मात्र मत दिने सोच बनाएको बताए । बर्खायाममा धारापानी खोला उर्लेर आउँदा बस्ती नै जोखिममा पर्ने गरेको छ । स्थानीय साइमले धामी भन्छन् , “धेरै वर्षा हुँदा बाढी बस्तीमै छिर्छ, कुन दिन बाढीले बगाउने हो भन्ने चिन्ता छ, बाढी रोकथामका लागि केही वर्ष पहिले तटबन्ध निर्माण भएको थियो, त्यो पूरा हुन सकेको छैन पूरा गरिदिए हुन्थ्यो भन्ने हाम्रो ठूलो इच्छा छ ।” उहाँका अनुसार चुनाव आए पनि नेताहरू बस्तीमा नछिर्दा गुनासो सुनाउने ठाउँसमेत पाएका छैनन् ।

स्वास्थ्य र शिक्षाको अवस्था झनै नाजुक छ । गाउँमा कोही बिरामी पर्दा प्राथमिक उपचारसमेत पाउने अवस्था छैन । उपचारका लागि बजार पुग्न १२ किलोमिटर पैदल हिँड्नुपर्छ । साना बालबालिकाहरू चार किलोमिटर टाढाको विद्यालय पुग्न वन र नदी क्षेत्रको जोखिमपूर्ण बाटो छिचोल्दै जानुपर्छ । स्थानीय पार्वती धामीले भने , “गाउँमै बालविकास केन्द सम्म भइदिएको भए हाम्रा बच्चाहरूले दुःख पाउने थिएनन् ।”

बस्तीका बासिन्दालाई वन्यजन्तुले पनि उत्तिकै दुःख दिएको छ । खेतबारीमा लगाएको बाली बाँदरले खाइदिन्छ भने वनमा चराउन लगिएका बाख्रा चितुवाले सिकार बनाइदिन्छ । स्थानीय सुरेन्द्र महराले भने , “वनमा मात्र होइन, चितुवाले त कहिले त गोठबाटै तानेर बाख्रा खाइदिन्छ । वन्यजन्तु नियन्त्रण र सुरक्षित गोठ निर्माणका लागि सहयोग गर्ने उम्मेदवारको खोजीमा छौँ ।”

विगतको स्थानीय तहको निर्वाचनमा केही उम्मेदवार मत माग्न आए पनि यसपटक भने कोही नआउँदा धारापानीवासी अचम्मित छन् । यद्यपि, उनीहरूले यसपटक सल्लाह गरेर एकमुष्ट मतदान गर्ने निर्णय गरेका छन् । “जसले गाउँका आधारभूत समस्या– बाटो, बिजुली, पानी र स्वास्थ्य हल गर्छ, उसैलाई हाम्रो मत जान्छ”, स्थानीयले एकै स्वरमा भने । वर्षौंदेखि बस्तीमा बसोबास हुँदै आए पनि जग्गाको स्वामित्व पनि यस क्षेत्रका बासिन्दाले पाएका छैनन् । जग्गा नापी गरी जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन पहल गर्ने उम्मेदवारको खोजीमा बस्तीका बासिन्दा रहेका छन् ।

प्राकृतिक रूपमा धनी भएर पनि विकासको दृष्टिकोणले पछाडि पारिएको यो दुर्गम बस्तीका बासिन्दाले कहिलेसम्म राज्यको उपेक्षा सहनुपर्ने हो ? निर्वाचनको यो महाकुम्भले धारापानीको मुहार फेर्छ कि आश्वासनमै सीमित हुन्छ, त्यो भने हेर्न बाँकी नै छ । अझै वर्षौंअघिजस्तै उपेक्षामा रहन्छ । -रासस 

विश्वकप क्रिकेट लिग–२ का लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

काठ्मनण्डौ- आईसीसी विश्वकप क्रिकेट लिग–२ को आउँदो श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

लिग–२ अन्तर्गत नेपाल, ओमान र युएईबीच हुने घरेलु शृंखलाका लागि क्यानले २० सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो । रोहित पौडेलको कप्तानी तथा दीपेन्द्रसिंह ऐरीको उप–कप्तानीमा घोषणा गरिएको टोलीमा अनुभवी खेलाडीसँगै केही युवा खेलाडीले स्थान बनाएका छन् ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा पौडेल र ऐरीसहित, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल, इसान पाण्डे, आकाश चन्द र हेमन्त धामी छन् ।

