आईजीपीलाई दर्ज्यानी चिह्न अब प्रधानमन्त्रीले लगाइदिनुपर्छ : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठन र महानिरीक्षक (आईजीपी)लाई शक्तिशाली बनाउनुपर्ने बताएका छन् । सोमबार (चैत १६) काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका उनले संगठन र आईजीपीलाई बलियो बनाउँदा मात्र शान्ति सुरक्षा कायम गर्न सकिने बताएका हुन् ।
आईजीपीलाई लगाइँदै आएको दर्ज्यानी चिह्न अब सचिवले नभई प्रधानमन्त्री लगाइदिने व्यवस्था गरिने उनले उल्लेख गरे । नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखलाई हाल गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने व्यवस्था छ ।
प्रहरीको पोसाक समेत नेपालमै उत्पादन गर्ने गरी राज्यका तर्फबाट काम गरिने गृहमन्त्री गुरुङले बताए । प्रहरी कर्मचारीको सरुवा र बढुवा अनुमानयोग्य बनाउँदै सरकारले कुनै हस्तक्षेप नगर्ने उनले स्पष्ट पारे ।
