सञ्चार प्रविधिको दुरुपयोगमा पत्रकार कति दोषी ?

विचार : धर्मेन्द्र झा – समयसँगै भित्रिएको प्रविधिगत विकासले निम्त्याएको/निम्तिएको चुनौतीलाई पन्छाएर अगाडि बढ्न सकिने वर्तमानको अवस्था छैन। प्रविधिगत चुनौतीको कुरा गर्दा सर्वाधिक प्रमुख छ सञ्चारप्रविधि क्षेत्रको चुनौती। प्रविधिगत विकासका आयामलाई प्रत्येक अवस्थामा चुनौती मानिनु हुँदैन, होइन पनि। तर कुनै पनि व्यक्ति वा समूहले आफ्ना निहित स्वार्थलाई सर्वोपरि मानेर अरूलाई नकारात्मक असर पर्ने गरी प्रयोग गर्ने मनसाय राख्छ वा प्रयोग गर्छ भने त्यसले निश्चित रूपमा चुनौती निम्त्याउँछ। यस अवस्थाबाट अर्थात् यस्तो चुनौतीबाट वर्तमान प्रभावित छैन वा हुँदैन भनेर भन्न सकिने अवस्था छैन।

पछिल्ला केही समयमा, खासगरी मुगुका युवा गणेश नेपालीले त्रिपुरेश्वरमा रोजेको आत्मदाहको बाटो, त्यसपछिको उनको मृत्यु र नेपालीको मृत्युपछि उत्पन्न अप्रिय अवस्थाका सन्दर्भमा भइरहेको मिडियाको उपयोग (दुरुपयोग ?) लाई उदाहरणका रूपमा लिन सकिन्छ। प्रविधिको सदुपयोगले मानव जीवनलाई सहज र सुविधासम्पन्न बनाउँछ भन्ने अपेक्षा र विश्वास गरिन्छ, तर यो कुरा निश्चय पनि यसको प्रयोगको विधि र नियतमा भर पर्छ। खासमा सञ्चारमाध्यमले आमसर्वसाधारणलाई सत्य–तथ्य पस्किन्छन् भन्ने मान्यता राखिन्छ तर जब यही मिडियाले पस्केका विषयवस्तु (कन्टेन्ट)ले भ्रम सिर्जना गर्छ र आमव्यक्तिलाई सही सूचना प्राप्त गर्नबाट वञ्चित गर्छ भने मिडियाकर्मका बारेमा गम्भीरतापूर्वक सोच्नु जरूरी हुन्छ।

गणेश नेपाली मृत्यु प्रकरणमा सञ्चारमाध्यम जसरी विभाजित भएर पक्ष र विपक्षमा बाँडिएका छन् उदेकलाग्दो छ। एकथरी जसरी पनि सरकारलाई जिम्मेवार बनाउन चाहन्छन्, मानौं सरकारलाई गलाउने तिनले एक उपयुक्त अस्त्र प्राप्त गरेका छन्। यो पक्षले पुराना सामग्रीलाई पनि नयाँ जस्तै बनाएर पस्किने प्रयत्न गरेका छन् भने अर्को पक्ष जसरी भए पनि सरकारको बचाउ गर्नुपर्छ भन्ने मनस्थितिमा छ। यो पक्षले सरकारको बचाउ गर्दै एक किसिमले गणेशको मृत्युलाई नै स्वाभाविक प्रमाणित गर्ने प्रयत्न गरेर हदैसम्मको घृणित कार्य गर्न खोजेको देखिन्छ।

स्वीकार गर्नैपर्छ, यो वाक्युद्धमा परम्परागत मिडियाभन्दा पनि न्यूमिडिया अर्थात् डिजिटल प्लेटफर्महरू ‘उपयोग’ भइरहेका छन्। अवस्था कस्तो उत्पन्न भएको छ भने सरकार समर्थितले सम्पादकीय प्रक्रियामा विश्वास गरेर पत्रकारिता गर्ने परम्परावादी मिडिया (अपवाद यहाँ पनि छन्)लाई अस्वीकार गर्ने र असान्दर्भिक मान्ने प्रयत्न गरिरहेका छन् अनि सम्पादकीय प्रक्रियामा खासै सक्रियता नदेखाउने नागरिक पत्रकारिताकेन्द्रित डिजिटल मिडियालाई नै सबैथोक मान्ने प्रयास गरिरहेका छन्। हुन पनि गत फागुनमा सम्पन्न निर्वाचनमा पछिल्लो प्रकारकै मनस्थिति भएकाहरूको प्रभावकारिता बढी भएको मूल्यांकन गरिएको थियो।

निर्वाचनलाई लोकतन्त्र थप मजबुत बनाउने, सामाजिक सद्भाव र वैचारिक सहअस्तित्वलाई गहिरो बनाउने अवसर मानिन्छ। गएको निर्वाचनका सन्दर्भमा सूचनाप्रविधिको विकास एक बलियो चुनौतीका रूपमा उपस्थित भएको स्वीकार गरिएको थियो। निर्वाचनमा परम्परागत प्रचार–प्रसारसँगै डिजिटल प्लेटफर्म र अनलाइन स्पेसको प्रयोग अत्यधिक बढेको थियो। यही बढ्दो डिजिटल प्रयोगसँगै केही गम्भीर चुनौती पनि सतहमा देखिएका थिए। गणेश नेपाली प्रकरणमा पनि त्यस्तै प्रवृत्ति देखिएको छ भनियो भने असंगत हुने छैन।

आम व्यक्तिलाई सही सूचना सम्प्रेषण गर्ने भन्दा पनि निहित स्वार्थका लागि मिडियाको ‘प्रयोग’ गरेर आम व्यक्तिलाई भ्रमित बनाउने प्रयत्न हुँदैछ। यस कार्यमा सूचनाप्रविधिको प्रयोग गरिंदैछ र डिजिटल स्पेसलाई माध्यम बनाइँदैछ। फेक खबर, डीप फेक भिडियो, घृणा फैलाउने सामग्री अहिले कुनै पनि व्यक्तिको मोबाइलमै आइपुग्न सक्छन्।

विचारणीय छ, विगतको निर्वाचन वा अहिलेको गणेश नेपाली आत्मदाहपछिको मृत्यु प्रकरण त उदाहरण मात्र हुन्, तर खासमा वर्तमानको कुनै पनि सन्दर्भमा आफ्नो मोबाइलसम्म अनपेक्षित, अनिच्छित र अवाञ्छित रूपमा आइपुगेका सूचनालाई पुष्टि गरेर मात्र प्रयोग गर्ने वा नगर्ने अतिरिक्त मानसिक दबाबमा छन् आम व्यक्ति। निश्चय पनि अप्रमाणित कुराको आधारमा धारणा बनाउनु उचित हुँदैन।

इन्टरनेटमा आधारित माध्यमको प्रयोग गरेर स्वार्थ समूहले फैलाएको ‘प्रोपोगण्डा’को उपस्थितिमा आम व्यक्ति दिग्भ्रमित हुनसक्ने अवस्थामा छन् र उनीहरू उचित निर्णय लिने क्रममा अत्यन्तै सकसपूर्ण अवस्थाको सामना गर्न बाध्य छन्।

प्रविधिको प्रयोग नराम्रो होइन तर दुरुपयोग भने नराम्रो हो। यो आलेख तयार गर्ने सन्दर्भमा पनि एआई (कृत्रिम बौद्धिकता)लगायत सूचनाप्रविधि सम्बद्ध संयन्त्रहरूको सहयोग लिने प्रयत्न गरिएको छ। केही प्रश्न सोधेर उत्तर खोज्ने र सही विश्लेषण्को प्रयत्न भएको छ। उद्देश्य आम व्यक्तिको हितरक्षा हो। यसलाई नकारात्मक मान्न नसकिएला, तर यही संयन्त्रलाई प्रयोग गरेर कसैले गलत सूचनामा आधारित विश्लेषण प्रस्तुत गरेर सूचनाग्राहीलाई आफ्नो स्वार्थअनुकूल प्रभावित गर्ने उद्देश्य राख्दछ भने निश्चय पनि त्यो गलत हो।

पछिल्ला वर्षहरूमा कुनै पनि विषय र सन्दर्भलाई प्रभावित गर्न सक्ने गरी डिजिटल स्पेसमा मिथ्या सूचना, दुराशययुक्त सूचना र अफवाहहरूको बाढीको अवस्था रहेको यथार्थलाई अस्वीकार गर्न सकिंदैन। कतिपय अवस्थामा झुटा भिडियो, फोटो सम्पादन, एआई मार्फत बनाइएका नक्कली आवाज, भ्रामक तथ्याङ्क आदिको प्रयोग गरी आम व्यक्तिलाई भ्रमित पार्ने प्रयास भइरहेको देखिन्छ। यसले आम व्यक्तिको मनोविज्ञानमा प्रभाव पार्छ, उनीहरूलाई अन्योलमा पार्छ र गलत निर्णय लिन प्रेरित गर्न सक्छ।

गएको निर्वाचनमा ‘एल्गोरिदम’को निकै बढी प्रयोग भएको विश्लेषण गरिएको छ। भन्नेले त निर्वाचनका सन्दर्भमा योजनाबद्ध ढंगले नै एल्गोरिदमको प्रयोग भएको थियो पनि भन्छन्, तर प्रमाणित त कसरी गर्न सकिएला खै ? खासमा एल्गोरिदमद्वारा सिर्जित हुने ‘इको चेम्बर’ डिजिटल प्लेटफर्मको महत्वपूर्ण चुनौती हो। सामाजिक सञ्जालले प्रयोगकर्तालाई उनीहरूले रुचाएका वा पहिले हेरेका वा प्रयोग गरेका जस्तै सामग्री बारम्बार देखाउँछ। यसले व्यक्ति एउटै विचारधारामा सीमित हुने र फरक दृष्टिकोण सुन्न नचाहने अवस्था सिर्जना गर्छ। यस अवस्थामा स्वस्थ बहस र सहिष्णु संवादको संस्कृति कमजोर हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन।

वर्तमानमा, डिजिटल स्पेस असुरक्षित बन्दै गएको आकलन गरिएको छ। जानकारहरूका अनुसार व्यक्तिगत डाटा चोरी, गोपनीयता उल्लङ्घन, ट्रोलिङ, साइबर दुर्व्यवहार र घृणात्मक अभिव्यक्ति जस्ता समस्या पछिल्ला समयमा बढेका छन्। यस्तो वातावरणमा आम व्यक्तिले मानसिक दबाब महसुस गर्न सक्छन्। लगातार नकारात्मक सन्देश, उत्तेजक सामग्री र भय पैदा गर्ने सूचनाले तनाव र असुरक्षा बढाउनु स्वाभाविक हो। अहिलेको गणेश नेपालीको मृत्युका सन्दर्भमा पनि यो प्रवृत्ति हाबी हुन खोजेको छ भन्नु असङ्गत हुँदैन। एआई प्रविधि स्वयंमा सकारात्मक सम्भावना बोकेको साधन हो, तर हाल एआईको नकारात्मक प्रयोग बढी हुन थालेको आशङ्का छ। उदाहरणका लागि, एआई मार्फत नक्कली भिडियो वा अडियो बनाएर व्यक्तिको छवि बिगार्ने प्रयास, गलत उद्धरण फैलाउने वा सामाजिक विभाजन बढाउने सामग्री उत्पादन गर्ने जस्ता गतिविधि हुनसक्छन्। निश्चय पनि यसबाट आम व्यक्तिको सही सूचना प्राप्त गर्ने लोकतान्त्रिक अधिकार कुण्ठित हुने अवस्थाको सिर्जना हुन्छ।

लोकतन्त्रको आत्मा भनेको स्वतन्त्र, सूचित र विवेकी नागरिक हुन्। व्यक्ति भ्रमित भए, मानसिक दबाबमा परे वा गलत सूचनाबाट प्रभावित भए भने समाजको दिशा नै बदलिन सक्छ र अवाञ्छितहरूले स्वार्थसिद्ध गर्न सक्ने सम्भावना बढ्छ। त्यसैले डिजिटल स्पेसमा फैलिने मिथ्या तथा दुराशययुक्त सूचनालाई नियन्त्रण गर्नु आवश्यक छ। यसका लागि राज्य, राजनीतिक दल, सञ्चारमाध्यम, प्रविधि कम्पनी र नागरिक सबैको साझा जिम्मेवारी हुन्छ।

पत्रकारितामा पछिल्ला वर्षमा देखिएका फरकपनाबारे बुटवललाई कार्यक्षेत्र मानेर पत्रकारिता गरिरहेका अग्रज पत्रकार डीआर घिमिरे भन्छन्- सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्म मार्फत ‘भाइरल’ सामग्री बनाउन सके केही मात्रामा भए पनि आम्दानी गर्न सकिन्छ भन्ने धारणा व्यापक छ। केहीले यसबाट आर्थिक लाभ पनि हासिल गरेका छन्, तर भाइरल हुने प्रतिस्पर्धामा पत्रकारिताका आधारभूत सिद्धान्त, तथ्य परीक्षण, सन्तुलन र सम्पादकीय उत्तरदायित्वलाई उपेक्षा गर्ने प्रवृत्ति भने बढ्दै गएको पाइन्छ।

घिमिरेका अनुसार पत्रकारितामा ‘भाइरल’ हुनुलाई प्रभावको वास्तविक मापन मान्न सकिंदैन। सबैभन्दा धेरै हेरिने वा पढिने सामग्री नै सबैभन्दा उपयोगी, सत्य वा सामाजिक रूपमा जिम्मेवार हुन्छ भन्न सकिंदैन।प्रायः रिस, डर, आक्रोश, आश्चर्य, करुणा वा घृणा उत्पन्न गर्ने सामग्री नै तीव्र रूपमा भाइरल हुने गर्छन्। दुर्घटनाका भिडियो, राजनीतिक आरोप–प्रत्यारोप, रोदन वा भावुक दृश्य तथा धार्मिक तनाव जस्ता सामग्री धेरै हरिने र शेयर गरिने प्रवृत्ति छ।

निश्चय पनि आजको पत्रकारिता तीव्र सङ्क्रमणको चरणमा छ भनियो भने असंगत ठहर्दैन। एक समय थियो जब सम्पादक, समाचार कक्ष र संस्थागत मिडियाले सार्वजनिक सूचना प्रवाहको नियन्त्रण गर्थे। त्यतिबेला तथ्य परीक्षण, सम्पादकीय उत्तरदायित्व र नैतिक मापदण्ड पत्रकारिताको आधार मानिन्थ्यो, तर डिजिटल प्रविधि, स्मार्टफोन र सामाजिक सञ्जाल मार्फत गरिने पत्रकारिताका सन्दर्भमा त सूचना उत्पादनको संरचना नै बदलिएको छ भन्दा फरक पर्दैन। आज कुनै ठूलो मिडिया संस्था नभए पनि एक जना व्यक्तिले मोबाइल र इन्टरनेटको भरमा लाखौं मानिसमाथि प्रभाव जमाउन सक्छ। यस अर्थमा व्यक्ति स्वयम् ‘मिडिया’ बन्न पुगेको छ।

आजको सन्दर्भमा एउटा बहसमा भने मिडियाकर्मीहरू सहभागी हुनैपर्ने भएको छ, त्यो के भने एउटा पत्रकारको परिचय बनाएकाको सामाजिक सञ्जालमा हुने उपस्थितिलाई कसरी मूल्यांकन गर्ने ? उनी पत्रकार हुन् कि आम व्यक्ति, कि दुवै ? एउटा कुरा त स्वीकार्नैपर्छ, अहिले सामाजिक सञ्जाल मार्फत सतहमा देखिएको वाक्युद्धमा यस्तै दोहोरो परिचयका आधारमा उन्मुक्ति खोज्नेहरूकै उपस्थिति बढी छ।

पत्रकारले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल (फेसबुक, एक्स) जस्ता एकाउन्ट प्रयोग गर्दा पत्रकारिताको मर्यादा कायम राख्नुपर्छ कि पर्दैन ? पत्रकारले सेयर गर्ने स्टाटस वा विचारले उसको मिडियाको तटस्थतामा प्रश्न उठ्छ कि उठ्दैन ? केही यस्ता प्रश्न छन् जसको उत्तरको उपस्थितिमा मात्र व्यावसायिक र नागरिक पत्रकार बीचको भेदबारे कुनै स्पष्ट धारणा बनाउन सकिन्छ र अहिलेको वास्तविक दोषी को हो भन्ने किटान गर्न सकिन्छ।

संवाद अझै जारी छ, विश्वासको मत लिएर अघि बढ्छु : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सत्ता गठबन्धनका विषयमा विभिन्न चरणमा छलफल भइरहेको बताएका छन्। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) का चार मन्त्रीलाई हटाएपछि एमालेले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परिसकेका छन्।

एकातर्फ अल्पमतको सरकार, अर्कोतर्फ बजेट असफल भएपछि मुख्यमन्त्री शाह अहिले नैतिक संकटमा परेका छन्। बिहीबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि उनलाई राजीनामा दिन सुझाव दिइसकेको छ।

अब मुख्यमन्त्री शाहले के गर्छन् त? आफूले संवैधानिक रूपमा पाएको अवधिभित्रै विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतहरू बताउँछन्।

अन्य दलहरूसँग पनि छलफल जारी रहेकाले अहिले मुख्यमन्त्री राजीनामा दिने पक्षमा नरहेको मुख्यमन्त्री निकट स्रोतले बतायो ।
सुदूरपश्चिममा कांग्रेस दोस्रो ठूलो दल हो। १८ जना सांसद रहेको कांग्रेसले ११ जना सांसद रहेको एमालेसँग सहकार्य गरेर सरकार चलाइरहेको थियो। अहिले सुदूरपश्चिममा एमालेले समर्थन फिर्ता लिएपछि २२ सांसद रहेको सबैभन्दा ठूलो दल नेकपाले पनि सरकारको नेतृत्वबारे छलफल गर्ने निर्णय गरिसकेको छ।

अब सुदूरपश्चिममा कांग्रेस–नेकपा वा एमाले–नेकपाको गठबन्धन हुने सम्भावना अधिक छ। तर, सत्ता गठबन्धन पूर्ण रूपमा नटुटेको अवस्थामा यही गठबन्धनलाई निरन्तरता दिन पनि दुवै दलका केही नेताहरू लागिरहेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्किएपछि यस विषयमा टुंगो लाग्ने बताइएको छ।

‘एमालेले समर्थन फिर्ता लिएपछि पनि मलाई एक महिनाको अवधि संविधानले दिएको छ। म त्योअनुसार संवाद र छलफलमा छु, ’ मुख्यमन्त्री शाहले भने, ‘केन्द्रमा पनि विभिन्न विषयमा छलफल भइरहेको छ। ती सबै कुराको टुंगो चाँडै लाग्नेछ। मलाई विश्वास छ, मैले सबैको विश्वास पाउने छु। ’

असार १ गते सरकारले ल्याएको बजेट हिजोसम्म पारित हुन नसकेपछि प्रदेशमा अहिले बजेट शून्यता सुरु भएको छ। कर उठाउन समस्या नभए पनि सरकारलाई खर्च गर्ने बाटो बन्द भएको छ। यो अवस्था धेरै लम्बिन नदिन पनि मुख्यमन्त्री शाहले सबैसँग छलफल गरिरहेको बताएका छन्।

नेपालमा कम्युनिष्ट पार्टीहरूको घटदो साख

टीका पौडेल ।

नेपालको राजनीतिक यात्रामा कम्युनिस्ट आन्दोलनको इतिहास पनि निकै लामो, जटिल र उतारचढावपूर्ण रहेको छ। विसं २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि सामाजिक न्याय, आर्थिक समानता, वर्गीय विभेदको अन्त्य र श्रमिक तथा किसानको अधिकारका पक्षमा विभिन्न आन्दोलनहरू सञ्चालन भए। विभिन्न कालखण्डमा कम्युनिस्ट आन्दोलनले जनताको उल्लेखनीय समर्थन पनि प्राप्त गर्‍यो। विशेष गरी २०४६ सालपछि बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै कम्युनिस्ट शक्तिहरू संसदीय राजनीतिमा प्रभावशाली रूपमा स्थापित भए भने सशस्त्र द्वन्द्वपछि माओवादी शक्ति पनि मूलधारको राजनीतिमा प्रवेश गरेपछि नेपालको राजनीतिमा कम्युनिस्टहरूको प्रभाव अझ व्यापक बन्यो। केही समयसम्म त नेपालको राजनीतिक शक्ति सन्तुलनमा कम्युनिस्ट दलहरू सबैभन्दा प्रभावशाली शक्तिका रूपमा देखिए।

तर कुनै पनि राजनीतिक शक्तिको सफलता केवल चुनावी परिणामबाट मात्र मापन हुँदैन। त्यसलाई दीर्घकालसम्म टिकाइराख्न वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, नेतृत्वको विश्वसनीयता र जनताप्रतिको उत्तरदायित्व आवश्यक हुन्छ। नेपालका कम्युनिस्ट दलहरूको सबैभन्दा ठूलो चुनौती यही पक्षमा देखिँदै आएको छ। एउटै विचारधाराबाट प्रेरित भनिएका दलहरू पटक–पटक विभाजित भए, पुनः एकीकृत भए र फेरि विभाजनतर्फ गए। यस्तो क्रमले केवल संगठनलाई मात्र कमजोर बनाएन, आम जनतामा पनि राजनीतिक अस्थिरताको भावना बढायो। एउटै उद्देश्यका लागि स्थापना भएका दलहरू नेतृत्व, शक्ति सन्तुलन र व्यक्तिगत मतभेदका कारण पटक–पटक टुक्रिँदा वैचारिकभन्दा पनि व्यक्तिकेन्द्रित राजनीति हावी भएको आलोचना हुँदै आएको छ।

नेपालका अधिकांश कम्युनिस्ट दलहरूको अर्को चुनौती नेतृत्व परिवर्तनको प्रक्रियासँग पनि जोडिएको देखिन्छ। लामो समयसम्म एउटै नेतृत्वमा पार्टी सञ्चालन हुँदा नयाँ पुस्तालाई अवसर सीमित हुने, आन्तरिक बहस कमजोर बन्ने र निर्णय प्रक्रिया केही व्यक्तिमा केन्द्रित हुने अवस्था सिर्जना हुन सक्छ। धेरै विश्लेषकहरूले यही कारणले कम्युनिस्ट दलहरूमा पुस्तान्तरण अपेक्षाकृत सुस्त भएको र त्यसले युवापुस्तामा आकर्षण घटाएको तर्क पनि प्रस्तुत गरेका छन्। यद्यपि यसबारे फरक–फरक दृष्टिकोण पनि छन्, किनकि केही कम्युनिस्ट दलहरूले पछिल्ला वर्षहरूमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने प्रयास गरेका उदाहरणहरू पनि देखिन्छन्।

विश्व राजनीतिको परिवर्तनले पनि नेपालका कम्युनिस्ट दलहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित गरेको छ। शीतयुद्धको अन्त्य, सोभियत संघको विघटन, पूर्वी युरोपका समाजवादी शासनहरूको परिवर्तन तथा चीन र भियतनामजस्ता देशहरूले अपनाएको बजारमुखी आर्थिक नीतिले परम्परागत कम्युनिस्ट विचारधाराको व्यावहारिक प्रयोगबारे नयाँ बहस सिर्जना गर्‍यो। आज विश्वका धेरै कम्युनिस्ट वा वामपन्थी दलहरूले पनि पूर्ण रूपमा पुरानो आर्थिक मोडेललाई अवलम्बन नगरी लोकतान्त्रिक अभ्यास, खुला बजार र सामाजिक सुरक्षाबीच सन्तुलन खोज्ने प्रयास गरिरहेका छन्। नेपालका कम्युनिस्ट दलहरू पनि यही अन्तर्राष्ट्रिय परिवेशबाट अलग छैनन्।

अर्को महत्वपूर्ण पक्ष नेतृत्वको जीवनशैली र जनअपेक्षाबीचको दूरी हो। कम्युनिस्ट विचारधाराले समानता, सादगी र श्रमिक वर्गको पक्षधरतालाई महत्व दिन्छ। तर समयसँगै केही नेताहरूको जीवनशैली, आर्थिक अवस्था वा राजनीतिक व्यवहारबारे सार्वजनिक रूपमा प्रश्न उठ्दै आएका छन्। आलोचकहरूले यसलाई सिद्धान्त र व्यवहारबीचको अन्तरका रूपमा व्याख्या गर्ने गरेका छन्। अर्कोतर्फ समर्थकहरूले भने लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी दलका नेताहरूलाई व्यक्तिगत आर्थिक सफलताका आधारमा मात्र मूल्याङ्कन गर्नु उचित नहुने तर्क पनि गर्छन्। यद्यपि सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूप्रति जनताको अपेक्षा स्वाभाविक रूपमा उच्च हुने भएकाले पारदर्शिता, जवाफदेहिता र नैतिक आचरणप्रति उनीहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता भने सबै दलका लागि समान रूपमा लागू हुन्छ।

पछिल्ला केही निर्वाचनहरूको परिणाम हेर्दा पनि नेपाली मतदाता पहिलेको तुलनामा बढी परिवर्तनमुखी भएको देखिन्छ। कुनै समय बलियो जनाधार भएका दलहरूले पनि अपेक्षित परिणाम हासिल गर्न नसकेको अवस्था देखिएको छ भने नयाँ दलहरूले उल्लेखनीय सफलता पाएका उदाहरणहरू पनि छन्। यसले नेपाली मतदाता स्थायी रूपमा कुनै एक दलको पक्षमा मात्र नउभिई समय, परिस्थिति, नेतृत्व, नीति र कार्यसम्पादनका आधारमा आफ्नो निर्णय परिवर्तन गर्न तयार रहेको संकेत गर्छ। लोकतन्त्रमा यही मतदाताको स्वतन्त्र निर्णय नै सबैभन्दा ठूलो शक्ति हो।

यसका साथै आजको युवा पुस्ताको राजनीतिक सोच पनि विगतको भन्दा फरक हुँदै गएको छ। उनीहरू वैचारिक नाराभन्दा पनि रोजगारी, सुशासन, गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, डिजिटल सेवा, भ्रष्टाचार नियन्त्रण र अवसरको समान पहुँचलाई बढी महत्व दिन थालेका छन्। उनीहरूले राजनीतिक दललाई उसको ऐतिहासिक योगदानका आधारमा मात्र होइन, वर्तमान कार्यसम्पादन र भविष्यको स्पष्ट योजनाका आधारमा पनि मूल्याङ्कन गर्ने प्रवृत्ति देखाएका छन्। त्यसैले चाहे कम्युनिस्ट दल हुन्, लोकतान्त्रिक दल हुन् वा नयाँ राजनीतिक शक्ति, सबैले आफ्नो राजनीतिक एजेन्डालाई बदलिँदो सामाजिक र आर्थिक यथार्थसँग मेल खाने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिन्छ।

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको योगदानलाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन। सामाजिक न्याय, श्रमिक अधिकार, भूमिसुधार, समावेशिता, संघीयता तथा विभिन्न राजनीतिक आन्दोलनमा वामपन्थी शक्तिहरूको भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहिआएको छ। तर इतिहासको योगदान मात्र भविष्यको सफलताको ग्यारेन्टी बन्न सक्दैन। लोकतन्त्रमा प्रत्येक चुनाव नयाँ परीक्षा हो, प्रत्येक पुस्ताको आफ्नै अपेक्षा हुन्छ र प्रत्येक राजनीतिक दलले आफ्नो सान्दर्भिकता निरन्तर प्रमाणित गर्नुपर्छ। यही कारणले नेपालको कम्युनिस्ट आन्दोलन पनि आगामी दिनमा आत्मसमीक्षा, संगठनात्मक सुधार, नेतृत्वको नवीकरण र बदलिँदो जनअपेक्षाअनुसार नीति परिमार्जन गर्न सफल भयो भने पुनः सशक्त बन्न सक्छ, अन्यथा प्रतिस्पर्धी लोकतान्त्रिक राजनीतिमा उसको प्रभाव क्रमशः कमजोर हुन सक्ने सम्भावनाबारे राजनीतिक विश्लेषकहरूबीच बहस जारी रहनेछ।

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरः चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी भेटिए। त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ।

लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए। सबैको लक्षणका आधारमा उपचार गरिएको थियो। लामो समयपछि यस्ता बिरामी देखिनुले जिल्लामा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको स्वास्थ्यकर्मीको निष्कर्ष छ। यद्यपि, यस वर्ष हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छैनन्।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार विगत चार वर्षदेखि जिल्लामा जापनिज इन्सेफ्लाइटिसका पुष्टि भएका बिरामी भेटिएका थिएनन्। गत वर्ष सात जनामा रोगसँग मिल्दोजुल्दो लक्षण देखिएपछि जोखिमलाई मध्यनजर गर्दै रोगको निगरानी र समुदायस्तरको सचेतना अभियानलाई प्रभावकारी बनाइएको उनले बताए।

उनका अनुसार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको छ। रोगका लक्षण, सङ्क्रमणबाट बच्ने उपाय तथा समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा सर्वसाधारणलाई जानकारी गराउने कार्य अघि बढाइएको छ।

जापनिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कमा असर गर्ने गम्भीर भाइरल रोग हो। यो लामखुट्टे विशेषगरी धानखेत, पानी जम्ने स्थान, फोहरले भरिएका नाली, दलदले क्षेत्र तथा सुँगुर र हाँसपालन हुने स्थानको आसपास बढी पाइन्छ। सङ्क्रमित सुँगुर वा जलचर चराको रगत चुसिसकेको लामखुट्टेले मानिसलाई टोकेपछि भाइरस सर्छ। “यो रोग मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन”, निरीक्षक भट्टले भने।

भट्टका अनुसार अधिकांश सङ्क्रमितमा कुनै विशेष लक्षण नदेखिन पनि सक्छ। सङ्क्रमण गम्भीर बनेमा उच्च ज्वरो आउने, असह्य टाउको दुख्ने, बान्ता हुने, घाँटी कडा हुने, शरीरमा झट्का लाग्ने, बेहोस हुने, मानसिक अवस्था परिवर्तन हुने तथा मस्तिष्कमा सुन्निने समस्या देखिन सक्छ। विशेषगरी बालबालिका र वृद्धवृद्धामा यसको असर बढी गम्भीर हुने र समयमै उपचार नपाए स्थायी अपाङ्गता वा मृत्युको जोखिमसमेत रहने उनले बताए।

यस रोगको भाइरस नष्ट गर्ने विशेष औषधि हालसम्म उपलब्ध नभएकाले बिरामीको अवस्थाअनुसार ज्वरो नियन्त्रण, सास फेर्न सहयोग गर्ने तथा अन्य सहायक उपचार गरिने उनले बताए। स्नायु प्रणालीसँग सम्बन्धित कुनै पनि असामान्य लक्षण देखिए ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन उनले आग्रह गरे।

स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार कञ्चनपुरको कृषि प्रणाली र भौगोलिक अवस्था जापनिज इन्सेफ्लाइटिस सार्ने क्युलेक्स जातका लामखुट्टेका लागि अनुकूल छ। धानखेती, वर्षायाममा पानी जम्ने क्षेत्र तथा सुँगुर र हाँसपालन हुने स्थानका कारण मनसुनमा लामखुट्टेको सङ्ख्या बढ्ने र सङ्क्रमणको जोखिम पनि उच्च रहने उनले बताए।

स्वास्थ्यकर्मी धामीका अनुसार रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु सबैभन्दा प्रभावकारी उपाय भएको बताउँदै झुल प्रयोग गर्ने, बिहान र साँझ पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । यस्तै, लामखुट्टे भगाउने औषधि प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने, पशुचौपाया राख्ने स्थान सफा राख्ने तथा सरकारले सञ्चालन गर्ने जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप कार्यक्रममा सहभागी हुन आग्रह गरे।

सन् १९७१ मा जापानमा पहिलो पटक पहिचान गरिएकाले यस रोगको नाम जापनिज इन्सेफ्लाइटिस राखिएको हो। नेपालमा भने पहिलोपटक सन् १९७८ मा रूपन्देहीमा भारतबाट आएका एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो। हाल नेपालका २४ जिल्ला यस रोगबाट प्रभावित जिल्लाका रूपमा सूचीकृत छन् भने करिब ४० जिल्लामा विभिन्न समयमा छिटपुट सङ्क्रमणका घटना सार्वजनिक भएका छन्।

जलवायु परिवर्तन, मनसुन र लामखुट्टेको बढ्दो प्रजननका कारण कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको उल्लेख गर्दै औलो निरीक्षक भट्टले ज्वरोसँगै टाउको दुख्ने, बेहोस हुने वा स्नायु प्रणालीसँग सम्बन्धित असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गर्नुभएको छ।

अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार

बेइजिङ । अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको तथा करोडौँ अमेरिकी मतदाताको विवरण प्राप्त गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोप  चीनले अस्वीकार गरेको छ ।

वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले बिहीबार सीएनएनलाई दिएको प्रतिक्रियामा चीनले सधैँ अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त पालना गर्दै आएको बताएका छन् ।

‘अमेरिकी निर्वाचन अमेरिकाको आन्तरिक विषय हो। यसको परिणाम अमेरिकी जनताको मतबाट निर्धारण हुन्छ । चीनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कहिल्यै हस्तक्षेप गरेको छैन र भविष्यमा पनि गर्ने छैन’ प्रवक्ताले भने ।

यसअघि पनि अमेरिका, अस्ट्रेलिया, क्यानडा र बेलायतलगायत पश्चिमी मुलुकहरूले लगाएका निर्वाचन हस्तक्षेप तथा राजनीतिक प्रभाव पार्ने आरोपहरू चीनले पटक–पटक अस्वीकार गर्दै आएको छ । यस विषयमा थप प्रतिक्रिया लिन सीएनएनले चीनको परराष्ट्र मन्त्रालयसँग पनि सम्पर्क गरेको जनाएको छ ।

आज अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ ।

महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ ।

महाशाखाका अनुसार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिममा नेकपाले मुख्यमन्त्री शाहको राजीनामा माग्ने

धनगढी: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा माग्ने  भएको छ।
अहिले संसदीय दलको कार्यालयमा नेकपा संसदीय दलको बैठक जारी छ। बैठकमा मुख्यमन्त्री शाहको राजीनामा माग्ने विषयमा सांसदहरू सहमत भएका छन्।

`सरकारले बहुमत गुमाइसकेको छ। अब  मुख्यमन्त्रीको राजीनामा माग्ने कुरा भएको छ,´बैठकमा सहभागी एक सांसदले भने। तर, औपचारिक निर्णय हुन भने बाँकी रहेको उनले बताए।
त्यस्तै, सरकार कामचलाउ भइसकेकाले ठूला निर्णय नगर्न आग्रह गर्ने तथा नेकपाले मुख्यमन्त्रीमा दाबी गर्दै अन्य दलसँग पनि छलफल गर्ने निर्णय हुने बताइएको छ।

बैठकमा पार्टी इन्चार्ज भानुभक्त जोशी, सह-इञ्चार्ज दीर्घबहादुर  सोडारी र पार्टी अध्यक्ष हरि चौधरी पनि सहभागी छन्।
केन्द्रमा काँग्रेस–एमालेबीच संघीय गठबन्धनबारे अन्तिम निष्कर्ष ननिस्किएसम्म प्रदेशमा नेकपाले दुवै दलसँग आन्तरिक छलफल गरिरहेको छ।

सुदूरपश्चिममा सबैभन्दा ठूलो दल भएकाले सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने नेकपाको अडान छ।
यहाँ नेकपाका २२ सांसद (निलम्बित सदस्य र सभामुखसहित) छन्। सबैभन्दा ठूलो दल भएको दाबी गर्दै नेकपाले अहिले काँग्रेससँग बजेट मात्र पारित गरेर अघि बढ्न नसकिने बताइसकेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। काँग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाशबहादुर देउवा अमेरिका छन्। एमालेका चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन

फिर्ता लिएको थियो, त्यसपछि मुख्यमन्त्री अल्पमतमा परेका छन्।

अहिले बजेट पारित हुने सम्भावना टर्दै गएपछि मुख्यमन्त्रीले अध्यादेशको सहारा लिने चर्चा छ।
यही बेला बसेको नेकपा संसदीय दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सुदूरपश्चिममा ८७ प्रतिशत धान रोपाइँ सम्पन्न, कैलालीमा शतप्रतिशत

धनगढी : देशभर सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ। कृषि विभागका अनुसार हालसम्म सुदूरपश्चिममा ८७ प्रतिशत धान रोपाइँ सकिएको छ, जुन अन्य सबै प्रदेशभन्दा उच्च हो।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार कैलाली जिल्लामा असार २५ गते नै शतप्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ। उनका अनुसार अनुकूल वर्षा र समयमै खेतमा पानी उपलब्ध भएकाले यस वर्ष रोपाइँ समयमै सकिएको हो।

कृषि निर्देशनालयका अनुसार सुदूरपश्चिमका तराई जिल्ला कैलाली र कञ्चनपुरका अधिकांश क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ। पहाडी जिल्लाका केही उच्च भेगमा भने रोपाइँका काम अन्तिम चरणमा रहेका छन्।

देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको भए पनि सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि रहेको कृषि विभागले जनाएको छ। विभागका अनुसार प्रदेशमा समयमै वर्षा भएकाले रोपाइँले गति लिएको हो।

सम्बन्धित निकायका अनुसार मौसम अनुकूल रहे र बाढी–पहिरोजस्ता प्राकृतिक विपद् नआए बाँकी रहेका क्षेत्रमा पनि चाँडै रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमा यस वर्ष प्रि-मनसुनमा परेको पानीका कारण छिटो रोपाई भएको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी बिष्टले बताएका छन्।

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अनुसन्धानपछि प्रहरीले शिशुको श्वास अवरुद्ध गरी हत्या गरेको अभियोग लगाएपछि अदालतले धरौटी अस्वीकार गर्दै थुनामा पठाउने आदेश दिएको हो।

प्रहरीका अनुसार २३ वर्षीया एन्ड्रिया शाले आफ्ना जुम्ल्याहा शिशुको मृत्यु फ्लू, हेपाटाइटिस–ए र टिटानससहितका नियमित बाल खोप लगाएको आठ दिनपछि भएको दाबी गर्दै आएकी थिइन्। उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुन्। उक्त संस्थाको स्थापना तथा नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले मन्त्री नियुक्त हुनुअघि गरेका थिए।

इडाहोको पेएट प्रहरी विभागले लामो अनुसन्धानपछि शिशुको मृत्यु प्राकृतिक नभई श्वास अवरुद्ध गराएर हत्या गरिएको निष्कर्ष निकाल्दै शालाई पक्राउ गरी अभियोग दर्ता गरेको जनाएको छ।

मङ्गलबार भएको अदालतको सुनुवाइमा शाकी कानून व्यवसायी जोसेफ फिलिसेट्टीले उनलाई ‘मायालु र जिम्मेवार आमा’ भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको विवरण वास्तविकताभन्दा फरक रहेको बताए।

मृत्युदण्डसम्म हुन सक्ने अभियोग सामना गरिरहेकी शाले २० लाख अमेरिकी डलरको धरौटी रकम घटाइदिन आग्रह गरेकी थिइन्। पक्राउ पर्नुभन्दा केही दिनअघि जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउने आधारमा उनले यस्तो अनुरोध गरेकी थिइन्। तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरता उल्लेख गर्दै धरौटी सुविधा अस्वीकार गरी उनलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको इडाहो स्टेट्सम्यानले जनाएको छ।

सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुको मृत्यु भएपछि शाले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको र मृत्युको कारण खोप भएको दाबी सार्वजनिक रूपमा गरेकी थिइन्।

यद्यपि स्वास्थ्य विज्ञहरूले नियमित बाल खोपले श्वासप्रश्वास अवरुद्ध हुने वा त्यस्तो जोखिम बढाउने कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन्। साथै, आनुवंशिक रूपमा समान नभएका जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाका कारण मृत्यु भएको दाबी पनि अस्वाभाविक रहेको उनीहरूको भनाइ छ।

खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आएका अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले यस घटनाबारे हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। त्यस्तै, ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ले पनि एएफपीको प्रतिक्रिया मागको जवाफ दिएको छैन।

मध्य र पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार बुधबार वर्षा केही कम भए पनि बिहीबारदेखि मध्य र पश्चिम क्षेत्रमा वर्षा बढ्ने सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ उत्तर सरेकाले वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको हो ।

विभागका अनुसार पछिल्लो १२ घण्टामा बझाङमा सबैभन्दा बढी ५४।८ मिलिमिटर वर्षा मापन भएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा केही तराई क्षेत्रमा वर्षाको सम्भावना रहे पनि मधेस प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान छ ।

भारी वर्षा हुन सक्ने क्षेत्रमा नदी–खोला, पहिरो जोखिमयुक्त र कमजोर भू–बनोट भएका स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चर्किरहेका बेला सम्भावित ग्राउन्ड अभियान अर्थात् स्थलमार्गबाट हुने सैन्य कारबाहीको संकेत दिएका छन् । यद्यपि उनले यसबारे कुनै स्पष्ट योजना वा कसले यस्तो अभियान सञ्चालन गर्ने भन्ने खुलाएका छैनन् ।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले आफू स्थलयुद्ध चाहँदैनन् भन्दै कहिलेकाहीँ ग्राउन्ड अभियान आवश्यक पर्न सक्ने बताए । अमेरिकाका लागि अरूले यस्तो अभियान सञ्चालन गर्न सक्ने बताए पनि ट्रम्पले शक्ति वा मुलुकको नाम भने लिएनन् ।

सैन्य विश्लेषकहरूका अनुसार यदि यस्तो अभियान सञ्चालन गरियो भने सम्भावित लक्ष्यहरूमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु वा फारसी खाडी किनारका दक्षिणी तटीय क्षेत्रहरू पर्न सक्छन् । तर अमेरिकी सेना वा कुनै सहयोगी राष्ट्रका फौजलाई इरानको तटमा सुरक्षित रूपमा अवतरण गराएर त्यहाँ लामो समय टिकाइराख्नु अत्यन्त जटिल र जोखिमपूर्ण हुने विश्लेषकहरूको भनाइ छ ।

पानी र जमिन दुबैमा सैन्य आक्रमण सफल बनाउन विशेष समुद्री र भौगोलिक अवस्था आवश्यक पर्छ । सम्भावित अवतरण क्षेत्र पहिचान भएपछि रक्षात्मक पक्षले त्यही स्थानमा आफ्नो सुरक्षा बल केन्द्रित गर्न सक्छ ।  अवतरण गर्ने समुद्री मार्गमा बारुदी सुरुङ बिछ्याउने वा अन्य अवरोध खडा गर्न सकिन्छ । त्यसपछि ड्रोन, घुमन्ते आक्रमणकारी हतियार, तोप, मोर्टार तथा हल्का हतियार प्रयोग गरी किनारमा उत्रिएका सैनिकलाई निशाना बनाउन सकिन्छ ।

विश्लेषकहरूका अनुसार तटमा पुगेका सैनिकलाई हतियार, औषधि, खाना र पानी जस्ता आवश्यक सामग्री निरन्तर उपलब्ध गराउने आपूर्ति प्रणाली पनि आक्रमणकारी पक्षका लागि ठुलो चुनौती बन्न सक्छ । किनकि आपूर्ति गर्ने जहाजहरू पनि उही प्रकारका आक्रमणको जोखिममा पर्छन् । अमेरिकी सेनाका क्याप्टेन ड्यानियल एस. होजेस्टिनले सैन्य जर्नल मिलिटरी रिभ्यु मा प्रकाशित लेखमा आधुनिक तटीय युद्धको सन्तुलन अहिले रक्षात्मक पक्षको पक्षमा बलियो रूपमा गएको उल्लेख गरेका छन् ।

