सञ्चारमाध्यमलाई त्रसित पार्ने गतिविधिको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सोमबार विज्ञप्तिमार्फत महामन्त्री आचार्यले आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको उल्लेख गरेका छन्। उनले स्वतन्त्र र निर्भीक पत्रकारितामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने बताए।

आचार्यले राज्यको चौथो अंगका रूपमा रहेको सञ्चार क्षेत्रको स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने अधिकार तथा प्रेस स्वतन्त्रताको संरक्षणमा रास्वपा सदैव प्रतिबद्ध रहेको बताए। कुनै पनि बहानामा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई कमजोर पार्ने प्रयास अस्वीकार्य रहेको उनको भनाइ छ।

महामन्त्री आचार्यले स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएकाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यका सबै गतिविधिको रास्वपाले भर्त्सना गर्ने उल्लेख गरेका छन्। घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भौतिक र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेका छन्।

उनले घटनामा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न आग्रह गर्दै सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिता गर्न अपिल गरेका छन्।

सञ्चारकर्मी र सञ्चार गृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

नेप्से ३०.६० अंकले घट्यो

काठमाडौं– सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३०.६० अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार करिब १ अंकले घटेको नेप्सेमा सोमबार उच्च अंकको गिरावट भएको हो ।

अघिल्लो कारोबार दिनको तुलनामा सोमबार १.१७ प्रतिशतले घटेर समग्र नेप्से २५७०.१८ अंकमा ओर्लेर बन्द भएको हो । यसअघि ९ पुस २०८२ मा नेप्से २५८५.८७ अंकमा पुगेको थियो । सोमबार कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्यो भने २४९ कम्पनीको घट्यो । तर, सो दिन ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

उक्त दिन कुल ५१ हजार २९५ पटकको कारोबारमा ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत शुक्रबार सेयर बजारमा ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा उच्च अंकको गिरावट भएको हो ।

मिडिया हाउसको गेटमा बेवारिसे गाडी पार्किङ कसले गर्‍यो ?

काठमाडौं । काठमाडौंमा तीनवटा सञ्चारगृहको कार्यालय अगाडि निजी नम्बर प्लेटका गाडी बेवारिसे अवस्थामा पार्क गरिएको पाइएको छ । अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया ग्रुपका कार्यालयको मूल गेट अवरोध हुने गरी निजी गाडी पार्क गरेर छाडिएका छन् ।

अनलाइनखबरको बुद्धनगरस्थित कार्यालयको गेटमै एउटा कार पार्क गरिएको । गाडी गेटमै राखिएकाले अन्य सवारीसाधन कार्यालय परिसरमा प्रवेश गर्न सकेका छैनन्। कार चालकको समेत अहिलेसम्म पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको बताएका छन् । उनका अनुसार गाडीका चालक तथा धनीको पहिचान गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

कान्तिपुर मिडिया ग्रुप र हिमालय टेलिभिजनको कार्यालय अगाडि पनि बेवारिसे गाडी पार्क गरिएको छ ।

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाह, लामा बैठकहरूमा सकभर बस्न खोज्दैनन् । तर रास्वपा सभापति रवि लामिछानेसँग आइतबार उनको चार घन्टा लगातार छलफल चल्यो ।

पार्टी उच्च स्रोतले आइतबार साँझ दिएको जानकारी अनुसार, प्रधानमन्त्री बालेनले सुकुमवासी समस्या हल हुने दिशामै रहे पनि कर्मचारीहरूको एउटा पंक्ति, अनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको बताएका थिए । उनले समाधान गर्न बाँकी सुकुम्बासीबाट सुचीकरण लगायत काममा जतिसक्दो छिटो समन्वयमा सहयोग हुन्छ त्यति नै छिटो सरकारले प्रक्रिया अघि बढाउने भन्दै अलमलमा नपर्न आग्रह गरे ।

उनले रास्वपाभित्रै यस विषयलाई लिएर मतान्तर देखिन थालेकामा उल्टै सभापति लामिछानेको ध्यानाकर्षण गराएका थिए । तर सभापति लामिछानेले यो राजनीतिक भन्दा बढी मानवीय विषय भएकाले ढिलासुस्ती नहोस् भन्नेमात्र मनसाय रहेको बताए ।

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उद्योगी व्यवसायी तथा निर्माण व्यवसायीसँगका पछिल्ला दुई छलफलमा लगातार छुटाएका थिए, प्रधानमन्त्री बालेनले । निजी क्षेत्रजस्तो महत्त्वपूर्ण पक्षसँग सरकारको सय दिन पुगेलगत्तै बैठक राखेका बालेनले स्वर्णिमलाई छुटाउनु आफैंमा विषय बन्न पुगेको छ, रास्वपाभित्र ।