निर्वाचन आयोगको कल सेन्टरमार्फत चार हजारभन्दा बढी जिज्ञासा सम्बोधन

काठमाण्डौ- निर्वाचन आयोगले चुनावसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गएको माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा अस्ति बिहीबारसम्म टेलिफोन र ‘भ्वाइस मेल’समेत गरी जम्मा चार हजार ३८ वटा जिज्ञासा तथा प्रश्न प्राप्त भई सम्बोधन गरेको छ ।

प्राप्त जिज्ञासामध्ये मतदाता नामावलीसँग सम्बन्धित एक हजार ९ सय ५८, निर्वाचन आचारसंहितासँग सम्बन्धित ३ सय ८६, मतदाता शिक्षासम्बन्धी १ सय ५७ र अन्य एक हजार १ सय ११ रहेका आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार कुल जिज्ञासामा ४ सय २६ ‘भ्वाइस मेल’ रहेका छन् ।

आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत कार्यक्रम अनुसार यही फागुन ३ देखि भोलि १७ गतेसम्म देशभरका सबै वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम चलिरहेको आयोगले जनाएको छ । यसरी खटिएका मतदाता शिक्षा स्वयंसेवकबाट आममतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट चुनावको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने कार्य भइरहेको छ ।

विद्युतीय माध्यमबाट मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत स्थापना गरिएको मतदाता शिक्षा एकाइले अहिलेसम्म ४ सय ७० वटा सामग्री उत्पादन गरेर स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको छ ।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सचेतना सामग्रीले चुनावको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ ।

यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रबद्धन गर्नुका साथै आममतदाताले आधिकारिक सूचना पाउने अपेक्षा आयोगले गरेको आयोगका प्रवक्ता भट्टराईले बताए । यस्तै आयोगले मतपत्र तथा आवश्यक निर्वाचन सामग्री सातै प्रदेशका सबै जिल्लामा पुर्‍याइसकिएको जनाएको छ ।

चुनावमा एक लाख ८६ हजार ७४ अस्थायी मतदाता कायम भएका छन् । अस्थायी मतदाताले मतदान गर्नेगरी देशभर जम्मा १ सय ४३ अस्थायी मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।

 

कोलाराडो शेर्पा संघको अध्यक्षमा ल्हाक्पा शेर्पा चयन

कोलोराडोे(अमेरिका)

कोलोराडो शेर्पा संघको अध्यक्षमा ल्हाक्पा शेर्पा सर्वसम्मत रुपमा चयन भएका छन् ।

२१५३ औँ ग्याल्पो ल्होसारको अवसरमा आयोजित संघको साधारण सभाले शेर्पालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको    हो ।

संघको उपाध्यक्षमा दावा शेर्पा, प्रथम कोषाध्यक्षमा ल्हाक्पा याङजी शेर्पा, द्वितीय कोषाध्यक्षमा आङ ल्हाक्पा शेर्पा, महासचिवमा कामी तेन्जी शेर्पा चयन भएका छन् ।

त्यस्तै सदस्यमा पा नुरु शेर्पा, पेम्बा गेल्जेन शेर्पा, आङ फुरा शेर्पा, पेम्बा शेर्पा, मिङमा तेम्बा शेर्पा, दावा शेर्पा, मेन्दो लामा, निमा ल्हामु शेर्पा, आङ निमा शेर्पा चयन भएका छन् ।

त्यसअघि साधारण सभाको उद्घाटन समारोहमा संघका अध्यक्ष काजी शेर्पाले संस्थाको वार्षिक गतिबिधि र कार्य प्रगति प्रस्तुत गर्दै सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरेका थिए ।

त्यस्तै उपाध्यक्ष ल्हाक्पा शेर्पाले कोलोराडोको गोल्डेन शहरमा निर्माण गर्न लागिएको  शेर्पा सामुदायिक भवनको ढाँचा, अनुमानित लागत तथा आयस्रोतका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा निवर्तमान कार्यसमितिले संस्थाको बृहत्तर विकासमा पुर्‍याएको योगदानको कदर गर्दै खादा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्तिम तथा सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूसंगै गायक निमा रुम्बाको विशेष प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।

रवि र बालेन काठमाडौँको चुनावी सभामा सहभागी हुँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह आज काठमाडौँ उपत्यकाका चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्।दुवै नेता काठमाडौँ, भक्तपुर र ललितपुरका चुनावी कार्यक्रममा सहभागी हुने रास्वपाले जनाएको छ। उनीहरू बिहान ६ देखि साँझ साढे ६ बजेसम्म ती कार्यक्रममा सहभागी हुने छन्।

‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तार गर्नु रहेको पार्टीले जनाएको छ। पशुपतिनाथ प्रवेशद्वार नजिकैको गौशालाबाट सुरु भएको यो अभियान बेलुकी ६:३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ।

सार्वजनिक गरिएको रुट म्याप अनुसार पशुपतिनाथबाट सुरु भएको यात्रा चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक पुग्नेछ। त्यसपछि जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुलचोकमा पुग्ने कार्यक्रम छ। पुलचोकमा दिउँसो १:०० बजे खानाका लागि छोटो समय छुट्याइएको छ।

दोस्रो चरणमा कालिमाटी (दिउँसो २ः००), टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोंगबु हुँदै वनस्थली चोकस्थित ‘घण्टी घर’ (रास्वपा केन्द्रीय कार्यालय) मा पुगेर कार्यक्रम समापन हुनेछ।

 

कञ्चनपुरमा ड्रोन प्रयोगमा रोक

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा ड्रोन प्रयोगमा रोक लगाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार कुनै व्यक्ति वा निकायले अनुमति लिई सञ्चालनमा रहेका ड्रोन यही फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नहुँदासम्म प्रयोग गर्न नपाइने भएको छ । नियमविपरित ड्रोन उडाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले बताए ।

निर्वाचन हुनुभन्दा तीन दिन अगाडिदेखि निर्वाचन सम्पन्न नहुदासम्म ड्रोनको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको उनको भनाइ छ ।

यसैगरी, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री, वितरण तथा सेवनमा पूर्णप्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध उल्लंघन गरेमा कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ ।

निर्वाचनका क्रममा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले निर्णय गरिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयले होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ । रासस

धनगढी–१३ मा निर्वाचन साक्षरता कार्यक्रम सम्पन्न

धनगढी: युथ फर फेडरल डिस्कोर्स र एफडिडब्लुएलडि को संयुक्त आयोजनामा धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा निर्वाचन साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। आसन्न फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप आयोजित कार्यक्रममा ५० जना मतदाताको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक निराजन बलायर का अनुसार कार्यक्रममा पहिलोपटक मतदान गर्ने युवादेखि ज्येष्ठ मतदातासम्मको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा निर्वाचनको महत्व, सही तरिकाले सदर मत हाल्ने प्रक्रिया, सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्ने तरिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान प्रक्रियामा निष्पक्ष र सहज रूपमा सहभागी गराउने विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको थियो।

गगनको चुनावी मुकाम सर्लाही

सर्लाही — कांग्रेस सभापति गगन थापाको मुकाम पछिल्लो समय सर्लाही बनेको छ । अन्त कतै चुनावी सभालाई सम्बोधन गर्न जानुपरे पनि साँझ बास बस्न सर्लाही आइपुग्छन् । समय निस्केसम्म घरदैलो भ्याउँछन् । आफ्नो क्षेत्र नछाड्ने र बाहिरी जिल्लाका सभालाई सम्बोधन पनि गर्ने भनेर थापाले हेलिकोप्टर प्रयोग गर्न थालेका छन् ।

सर्लाही–४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थापा शुक्रबार बिहानसम्म घरदैलोमै थिए । तर दिउँसो हेलिकोप्टर चढेर बुटवल पुगे, त्यहाँको चुनावी सभालाई सम्बोधन गरे । त्यसपछि कपिलवस्तु, पोखरा र बागलुङको सभा पनि भ्याए । साँझ सर्लाही नै आइपुगे ।

थापाले बिहीबार सुर्खेत र नेपालगन्जको चुनावी सभालाई सम्बोधन गरेका थिए । बुधबार अबेरसम्म सर्लाहीमा घरदैलो गरेर साँझ उनी काठमाडौंमा बास बसेका थिए । उतैबाट सुर्खेत पुगेका उनी नेपालगन्जपछि साँझ सर्लाही आइपुगेका थिए ।

चुनावमा सर्लाही ल्याउन जोडबल गरेका पार्टीका नेता, कार्यकर्ताले भनेजस्तो सहजै जित्ने स्थिति नदेखेपछि थापाले अधिकांश समय मतदाता भेटघाटमा बिताइरहेका छन् । ‘सहजै जित निस्किन्छ, थोरै समय दिए पुग्छ भनिएको थियो,’ थापा टिमका एक सदस्यले भने, ‘यहाँ आएपछि परिस्थिति भिन्न देखियो । जसले बोलाएर ल्यायो, उसैप्रति पार्टी कार्यकर्ता तथा मतदाताको टिप्पणी सकारात्मक देखिएन ।’

ती सदस्यका अनुसार सुरुमा देशभर पार्टीका उम्मेदवारलाई जिताउने जिम्मेवारी रहेकाले थापाले आफ्नो क्षेत्रमा थोरै समय दिएर बाँकी समय अन्यत्रमा लाग्ने योजना थियो । सर्लाहीबाट मनोनयनका लागि आग्रह गर्ने नेताहरूले पार्टीको पकड र संगठन राम्रो रहेकाले यहाँ सात दिन समय दिए पुग्ने भनेका थिए । तर परिस्थिति भिन्न देखिएपछि थापाले रणनीति बदल्नुपरेको ती सदस्यले बताए । अहिले सर्लाहीबाटै कार्यक्रममा पुग्ने र पुनः यतै फर्किने गरी उनका कार्यक्रम बनाउने गरिएको छ ।

सहरी क्षेत्रबाट मधेशको ग्रामीण भेगसम्मका युवामाझ ‘घन्टी’ को हावा आइसकेको महसुस गरेपछि थापाले निर्वाचन क्षेत्र नछोड्ने रणनीति लिएका हुन् । ७ फागुनयता उनी बढीजसो समय सर्लाहीमै छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका ५१ वटै वडामा घरदैलो गरिसकेका छन् । छिटपुट कुनै–कुनै टोल बाँकी छन् ।

उम्मेदवारलाई भेट्ने, उम्मेदवार भोट माग्न आए कि आएनन् भन्ने विषयलाई महत्त्व दिने मतदाताको मनोविज्ञान बुझेपछि थापाले घरदैलोलाई प्राथमिकतामा राखेको स्थानीय नेताको भनाइ छ । मतदाताले उम्मेदवारलाई देख्न, भेट्न तथा कुराकानी गर्न चाहने कांग्रेस नेता कौशलकिशोर सिंह बताउँछन् । ‘उम्मेदवारले मतदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्दा बढी प्रभावकारी हुने देखिएको छ,’ उनी भन्छन्, ‘सभापति समय मिलाएर बाहिरी जिल्लाका कार्यक्रमलाई पनि सम्बोधन गर्न गइराख्नुभएको छ ।’

 

‘लिटल प्रिन्स एण्ड प्रिन्सेज’ ट्यालेन्ट सो सम्पन्न

धनगढी १५ फागुन । धनगढीस्थित वैशेषिक पाठशाला माध्यमिक विद्यालय को आयोजनामा २ दिने ‘लिटल प्रिन्स एण्ड प्रिन्सेज’ नामक ट्यालेन्ट सो कार्यक्रम शुत्रबार सम्पन्न भएको छ ।

एल. के.जि. देखि यू.के.जी तहसम्मको लिटल किड (छात्रा तर्फ) विजेता प्रतिज्ञा मल्ला र फस्ट रनर अप कुसुम बिष्ट भएका छन् । छात्र तर्फ विजेता आयुषा साउँद र फस्ट रनर अप बिमलेन्द्र धामी भएमा छन् ।

कक्षा १-२ अन्तर्गत लिटल जुनियर प्रिन्समा विजेता समर्पण जोशी र फस्ट रनर अप सुषान्त सिंह भएका छन् । लिटल जुनियर प्रिन्सेजतर्फ विजेता मेनुका थापा र फस्ट रनरअप निर्जला भण्डारी भएकी छन्। त्यसैगरी कक्षा ३-५ तर्फ लिटल सिनियर प्रिन्स आयुष ढुंगाल र फस्ट रनर अप आनिल आउजी भएका छन् । लिटल सिनियर प्रन्सेज तर्फ विजेता एन्जेल थापा प्रथम र फस्ट रनर अप सुप्रिया खड्का भएका छन् ।
‘लिटल प्रिन्स एण्ड प्रिन्सेज’ ट्यालेन्ट सो कार्यक्रमको जुरी निणार्यकमा पत्रकार खेम राज उपाध्याय, कलाकार/गायिका कृष्णा सिराडी रहनु भएको थियो ।

विद्यार्थीहरुलाई पढाइ लेखाइसँगै व्यवहारिक तथा जीवनोपयोगी सीप सिकाई उनीहरुलाई भोलिका लागि सक्षम र आत्मविश्वासी नागरिकका रूपमा तयार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रबन्ध निर्देशक प्रकाश बहादुर छेडालको सभापतित्वमा सम्पन्न लिटल प्रिन्स एण्ड प्रिन्सेजको
उद्घाटन धनगढी उप-महानगरपालिकाका उप(प्रमुख कन्दकला रानाले गर्नुभएको थियो ।

