स्वास्थ्य व्यवसायी परिषद् ऐन संशोधनको माग

द एभरेष्ट पोष्ट
२२ पुष २०८२ १७:३०
स्वास्थ्य व्यवसायी परिषद् ऐन संशोधनको माग

काठमाडौँ । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, नेपाल सिएमए सङ्घ र हेल्थ असिस्टेन्ट सङ्घले आज स्वास्थ्य व्यवसायी परिषद् ऐन संशोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

ती संस्थाले परिषद् स्थापना भएको २७ वर्षसम्म ऐन संशोधन नहुनु,परिषद् ऐनको दफा ४ को उपदफा २ बमोजिम पेसागत सङ्घसंस्थाको प्रतिनिधित्व नहुनु, विषयविज्ञको सट्टा बाहिरका व्यक्तिले समितिको नेतृत्व गर्नु, एकै सदस्यले पाँचभन्दा बढी समिति सम्हाल्नु तथा उच्च अदालतले तीन महिनाभित्र निर्वाचन गराउन दिएको परमादेश कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गरेका छन् ।

पाँचवटै संस्थाका पदाधिकारीले परिषद्का अध्यक्ष सुवोधकुमार शर्मा र रजिस्ट्रार लीलानाथ भण्डारीसमक्ष ज्ञापनपत्र पेस गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस