अनलाईन मार्फत गर्ने व्यापारमा बिल अनिवार्य गर्नुपर्ने प्रस्ताव

काठमाण्डौ- अनलाइन मार्फत व्यापार गर्नेहरुले अनिवार्य रूपमा बिलको प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुझावका लागि सार्वजनिक गरेको विद्युतीय व्यापार (इकमर्स) निर्देशिका, २०८२ को मस्यौदामा बिल अनिवार्यबारे प्रस्ताव गरिएको हो ।

वस्तु वा सेवाको भुक्तानी नगदमार्फत् गरिएको अवस्थामा कारोबारको विद्युतीय बिल अनिवार्य जारी गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै सबै अनलाइन व्यापार व्यवसायीले व्यावसायिक कारोबार गर्दा स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्नुपर्ने व्यवस्था पनि समेटिएको छ ।

अनलाइन प्लेटफर्ममार्फत व्यापार गर्ने हरेक व्यवसायीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकृत हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । निर्देशिका जारी भएपछि सञ्चालनमा रहेका तर सूचीकरण भइनसकेका इकमर्स फर्महरूलाई एक पटकका लागि ३५ दिनभित्र सूचीकरण गर्न विभागले सूचना जारी गर्ने उल्लेख छ ।

मस्यौदामा अनलाइन व्यापार प्लेटफर्मले प्रयोगकर्ताको व्यक्ति विवरण एनक्रिप्टेड (सहजै पहिचान गर्न नसकिने) रूपमा सुरक्षित राख्नुपर्ने व्यवस्था समेटिएको छ । त्यस्तै प्रयोगकर्ताको सूचना चुहावट भएमा वा प्लेटफर्ममा कुनै खराबी उत्पन्न भएमा तुरुन्त कारोबार बन्द गरेर विभागमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

कारोबारसँग सम्बन्धित भुक्तानी असफल भएमा सात दिनभित्र फिर्ताको व्यवस्था गर्नुपर्ने प्रावधान पनि मस्यौदामा समावेश छ । त्यस्तै अनलाइन प्लेटफर्ममा भ्रामक तथा अतिरञ्जित सूचना प्रकाशन गर्न नपाइने उल्लेख छ ।

 

टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौ – आउँदो फेब्रअरी ७ तारिख अर्थात् माघ २४ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपका लागि हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । बन्द प्रशिक्षणमा रहेका २४ जना खेलाडी मध्येबाट ९ जना खेलाडी अन्तिम छनोटबाट बाहिरिएका छन् ।

दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम परेका छन् । बन्द प्रशिक्षणमा रहेका कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनास बोहरा, प्रतिश जिसी र रुपेशकुमार सिंह विश्वकप टोलीमा पर्न सकेनन् ।

दुई महिना अघि ओमानमा भएको विश्वकप छनोट टोलीमा रहेका कुशल मल्ल र आदिल अन्सारी विश्वकप टोलीमा परेनन् । उनीहरूको ठाउँमा बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन् । गएको महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को प्रदर्शनका आधारमा प्रशिक्षणमा परेका उनीहरू अन्तिम १५ मा पर्न सफल भएका हुन् ।

नेपालले विश्वकप क्रिकेटको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीको सामना गर्नेछ । आउँदो माघ २५ गते इंग्ल्यान्डसँग खेल्दै नेपालले विश्वकपको यात्रा शुरू गर्नेछ । अन्तिम खेल नेपालले बंगलादेशसँग फेब्रअरी १७ अर्थात् फागुन ५ गते खेल्नेछ ।

नेपाल समूह चरणका आफ्ना सबै खेल भारतको मुम्बईमा रहेको वाङ्खडे मैदानमा खेल्नेछ । नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । तेस्रो पटक नै विश्वकप खेल्ने नेपाली टोलीबाट सोमपाल कामी एक्लो नेपाली खेलाडी बन्नेछन् ।

शिखर पावर डेभलपमेन्ट कम्पनीको आईपीओ माघ ६ देखि खुल्ने

काठमाडौं- शिखर पावर डेभलपमेन्ट कम्पनीले माघ ६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई अंकित मूल्य १ सयका दरले आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जलविद्युत् समूहको यो कम्पनीमा ६७.३५ प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रभावितका रुपमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका सम्पूर्ण वडा र ढोरपाटन नगरपालिका वडा नम्बर २ का स्थानीयले आवेदन दिन सक्नेछन् । कम्पनीले ९ लाख ८० हजार कित्ता सेयर प्रभावित स्थानीयका लागि छुट्याइएको छ । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको बुर्तिबाङ र बागलुङ बजारको शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका बुर्तिबाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रभावित क्षेत्रका स्थानीयले छिटोमा माघ २० गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा आवेदन नपरेमा ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले वैदेशिक रोजगारमा रहेकालाई २ लाख २२ हजार कित्ता सेयर छुट्याएको छ । वैदेशिक रोजगारमा रहेकाले छिटोमा माघ ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले बागलुङमा  ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना बनाएर सञ्चालनमा ल्याएको छ । सो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा छ ।

आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १३ पैसा छ । प्रतिसेयर आम्दानी ३.६९ रुपैयाँ ऋणात्मक छ । इक्रा नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ ।

कञ्चनपुरमा एक हजार बढीले गराए गर्भपतन

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म एक हजार १८ महिला तथा किशोरीले गर्भपतन गराएका छन् ।

जिल्लास्थित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका तथ्याङ् अनुसार, पछिल्लो पाँच महिनामा २० वर्ष कम उमेर समूहका ३० जना र २० वर्षमाथिका ९८८ गरेर एक हजार १८ महिला तथा किशोरीले गर्भपतन सेवा लिएका हुन् ।

महाकाली प्रादेशिक अस्पताल, परिवार नियोजन सङ्घ, दोधारा चाँदनी अस्पताल, कृष्णपुर स्वास्थ्य चौकीलगायत २३ अस्पतालमा सो सङ्ख्यामा महिलाले गर्भपतन सेवा लिएका हुन् ।

पछिल्लो पाँच महिनामा दुई हजार ९७२ महिलाले गर्भावस्थाको परीक्षण गराएकोमा दुई हजार ४७२ महिलाले शिशु जन्माएका छन् भने पाँच सय महिला तथा किशोरीले भने गर्भ जाँचबिनै गर्भपतन गराएको पाइएको हो ।

चालु आवको साउन महिनामा २० वर्षमुनिका ५३ महिला र २० वर्ष वा सोभन्दामाथिका ५९४ गरी ६४७ महिलाले गर्भ जाँच गराएकोमा ५३७ महिलाले बच्चा जन्माएका थिए । जसमध्ये साउनमा २० वर्षमुनिका २० जनाले औषधी सेवन गरेर गर्भपतन गराएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए ।

यसै गरी साउन महिनामा २१७ महिला तथा किशोरीले गर्भपतन गराएको उनले बताए । भदौ महिनामा ८७ जनाले गर्भपतन गराएका छन्  । असोज महिनामा २० वर्षमुनिका एक किशोरी र २० वर्षमाथिका १३५ महिलाले जिल्लाका अस्पतालबाट औषधी खाएर गर्भपात गरेका हुन् भने २१ जना महिलाले शल्यक्रिया गरेर गर्भपतन गराएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले बताए ।

त्यस्तै कात्तिक महिनामा २०२ किशोरी तथा महिलाले गर्भपात गराउनुभएको छ । जसमध्ये २० वर्षमुनिका दुई जना र २० वा सोभन्दाबढी उमेरका १८७ महिलाले औषधी सेवन गरेर र १३ जना महिलाले शल्यक्रिया गरेर गर्भपात गराएका छन् । मङ्सिर महिनामा २० वर्षभन्दा कम उमेरका १ किशोरी र २० वर्षमाथिका २३४ महिलाले गर्भपात गराउनुभएको उनले जानकारी दिए । कञ्चनपुरमा चालु आवको मङ्सिर महिनासम्म एक हजार १८ महिला तथा किशोरीले गर्भपात गराउनुभएको छ भने आव २०८१ र ०८२ मा दुई हजार ८९९ महिला तथा किशोरीले गर्भपतन सेवा लिएका छन् ।

गर्भपतन अधिकारको विषय भएको तर २० वर्षभन्दा कम उमेर समूहमै विवाह गर्दा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ । एकातिर बढ्दो बालविवाहलाई समेत न्यूनीकरण गर्नु जरुरी रहेको स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्र सिंह रावल बताउछन् । जसले कम उमेरमै गर्भ रहने र पछि स्वास्थ्यमा जटिल समस्या देखिने गरेकाले यसमा अभिभावक, सरोकारवाला सबै सचेत रहन जरुरी रहेको उनले बताए ।

कलेज अध्ययन गर्दाका बखत कम उमेर समूहमै शारीरिक सम्बन्ध राख्दा जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या बढ्दो क्रममा रहेकाले सुरक्षित तरिका अपनाउन तथा विवाहपछि मात्रै आवश्यकता अनुसार गर्भधारण गर्न उनले सुझाव दिए ।

४८ नवजात शिशुको मृत्यु 

कञ्चनपुरमा गर्भपात गराउने तथ्याङ्क डरलाग्दो अवस्थामा रहेको छ, भने शिशु मृत्युदर पनि भयावह अवस्थामा छ । गत आवमा जिल्लामा ४८ नवजात शिशुले ज्यान गुमाएका छन् । जसमध्ये, गत आवमा जिल्लामा आठ मरेका शिशु जन्मिएका छन् । यसै गरी २६ नवजात शिशुको जन्मनेबित्तिकै मृत्यु भएको छ, भने जन्मेको २८ दिनभित्र १४ जना शिशुले ज्यान गुमाएको जिल्लास्थित सरकारी अस्पतालहरूको तथ्याङ्कले देखाएको छ ।

गत आवमा भीमदत्त नगरपालिकामा जन्मनेबितिक्कै २० शिशुले ज्यान गुमाएका थिए । यसै गरेर भीमदत्तमा छ मरेका शिशु जन्मिएका थिए भने छ शिशुले जन्मेको २८ दिनमा ज्यान गुमाएका हुन् । यसै गरी दोधारा चाँदनी नगरपालिकामा तीन शिशु जन्मनेबित्तिक्कै मरेका छन् भने पुनर्वासमा एक शिशु जन्मनेबित्तिक्कै र चार शिशुले जन्मेको २८ दिनमा ज्यान गुमाएका छन् । शुक्लाफाँटा नगरपालिकामा गत आवमा एक शिशुको मरेको अवस्थामा जन्म भएको थियो । यसै गरेर एक शिशुको जन्मनेबित्तिकै मृत्यु भयो भने दुई शिशुको २८ दिनभित्र मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले बताए ।

विशेष महाधिवेशन आह्वान गर्दै महामन्त्रीद्वय गगन–विश्व

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसमा विधानको व्याख्या, नेतृत्वको वैधता र आगामी निर्वाचनको मुद्दामा संस्थापन र महामन्त्रीद्वय निर्णायक चरणमा आमनेसामने भएका छन् । संस्थापन पक्षले नियमित महाधिवेशनमा जाने निर्णय गरे पनि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई आधार बनाएर महामन्त्रीद्वय विशेष महाधिवेशनको तयारीमा जुटेका छन् । दुवै पक्षले ‘पार्टी विभाजनको सम्भावना’ अस्वीकार गरे पनि ‘निर्णायक विवाद’ विभाजनकै जोखिमतर्फ उन्मुख छ ।

संस्थापन पक्ष राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुटेका वेला महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न बुधबार विशेष महाधिवेशन आह्वान गर्ने भएका छन् । पार्टी विधानको तीनवटा धारामा टेकेर महामन्त्रीद्वय थापा र शर्माले २७ र २८ पुसमा विशेष महाधिवेशन आह्वान गर्दै महाधिवेशन प्रतिनिधिलाई संयुक्त रूपमा काठमाडौं बोलाउन लागेका छन् । यसले कांग्रेसको विवाद नयाँ चरणमा प्रवेश गराउनेछ ।

केन्द्रीय कार्यसम्पादन समितिले १८ पुसमा गरेको निर्णय भन्दै सोमबार केन्द्रीय कार्यालयले प्रदेशदेखि वडा समितिसम्मलाई जारी गरेको सर्कुलरमा विशेष महाधिवेशनको औचित्य नरहेको उल्लेख छ । १८ पुसको कार्यसम्पादन समितिको बैठकमा महामन्त्रीद्वय थापा र शर्मासहित पाँचजना नेताले चुनावअघि नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशनमा जानु अनिवार्य भएको भन्दै पार्टी निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महामन्त्रीका तर्फबाट विशेष महाधिवेशन आह्वान हुने बताए । ‘पार्टी विधानअनुसार विशेष महाधिवेशन गर्नै पर्नेछ । केन्द्रीय कार्यसमितिले यो मागको स्वामित्व नलिने अवस्थामा महामन्त्रीले केन्द्रीय कार्यालयका तर्फबाट आह्वान गर्नुहुन्छ,’ शिवाकोटीले भने । थापाले पहिला पनि विशेष महाधिवेशनका लागि तयार रहन आह्वान गरिसकेका छन् ।

शिवाकोटीका अनुसार विशेष महाधिवेशनका सन्दर्भमा सहमतिका लागि महामन्त्री शर्माले संस्थापन पक्षलाई तीनवटा विकल्प सुझाएका थिए । जसमा पहिलो– विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाउने र सभापति शेरबहादुर देउवाले अध्यक्षता गर्ने, दोस्रो– विशेष महाधिवेशनमा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुने तथा प्रतिनिधिहरूको निर्णय सबैले मान्ने सुझाव थियो । त्यसबाहेक विशेष महाधिवेशनलाई संकल्प भेलामा परिणत गर्ने र भेलाबाट आगामी निर्वाचन प्रयोजनका लागि सभापति देउवाले हस्ताक्षर नगर्ने सुनिश्चित गर्ने र आगामी निर्वाचनमा महामन्त्री थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर अघि जान तयार हुने महामन्त्री शर्माको तेस्रो विकल्प थियो ।

शिवाकोटीका अनुसार सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग यी विकल्पबारे शर्माले कुराकानी गर्दै आएका छन् । तर, कुनै पनि विकल्पमा जान संस्थापन पक्ष तयार नभएपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गर्न लागेको उनले बताए ।

महामन्त्री थापा र शर्माले विधानको धारा १७ को उपधारा २ टेकेर विशेष महाधिवेशन आह्वान गर्ने दाबी गरेको छ । ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ,’ विधानको उक्त दफामा छ । धारा ३ को उपधारा १२ मा ‘केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र पार्टीको केन्द्रीय कार्यालयलाई समेत बुझाउनेछ’ भनिएको छ । धारा २७ को उपधारा १ मा ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ । महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ’ भन्ने उल्लेख छ ।

संस्थापन पक्षधर नेता मानिने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पुसमै नियमित महाधिवेशनको मिति तय गर्ने र सम्भव नभए पछि सार्ने विषयमा मौखिक सहमति भएको दाबी गरेका छन् । अहिले विशेष महाधिवेशनमा किन जोड दिइँदै छ भन्ने कुरा आफूहरूले बुझ्न नसकेको उनको भनाइ छ । ‘आमनिर्वाचनको मुखमा यसरी द्वन्द्व बढाउँदा कसलाई फाइदा हुन्छ ? उद्देश्य स्पष्ट छैन,’ उनले भने, ‘तर, यसकारण पार्टी फुट्ने अवस्था हुँदैन । वैशाखमा नियमित महाधिवेशन गर्ने संस्थागत र औपचारिक निर्णयप्रति हामी प्रतिबद्ध छौँ । महामन्त्रीहरूसमेत सहभागी बैठकबाट निर्णय भइसकेको अवस्थामा फेरि मध्यमार्गी सहमतिको आवश्यकता किन पर्‍यो भन्ने कुरा बुझ्न सकिएको छैन ।’

यस्तै, शेखर कोइरालापक्षीय नेता तथा सहमहामन्त्री जीवन परियारले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्छ भन्ने मान्यताका आधारमा हस्ताक्षर अभियान अघि बढाइएको बताए । तर, अहिले मध्यमार्गी विकल्प खोजी भइरहेको उनले बताए । ‘अहिले परिस्थिति फरक दिशातर्फ गएको छ । विशेष महाधिवेशन गर्नै हुँदैन भन्ने एक पक्ष र गर्नै पर्छ भन्ने अर्को पक्ष आमनेसामने उभिएको अवस्थामा पार्टीलाई मध्यमार्गी निकास दिन प्रयास भइरहेको छ,’ उनले भने, ‘शेखर दाइले सहमतिका लागि छलफल अघि बढाइरहनुभएको छ । पार्टी फुट्न नदिन र सहमतिको बाटो निकाल्न सक्रिय छौँ । केही न केही निकास निस्कन्छ भन्नेमा आशावादी छौँ ।’

कांग्रेस नेता कोइरालाले मध्यमार्गी उपाय सुल्झाउन छलफल थालेका छन्, तर यो प्रभावकारी देखिएको छैन । उनले पार्टीको विशेष महाधिवेशनका पक्षमा मुख खोलेका छन् र केन्द्रीय समितिले माघको पहिलो साता आयोजना गर्दा विन–विन हुने बताएका छन् । सहमतिको प्रयासमा सक्रिय कांग्रेसका ३० केन्द्रीय सदस्यहरूसँग मंगलबारको छलफलमा कोइरालाले माघमा विशेष महाधिवेशन गरेर सहमति खोज्दा उपयुक्त हुने बताए ।

‘विशेष महाधिवेशनको माग विधानसम्मत छ । केन्द्रीय समितिले नै माघ ९–१० गतेतिर विशेष महाधिवेशन बोलाउने गरी विन–विन परिस्थिति निर्माण गर्न सकिन्छ कि भन्ने मेरो व्यक्तिगत प्रस्ताव हो,’ कोइरालालाई उद्धृत गर्दै छलफलमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले भने । केन्द्रीय सदस्यहरूले सभापति देउवा, महामन्त्रीद्वय थापा र शर्मा तथा नेता कोइरालासँग छलफल गरिसकेको छ । ‘सहमतिका लागि लागिरहेका छौँ । अब कार्यवाहक सभापतिसँग छलफल गर्छौँ,’ शेर्पाले भने ।

राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता आज

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ ।

आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

साथै यही पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी तोकिएको छ ।

आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपाल मिलेर चुनाव लड्ने तयारीमा छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै

काठमाडौँ — चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय छन् ।

जनस्तरबाट पटक–पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी छन् । तर प्रधानमन्त्रीले राजीनामा माग्दासमेत उनीहरूले ढिलासुस्ती गरिरहेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी लिएका घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक थिए ।

उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुन् । त्यस्तै उज्यालो नेपाल पार्टी र रास्वपाबीच एकता गराउने निर्णायक बैठकमा खेलकुदमन्त्री गुप्ता पनि सक्रिय थिए । खरेल पनि रास्वपाको पक्षमा सार्वजनिक रुपमा बोल्दै आएका छन् । तर, कुनै पनि दलमा सक्रिय नभएको तीनै मन्त्रीको भनाइ छ ।

सार्वजनिक आलोचना बढेपछि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमै उनीहरूका राजीनामा मागेकी छन् । ‘निर्वाचन लड्ने तयारी गरिरहनुभएका साथीहरू निर्वाचनमा भाग लिन र उम्मेदवार हुन स्वतन्त्र हुनुहुन्छ,’ प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकको सुरु र अन्तिममा भनेकी थिइन्, ‘तपाईंहरूले सरकारबाट अलग भइदिएर सहयोग गरिदिनुहोला ।’

मन्त्री घिसिङले निर्वाचनमा भाग लिन आफ्नो संरक्षणमा उज्यालो नेपाल पार्टी दर्ता गराएका थिए । पूर्वऊर्जा सचिव अनुप उपाध्यायको नेतृत्वमा रहेको उक्त दल रास्वपासँग एकीकरण भएको छ र घिसिङ रास्वपाका वरिष्ठ उपसभापति बनिसकेका छन् । उनले रास्वपामा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचीमा १८ जना सांसदको कोटासमेत पाएका छन् ।

तर मन्त्री घिसिङले आफू कुनै पनि दलको सदस्य नभएको दाबी गरे ।

प्रधानमन्त्री कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकमा खरेललाई समेत लक्षित गर्दै राजीनामा मागेकी हुन् ।

२८ वर्षका कान्छा मन्त्री गुप्ता रास्वपा र उज्यालो नेपालबीच एकतासम्बन्धी वार्तामा सक्रिय थिए । १४ पुसमा रास्वपा र उज्यालो नेपाल पार्टी एकता भएर ७ बुँदे सहमति हुँदा गुप्ता ती दलका नेताहरूसँगै वार्ता स्थलमा थिए ।

प्रधानमन्त्रीको निर्देशन- राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस्

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिकमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् ।

चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न भनेकी हुन् ।

‘हामी अहिले फरक परिस्थितिमा छौं । यस अवधिसम्म तपाईंहरूले सरकारमा बसेर राम्रो योगदान गर्नुभयो । तर अब हामी अर्को चरणमा प्रवेश गर्दैछौं । यस्तो अवस्थामा केही साथीहरू राजनीतिमा जान चाहेको, चुनाव लड्न चाहेको प्रस्ट देखिएको छ । त्यसो हुँदा उहाँहरूले राजनीतिमा जाने हो भने तत्काल मार्गप्रशस्त गर्दा राम्रो हुन्छ’ प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,’ अरू साथीहरू जसले यस्तो चाहना राख्नुभएको उहाँहरूका लागि पनि त्यही कुरा लागू हुन्छ । हामी कस्तो परिस्थितिमा छौं तपाईंहरूलाई थाहा छँदैछ । यो विषय तपाईंहरू आफैं बुझ्नुहुन्छ । त्यस हिसाबले आफैंले जे गर्दा ठीक हुन्छ त्यो निर्णय आफैं गर्नुहोला ।’

जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम चुनावी सरकारमा कुलमान घिसिङले प्रभावशाली मानिने ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हालिरहेका छन् ।

सरकारमा सहभागी भएपछि कुलमान घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी गठन गरिएको थियो ।

