बुद्ध एयरको जहाज भद्रपुरको रन वे चिप्लियो
काठमाडौं,१८ पुस ।
बुद्ध एयरको जहाज झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएको छ ।
काठमाण्डौंबाट भद्रपुरका लागि यात्रु बोकेर उडेको जहाज अवतरणका क्रममा रन वेमा चिप्लिएको हो ।
ओभर रनका कारण धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको जहाजका यात्रुहरु भने सकुशल रहेको बताईएको छ ।