यसैबिच, अमेरिकी रक्षा विभागका अनुसार २ हजारभन्दा बढी सैनिक रहेको ११औँ मरीन एक्स्पेडिसनरी युनिट हाल यूएसएस बक्सर एम्फिबियस रेडी समूहका जहाजहरूमार्फत पश्चिम एसिया क्षेत्रमा तैनाथ छ । यस्ता मरीन युनिटहरूलाई सामान्यतया उद्धार, उभयचर आक्रमण, तटीय छापा तथा अन्य विशेष सैन्य अभियानमा प्रयोग गरिन्छ ।

तीसँग स्थल, हवाई तथा विशेष अभियान सञ्चालन गर्न सक्षम सैनिक पनि रहने गर्छन् । यसका साथै अमेरिकी सेनाको ८२औँ एयरबोर्न डिभिजनको इमिडियट रेस्पोन्स फोर्सलाई पनि केही घण्टामै बन्दरगाह वा विमानस्थल नियन्त्रणमा लिनेजस्ता अभियानका लागि परिचालन गर्न सकिने जनाइएको छ ।

 

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुरः कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) सिद्धराज भट्टका अनुसार जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जना गरी २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।

उनका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल ७० जनामा सङ्क्रमण देखिएको छ। जसमा कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना सङ्क्रमित फेलापरेका छन्।

डेङ्गु ‘एडिस एजिप्टाई’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो लामखुट्टेले प्रायः सफा र जमेको पानीमा फुल पार्ने तथा दिउँसो बढी सक्रिय रहने भएकाले घर, विद्यालय, कार्यालय र सार्वजनिकस्थल वरपर पानी जम्न नदिन विशेष ध्यान दिन आवश्यक रहेको भट्टले बताए।

“डेङ्गुका चार प्रकारका विषाणु हुन्छन्”, भट्टले भने, “एकपटक लागेको प्रकारको डेङ्गु पुनः नलागे पनि अर्को प्रकारको सङ्क्रमण हुनसक्छ, दोस्रोपटक हुने सङ्क्रमण अझ जटिल र जोखिमपूर्ण हुने भएकाले थप सचेत रहन आवश्यक छ।”

डेङ्गुको सङ्क्रमणकाल सामान्यतया तीनदेखि १० दिनसम्म रहने गर्दछ। सङ्क्रमण भएपछि १०२ देखि १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, शरीरमा राता बिमिरा देखिने तथा गम्भीर अवस्थामा आन्तरिक वा बाह्य रक्तस्रावसमेत हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ।

शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले सङ्क्रमित व्यक्तिको समयमै परीक्षण र उपचार गर्न सके डेङ्गुबाट हुने मृत्युदर दुई प्रतिशतभन्दा कममा सीमित गर्न सकिने बताए।उनका अनुसार शिशु, गर्भवती, ज्येष्ठ नागरिक, मोटोपन भएका व्यक्ति, दीर्घरोगी तथा अत्यधिक रक्तस्राव भएका बिरामी डेङ्गुको उच्च जोखिममा पर्दछन्।

उनले ज्वरो कम गर्न सिटामोल प्रयोग गर्न सकिने तर आइबुप्रोफेन र एस्पिरिनजस्ता औषधि चिकित्सकको सल्लाहबिना कदापि प्रयोग नगर्न सुझाव दिए। एउटा एडिस लामखुट्टेको आयु करिब ३० दिन हुन्छ। यस अवधिमा एउटा पोथी लामखुट्टेले पाँच सय देखि एक हजारसम्म अण्डा पार्न सक्छ। सङ्क्रमित लामखुट्टेको अण्डाबाट जन्मिने नयाँ लामखुट्टेमा पनि डेङ्गुको विषाणु रहन सक्छ।

स्वास्थ्यकर्मी कृष्णराज जोशीका अनुसार डेङ्गु सार्ने लामखुट्टेका अण्डाहरू पानी नहुँदा पनि महिनौँसम्म जीवित रहन सक्छन्। त्यसैले पानी जम्न नदिनु नै यसको नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो। नेपालमा डेङ्गु पहिलोपटक २०६१ साल (सन् २००४) मा एक विदेशी नागरिकमा पुष्टि भएको थियो। त्यसयता यो सङ्क्रमण हरेक वर्ष विभिन्न जिल्लामा फैलिरहेको छ। हाल जलवायु परिवर्तन, तीव्र सहरीकरण, कमजोर रोग निगरानी प्रणाली, समयमै परीक्षणको अभाव, बसाइँसराइ र समुदायको न्यून सहभागितालाई डेङ्गु नियन्त्रणका प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।

कञ्चनपुरका नौवटै पालिकामा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको औलो निरीक्षक भट्टले जानकारी दिए। यस अभियानअन्तर्गत लार्भा नष्ट गर्नेसँगै सरसफाइ, जनचेतना अभिवृद्धि, समुदाय परिचालन तथा छलफल र गोष्ठी सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्यकर्मीले गमला, फूलदानी, ड्रम, टायर र बट्टाहरू नियमित सफा गर्न, खानेपानीका ट्याङ्की ढाकेर राख्न, झ्यालढोकामा जाली लगाउन र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्न सर्वसाधारणमा अपिल गरेका छन्।

पुर्नबास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

टीकापुर: टीकापुर उद्योग वाणिज्य संघले आगामी दशैं–तिहारको अवसर पारेर टीकापुर गोल्ड कप–२०८३ आयोजना गर्ने भएको छ। प्रतियोगितालाई सफल बनाउन कैलालीका विभिन्न स्थानीय तह, संघसंस्था तथा उद्योगी–व्यवसायीसँग सहकार्यको तयारी भइरहेको संघले जनाएको छ।

संघका अध्यक्ष सन्तोष खड्काले जारी गरेको अपिलमा गोल्ड कप खेलकुद प्रतियोगिता मात्र नभई टीकापुरको सकारात्मक पहिचान स्थापित गर्ने अभियानका रूपमा आयोजना गर्न लागिएको उल्लेख छ। विभिन्न घटनाक्रमका कारण बनेको नकारात्मक छवि परिवर्तन गर्दै टीकापुरको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्य प्रतियोगिताले बोकेको जनाइएको छ।

प्रतियोगिता सफल बनाउन राजनीतिक दल, सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, खेलप्रेमी तथा सम्पूर्ण स्थानीयवासीलाई सक्रिय साथ, सहयोग र सहभागिताका लागि संघले हार्दिक अपिल गरेको छ।

दशैं–तिहारको अवसरमा टीकापुर गोल्ड कप–२०८३ आयोजना गरिने

टीकापुर: टीकापुर उद्योग वाणिज्य संघले आगामी दशैं–तिहारको अवसर पारेर टीकापुर गोल्ड कप–२०८३ आयोजना गर्ने भएको छ। प्रतियोगितालाई सफल बनाउन कैलालीका विभिन्न स्थानीय तह, संघसंस्था तथा उद्योगी–व्यवसायीसँग सहकार्यको तयारी भइरहेको संघले जनाएको छ।

संघका अध्यक्ष सन्तोष खड्काले जारी गरेको अपिलमा गोल्ड कप खेलकुद प्रतियोगिता मात्र नभई टीकापुरको सकारात्मक पहिचान स्थापित गर्ने अभियानका रूपमा आयोजना गर्न लागिएको उल्लेख छ। विभिन्न घटनाक्रमका कारण बनेको नकारात्मक छवि परिवर्तन गर्दै टीकापुरको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्य प्रतियोगिताले बोकेको जनाइएको छ।

प्रतियोगिता सफल बनाउन राजनीतिक दल, सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, खेलप्रेमी तथा सम्पूर्ण स्थानीयवासीलाई सक्रिय साथ, सहयोग र सहभागिताका लागि संघले हार्दिक अपिल गरेको छ।

एम्बाप्पेको गोल्डेन बुटको सपना कायमै: अझै एउटा खेल बाँकी

स्पेनसँगको सेमिफाइनल हारले फ्रान्स र केलियन एम्बाप्पेको विश्वकप उचाल्ने सपना त चकनाचुर पार्‍यो, तर उनको अर्को एउटा ठूलो व्यक्तिगत सपना भने अझै जिवितै छ, त्यो हो दोस्रोपटक ‘गोल्डेन बुट’ जित्ने!

धेरैलाई लागेको थियो उनको जादु स्पेनसँगै सकियो, तर कहानी अझै बाँकी छ। फ्रान्सले शनिबार तेस्रो स्थानका लागि खेल्ने ‘प्ले-अफ’ म्याचमा गरिने गोलहरू पनि गोल्डेन बुटको दौडमा गणना हुन्छन्।

यसको अर्थ, उनीसँग अझै ९० मिनेटको समय बाँकी छ। उपाधि जित्न नसकेको झोक उनले शनिबारको खेलमा गोलको वर्षा गरेर फेर्न सक्छन्। यदि उनले आफ्नो जादुयी लय देखाउँदै विपक्षीको पोस्टमा पर्याप्त बल छिराउन सके भने, विश्वकपको ट्रफी नपाए पनि त्यो ‘सुनौलो जुत्ता’ भने उनकै पोल्टामा पर्न सक्छ।

विश्वकपको उपाधि गुमे पनि एम्बाप्पेको यो अन्तिम भिडन्त पक्कै पनि रोमाञ्चक हुनेछ। अब सबैको नजर शनिबारको खेलमा!

विश्वकप ६४ टोलीमा विस्तारित हुन सक्ने

एजेन्सी : फिफा अध्यक्ष जियानी इन्टफान्टिनोले ४८ टोलीलाई विश्वकपमा खेलाउने योजना सफल भएपछि अब, ६४ टोलीलाई खेलाउने योजना बुनेका छन् । विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोलीलाई खेलाएको उत्तर अमेरिकामा जारी प्रतियोगिता सफल भइसकेको इन्फान्टिनोले बताए ।
यसबारे उनले हालै एक अन्तर्वार्तामा बताए – हामी विश्वकपपछि यस ६४ टोलीको विश्वकपबारे छलफल गर्नेछौं । विश्वकप आयोजना गरिरहँदा यो विश्वकै लागि हुनुपर्दछ । केवल यूरोप र दक्षिण अमेरिकालाई सोचेर अगाडि बढ्न सक्दैनौं । हाम्रो एउटै इच्छा छ कि विश्वकपमा सहभागिता हुने सपना देखिरहेका टोलीहरू पनि खेल्न सकोस् ।

फिफा अध्यक्ष इन्फान्टिनोले ४८ टोलीको विश्वकप कसरी सम्भव होला भनेर प्रश्न गरेको थियो । उनले बताए कि अहिले विश्वकप सफल भइसकेको छ । उनले ससाना टोलीलाई मौका दिनु पर्ने बताए । उनले बताए—विश्वभरि नै फुटबलको क्रेज रहेको छ । यसका लागि हामीले ससाना टोलीलाई पनि मौका दिनुपर्छ । यदि, यसो नगरेमा ती ससाना टोलीले प्रगति गर्न सक्दैनन् ।

इन्फान्टिनोले यस विश्वकप २०२६ मा नयाँ प्रयोग गरे । जसमा ३२ टोलीबाट ४८ टोलीलाई सहभागि गराए । यस विश्वकपमा अफ्रिकाबाट १० र एसियाबाट ९ टोलीले खेले । ३२ टोली गर्दा कतिपय खेल्न सक्ने टोली छनोट हुन सकेको थिएन । तर, ४८ टोली गर्दा एसिया र अफ्रिकाबाट सहभागि टोलीहरूको संख्या ह्वात्तै बढे ।

जारी विश्वकपमा अफ्रिकाले धेरै प्रगति गरेको पनि इन्फान्टिनोले बताए । उनले भने–गत विश्वकपमा अफ्रिकाबाट ५ टोलीले सहभागिता जनायो । यसपटक १० टोलीले सहभागिता जनाउँदा ९ टोलीले नकआउट चरणमा स्थान बनायो । यसले के देखाउँछ भने टोलीहरूलाई अवसर दिँदा उनीहरूले त्यो अवसर समाउन कोशिस गर्नेछन् । जति धेरै टोली भयो आम्दानी पनि दोब्बर तेब्बर हुने र फुटबल संघहरूलाई लाभ मिल्नेछ ।
६४ टोलीको संख्यामा विश्वकप अर्को संस्करण २०३० मै हुन सक्ने अड्कल काटिएको छ । तर, इन्फान्टिनोले यसबारे कुनै निर्णयमा पुग्न नसकेको बताए । २०३० को विश्वकप पनि तीन राष्ट्रमा आयोजना हुँदैंछ । जुन संस्करण युरोपका स्पेन र पोर्चुगल तथा अफ्रिकाको मोरक्कोमा आयोजना हुँदैछ ।

यसका साथै विश्वकप आयोजना भएको १ सय वर्ष हुने भएको हुँदा प्रारम्भिक तीन खेलहरू अर्जेन्टिना, उरुग्वे र पारग्वेमा संचालन गरिनेछ । विश्वकपको पहिलो संस्करण उरुग्वेमा सन् १९३० मा भएको थियो । पहिलो संस्करणको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो ।

कसले के के भने ?
यूईएफए अध्यक्ष एलेक्सान्डर सेफेरिनले ६४ टोलीको प्रस्तावलाई खारेज गर्दै भने कि यो खराब योजना हो । त्यस्तै एएफसीका अध्यक्ष शेख सलमान बीन इब्राहिम अल खलिफाले टोली बढाउँदा अव्यवस्थित र अलमल हुने बताए । यसैगरी कनकाकाफका अध्यक्ष भिक्टोर मोन्टाग्लीयानीले टोली बढाएर सुन्दर फुटबल ध्वस्त हुने बताए ।

 

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदा र जग्गाको छानबिन गर्न समिति गठन

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदाको दुरुपयोग र जग्गाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

कार्यकारी परिषद्ले अध्ययन बिदा दुरुपयोग सम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्न प्रा. डा. राजेन्द्र प्रसाद भट्टको संयोजकत्वमा समिति गठन गरिएको छ ।

त्यसैगरी विश्वविद्यालय र आंगिक क्याम्पसहरूको नाममा रहेको/चलन भोगमा रहेको जग्गाको छानबिन गर्न प्राध्यापक यज्ञराज पाठकको संयोजकत्वमा समिति गठन गरिएको हो ।

विश्वविद्यालयका आंगिक क्याम्पसहरूले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिलाई पारदर्शी बनाएर व्यवस्थापन गर्न व्यवस्थापन संकायका डीन केशवराज भट्टको संयोजकत्वमा कार्यविधि निर्मण गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र केन्द्रीय विभाग, शिक्षाशास्त्र केन्द्रीय विभाग, सामान्य विज्ञान केन्द्रीय विभाग, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र कानून केन्द्रीय विभागका शैक्षिक एवम् प्रशासनिक भवनहरूको विद्युतीय बोलपत्र आह्वान पनि भएको छ ।

विश्वविद्यालयमा उपकुलपतिमा प्रा. डा. किशन दत्त भट्टले पदभार ग्रहण गरेपछि सुशासन, पारदर्शिता र संस्थागत सुधारलाई प्राथमिकता दिँदै निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार दुई सयले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला रु चार हजार ३६० कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोल रु चार हजार तीन सय ७५ प्रतितोला कायम भएको थियो ।

भौतिक विकासको पर्खाइमा डडेलधुराको पलगडी गाउँ

कञ्चनपुर: डडेलधुरा जिल्लाको परशुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ। कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन्।

नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन्। करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँमा अझै मोटर बाटो पुगेको छैन।

गाउँ पुग्ने एकमात्र माध्यम पैदल यात्रा हो। स्थानीयका अनुसार झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा उकालो–ओरालो, खोला र जङ्गल पार गर्नुपर्छ। वर्षायाममा यो बाटो अझ जोखिमपूर्ण बन्छ। पहिरो, हिलो र चिप्लोका कारण यात्रा निकै कठिन हुन्छ। बाढीले पनि स्थानीयको दैनिक जीवन थप कष्टकर बनाउने गरेको छ। यो उनीहरूको नियमित दैनिकी जस्तै बनेको छ।

गाउँमा कोही बिरामी परेका अवस्थामा झन् कठिन हुन्छ। एम्बुलेन्स त परको कुरा, स्ट्रेचरसमेत पुग्न सक्दैन। त्यसैले बिरामीलाई डोको वा पिठ्युँमा बोकेर करिब छ घण्टा पैदल हिँडेर कञ्चनपुरको झलारी वा अन्य स्वास्थ्य संस्थासम्म लैजानुपर्छ। स्थानीय हरिश कुँवर भन्छन्, “गाउँसम्म सडक छैन। बिरामीलाई पिठ्युँमा बोकेर हिँडाउनुपर्छ। बाटोमै ज्यान जाने डर हुन्छ। अर्को विकल्प पनि छैन।”

शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ। गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ। माध्यमिक शिक्षा पढ्न बालबालिकाले दैनिक चार घण्टासम्म पैदल हिँडेर आलितालको दोबाटा पुग्नुपर्छ। लामो यात्रा, वर्षायामको जोखिम र आर्थिक अभावका कारण धेरै विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन्।

गाउँमा आधारभूत स्वास्थ्य चौकी पनि छैन। सामान्य बिरामी हुँदा झारफुक वा घरेलु उपचारमै भरपर्नुपर्ने अवस्था छ। दैनिक उपभोगका सामग्री किन्न पनि पलगडीका बासिन्दा कञ्चनपुरको झलारी बजार जानुपर्छ। खाद्यान्न, लत्ताकपडा, औषधि र अन्य आवश्यक सामग्री पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय मोहनबहादुर ऐर बताउछन्।

उनी भन्छन्, “किनमेल गर्न झलारी पुग्नुपर्छ। सामान किनेर फेरि पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्छ। वर्षायाममा धारापानी खोलामा बाढी आउँछ। जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि घर पुग्न खोला तर्नैपर्छ।” उनका अनुसार धारापानी खोलामा पुल नहुँदा हरेक वर्ष स्थानीयले जोखिम मोल्नुपरेको छ । एउटै खोला तीन–चार ठाउँबाट तर्नुपर्ने अवस्था छ। तीन वर्षअघि गाउँकै एक जना स्थानीय खोला तर्ने क्रममा बगेर ज्यान गुमाएका थिए । त्यो घटना अझै गाउँलेको सम्झनामा ताजै छ। ऐर भन्छन्, “सडक र पुल बने हाम्रो जीवन धेरै सहज हुन्थ्यो। तर कहिले बन्ला भन्ने आशामै बसेका छौँ ।”

स्थानीय गीता कुँवरका अनुसार वर्षायाम सुरु भएपछि गाउँ बाहिर निस्कन पनि डर लाग्छ। उनी भन्छन्, “बाटोमा हिँड्दा कुनबेला पहिरो झर्छ, कुनबेला खोला बढ्छ भन्ने थाहा हुँदैन। सडक छैन, सुरक्षित बाटो छैन। हरेक यात्रा जोखिमपूर्ण हुन्छ।” कठिन भौगोलिक अवस्थाका बीच यहाँका अधिकांश परिवार बाख्रापालन र कृषिमा निर्भर छन्। केही युवा रोजगारीका लागि भारत तथा अन्य ठाउँमा मजदुरी गर्न जाने गरेका छन्। गाउँमा उत्पादन भएका खसीबोका बिक्री गरेर घरखर्च चलाउने परिवार पनि धेरै छन्। सडक नहुँदा स्थानीय उत्पादन बजारसम्म पु¥याउनसमेत समस्या हुने गरेको छ।

स्थानीय रतनबहादुर साउदका अनुसार गाउँमा बिजुली पुगेको छैन। त्यसैले सौर्य ऊर्जामा भर पर्नुपरेको छ। सञ्चार सेवा पनि कमजोर छ। मोबाइलको नेटवर्क कहिलेकाहीँ मात्र लाग्ने भएकाले आपतकालीन अवस्थामा सूचना आदानप्रदान गर्न कठिन हुन्छ। स्थानीयले पिठ्युँमा बोकेर विद्युत्का खम्बा गाउँसम्म पु¥याएका छन्। तर खम्बा गाड्ने र तार तान्ने काम अझै भएको छैन।

वर्षौंदेखि स्थानीयले सडक, पुल, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय र विद्युत् विस्तारको माग गर्दै आएका छन्। तर त्यसमा खासै प्रगति हुन सकेको छैन। साउद भन्छन्, “पलगडीको विकासका लागि सबैभन्दा पहिले सडक चाहिन्छ। सडक पुगेपछि स्वास्थ्य सेवा, शिक्षा, विद्युत्, कृषि र बजारसँगको पहुँच आफैँ विस्तार हुन्छ।” विकासको उज्यालोबाट टाढा रहेको पलगडी गाउँ आज पनि सडक, पुल, स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको पर्खाइमा छ।

सञ्चारमाध्यमलाई त्रसित पार्ने गतिविधिको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सोमबार विज्ञप्तिमार्फत महामन्त्री आचार्यले आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको उल्लेख गरेका छन्। उनले स्वतन्त्र र निर्भीक पत्रकारितामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए।

आचार्यले राज्यको चौथो अंगका रूपमा रहेको सञ्चार क्षेत्रको स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने अधिकार तथा प्रेस स्वतन्त्रताको संरक्षणमा रास्वपा सदैव प्रतिबद्ध रहेको बताए। कुनै पनि बहानामा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई कमजोर पार्ने प्रयास अस्वीकार्य रहेको उनको भनाइ छ।

महामन्त्री आचार्यले स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यका सबै गतिविधिको रास्वपाले भर्त्सना गर्ने उल्लेख गरेका छन्। घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भौतिक र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेका छन्।

उनले घटनामा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न आग्रह गर्दै सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता गर्न अपिल गरेका छन्।

सञ्चारकर्मी र सञ्चार गृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

नेप्से ३०.६० अंकले घट्यो

काठमाडौं– सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३०.६० अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार करिब १ अंकले घटेको नेप्सेमा सोमबार उच्च अंकको गिरावट भएको हो ।

अघिल्लो कारोबार दिनको तुलनामा सोमबार १.१७ प्रतिशतले घटेर समग्र नेप्से २५७०.१८ अंकमा ओर्लेर बन्द भएको हो । यसअघि ९ पुस २०८२ मा नेप्से २५८५.८७ अंकमा पुगेको थियो । सोमबार कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्यो भने २४९ कम्पनीको घट्यो । तर, सो दिन ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

उक्त दिन कुल ५१ हजार २९५ पटकको कारोबारमा ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत शुक्रबार सेयर बजारमा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट भएको हो ।

मिडिया हाउसको गेटमा बेवारिसे गाडी पार्किङ कसले गर्‍यो ?

काठमाडौं । काठमाडौंमा तीनवटा सञ्चारगृहको कार्यालय अगाडि निजी नम्बर प्लेटका गाडी बेवारिसे अवस्थामा पार्क गरिएको पाइएको छ । अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया ग्रुपका कार्यालयको मूल गेट अवरोध हुने गरी निजी गाडी पार्क गरेर छाडिएका छन् ।

अनलाइनखबरको बुद्धनगरस्थित कार्यालयको गेटमै एउटा कार पार्क गरिएको । गाडी गेटमै राखिएकाले अन्य सवारीसाधन कार्यालय परिसरमा प्रवेश गर्न सकेका छैनन्। कार चालकको समेत अहिलेसम्म पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको बताएका छन् । उनका अनुसार गाडीका चालक तथा धनीको पहिचान गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

कान्तिपुर मिडिया ग्रुप र हिमालय टेलिभिजनको कार्यालय अगाडि पनि बेवारिसे गाडी पार्क गरिएको छ ।

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाह, लामा बैठकहरूमा सकभर बस्न खोज्दैनन् । तर रास्वपा सभापति रवि लामिछानेसँग आइतबार उनको चार घन्टा लगातार छलफल चल्यो ।

पार्टी उच्च स्रोतले आइतबार साँझ दिएको जानकारी अनुसार, प्रधानमन्त्री बालेनले सुकुमवासी समस्या हल हुने दिशामै रहे पनि कर्मचारीहरूको एउटा पंक्ति, अनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको बताएका थिए । उनले समाधान गर्न बाँकी सुकुम्बासीबाट सुचीकरण लगायत काममा जतिसक्दो छिटो समन्वयमा सहयोग हुन्छ त्यति नै छिटो सरकारले प्रक्रिया अघि बढाउने भन्दै अलमलमा नपर्न आग्रह गरे ।

उनले रास्वपाभित्रै यस विषयलाई लिएर मतान्तर देखिन थालेकामा उल्टै सभापति लामिछानेको ध्यानाकर्षण गराएका थिए । तर सभापति लामिछानेले यो राजनीतिक भन्दा बढी मानवीय विषय भएकाले ढिलासुस्ती नहोस् भन्नेमात्र मनसाय रहेको बताए ।

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उद्योगी व्यवसायी तथा निर्माण व्यवसायीसँगका पछिल्ला दुई छलफलमा लगातार छुटाएका थिए, प्रधानमन्त्री बालेनले । निजी क्षेत्रजस्तो महत्त्वपूर्ण पक्षसँग सरकारको सय दिन पुगेलगत्तै बैठक राखेका बालेनले स्वर्णिमलाई छुटाउनु आफैंमा विषय बन्न पुगेको छ, रास्वपाभित्र ।

बजेट जारी गर्ने बेला करका दर हेरफेर लगायत विषयमा वाग्लेबाट त्रुटि भएको प्रधानमन्त्री टीमको बुझाइ छ । तर वाग्लेले भने प्राविधिक समस्याको स्वाभाविक र नियमसम्मत हल खोज्न छाडेर उल्टै प्रधानमन्त्री निकट केही व्यक्तिहरू आफूलाई नंग्याउन अघि सरेको आरोप लगाउँदै सभापति लामिछानेसँग गुनासो गरेका छन् ।

सभापति लामिछानेले यही सरोकार प्रधानमन्त्रीलाई राखेका हुन् । वाग्ले अनावश्यक कार्यक्रमहरुमा गएर समय बिताउने तथा सरोकार नभएका व्यक्तिहरुसँग भेट्न थालेको भन्दै प्रधानमन्त्री कार्यालयको टिम बिच्किएको सूचना प्राप्त छ । तर वाग्लेले भने यस्ता सूचना स्वयं प्रधानमन्त्री निकटले दिइरहेको गुनासो गरिरहेका छन् ।

बालेन र स्वर्णिमबीचको मतभेदबारे रास्वपाको उच्च पंक्ति केही दिनयता नै जानकार छ । आज पनि यसबारे खुलेर कुरा भएको पार्टी स्रोतले अनलाइनखबरसँग भन्यो ।

बालेनसँग विगतमा महानगरमा निकट भएर काम गरेका भूपदेवलाई नयाँ निर्वाचित कार्यसमितिमा महामन्त्रीमा मनोनीत गर्ने पूर्वयोजना थियो । बालेन निकट कुमार बेन लगायतले महाधिवेशनमा भूपदेवको भूमिकामाथि प्रश्न उठाएका छन् ।

भूपदेवले महाधिवेशनमा आफ्नो समूहको रुचीका पात्र नबोकेर विपिन आचार्यलाई महामन्त्रीमा सघाएको विषयले पार्टीपंक्ति पूरै तरंगित छ । भूपदेवले भने विपिन महामन्त्री नबनेको भए आफू समेत महामन्त्री बन्न नसकिने पक्का देखेर स्वाभाविक रुपमा विपिनलाई सघाएको, त्यसभन्दा अरू कुनै स्वार्थ नरहेको प्रष्टीकरण दिएका छन् । सभापति लामिछाने भूपदेवसँग सहमत देखिए पनि स्वयं बालेन टिम आश्वस्त बन्न सकेको छैन ।

बैठक स्रोत भन्छ, ‘यसबारेमा आज पनि कुरा भयो । सम्भवतः केही दिनमा परिणाम देखिन्छ होला । तर सभापतिजी जति खुला भएर छलफल गर्नुहुन्छ, अरूमा पनि त्यस्तै खुलापन आइदियो भने निर्णयमा पुग्न सजिलो हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’

प्रधानमन्त्री बालेनले भने आफूलाई पार्टीको आन्तरिक मामिलामा धेरै नतान्न आग्रह गरेको बुझिएको छ । मनोनीत गर्ने अनुहारहरूबारे छिट्टै निर्णयमा पुग्न दुई नेता समझदारी गरेका छन् ।

तर बालेन निकटहरु भने भूपदेवसँग अनावश्यक इगो राखेर उनलाई महामन्त्री त के, केन्द्रीय सदस्य समेत बनाउन नहुने मत राखिरहेका छन् ।

 

साहित्यकार पाण्डेयको उपन्यास ‘श्रीमती’माथि समीक्षा

मेरिल्याण्ड, जुलाई १२
अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासका वोर्ड अफ ट्रष्टिका उपाध्यक्ष , लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्धारा लिखित उपन्यास ‘श्रीमती’ माथि समीक्षा गरिएको छ ।

शनिवार आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरुले ‘श्रीमती’ उपन्यासले समेटेको विविध सामाजिक,आर्थिक, मनोवैज्ञानिक पाटोको विश्लेषण गरे ।

२१३ औ भानु जयन्तीको अवसरमा स्टार स्कलर्स नेटवर्क अमेरिकाले आयोजना गरेको कार्यक्रममा साहित्यकार, लेखक, विश्लेषक र समालोचकहरुले श्रीमती उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिका माथि वहस सृजना गरेको वताए ।

100%xकार्यक्रमलाई सम्वोधन गर्दे मेरिल्याण्ड राज्यका राज्य सांसद तथा कवि,साहित्यकार डा हयारी भण्डारीले श्रीमती उपन्यासले  समेटेको विषयमा चर्चा गर्नु भयो ।

उहाँले उपन्यासले नेपाल र प्रवासको वहुआयामिक पाटोको बारेमा समेटेको बताउनुभयो ।

उपन्यासमा समेटिएका विभिन्न पात्रहरुले नेपालको सूदूर पश्चिमको जनजीवनलाई राम्रो सँग व्याख्या गरिएको छ, भण्डारीले पुस्तकमाथि टिप्पणी गर्दै भन्नुभयो, साथैं, उपन्यासमा स्थानीय भाषा,संस्कृतिको विषयमा समेत उपन्यासकारले लिपीवद्ध गरेका छन् ।

भण्डारीले उपन्यासले प्रवासमा वसेर जीवन यापन गरिरहेकाहरुको जन्मभूमिमा भोगिने भोगाई र त्यस पछि प्रवासमा समेत भोगिने भोगाईलाई श्रीमती र श्रीमानको सहकार्य मार्फत कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने तथ्यलाई राम्रोसँग उजागर गरेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार मधुकर अधिकारीले श्रीमती उपन्यासले धर्मशास्त्र र समाजशास्त्रले व्याख्या गरेका विषय वस्तुहरुलाई उपन्यासकारले केलाउने प्रयास गर्नु भएको छ ।

अधिकारीले पछिल्लो समयमा लेखिएका प्रवासको साहित्यमा साहित्यकार पाण्डेयको उपन्यास श्रीमती उत्कृष्ठ नमूना बनेको बताउनुभयो।

उहाँले उपन्यासकारले उपन्यासको मुख्य पात्र वितुर र धिमही मार्फत समाजको संरचनागत कार्यात्मकतालाई प्रष्ट पार्ने काम गरेको बताउनुभयो ।

मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक कृष्ण विष्टले उपन्यासकार पाण्डेयले श्रीमती उपन्यास मार्फत समाजको संरचनामा श्रीमतीको भूमिका महत्वपूर्ण भएको प्रष्ट्याउनुभएको बताउदै उपन्यासले दक्षिण एशियाको साहित्य लेखनमा अग्रणी वन्न सक्ने विषय वस्तु समेटिएको दावी गर्नुभयो ।

कार्यक्रममा स्टार स्कलर्सका अध्यक्ष प्रा डा उत्तम गौली, डा. दीपक कोईराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले उपन्यासका विविध पाटोको बारेमा चर्चा गर्नु भएको थियो ।

पुस्तकका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयले किताव प्रकाशनको बारृेमा विस्तत विवरण दिनु भएको थियो ।

अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्द, अनेसास विओटीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, दमन विक्रम शाह लगायतका व्यक्तित्वहरुले पुस्तक माथि टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा दोश्रो पुस्ताका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ,स्वर्णिम त्रिपाठी,मलिना छन्त्याल र सहिसा छन्त्यालले पुस्तकको वारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा साहित्यकार,लेखक,कवि तथा साहित्यका अनुरागीको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम सफलताको लागि सहयोग गर्ने सबैलाई लेखक, प्रकाशन गृहलाई पाण्डेयले धन्यवाद दिनुभयो ।