अध्यक्ष अनुपकुमार उपाध्याय रहेको उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेको छ । दलका बैठक र राजनीतिक कार्यक्रममा भने घिसिङ प्रत्यक्ष सहभागी हुँदै आएका छन् ।

निर्दलीय भनिएको चुनावी सरकारका मन्त्री नै राजनीतिक गतिविधिमा सक्रिय हुन थालेको भन्दै आलोचना हुँदै आएको छ । कतिपयले त आगामी निर्वाचनको निष्पक्षतामासमेत प्रश्न उठाउने गरेका छन् ।

साथै भारतबाट आयात हुने बिजुलीमा ४३ करोड रुपैयाँ गडबडीका कारण पनि उनी विवादित बनेका छन् । त्यो सार्वजनिक भएपछि भारतीय कम्पनी पीटीसी इन्डियासँग गरेको सम्झौता नेपाल विद्युत प्राधिकरणले खारेज गर्ने निर्णय गरेको छ ।

जसरी पनि फागुन २१ मै निर्वाचन गराउन सक्रिय प्रधानमन्त्री कार्कीले सोमबारको क्याबिनेट बैठकमा मन्त्रीहरूको राजनीतिक सक्रियताप्रति असन्तुष्टि जनाइन् ।

‘प्रधानमन्त्रीले स्पष्ट रूपमा कुलमानलाई सरकार छाड्नुस् भन्नुभयो,’ मन्त्रिपरिषद् स्रोत भन्छ, ‘उहाँले छाड्दा सरकारप्रति पनि अविश्वास पैदा नहुने, चुनावको तयारीमा कुलमानले पर्याप्त समय दिन पाउने र कुलमानले नैतिकता पनि प्रदर्शन गरेको देखिने भएकाले दुवै पक्षलाई राम्रो हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइ थियो ।’

कुलमानले मन्त्री पद छाड्नुपर्ने प्रधानमन्त्रीको भनाइप्रति केही मन्त्रीहरुले सहमतिसमेत जनाएका थिए । ‘खासगरी अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्रीको भनाइमा सहमति जनाएको संकेत स्वरूप मुन्टो हल्लाउनुभयो,’ स्रोत भन्छ ।

मन्त्रिपरिषद्‌मा अहिले घिसिङ, सञ्चार तथा सूचनाप्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता राजनीतिमा जाने आकांक्षा देखाइरहेका छन् ।

खरेल र गुप्ता घिसिङ जस्तो प्रत्यक्ष देखिएका छैनन् । गुप्ता रास्वपा, बालेन र उज्यालो नेपाल पार्टीको एकताको सहमति गर्दासँगै देखिएका थिए ।

स्वास्थ्य व्यवसायी परिषद् ऐन संशोधनको माग

काठमाडौँ । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, नेपाल सिएमए सङ्घ र हेल्थ असिस्टेन्ट सङ्घले आज स्वास्थ्य व्यवसायी परिषद् ऐन संशोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

ती संस्थाले परिषद् स्थापना भएको २७ वर्षसम्म ऐन संशोधन नहुनु,परिषद् ऐनको दफा ४ को उपदफा २ बमोजिम पेसागत सङ्घसंस्थाको प्रतिनिधित्व नहुनु, विषयविज्ञको सट्टा बाहिरका व्यक्तिले समितिको नेतृत्व गर्नु, एकै सदस्यले पाँचभन्दा बढी समिति सम्हाल्नु तथा उच्च अदालतले तीन महिनाभित्र निर्वाचन गराउन दिएको परमादेश कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गरेका छन् ।

पाँचवटै संस्थाका पदाधिकारीले परिषद्का अध्यक्ष सुवोधकुमार शर्मा र रजिस्ट्रार लीलानाथ भण्डारीसमक्ष ज्ञापनपत्र पेस गरेका हुन् ।

महालक्ष्मी विकास बैंंकको २४औं साधारण सभाले पारित गर्‍यो १०.३७ प्रतिशत लाभांश

काठ्माण्डौ- महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४औं वार्षिक साधारण सभा  सोमबार सम्पन्न भएको छ।

सभामा २०८२ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष. २०८१/८२ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन्।

यसैगरी वार्षिक साधारण सभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ।

यस अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ।

आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ।
साथै पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशत बाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैकको निक्षेप ५६ अर्ब २२ करोड रहेको छ भने कर्जा तथा सापटी ४७ अर्ब २१ करोड रहेको छ।

इरानमा प्रदर्शन हिंसात्मक, ३५ जनाको मृत्यु

दुबई (संयुक्त अरब इमिरेट्स)। इरानमा आर्थिक कठिनाइ विरुद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने एक हजार २०० भन्दा बढीलाई हिरासतमा लिइएको मानव अधिकार कार्यकर्ताले बताएका छन् ।

देशको धर्मतन्त्रले एउटा पश्चिमी प्रान्तमा अशान्तिलाई स्वीकार गरेपछि त्यहाँ सुरक्षा बलले एक अस्पतालमा छापा मारेको बताइएको छ । एक हप्ताभन्दा बढी समयदेखि जारी प्रदर्शनमा २९ जना प्रदर्शनकारी, चार बालबालिका र दुई जना सुरक्षा बलका सदस्यको ज्यान गएको बताइएको छ । देशका ३१ मध्ये २७ प्रान्तका २५० भन्दा बढी स्थानमा प्रदर्शन फैलिएको जनाइएको छ ।

इरानभित्रैको कार्यकर्ता सञ्जालमा आधारित रिपोर्टिङ यसअघि पनि विश्वसनीय ठहरिँदै आएको छ । अर्ध–आधिकारिक फार्स समाचार एजेन्सीका अनुसार झडपका क्रममा करिब २५० जना प्रहरी र रिभोलुसनरी गार्डका बासिज स्वयंसेवक बलका ४५ सदस्य घाइते भएका छन् । तर सरकारले मृतक र घाइतेको समग्र विवरण सार्वजनिक गरेको छैन ।

सोमबार राति इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इलाम प्रान्तको घटनाबारे ‘पूर्ण अनुसन्धान’ गर्न गृह मन्त्रालयलाई विशेष टोली गठन गर्न निर्देशन दिएका छन् । इलामको मालेकशाही क्षेत्रमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको देखिने भिडियो सार्वजनिक भएका छन् । उनले इलाम सहरको अस्पतालमा सुरक्षाबलले छापा मारेको घटनालाई पनि स्वीकार गरेका छन् ।

अनलाइन दृश्यमा दङ्गा नियन्त्रण पोसाकमा सुरक्षाकर्मी अस्पताल प्रवेश गरेको देखिन्छ, जहाँ घाइते प्रदर्शनकारी खोजिएको कार्यकर्ताले बताएका छन् । अस्पतालमा भएको घटनाको अमेरिकी विदेश मन्त्रालयले कडा आलोचना गर्दै यसलाई ‘मानवता विरुद्धको अपराध’ भनेको छ । फार्सले प्रदर्शनकारी सशस्त्र रहेको दाबी गरे पनि त्यसको पुष्टि हुने प्रमाण सरकारले सार्वजनिक गरेको छैन ।

इराकसँग सीमा जोडिएको इलाम प्रान्त कुर्दिश र लुर समुदायको बसोबास क्षेत्र हो र गहिरो आर्थिक समस्यामा छ । बढ्दो मृतक सङ्ख्याले अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या भएमा अमेरिकाले हस्तक्षेप गर्नसक्ने चेतावनी दिनु भएको छ । ट्रम्पको उक्त चेतावनीप्रति इरानी अधिकारीले कडा प्रतिक्रिया जनाएका छन् ।

सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देखिएको आन्दोलनयता यो सबैभन्दा ठूलो विरोध प्रदर्शन मानिएको छ । प्रतिबन्ध, युद्धको असर र मुद्राको तीव्र अवमूल्यनले जनआक्रोश बढाएको छ । सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले दङ्गाकारीलाई नियन्त्रणमा राख्नुपर्ने बताए पनि विरोध प्रदर्शन अझै शान्त भएको देखिदैन । रासस/एपी 

सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रजिस्ट्रार पदमा खेमराज जोशी नियुक्त

काठमाडौं – सुदूरपश्चिम मेडिकल विश्वविद्यालयको रजिस्ट्रार पदमा खेमराज जोशी नियुक्त भएका छन्।   जोशीले यसअघि पोखरा विश्वविद्यालयमा डिनको जिम्मेवारीमा सम्हालिसकेका छन्। मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सिनेट बैठकले जोशीलाई रजिष्ट्रार नियुक्त गरेको हो।

विश्वविद्यालयको रजिस्ट्रार पदका लागि खुला प्रतिस्पर्धामार्फत १० जनाले आवेदन दिएका थिए।

आवेदन दिने उम्मेदवारहरूमा ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्दसिंह बिष्ट, बाराकी शिला मैनाली, बैतडीका भीमबहादुर चन्द तथा कैलालीका पदमराज जोशी थिए।

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णय

काठमाडौं- सरकारले सार्वजनिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेस भएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा पुस २१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगाएतका निकायका पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधानमा एकरुपता कायम गर्नेसम्बन्धी सुझाव कार्यदलबाट पेश भएको प्रतिवेदन कार्यान्वयनका लागि अर्थ मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।

बैठकले पुष २९ र ३० गते बंगलादेशको ढाकामा आयोजना हुने नेपाल-बंगलादेश वाणिज्य सचिव स्तरको आठौं बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ भने प्रहरीको सङ्गठन, संरचना तथा दरबन्दी त्यारी स्वीकृत गर्ने निर्णय भएको छ ।

त्यसैगरि बैठकले नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता स्वरूप एकपटकका लागि आईओएम फण्डमा १० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए । बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिका सदस्य महेश प्रसाद काफ्लेको राजीनामा स्वीकृत गर्ने र समितिको रिक्त सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको खरेलको भनाइ छ ।

त्यस्तै मन्त्रिपरिषद्ले माघ ३ गते अमेरिकामा आयोजना हुने रोल अफ एनआरएनए युथ इन डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजिओ रिभोलुसनसम्बन्धी कार्यक्रममा सहभागी हुन युवा तथा खेलकुद मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको गरेको छ भने नेपाली सेना सैनिक साधारण सेवाका दुईजना महासेनानीलाई सोहि सेवाको सहायक रथी दर्जामा र चार जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।

‘टाइगर कप-२०८२’ माघ ९ गतेदेखि , टिकटिङ पार्टनरमा खल्ती

काठमाडौँ- नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैठौ संस्करणमा ‘खल्ती’ले टिकटिङ पार्ट्नरको रुपमा साझेदारी गरेको छ ।

यस वर्ष माघ ९ गते देखि माघ १७ गते सम्म पोखरा रङशालामा हुन गइरहेको उक्त प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजित गर्दै आएको छ । ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरु प्रतियोगितामा सहभागि हुँदैछ, जस मध्ये ४ अन्तर्राष्ट्रिय टोली रहेको छ ।

उक्त प्रतियोगिताको टिकटको मूल्य रु. ३०० देखि रु. ५०० सम्म छ । दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्नेछन् र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मज्जा लिन सक्नेछन् । राष्ट्रिय स्तर मै सबैभन्दा ठुलो भलीबल प्रतियोगिता भएको कारण यस कपले अघिल्ला संस्करणहरुबाट नै देश भरी कै दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भइसकेको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले खुसी व्यक्त गर्दै भने, ‘खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलीबल तथा सम्पूर्ण खेलकुद प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी आशा गर्दछौँ सबैले सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ ।’

सहकारी नियमनबारे जाँचबुझ आयोग गठन गर्ने तयारी

काठमाडौं- भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी नियमन अनियमितता भेटिएको भन्दै जाँचबुझ आयोग गठनको तयारी गरेको छ ।

भूमी व्यवस्थामन्त्री कुमार इङ्नामले सहकारीहरूमाथि हुनुपर्ने नियमन नभएकाले अहिलेको समस्या र बेथिती देखिएको भन्दै त्यसमाथि जाँचबुझ गर्न खोजिएको बताए ।

सहकारीभित्र देखिएका समस्यावारे जाँचबुझ गर्न त यसअघि कैयौं समिति र आयोग बनिसकेको भन्दै मन्त्री इङ्नामले यसपाली नियामकहरुमाथि नै जाँचबुझ गर्न खोजिएको बताए ।

‘हामीले अहिले सहकारी नियमनको भूमिका पाएकाहरूमाथि पनि छानबिन हुनेगरी कार्यादेश दिन खोजेको हो’ मन्त्री इङ्नामले भने, ‘सहकारी विभागमा भएका कर्मचारीहरुकै कारण नियमन हुन नपाएको र बदमासी भएका कैयौ सूचना आएका छन् । त्यसमाथि छानबिन गर्ने उद्देश्य हो ।’

उनका अनुसार, २०४८ सालदेखि सहकारी विभागको नेतृत्व र नीतिगत तहमा बस्नेदेखि अरु कर्मचारीको भूमिका र शंकास्पद भूमिकामाथि छानबिन गर्न खोजिएको हो । सुरुमा तीन सदस्यीय आयोग बनाउन खोजिएकोमा कम समयमा बढी काम गर्नुपर्ने भएकाले पाँच सदस्यीय आयोग गठनको तयारी भएको उनले बताए । उनले अब काम पनि २ महिनामै सकिने बताए ।

धितो राख्ने क्रममा गडबडीदेखि सहकारी सञ्चालकहरुले रकम हिनामिना गरेको भेटिएको छ । सहकारी सञ्चालकहरुले बचतकर्ताको नामबाट रकम भुक्तानी लिएर आफैले राख्नेसम्मको बदमासी गरेको भन्दै मन्त्री कुमार इङ्नामले भने, ‘नियामक निकायमा बस्नेहरुका कारण समस्या देखिएकाले हामीले जाँचबुझ आयोग नै गठन गर्नुपर्ने भनेका हौं ।’

अफवाहजन्य गतिविधिमा संलग्न नहुन उपराष्ट्रपतिको अपिल

काठमाडौं- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुन अपिल गरेका छन् ।

धार्मिक एवं सामाजिक विषयलाई लिएर पछिल्ला केही दिनदेखि मधेश प्रदेशका केही जिल्लामा प्रदर्शन भइराखेको छ । यस सन्दर्भमा अपीर जारी गर्दै उपराष्ट्रपति यादवले भनेका छन्, ‘कुनै पनि अफवाह, उत्तेजना वा हिंसात्मक गतिविधिमा संलग्न नहुनुहोस । बरु संवाद, मेलमिलाप, भाइचारा, अपनत्वभाव र सहयोगलाई प्राथमिकता दिनुहोस् ।’

मुलुकका केही भूभागमा पछिल्ला दिनहरूमा सम्प्रदायबीच उत्पन्न असमझदारी, वैमनस्यता र द्वन्द्वले नेपालको साझा सामाजिक सद्भावलाई चुनौती दिएको भन्दै उनले यस्तो कार्यकले सबैलाई गम्भीर रूपमा चिन्तित बनाएको बताएका छन् ।

नेपालको संविधानले राष्ट्रलाई धर्मनिरपेक्ष, समावेशी र विविधतापूर्ण समाजको रूपमा परिभाषित गरेको छ । संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने स्वतन्त्रता सुनिश्चित गरेको छ । यो स्मरण गर्दै उनले भनेका छन्, ‘हाम्रो मुलुकको शक्ति नै विविधता, सहिष्णुता र परस्पर सम्मानमा निहित छ । जुनसुकै धर्म मान्ने सम्प्रदाय, समुदाय, समाज र नेपाली नागरिकहरू सबै एउटै राष्ट्रिय परिवारका सदस्य हौं । हाम्रो भाइचाराको सम्बन्ध, सहअस्तित्व र परस्पर विश्वास नै हाम्रो पहिचान हो, जसलाई अक्षुण्ण राख्नु हामी सबैको साझा कर्तव्य हो ।’

यी पृष्ठभूमि राख्दै उपराष्ट्रपति यादवले अफवाहजन्य गतिविधिमा संलग्न नहुन अपिल गरेका हुन् ।

आपसी द्वन्द्व र वैमनस्यता त्यागी शान्ति, सद्भाव र सहिष्णुताको बाटो रोज्न र धार्मिक वा सांस्कृतिक भिन्नतालाई विभाजनको कारण नभई समृद्ध विविधताको धरोहरका रूपमा स्वीकार गर्न उनको आह्वान छ ।

स्थानीय प्रशासन, धार्मिक अगुवाजन तथा नागरिक समाजलाई मिलेर सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले लेखेका छन्, ‘हाम्रो साझा लक्ष्य भनेको एकताबद्ध, शान्तिपूर्ण र समावेशी नेपाल निर्माण गर्नु हो । यस मार्गमा कुनै पनि प्रकारको द्वन्द्व वा वैमनस्यताको स्थान छैन ।’

उनका अनुसार नेपाल साझा फुलबारी भएको र फुलबारीलाई सुन्दर, मनमोहक, सुरक्षित, सम्मानजनक र प्रेमपूर्ण बनाउन सबैको समान जिम्मेवारी, दायित्व र कर्तव्य हो । यस कर्तव्यमा किंचित पनि विचलित नभई मुलुकको समुन्नत र दिगो विकासका लागि सबै दृढसंकल्पका साथ अगाडि बढ्नुपर्ने उनको आह्वान छ ।

नेपाल विश्व शान्तिदूत गौतम बुद्धको भूमि, जनकको कर्मभूमि र ज्ञान केन्द्र भएको उल्लेख गर्दै उनी लेख्छन्, ‘हामी सबै शान्तिप्रिय नेपालका नागरिक हौं ।’

विश्वमा विरलै पाइने मौलिकता र पहिचान नेपालमा रहेको र यसलाई कायम राख्न प्रत्येक नेपालीले आ–आफ्नो स्थानबाट योगदान दिनु अपरिहार्य रहेको उनको आग्रह छ । उपराष्ट्रपति यादवले भनेका छन्, ‘हाम्रो विविधता नै हाम्रो शक्ति हो, हाम्रो सहिष्णुता नै हाम्रो गौरव हो र हाम्रो एकता नै हाम्रो भविष्य हो ।’

हाल मुलुकको अवस्था संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई शान्ति, संयम, सहिष्णुता र सद्भाव कायम राख्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि जिम्मेवार भूमिका निर्वाह गर्न पनि उपराष्ट्रपति यादवको आग्रह छ ।

 

जाँचबुझ आयोगमा बालेनले बुझाए लिखित जवाफ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले  जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा लिखित जवाफ पेस गरेका छन् । उनले सोमबार नै आयोगले सोधेको प्रश्नमा केन्द्रित रहेर ३ पेज लामो लिखित जवाफ दिएका हुन् ।

शाहले सोमबार अपराह्न ४ बजे आयोगमा १५ वटा प्रश्नको ३ पेज लामो लिखित जवाफ बुझाएको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई आफ्नो भनाइ राख्न पत्र पठाएको आयोगले काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई पनि प्रश्नावली सहितको पत्र पठाएको थियो ।

सर्वोच्चमा जलेका १० हजार बढी मुद्दाका मिसिल तयार

काठ्माण्डौ- सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ।

सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो। चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो।

सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरूमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ।

सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरू महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित मुद्दाका पक्षहरूसँग उपलब्ध गराउन आग्रह गरेको थियो। सोही अनुसार मुद्दाका मिसिलहरू संकलन गर्ने काम भइरहको छ।

सुदूपश्चिममा छाया प्रतिवेदन तयारी कार्यशाला आयोजना , महासन्धिमा सुनिश्चित मुद्दाहरू कार्यान्वय हुन नसकेको गुनासो

यशोदा शर्मा,
कैलाली ।
 सुदुरपश्चिममा आर्थिक, समाजिक तथा संस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका लागि प्रदेश स्तरीय छाया प्रतिवेदन कार्यशाला तयारीका लागि कार्यक्रम आयोजना गरिएको छ।

धनगढीमा आयोजित उक्त कार्यक्रममा अनुसन्धानकर्ता तथा नीति विश्लेषक विध्या चापागाईंले आर्थिक, समाजिक तथा संस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा नेपालका लागि सुनिश्चित गरिएका अधिकारहरु र महासन्धिले जारी गरेका सिफारिसहरु बारेमा प्रस्तुतिकरण गरेका थिए ।अन्तर्राष्ट्रिय महासन्धिले धारा १ देखि १५ सम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्ष अन्तर्गतका विभिन्न मौलिक अधिकारहरू सुनिश्चित गरेको उनले बताए।

कार्यक्रममा यसमा समावेश अधिकारहरु र जारी सिफारिसहरु सुदूपश्चिममा के कति कार्यान्वयनमा छन्, प्रदेशमा यी विषयहरु प्रभावकारी छन कि छैनन र संरक्षणको अस्था के छ भन्ने बारे छलफल गरी सुझाव सङ्कलन गरिएको छ। उक्त छलफलमा विभिन्न सम्बन्धित निकायकाव्यक्तिहरूले सुनिश्चित अधिकारहरु कार्यान्वयनमा आउन नसकेको गुनासो गरेका छन् ।
ओरेक को प्रतिनिधित्व गर्दै आइरहेकी विष्णु रेग्मी भन्छिन्,”जुन अदालतमा गएका महिला हिंसाका मुद्दाहरू हुन्छन् ती मुद्दाहरू मा महिलाको पक्षमा फैसला त हुन्छ तर कार्यान्वयन कहिले, हाम्रो पक्षमा फैसला भएपनि न्याय पाएको अनुभूति गर्न पाएका छैनौँ। उनले थपिन्,”जबसम्म न्याय पाइँदैन त्यो कागजको फैसलाले केही हुनेवाला छैन।”

गरिब, दलित, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय, लैङ्गिक तथा अल्पसंख्यक समुदाय, पिछडिएको वर्ग, भूमिहिन, मुक्त कमैया, हलिया, तथा शिक्षा, स्वास्थ्य समाजिक सुरक्षा लगायतका मुद्दाहरुमा सुदुरपश्चिम अझै पनि माथि उठ्न नसकेको हुँदा यि मुद्दाहरूलाई अन्तर्राष्टिय महासन्धि मा समावेश गर्नुपर्ने सम्बन्धित निकायहरुको माग रहेको छ।

याे भन्दा अगाडि कोशी, मधेस र बागमती प्रदेशमा छायाँ प्रतिवेदन आयोजना भइसकेको छ। सुदूरपश्चिममा चौथो प्रादेशिक छायाँ प्रतिवेदन कार्यशाला आयोजना गरिएको हो।

निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी भर्ना गर्ने मापदण्ड स्वीकृत

काठमाडौँ — सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने गरी मापदण्ड स्वीकृत गरेको हो ।

१० दिन तालिम र ३० दिन कार्यस्थलमा खटिने गरी निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड स्वीकृत भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० परिचालन हुने गरी मापदण्ड स्वीकृत गरिएको हो ।

भर्ना हुने म्यादीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायत सेवा सुविधा उपलब्ध गराइनेछ । रासन सुविधा सम्बन्धित जिल्लाको दररेटअनुसार दिइनेछ ।

रासन, मासिक तलब र पोसाकबापतको खर्च सम्बन्धित व्यक्तिकै बैंक खातााम उपलब्ध गराइनेछ । म्यादी छनोटपछि आउने र जाने तयारी खर्चअन्तर्गत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ, ४ दिनको खाजा खर्च एकमुष्ट १२ सय दिइनेछ ।

पोसाक भत्ता हिमाल, पहाड र तराई/मधेशअनुसार फरक फरक हुने उल्लेख छ । नेपाल प्रहरीका लागि नीलो डांग्री कपडा, टोपीसहितको हुनेछ । सशस्त्र मातहत खटिने निर्वाचन प्रहरीको हकमा सशस्त्रको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी हुनुपर्नेछ । निर्वाचनमा नियमित सुरक्षाअन्तर्गत खटिने जनशक्तिलाई निर्वाचन प्रहरीलाई दिएसरह १२ सय रुपैयाँ खाजा खर्च दिइनेछ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति रहने मापदण्डमा उल्लेख छ । छनोटका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्रको हकमा सशस्त्रको जिल्लास्थित गण/गुल्ममा निवेदन दिन सकिनेछ ।

नियुक्तिका लागि दुवै प्रहरीले आफ्नो जवानसरहको पाठ्यक्रमका आधारमा छनोट विधि तय हुने मापदण्डमा उल्लेख छ । १८ वर्षदेखि ५४ वर्ष उमेर समूहका मानिसले भर्नाका लागि आवेदन दिन सक्नेछन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन प्रहरी भर्नासम्बन्धी मापदण्ड स्वीकृत गरी दुवै प्रहरी प्रधान कार्यालयलाई पठाइएको जानकारी दिए ।

 

मन्त्रिपरिषद्ले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न दियो स्वीकृति

काठमाडौं । सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ओमान र इजरायलसँग श्रम सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

‘नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री जगदिश खरेलले भने ‘नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र इजरायलसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएको थियो । ओमानले यसअघि नै नेपालसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि स्वीकृत प्रदान गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो ।

नेपाल र ओमानबीच कूटनीतिक सम्बन्ध कायम भएको झन्डै ५० वर्षपछि श्रम सम्झौता हुन लागेको हो । नेपाल र ओमानबीच सन् १९७७ (२०३४) मा कूटनीतिक सम्झौता कायम भएको थियो ।

सरकारी संयन्त्र मार्फत नेपाली श्रमिक (केयरगिभर) इजरायल पठाउन १४ असोज २०७७ (३० सेप्टेम्बर २०२०) मा ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ भएको थियो । सम्झौता भएको पाँच वर्षपछि नवीकरण प्रक्रिया अगाडि बढेको थियो । २०७७ को सम्झौतामा स्वतः नवीकरण हुने प्रावधान नराखिएकाले त्यही सम्झौतालाई नयाँ सम्झौताको रूपमा बढाइएको थियो ।

इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएको ६० वर्ष पुगेको अवसरमा २०७७ सालमा दुइटा सम्झौता गरिएको थियो । श्रम सम्झौता र नेपालको कृषिलाई प्रविधि मार्फत आधुनिकीकरण गर्न ‘एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्सेस’ स्थापना गर्न सम्झौता गरिएको थियो ।

Modern Library Launched at Mahendra Shishu Secondary School

Tikapur (Kailali), January 4 —
A modern library has come into operation at Mahendra Shishu Secondary School in Janaki Rural Municipality–6, Kailali.

The library includes an e-library with access to more than 10,000 books, along with textbooks and reference materials. It has been launched to support teaching and learning and to make classroom activities more practical and technology-friendly. The library was established with the coordination of Gagan Foundation, set up in memory of late writer Gagan Singh Thapa.

More than 4,000 new books have been added to the physical library, while the e-library allows students to access thousands of digital books, helping them study beyond their regular curriculum.

Nepal Library Foundation provided technical support to organize the library. Teachers and school staff were given a week-long training on library management, e-library operation, and the use of digital resources.

Financial support for the library was provided by the Ruparelia Foundation of Uganda.

Inaugurating the library, Janaki Rural Municipality Chairperson Ganesh Chaudhary said the facility would help improve students’ learning and contribute to a better future for children. He added that the local government has been running various programs to improve the quality of community schools.

Hikmat Thapa, patron of Gagan Foundation, said he was pleased to see a library established at the school where he once studied. He said the library would help students gain knowledge beyond textbooks and stressed the importance of its regular operation and proper management.

With support from the Ruparelia Foundation and Nepal Library Foundation, Gagan Foundation has already established similar libraries with e-library facilities at Arunodaya Secondary School in Khairiphanta (Janaki–9) and Birendra Vidya Mandir Secondary School in Tikapur.

The program was held under the chairmanship of Gurupasad Chaudhary, head of the School Management Committee. Speakers included Dr. Bishnu Bilas Adhikari, Dean of the Faculty of Agricultural Sciences at Sudurpaschim University; Dhankumar Shrestha, General Secretary of Nepal Library Foundation; journalist Bhuvaneshwar Adhikari; and school principal Khagendra Prasad Upadhyay.

100%x

The program was moderated by teacher Bamb Bahadur Dhami.

 

कैलालीको महेन्द्र शिशु माध्यमिक विद्यालयमा आधुनिक पुस्तकालय सञ्चालन

टीकापुर(कैलाली), २१ पुष ।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित महेन्द्र शिशु माध्यमिक विद्यालयमा आधुनिक पुस्तकालय सञ्चालनमा आएको छ ।

पुस्तकालयमा १० हजार भन्दा बढी पुस्तक सहितको ई–लाईब्रेरी र पाठ्यपुस्तक सहितको आधुनिक पुस्तकालय सञ्चालनमा आएको हो ।

साहित्यकार स्वर्गीय गगनसिंह थापाको स्मृतिमा सञ्चालित गगन फाउण्डेसनको संयोजनमा स्थापना गरिएको उक्त पुस्तकालय विद्यार्थी र शिक्षकको पठन–पाठन, अध्ययन–अध्यापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

पुस्तकालयमा राखिएका चार हजारभन्दा बढी नयाँ पाठ्य सामग्रीसहितका पुस्तकहरू तथा ई–लाइब्रेरीमार्फत १० हजारभन्दा बढी पुस्तकहरुले विद्यार्थीहरूलाई थप अध्ययनमा मद्दत पुग्नेछ ।

