महालक्ष्मी विकास बैंंकको २४औं साधारण सभाले पारित गर्‍यो १०.३७ प्रतिशत लाभांश

द एभरेष्ट पोष्ट
२२ पुष २०८२ १७:१५
महालक्ष्मी विकास बैंंकको २४औं साधारण सभाले पारित गर्‍यो १०.३७ प्रतिशत लाभांश

काठ्माण्डौ- महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४औं वार्षिक साधारण सभा  सोमबार सम्पन्न भएको छ।

सभामा २०८२ साल असार मसान्तको वासलात तथा आर्थिक वर्ष. २०८१/८२ को नाफा नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन्।

यसैगरी वार्षिक साधारण सभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको छ।

यस अन्तर्गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैंकका समग्र वित्तीय परिसूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ।

आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ।
साथै पुँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशत बाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा बैकको निक्षेप ५६ अर्ब २२ करोड रहेको छ भने कर्जा तथा सापटी ४७ अर्ब २१ करोड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस