इरानमाथिको आक्रमणमा अमेरिका संलग्न रहेको ट्रम्पको पुष्टि
काठ्माण्डौ- अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पले इजरायलले इरानविरुद्ध सुरु गरेको सैन्य कारबाहीमा आफ्नो संलग्नता रहेको बताएका छन् ।
बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै इरान आक्रमणमा अमेरिकाले सहयोग गरेको बताएका हुन् ।
इरानले इजरायलमाथि हमला गर्ने सूचना पाएपछि त्यसअगावै आफूहरूले हमला गरेको इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणपछि इरानको राजधानी तेहरानका विभिन्न भागमा विस्फोट भएको खबर आएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार तेहरानको जम्म्हूरी क्षेत्र र युनिभर्सिटी स्ट्रिट आसपास कैयौँ क्षेप्यास्त्र प्रहार भएका छन् ।