बजेट जारी गर्ने बेला करका दर हेरफेर लगायत विषयमा वाग्लेबाट त्रुटि भएको प्रधानमन्त्री टीमको बुझाइ छ । तर वाग्लेले भने प्राविधिक समस्याको स्वाभाविक र नियमसम्मत हल खोज्न छाडेर उल्टै प्रधानमन्त्री निकट केही व्यक्तिहरू आफूलाई नंग्याउन अघि सरेको आरोप लगाउँदै सभापति लामिछानेसँग गुनासो गरेका छन् ।

सभापति लामिछानेले यही सरोकार प्रधानमन्त्रीलाई राखेका हुन् । वाग्ले अनावश्यक कार्यक्रमहरुमा गएर समय बिताउने तथा सरोकार नभएका व्यक्तिहरुसँग भेट्न थालेको भन्दै प्रधानमन्त्री कार्यालयको टिम बिच्किएको सूचना प्राप्त छ । तर वाग्लेले भने यस्ता सूचना स्वयं प्रधानमन्त्री निकटले दिइरहेको गुनासो गरिरहेका छन् ।

बालेन र स्वर्णिमबीचको मतभेदबारे रास्वपाको उच्च पंक्ति केही दिनयता नै जानकार छ । आज पनि यसबारे खुलेर कुरा भएको पार्टी स्रोतले अनलाइनखबरसँग भन्यो ।

बालेनसँग विगतमा महानगरमा निकट भएर काम गरेका भूपदेवलाई नयाँ निर्वाचित कार्यसमितिमा महामन्त्रीमा मनोनीत गर्ने पूर्वयोजना थियो । बालेन निकट कुमार बेन लगायतले महाधिवेशनमा भूपदेवको भूमिकामाथि प्रश्न उठाएका छन् ।

भूपदेवले महाधिवेशनमा आफ्नो समूहको रुचीका पात्र नबोकेर विपिन आचार्यलाई महामन्त्रीमा सघाएको विषयले पार्टीपंक्ति पूरै तरंगित छ । भूपदेवले भने विपिन महामन्त्री नबनेको भए आफू समेत महामन्त्री बन्न नसकिने पक्का देखेर स्वाभाविक रुपमा विपिनलाई सघाएको, त्यसभन्दा अरू कुनै स्वार्थ नरहेको प्रष्टीकरण दिएका छन् । सभापति लामिछाने भूपदेवसँग सहमत देखिए पनि स्वयं बालेन टिम आश्वस्त बन्न सकेको छैन ।

बैठक स्रोत भन्छ, ‘यसबारेमा आज पनि कुरा भयो । सम्भवतः केही दिनमा परिणाम देखिन्छ होला । तर सभापतिजी जति खुला भएर छलफल गर्नुहुन्छ, अरूमा पनि त्यस्तै खुलापन आइदियो भने निर्णयमा पुग्न सजिलो हुन्छ भन्ने हाम्रो बुझाइ छ ।’

प्रधानमन्त्री बालेनले भने आफूलाई पार्टीको आन्तरिक मामिलामा धेरै नतान्न आग्रह गरेको बुझिएको छ । मनोनीत गर्ने अनुहारहरूबारे छिट्टै निर्णयमा पुग्न दुई नेता समझदारी गरेका छन् ।

तर बालेन निकटहरु भने भूपदेवसँग अनावश्यक इगो राखेर उनलाई महामन्त्री त के, केन्द्रीय सदस्य समेत बनाउन नहुने मत राखिरहेका छन् ।

 

साहित्यकार पाण्डेयको उपन्यास ‘श्रीमती’माथि समीक्षा

मेरिल्याण्ड, जुलाई १२
अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासका वोर्ड अफ ट्रष्टिका उपाध्यक्ष , लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्धारा लिखित उपन्यास ‘श्रीमती’ माथि समीक्षा गरिएको छ ।

शनिवार आयोजना गरिएको कार्यक्रममा सहभागी वक्ताहरुले ‘श्रीमती’ उपन्यासले समेटेको विविध सामाजिक,आर्थिक, मनोवैज्ञानिक पाटोको विश्लेषण गरे ।

२१३ औ भानु जयन्तीको अवसरमा स्टार स्कलर्स नेटवर्क अमेरिकाले आयोजना गरेको कार्यक्रममा साहित्यकार, लेखक, विश्लेषक र समालोचकहरुले श्रीमती उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिका माथि वहस सृजना गरेको वताए ।

100%xकार्यक्रमलाई सम्वोधन गर्दे मेरिल्याण्ड राज्यका राज्य सांसद तथा कवि,साहित्यकार डा हयारी भण्डारीले श्रीमती उपन्यासले  समेटेको विषयमा चर्चा गर्नु भयो ।

उहाँले उपन्यासले नेपाल र प्रवासको वहुआयामिक पाटोको बारेमा समेटेको बताउनुभयो ।

उपन्यासमा समेटिएका विभिन्न पात्रहरुले नेपालको सूदूर पश्चिमको जनजीवनलाई राम्रो सँग व्याख्या गरिएको छ, भण्डारीले पुस्तकमाथि टिप्पणी गर्दै भन्नुभयो, साथैं, उपन्यासमा स्थानीय भाषा,संस्कृतिको विषयमा समेत उपन्यासकारले लिपीवद्ध गरेका छन् ।

भण्डारीले उपन्यासले प्रवासमा वसेर जीवन यापन गरिरहेकाहरुको जन्मभूमिमा भोगिने भोगाई र त्यस पछि प्रवासमा समेत भोगिने भोगाईलाई श्रीमती र श्रीमानको सहकार्य मार्फत कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने तथ्यलाई राम्रोसँग उजागर गरेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार तथा पत्रकार मधुकर अधिकारीले श्रीमती उपन्यासले धर्मशास्त्र र समाजशास्त्रले व्याख्या गरेका विषय वस्तुहरुलाई उपन्यासकारले केलाउने प्रयास गर्नु भएको छ ।

अधिकारीले पछिल्लो समयमा लेखिएका प्रवासको साहित्यमा साहित्यकार पाण्डेयको उपन्यास श्रीमती उत्कृष्ठ नमूना बनेको बताउनुभयो।

उहाँले उपन्यासकारले उपन्यासको मुख्य पात्र वितुर र धिमही मार्फत समाजको संरचनागत कार्यात्मकतालाई प्रष्ट पार्ने काम गरेको बताउनुभयो ।

मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक कृष्ण विष्टले उपन्यासकार पाण्डेयले श्रीमती उपन्यास मार्फत समाजको संरचनामा श्रीमतीको भूमिका महत्वपूर्ण भएको प्रष्ट्याउनुभएको बताउदै उपन्यासले दक्षिण एशियाको साहित्य लेखनमा अग्रणी वन्न सक्ने विषय वस्तु समेटिएको दावी गर्नुभयो ।

कार्यक्रममा स्टार स्कलर्सका अध्यक्ष प्रा डा उत्तम गौली, डा. दीपक कोईराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले उपन्यासका विविध पाटोको बारेमा चर्चा गर्नु भएको थियो ।

पुस्तकका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयले किताव प्रकाशनको बारृेमा विस्तत विवरण दिनु भएको थियो ।

अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्द, अनेसास विओटीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, दमन विक्रम शाह लगायतका व्यक्तित्वहरुले पुस्तक माथि टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा दोश्रो पुस्ताका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ,स्वर्णिम त्रिपाठी,मलिना छन्त्याल र सहिसा छन्त्यालले पुस्तकको वारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा साहित्यकार,लेखक,कवि तथा साहित्यका अनुरागीको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम सफलताको लागि सहयोग गर्ने सबैलाई लेखक, प्रकाशन गृहलाई पाण्डेयले धन्यवाद दिनुभयो ।

साहित्यकार तीर्थराज पाण्डेयले लेख्नु भएको श्रीमती उपन्यास २२० पृष्ठको सामाजिक विषयमा लेखिएको उपन्यास हो । यसको मुख्य पात्र वितुर र धिमही नेपालको सूदूरपश्चिममा जन्मिएर हुर्किएर कोरिया,जापान हुँदै अमेरिका पुगेर वस्दा श्रीमान र श्रीमतिवीच पारस्परिक सम्वन्धले सफलता हासिल गरेको घटनाको व्याख्या गरिएको छ । उपन्यास विसं २०८३ मा प्रकाशित श्रीमति उपन्यास अमेरिकामा रहेको गैर नाफा मुलक संस्था स्टार स्कलर्सले प्रकाशन गरेको हो ।

अफ्रिकामा भानु जयन्तीमा कविता प्रतियोगिता, भट्टराई प्रथम

नैरोबी, केन्या ।

२१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा अमेरिकाकी जमुना भट्टराई प्रथम, सिन्धु पौडेल (नेपाल) द्वितीय, महेन्द्र भट्टराई (सेसेल्स) तृतीय भएका छन् ।