पुस्तकालयलाई आधुनिक रूपमा व्यवस्थित गर्न नेपाल लाइब्रेरी फाउण्डेसनले प्राविधिक सहयोग प्रदान गरेको हो । पुस्तकालय सञ्चालनका लागि विद्यालयमा एक हप्तादेखि शिक्षक तथा कर्मचारीलाई पुस्तकालय व्यवस्थापन, ई–लाइब्रेरी सञ्चालन र डिजिटल स्रोत प्रयोगसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिएको थियो ।

पुस्तकालय निर्माणका लागि अफ्रिकाको युगान्डास्थित रुपारेलिया फाउण्डेसनले आर्थिक सहयोग गरेको हो ।

पुस्तकालयको उद्घाटन  गर्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बालबालिकाको भविष्य उज्यालो बनाउन पुस्तकालयले थप सहयोग पुग्ने बताए । ‘पुस्तकालयको प्रभावकारी सञ्चालनले बालबालिकाको भविष्य उज्यालो बनाउन मद्दत पुग्नेछ’ अध्यक्ष चौधरीले भने ‘पालिकाले समेत सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’

कार्यक्रममा बोल्दै गगन फाउण्डेशनका संरक्षक हिक्मत थापाले आफूले अध्ययन गरेको विद्यालयमा पुस्तकालय स्थापना गर्न पाउँदा खुशी लागेको बताए । ‘आजको विश्व प्रविधिमा आधारित भइरहेको छ, पुस्तकालयले विद्यार्थीलाई  पाठ्यक्रमका साथासाथैं  बाहिरी ज्ञान प्राप्त गर्न   सहयोग पुग्नेछ’ थापाले भने ‘विद्यालयको गुणस्तरका साथै पुस्तकालयको नियमित सञ्चालन र व्यवस्थापनमा विद्यालय प्रशासनले ध्यान दिनुपर्दछ ।’

गगन फाउण्डेसनले रुपारेलिया फाउन्डेसन, युगान्डा तथा नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा जानकी गाउँपालिका वडा नं। ९ स्थित अरुणोदय माध्यमिक विद्यालय खैरिफाँटा र टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा समेत ई–पुस्तकालयसहितका आधुनिक पुस्तकालय निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान संकायका डिन डाक्टर विष्णुविलास अधिकारी, नेपाल लाइब्रेरी फाउण्डेशनका महासचिव धनकुमार श्रेष्ठ, पत्रकार भुवनेश्वर अधिकारी, विद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद उपाध्याय लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन  शिक्षक बमबहादुर धामीले गरेका थिए ।

100%x

गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपद्वारा २७ औं पोखरा स्ट्रिट फेस्टिभलमा स्वच्छता अभियान सञ्चालन

पोखरा । २७ औं पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले पोखरालाई स्वच्छ र पर्यावरणमैत्री पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न विशेष स्वच्छता अभियान सञ्चालन गरेका छन्।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि. सँगको सहकार्यमा सञ्चालन गरिएको यस अभियानले महोत्सव अवधिभर उत्पन्न हुने फोहोरको दिगो व्यवस्थापनमा जोड दिएको छ।

प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि परिचित पोखरामा ठूला सार्वजनिक कार्यक्रमका क्रममा उल्लेख्य मात्रामा फोहोर संकलन हुने भएकाले सहरलाई स्वच्छ र स्वागतयोग्य बनाइराख्न प्रभावकारी फोहोर व्यवस्थापन आवश्यक रहेको आयोजकहरूको भनाइ छ।

अभियानअन्तर्गत गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोग गर्न मिल्ने तथा सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनहरू लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखेको छ। यसले महोत्सवमा सहभागी सर्वसाधारणलाई सही तरिकाले फोहोर व्यवस्थापन गर्न प्रोत्साहन गरेको छ।

संकलित फोहोरको वातावरणीय रूपमा जिम्मेवार प्रशोधनको जिम्मा भद्रकाली वेस्ट म्यानेजमेन्टले लिएको छ भने रेबानले स्थानीय रेष्टुरेन्ट तथा बारहरूलाई अभियानमा सक्रिय सहभागिता गराएको छ।

गोर्खा ब्रुअरीका प्रतिनिधिले पोखरा नेपालकै स्वच्छ र सुन्दर सहरमध्ये एक भएको उल्लेख गर्दै, भने “यो पहलले आजको महोत्सव मात्र होइन, भविष्यमा पनि स्वच्छ पोखरा निर्माणप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ,” ।

महोत्सव अवधिभन्दा बाहिर पनि पोखरामा जिम्मेवार फोहोर व्यवस्थापन अभ्यासलाई मजबुत बनाउने, जनचेतना अभिवृद्धि गर्ने र दिगो पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन सहकार्यका रूपमा यस अभियानलाई अघि बढाइएको जनाइएको छ।

वातावरणीय दिगोपन र सामुदायिक हितप्रतिको ब्रुअरीको निरन्तर प्रतिबद्धताका रूपमा रहेको यो पहलले नेपालभरि हुने सार्वजनिक उत्सवहरूलाई जिम्मेवार ढंगले मनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।

दोहोरो अंकले बढ्यो सेयर बजार

काठ्माण्डौ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अकंले बढेर २६३९.३७ बिन्दुमा बन्द भएको छ । आज ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोडको कारोबार भएको हो ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.६५ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ०.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, हाइड्रोपावर समूहको १.४४ प्रतिशतले सेयर मूल्य बढेको देखिन्छ ।

सोमबार २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार र रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनकिा लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

गर्भमा लिङ्ग पहिचान गराए एक वर्षसम्म कैद हुने

 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने वा गराउने कार्य गरे एक वर्षसम्म कैदको सजाय हुने स्पष्ट पारेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै गर्भमै लिङ्ग पहिचान गर्नु वा गराउनु गैरकानुनी रहेको स्पष्ट पारेको हो ।

मन्त्रालयका अनुसार कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कुनै कार्य गर्न र गराउन हुँदैन । यदि सो कार्य गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्म कैदको सजाय हुने कानुनी व्यवस्था छ ।

“गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान हुने कुनै पनि परीक्षण, प्रविधि वा प्रक्रियाको प्रयोग गर्न पाइँदैन । कसैले यस्तो कार्य गरे वा गराएमा एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।” सूचनामा उल्लेख छ

छोरीको जन्म सुनिश्चित गर्न र विभेदपूर्ण लिङ्ग छनोट अन्त्य गर्न सबै नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई कानुनको पूर्ण पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।

लिङ्गका आधारमा हुने भेदभावले सामाजिक असन्तुलन सिर्जना गर्ने भएकाले यस्ता अभ्यास रोक्न सबैको सहकार्य आवश्यक रहेको मन्त्रालयको भनाइ छ। छोरी र छोराबीच समान व्यवहार गर्दै सुरक्षित मातृत्व र शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार गर्भको शिशुको लिङ्ग पहिचान गर्नु चिकित्सकीय आचारसंहिताविपरीत तथा कानुनद्वारा दण्डनीय अपराध हो । मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवम् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको छ ।

जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं- सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ ।

यसैगरी, नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने,नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने र पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।

त्यस्तै बैठकले  वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ भने नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय गरेको छ।

एमाले अध्यक्ष ओलीको स्थान हद फुकुवा

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ।  जेनजी आन्दोलनका घटनाको छानबिन तथा जाँचबुझ आयोगले ओलीलाई  तोकेको स्थान हद फुकुवा गरेको हो।

यसअघि उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छोड्न रोक लगाएको थियो। जेनजी घटनाका बारेमा सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भएकाले ओलीलाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय अब औचित्यहिन भएको आयोगले जनाएको छ।

खोज्नुहोस