साहित्यकार तीर्थराज पाण्डेयले लेख्नु भएको श्रीमती उपन्यास २२० पृष्ठको सामाजिक विषयमा लेखिएको उपन्यास हो । यसको मुख्य पात्र वितुर र धिमही नेपालको सूदूरपश्चिममा जन्मिएर हुर्किएर कोरिया,जापान हुँदै अमेरिका पुगेर वस्दा श्रीमान र श्रीमतिवीच पारस्परिक सम्वन्धले सफलता हासिल गरेको घटनाको व्याख्या गरिएको छ । उपन्यास विसं २०८३ मा प्रकाशित श्रीमति उपन्यास अमेरिकामा रहेको गैर नाफा मुलक संस्था स्टार स्कलर्सले प्रकाशन गरेको हो ।

अफ्रिकामा भानु जयन्तीमा कविता प्रतियोगिता, भट्टराई प्रथम

नैरोबी, केन्या ।

२१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा अमेरिकाकी जमुना भट्टराई प्रथम, सिन्धु पौडेल (नेपाल) द्वितीय, महेन्द्र भट्टराई (सेसेल्स) तृतीय भएका छन् ।

त्यस्तै कवि मधु घिमिरे (अमेरिका) र बिष्णुमाया कट्टेल (सिक्किम, भारत) ले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् । कार्यक्रममा उत्कृष्ट १० कविताहरू प्रतियोगी कविहरूले वाचन गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरका उपाध्यक्ष पासाङ गोपर्मा शेर्पाको अध्यक्षतामा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको प्रमुख आतिथ्य, विशेष अतिथि अनेसास केन्द्रीय सल्लाहकार हिक्मत थापा र महासचिव राजु सिटौला को उपस्थिति रहेको  थियो ।

कार्यक्रम अनेसास केन्द्रीय उपाध्यक्ष एवम् अनेसास अफ्रिकाका संस्थापक अध्यक्ष गणेश खड्काले संयोजन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले अनेसास अफ्रिका च्याप्टरले किलिमन्जारो प्रकाशन र सम्पन्न गरेका अन्य राम्रा कामहरूको प्रशंसा गरे ।

विशेष अतिथि अनेसास सल्लाहकार हिक्मत थापाले अफ्रिका महादेशीय च्याप्टरको उन्नति प्रगतिमा अनेसास अफ्रिकाका सम्पूर्ण सदस्यहरूको उत्तिकै योगदान रहेको र आगामी दिनहरूमा नेपाली भाषा साहित्यका लागि अझ बढी योगदान गर्ने अपेक्षा रहेको बताए ।

अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काले च्याप्टर स्थापना कालदेखि हालसम्म गरिएका कार्यहरु कदापि भुल्न नहुने बताए ।

कार्यक्रममा अनेसासका केन्द्रिय महासचिव राजु सिटौला, प्रमुख निर्णायक वरिष्ठ कवि सुबिद गुरागाई एवम् निर्णायक मण्डल सदस्य राज आशातित लगायत कवि तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

महासचिव रामचन्द्र राईले सहजीकरण गरेको कार्यक्रममा सचिव भरत रिजाल स्वागत मन्तव्य व्यक्त गरेक थिए ।

प्रहरीले घर पुर्‍याएपछि दुर्गा प्रसाईंले भने – यो सरकार नेपालीको होइन

काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ ।

प्रसाईंले झापाबाट काठमाडौं आएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए । तर, विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले आफ्नै सवारीसाधनमार्फत उनलाई भक्तपुरस्थित निवास पुर्‍याएर छाडेको जनाएको छ ।

घर पुगेलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।

उनले भने, ‘सर्वहारा वर्ग, घरबारविहीन, जो सडकमा पुगेका छन् । यति मात्र होइन, शरीरमा पेट्रोल छर्काएर आत्मदाह गर्न थाले । जब घर विग्रिन्छ, तब त्यो स्थिति आउँछ । देशको हालत यही भएको छ । देश भनेको हरेक परिवार मिलेर बनेको हो । आज त्यो परिवार कसैको पनि घरमा छैन । यो सुरुवात मात्रै हो ।’

प्रसाईंले पछिल्लो ३५ वर्षमा राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण तथा विभिन्न आर्थिक अनियमितता गरेको आरोपसमेत लगाए । ‘३५ वर्षसम्म दलहरूले एकलौटी शासन गरे, भ्रष्टाचार गरे, शोषण गरे । लघुवित्त पनि उनीहरूले नै चलाए, सहकारी पनि उनीहरूले नै चलाए, तस्करहरूसँग पार्टनरसिप पनि उनीहरूले नै गरे । यही कारण जनताले साथ दिएर यो नयाँ सरकार ल्याएका हुन्,’ उनले भने ।

उनले अहिलेको सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै सुकुम्बासी बस्ती हटाउने कार्यप्रति असन्तुष्टि व्यक्त गरे । ‘यो नयाँ सरकारले के गर्यो भने जसको भोट हो, उसैको घर भत्काइदियो । जसले भोट दियो, उसैका घर भत्काएर पानीमा डुब्छ भनेर उठाएर लगे, फेरि अन्तिममा पानीमै डुबाएर छोडे सुकुम्बासीहरूलाई,’ उनले भने ।

सवारी साधनमा लाग्ने जरिवानाको विषय उठाउँदै प्रसाईंले नेपालमा पूर्वाधार विकासभन्दा दण्डात्मक व्यवस्था बढी भएको टिप्पणी गरे । ‘विश्वका धेरै देशमा पहिले सडक बनाइन्छ, पूर्वाधार तयार गरिन्छ । त्यसपछि राम्रो सडक दिएका छौं, अब नियम उल्लंघन गर्न पाइँदैन भनेर जरिवाना गरिन्छ । तर, नेपालमा न पूर्वाधार छ, न बाटो राम्रो छ । अहिले चाहिँ आवश्यकताभन्दा बढी जरिवाना लगाइएको छ, जसलाई जोसुकैले पनि थेग्न सक्दैन,’ उनले भने ।

आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई सरकारले राहत तथा सहयोग उपलब्ध गराउने घोषणा गरेको प्रसंग उल्लेख गर्दै प्रसाईंले त्यसप्रति पनि प्रश्न उठाए । ‘सरकारले अहिले गणेश नेपालीको परिवारलाई जागिर दिन्छौं, क्षतिपूर्ति दिन्छौं, बच्चा पढाइदिन्छौं भनेर भन्छ । तर बच्चाहरू पढाउनका लागि सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ? नेपालीहरूले आत्मदाह गर्नुपर्ने हो त? घरबारविहीनहरूले अब त्यही गर्नुपर्ने हो त? ’ उनले प्रश्न गरे ।

उनले देशमा दैनिक २२ देखि २५ जना मानिस झुण्डिएर ज्यान गुमाइरहेको दाबी गर्दै सरकारले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए । ‘किन यसतर्फ सरकारको आँखा पुग्दैन? यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन । आज नेपालीले खोलाको डिलमा समेत बास पाएनन् । भोको पेट, पानीमा भिजेको छ । जाडोमा त्यो बच्चाको अवस्था कस्तो होला? कति हृदयविदारक कथा छ । यस्तो कथा अमेरिकाका निर्देशकहरूले भेट्टाए भने त्यसैमा फिल्म बनाएर ओस्कार पुरस्कार जित्न सक्थे,’ उनले भने ।

कीर्तिपुरको डुबानपछि खरिपाटी र बोडे सारिए बागमती किनारका सुकुमवासी

काठमाडौं। अविरल वर्षापछि कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर पूरै डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरूलाई सरकारले भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण गरेको छ।

कीर्तिपुरको सेन्टरमा बाढी पसेर बिजोग भएपछि शनिबार र आइतबार बिहान गरेर दुई दिनको अवधिमा ३१ घरपरिवारका ८९ जनालाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको हो भने केही परिवारलाई भक्तपुरकै बोडेमा व्यवस्थापन गरिएको छ।

बागमती किनारका बस्तीहरू डुबानमा पर्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको टोलीले गत वैशाख १२ गतेदेखि बल प्रयोग गरेर थापाथली लगायतका क्षेत्रबाट सुकुमवासीहरूलाई हटाएको थियो।

सुरुमा मात्र १५ दिनका लागि भन्दै होल्डिङ सेन्टरमा राखिएका उनीहरूलाई दुई महिना बित्दासमेत उचित व्यवस्थापन नगर्दा अहिले एकपछि अर्को गम्भीर संकट आइलागेको छ।

दुई दिनअघि मध्यरातमा अचानक होल्डिङ सेन्टरभित्र बाढी पसेपछि सुकुमवासीहरूका प्रायः सबै भौतिक सामग्री, घरायसी सामान, लत्ताकपडा र अत्यावश्यक वस्तुहरू भिजेर पूर्ण रूपमा नष्ट भएका छन्।

अचानक बाढी पसेका कारण धेरैले आफ्नो सामान सुरक्षित स्थानमा निकाल्ने मौका नै पाएनन्, जसले गर्दा उनीहरू अहिले एक सरो लुगाको भरमा मात्र बाँच्न बाध्य भएका छन्। होल्डिङ सेन्टर पूरै डुबानमा परिसकेपछि मात्र सुरक्षाकर्मीहरू उद्धारका लागि पुगेका थिए र उनीहरूले सुकुमवासीहरूलाई डुङ्गाको सहायताले सुरक्षित बाहिर निकालेका थिए।

सुरक्षा निकायका अनुसार होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनाको उद्धार गरी तत्कालका लागि त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको थियो। त्यस्तै अन्य ६ जना आफ्ना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका थिए भने बाँकी ९४ जनाले सुरुमा अन्यत्र जान मानेका थिएनन्।

अन्ततः सरकारले उद्धार गरिएका र समस्यामा परेका ती सुकुमवासीहरूलाई भक्तपुरका विभिन्न सेन्टरहरूमा स्थानान्तरण गरे पनि स्थायी विकल्प र उचित व्यवस्थापनको अभावमा उनीहरूको बिचल्ली कायमै रहेको छ।

दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर घरमै पुर्‍याइदियो प्रहरीले

काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएर उनलाई विमानस्थलबाट निवाससम्म लगिएको छ ।

झापाबाट काठमाडौं आएका प्रसाईंलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

प्रसाईंले पत्रकार सम्मेलन गर्न लागेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

काठमाडौंका एसपी पवन भट्टराईले विमानस्थलमा निषेधित क्षेत्रमा बोल्न खोजेकाले नियन्त्रणमा लिएर निवासमा पुर्‍याइएको बताए ।

“विमानस्थलभित्र जिल्ला सुरक्षा समितिले कुनै पनि किसिमको प्रदर्शन र भेला गर्न नपाइने निर्णय गरेको छ,” उनले भने,“त्यहीअनुसार त्यहाँ भेला गर्न नदिएको हुन सक्छ ।”

 

खोज्नुहोस