कार्यक्रमको संचालन शैक्षिक संयोजक एकेन्द्र धामीले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रअ विवेक भट्टले गर्नु भएको थियो ।

बीबीसीको डकुमेन्ट्रीबारे तत्कालीन आईजी चन्द्रकुवेर खापुङ- जाँचबुझ आयोगले मिडिया ट्रायल गरेको हुनसक्छ

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी नेपाली सेवाले भदौ २३ र २४ को जेन–जी आन्दोलनसँग सम्बन्धित रहेर तयार पारेको डकुमेन्ट्रीलाई तत्कालीन प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुवेर खापुङले ‘मिडिया ट्रायल’ भनेका छन् ।

काठमाडौं बाहिर रहेका उनले  टेलिफोन संवाद गर्दै डकुमेन्ट्रीमा प्रस्तुत भएका प्रहरीका संवाद र कलसाइनहरु हुबहु नहुनसक्ने बताए ।

नेपाल प्रहरीको सञ्चार सेटको टावर, डाटा अद्यावधिक र भण्डारण अत्यन्तै संवेदनशील विषय भएको र ती कुरा जोकसैलाई प्रहरीले उपलब्ध नगराउने उनको भनाइ छ । तर, न्यायीक अधिकारसहित सरकारद्वारा गठित जाँचबुझ आयोगलाई प्रहरीले उक्त विवरण उपलब्ध गराएको उनले स्वीकारे । तर, डकुमेन्ट्रीमा आएका कुराहरु प्रहरीले ‘दिएजस्तो नलाग्ने’ उनले बताए ।

खापुङ कात्तिक २७ गते नेपाल प्रहरी सेवाबाट अनिवार्य अवकास भएका थिए । उनको अवकासपछि सरकारले तत्कालीन उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीलाई रिक्त आईजी पदमा नियुक्त गरेको हो ।
प्रस्तुत छ, खापुङसँगको संवादका केही अडिायो अंश–

–बीबीसीको डकुमेन्ट्रीबारे के भन्नुहुन्छ ?
–यो ‘मिडिया ट्रायल’ हो । चुनावको मुखमा निकालेका छन् । त्यसैले यो ‘कन्टेन्ट’ (विषयबस्तु)मा भन्दा पनि ‘टपिक’ (शीर्षक)मा खेलिरहेका छन् । ‘कन्टेन्ट’ मा खासै केही छैन ।

– कलसाइनसहित आएका संवाद के हुन् ?
–त्यहाँ आएकै जस्तो हो भन्ने मलाई लाग्दैन । कहाँबाट आयो ? कि पुलिसमा हुन्छ, कि आयोगले दिएको हुनुपर्छ । आयोगले उसको प्रतिवेदनको ‘ट्रायल’ गरेको होला ।

– कर्फ्यु लागिसकेपछि गोली हान्ने आदेश दिनुभएको हो कि होइन ?
–कर्फ्यु आदेश जारी भएपछि ‘आवश्यकता अनुसार गर’ भनेको छ । गोली हान भनेको त छैन नि । पुलिस मर्न आँट्यो, ज्यान जान आँट्यो, आगो लागिसक्यो के गर्ने भनेर कराइराख्दा कफ्र्यु आदेश जारी भएपछिको अवस्थामा कानून बमोजिम गर्ने हो । फिल्डको ‘सिच्युवेशन’ (परिस्थिति)हेरेर आवश्यकताअनुसार गर्ने हो ।

– वाकिटाकी सेटको डिटेल्स कति सत्य हो ?
–त्यो हामीले पठाएको डिटेल्स होइन । कहाँबाट गयो, थाहा छैन ।

–यो काम निर्वाचन बिथोल्न गरिएको हो कि कुनै निश्चित राजनीतिक दलप्रति लक्षित हो ? के लाग्छ तपाईंलाई ?
–जेन–जी, रास्वपाहरुको ‘फेबर’ (पक्ष)मा (निर्वाचन परिणाम) जाओस् भनेर होला । माहोललाई त्यसरी सिर्जना गर्न खोजेको जस्तो लाग्छ ।

तिङ्कर नाका नियमित सञ्चालन प्रतिबद्धता

दार्चुला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दार्चुलाका उम्मेदवार लक्ष्मणदत्त जोशीले प्रतिनिधि सभा निर्वाचनमा आफू र आफ्नो पार्टीले जित हासिल गरे चीनको ताक्लाकोटसँग जोडिएको तिङ्कर नाकालाई नियमित रूपमा सञ्चालन गर्ने पहल प्रतिबद्धता गर्नुभएको छ ।

अन्य दलभन्दा केही ढिलो गरी घोषणापत्र सार्वजनिक गर्नुभएका उहाँले तिङ्कर नाका नियमित रूपमा सञ्चालन गर्न आवश्यक पर्ने अध्यागमन कार्यालय स्थापनाका लागि आवश्यक थप पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो । हिन्दु धर्मावलम्बीको सबैभन्दा ठुलो तीर्थस्थलका रूपमा रहेको कैलाश मानसरोवर यात्राका लागि तिङ्कर नाका सबैभन्दा छोटो रुटका रूपमा रहेको भन्दै उहाँले यो नाकालाई विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हाल यो नाका बन्द अवस्थामा छ ।

नेकपाले यहाँको हिमालमा पाइने बहुमूल्य हिमाली जडीबुटी यार्चागुम्बालगायतका जडीबुटीको दिगो व्यवस्थापन गरी स्थानीयको रोजगारी सुनिश्चित गर्ने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ ।

टेलिफोन टावरमा विद्युतीकरण गर्दै प्रत्येक बस्तीमा गुणस्तरीय फोन सेवा र इन्टरनेट सेवा उपलब्ध गराउने, लक्षितवर्गका अधिकार सुनिश्चित गर्न र पहुँचमा बृद्धि गर्ने, लक्षितवर्गको बजेटमार्फत कार्यक्रम कार्यान्वयनमा ल्याउने सो पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख छ ।

महाकाली र चमेलियाका सहायक नदीमा निजी क्षेत्र तथा सरकारी क्षेत्रबाट जलविद्युत् उत्पादनमा जोड दिई आगामी पाँच वर्षमा पाँच सय मेगावाट विद्युत् उत्पादनका लागि अग्रसरता गर्ने भनिएको छ । उच्च हिमाली भेगका उत्पादनलाई प्याकेजिङ तथा ब्रान्डिङ गरी ठुला सहरसम्म पु¥याउन बजेटको व्यवस्था गर्ने तथा बलाँचदेखि भारतको जौलजिवीसम्मको ट्रान्समिसन लाइन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता गरिएको उम्मेदवार जोशीले बताउनुभयो ।

महाकाली, चमेलिया र सहायक नदीले कटान गरेका क्षेत्रमा आवश्यक तटबन्धन निर्माण गर्ने, गोकुलेश्वर बजार क्षेत्रलाई सुरक्षित गर्न चौलानी नदीमा पक्की तटबन्ध निर्माण गर्ने, सीमा सुरक्षाका साथै वनजङ्गल फँडानी रोक्न त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिका–१, कौवामा सुरक्षा व्यवस्थापन गर्न आवश्यक पहल गर्ने घोषणापत्रमार्फत प्रतिबद्धता गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दार्चुलाले निर्माणाधीन दार्चुला–तिङ्कर सडक तथा महाकाली कोरिडोरलाई छिटो सम्पन्न गर्न पहल गर्ने, कालापानी लिम्पियाधुरा क्षेत्रलाई कूटनीतिक पहलमार्फत फिर्ता ल्याउने घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको छ । राप्रपाका उम्मेदवार राजेश चन्दले गोकुलेश्वर विमानस्थललाई सञ्चालनमा ल्याउन पहल गर्ने, दीनदुःखी तथा असहायको सहयोगका लागि आफूले पाउने पारिश्रमिकको ५० प्रतिशत रकम जम्मा गरी अक्षयकोष खडा गर्ने घोषणापत्रमा प्रतिबद्धता जनाउनुभएको छ ।

जिल्ला अस्पतालाई स्तरोन्नति गर्दै सम्पूर्ण सुविधासहितको विशेषज्ञ अस्पताल बनाउने, गरिब र विपन्न वर्गका लागि निःशुल्क आकस्मिक सेवा सुनिश्चत गर्ने, दुर्गमका स्थानमा खाद्यान्न डिपोमार्फत सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने भनिएको छ । भ्रष्टाचारलाई शून्य सहनशीलताका साथ अन्त्य गर्ने, लागुऔषध दुव्र्यसनीमुक्त समाज बनाउने र व्यासको दुम्लिङ र नौगाडको नागु क्षेत्रको बाटो, स्वास्थ्य, रोजगारी र पूर्वाधारमा गरिएको व्यवस्थाको अन्त्य गर्ने प्रतिबद्धता गरिएको उहाँले बताउनुभयो । रास्वापा दार्चुलाले हालसम्म घोषणापत्र सार्वजनिक गरेको छैन ।

नेपाली कांग्रेसबाट धर्मानन्द जोशी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट गणेशसिंह ठगुन्ना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश सिंह सामन्त (साउद) ले उम्मेदवारी दिनुभएको छ ।

चम्पावतमा सशस्त्र प्रहरी–एसएसबी समन्वय बैठक, निर्वाचन सुरक्षामा जोड

धनगढी/आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबीच बाहीनी स्तर ९डिआईजी तह० को समन्वयात्मक बैठक भारतको चम्पावतमा सम्पन्न भएको छ।

समन्वयात्मक बैठकमा सहभागी हुन सशस्त्र प्रहरी बल, नेपाल नं। ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चम्पावत पुगेका थिए।

बैठकमा फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा सीमा क्षेत्रमा हुनसक्ने अवैध घुसपैठ, चोरी निकासी तथा लागुऔषध ओसारपसार नियन्त्रणका विषयमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ। निर्वाचनको मौन अवधिभर सीमानाका ‘सिल’ गर्ने तथा निर्वाचन विरोधी तत्वको सम्भावित गतिविधि रोक्न प्रभावकारी समन्वय गर्ने विषयमा पनि सहमति जुटाइएको छ।

यसका साथै सीमा क्षेत्रमा हुने अवैध तथा गैरकानुनी गतिविधिको सूक्ष्म निगरानी गर्दै आवश्यक सूचनाको आदानप्रदान गर्ने, त्यस्ता गतिविधिलाई पूर्ण नियन्त्रणमा लिन संयुक्त प्रयास गर्ने तथा विपद् व्यवस्थापनका सन्दर्भमा समन्वय गरी विभिन्न प्रकृतिका विपद् सिमुलेशन अभ्यास सञ्चालन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

बैठकमा निर्वाचनका समयमा देखिन सक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्न संयुक्त तथा समानान्तर सीमा गस्ती सशक्त बनाउने, सुरक्षा व्यवस्थालाई थप चुस्त–दुरुस्त पार्ने तथा तेस्रो देशका नागरिकको अनाधिकृत प्रवेश नियन्त्रण गर्ने विषयमा जोड दिइएको छ। साथै लागुऔषध ओसारपसार, मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगद तस्करी नियन्त्रणका लागि निरन्तर र घनिष्ठ सहकार्य गर्न दुवै पक्षले आ–आफ्ना मातहतका युनिटलाई आवश्यक निर्देशन दिने विषयमा समेत छलफल भएको छ।

भारतीय पक्षबाट सिमा सुरक्षा बल सेक्टर हेडक्वाटर अल्मोरा र सिमा सुरक्षा बल सेक्टर हेडक्वाटर पिलिभितका डिआईजीद्वय सुधान्सु नौटियाल र अनिल कुमार शर्मा सहित सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएका क्षेत्रका भारतीय समकक्षी अधिकारीहरुको उपस्थिति रहेको थियो।

नेपाली प्रतिनिधिमण्डलमा सशस्त्र प्रहरी बल, नेपाल कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देल, दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक गुणराज न्यौपाने तथा बैतडी र डडेल्धुराका गुल्मपतिहरु सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय जङ्गबहादुर कुँवर र प्रकाशचन्द्र भट्ट सहभागी रहेका थिए।

नं। ७ वैद्यनाथ बाहिनी मुख्यालयका सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टका अनुसार सशस्त्र सीमा बल, भारत र सशस्त्र प्रहरी बल, नेपालबीच केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरमा यस्ता समन्वयात्मक बैठकहरु नियमित रुपमा हुँदै आएका छन्।

बीबीसीको डकुमेन्ट्री हटाउन आयोगको पत्राचार

काठमाडौं : निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको छ।

बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ मा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दबाउन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी गरिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार काउन्सिललाई पत्र पठाउँदै डकुमेन्ट्री हटाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए। उनले डकुमेन्ट्री नहटाए कारबाही गर्ने चेतावनीसमेत दिए। ४१ मिनेट ३० सेकेन्डको भिडियोमा सुरक्षाकर्मीले अमानवीय बल प्रयोग गरेको उल्लेख गरिएको छ। निर्वाचनको पूर्वसन्ध्यामा मतदाता प्रभावित पार्नेगरी भिडियो सार्वजनिक भएको भन्दै टिप्पणी भइरहेका बेला आयोगले सक्रियता देखाएको हो।

आधिकारिक होइन : प्रहरी प्रवक्ता

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले डकुमेन्ट्रीमा उल्लेख गरिएको कागजात आधिकारिक नभएको बताए। उनले भिडियोलाई प्रहरीले गम्भीरतापूर्वक नलिएको बताउँदै सार्वजनिक टिप्पणी गर्न आवश्यक नठानेको बताए।

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री अर्यालले विगतमा भएका कमि-कमजोरीलाई सच्याई यसपटको निर्वाचन स्वश्च, निश्पक्ष धाधलिरहित र निर्धक्कसाथ शान्तिपूर्वक गराउनेगरी वातावरण बनाउनसमेन निर्देशन दिए ।

सो कार्यक्रमामा जिल्ला सबै सुराक्षा निकाय र केन्द्रको समेत उच्च तहको उपस्थितमा भएको कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गरे ।

शुक्रबार बिहान गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनकासाथै निर्वाचन सुरक्षाबारे स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।

अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सहप्रवक्ता रमा आचार्य, डीआइजी विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, बैदेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा र वडा सदस्य सोम्बर बहादुर तामाङ सहभागी थिए ।

सो अवसरमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निश्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला सक्रिय ढंगले लाग्नुपर्नेमा जोड दिए ।

उनले विगत निर्वाचनको संवेदनशितलाताई ध्यानमा रखोर निर्वाचन तयारी, सम्भावित समस्याको पहिचान गरी निर्वाचन पूर्वका काम सुनिश्चित र निर्वाचन सुरक्षालाई सुनिश्चित गर्न आग्रह गरे ।

 

आजदेखि मदिरा बिक्री–सेवनमा रोक

धनगढीः निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित सुरक्षा योजनाका आधारमा उक्त निर्णय गरिएको हो। समग्र सुरक्षा अवस्थाको समीक्षा तथा मार्गदर्शनका आधारमा आयोगले गृह मन्त्रालयलाई आवश्यक निर्देशन दिएको जनाएको छ।

आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन गृह मन्त्रालयलाई आग्रह गरेको छ। साथै, जिल्ला आचारसंहिता अनुगमन समितिलाई तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ विपरीतका गतिविधि हुन नदिन र भएमा तत्काल कानुनी कारबाही गरी आयोगलाई जानकारी गराउन भनिएको छ।

मतदानको दिन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध सञ्चालन हुनेछन्। दूरसञ्चार मर्मतका सवारी, कूटनीतिक नियोगका सवारी तथा पास प्राप्त सवारीसाधन पनि सञ्चालनमा रहनेछन्।

तर सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सञ्चालन गर्न रोक लगाइएको छ। यद्यपि अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत रहनेछन्। टिकट भएका यात्रुलाई विमानस्थल–घर वा होटल आवतजावतका लागि सहजीकरण गरिने आयोगले जनाएको छ।

यी कागजात देखाएर मतदान गर्न पाइने
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन्।

यसैगरी राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात लिएर पनि मतदान गर्न पाइनेछ। मतदाता नामावलीमा नाम भएका मतदातालाई मतदान गर्न पाउने विषयमा सम्बन्धित सुरक्षाकर्मी र कर्मचारीलाई सूचना प्रवाह गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।

मतदानका दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष एकाइ स्थापना गरिनेछ, जहाँ आयोग र जिल्ला प्रशासन कार्यालयका कर्मचारी खटाइने व्यवस्था मिलाइनेछ।

सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा शुक्रबार (फागुन १५) सुनको मूल्यमा केही कमी आएको छ । चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ ।

बिहीबार (फागुन १४)को तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । चाँदीको मोल तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० कायम छ । एक तोला चाँदीको मोल पाँच हजार ७४० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल पाँच हजार ७२५ रुपैयाँ निर्धारण भएको थियो ।

यस दिन अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ९० डलरमा कारोबार भइरहेको छ । रासस

कञ्चनपुरबाट भन्सार छलि गरिएकाे स्कुटरसहित साढे ३ लाख बराबरका सामान बरामद

कञ्चनपुर: भीमदत्त नगरपालिका–१८ भगतपुर क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब ३ लाख ६४ हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले बिहीबार बेवारिसे अवस्थामा रहेको एक थान स्कुटर तथा ब्रस रोल पेन्टलगायतका सामग्री फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

बरामद सामानको अनुमानित मूल्य ३ लाख ६४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

खोज्नुहोस