कोलाराडो शेर्पा संघको अध्यक्षमा ल्हाक्पा शेर्पा चयन
कोलोराडोे(अमेरिका)
कोलोराडो शेर्पा संघको अध्यक्षमा ल्हाक्पा शेर्पा सर्वसम्मत रुपमा चयन भएका छन् ।
२१५३ औँ ग्याल्पो ल्होसारको अवसरमा आयोजित संघको साधारण सभाले शेर्पालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा दावा शेर्पा, प्रथम कोषाध्यक्षमा ल्हाक्पा याङजी शेर्पा, द्वितीय कोषाध्यक्षमा आङ ल्हाक्पा शेर्पा, महासचिवमा कामी तेन्जी शेर्पा चयन भएका छन् ।
त्यस्तै सदस्यमा पा नुरु शेर्पा, पेम्बा गेल्जेन शेर्पा, आङ फुरा शेर्पा, पेम्बा शेर्पा, मिङमा तेम्बा शेर्पा, दावा शेर्पा, मेन्दो लामा, निमा ल्हामु शेर्पा, आङ निमा शेर्पा चयन भएका छन् ।
त्यसअघि साधारण सभाको उद्घाटन समारोहमा संघका अध्यक्ष काजी शेर्पाले संस्थाको वार्षिक गतिबिधि र कार्य प्रगति प्रस्तुत गर्दै सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरेका थिए ।
त्यस्तै उपाध्यक्ष ल्हाक्पा शेर्पाले कोलोराडोको गोल्डेन शहरमा निर्माण गर्न लागिएको शेर्पा सामुदायिक भवनको ढाँचा, अनुमानित लागत तथा आयस्रोतका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको दोस्रो चरणमा निवर्तमान कार्यसमितिले संस्थाको बृहत्तर विकासमा पुर्याएको योगदानको कदर गर्दै खादा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्तिम तथा सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरूसंगै गायक निमा रुम्बाको विशेष प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।


.jpg)