त्यस्तै कवि मधु घिमिरे (अमेरिका) र बिष्णुमाया कट्टेल (सिक्किम, भारत) ले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् । कार्यक्रममा उत्कृष्ट १० कविताहरू प्रतियोगी कविहरूले वाचन गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरका उपाध्यक्ष पासाङ गोपर्मा शेर्पाको अध्यक्षतामा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको प्रमुख आतिथ्य, विशेष अतिथि अनेसास केन्द्रीय सल्लाहकार हिक्मत थापा र महासचिव राजु सिटौला को उपस्थिति रहेको  थियो ।

कार्यक्रम अनेसास केन्द्रीय उपाध्यक्ष एवम् अनेसास अफ्रिकाका संस्थापक अध्यक्ष गणेश खड्काले संयोजन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले अनेसास अफ्रिका च्याप्टरले किलिमन्जारो प्रकाशन र सम्पन्न गरेका अन्य राम्रा कामहरूको प्रशंसा गरे ।

विशेष अतिथि अनेसास सल्लाहकार हिक्मत थापाले अफ्रिका महादेशीय च्याप्टरको उन्नति प्रगतिमा अनेसास अफ्रिकाका सम्पूर्ण सदस्यहरूको उत्तिकै योगदान रहेको र आगामी दिनहरूमा नेपाली भाषा साहित्यका लागि अझ बढी योगदान गर्ने अपेक्षा रहेको बताए ।

अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काले च्याप्टर स्थापना कालदेखि हालसम्म गरिएका कार्यहरु कदापि भुल्न नहुने बताए ।

कार्यक्रममा अनेसासका केन्द्रिय महासचिव राजु सिटौला, प्रमुख निर्णायक वरिष्ठ कवि सुबिद गुरागाई एवम् निर्णायक मण्डल सदस्य राज आशातित लगायत कवि तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

महासचिव रामचन्द्र राईले सहजीकरण गरेको कार्यक्रममा सचिव भरत रिजाल स्वागत मन्तव्य व्यक्त गरेक थिए ।

प्रहरीले घर पुर्‍याएपछि दुर्गा प्रसाईंले भने – यो सरकार नेपालीको होइन

काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ ।

प्रसाईंले झापाबाट काठमाडौं आएलगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए । तर, विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले आफ्नै सवारीसाधनमार्फत उनलाई भक्तपुरस्थित निवास पुर्‍याएर छाडेको जनाएको छ ।

घर पुगेलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए ।

उनले भने, ‘सर्वहारा वर्ग, घरबारविहीन, जो सडकमा पुगेका छन् । यति मात्र होइन, शरीरमा पेट्रोल छर्काएर आत्मदाह गर्न थाले । जब घर विग्रिन्छ, तब त्यो स्थिति आउँछ । देशको हालत यही भएको छ । देश भनेको हरेक परिवार मिलेर बनेको हो । आज त्यो परिवार कसैको पनि घरमा छैन । यो सुरुवात मात्रै हो ।’

प्रसाईंले पछिल्लो ३५ वर्षमा राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण तथा विभिन्न आर्थिक अनियमितता गरेको आरोपसमेत लगाए । ‘३५ वर्षसम्म दलहरूले एकलौटी शासन गरे, भ्रष्टाचार गरे, शोषण गरे । लघुवित्त पनि उनीहरूले नै चलाए, सहकारी पनि उनीहरूले नै चलाए, तस्करहरूसँग पार्टनरसिप पनि उनीहरूले नै गरे । यही कारण जनताले साथ दिएर यो नयाँ सरकार ल्याएका हुन्,’ उनले भने ।

उनले अहिलेको सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गर्दै सुकुम्बासी बस्ती हटाउने कार्यप्रति असन्तुष्टि व्यक्त गरे । ‘यो नयाँ सरकारले के गर्यो भने जसको भोट हो, उसैको घर भत्काइदियो । जसले भोट दियो, उसैका घर भत्काएर पानीमा डुब्छ भनेर उठाएर लगे, फेरि अन्तिममा पानीमै डुबाएर छोडे सुकुम्बासीहरूलाई,’ उनले भने ।

सवारी साधनमा लाग्ने जरिवानाको विषय उठाउँदै प्रसाईंले नेपालमा पूर्वाधार विकासभन्दा दण्डात्मक व्यवस्था बढी भएको टिप्पणी गरे । ‘विश्वका धेरै देशमा पहिले सडक बनाइन्छ, पूर्वाधार तयार गरिन्छ । त्यसपछि राम्रो सडक दिएका छौं, अब नियम उल्लंघन गर्न पाइँदैन भनेर जरिवाना गरिन्छ । तर, नेपालमा न पूर्वाधार छ, न बाटो राम्रो छ । अहिले चाहिँ आवश्यकताभन्दा बढी जरिवाना लगाइएको छ, जसलाई जोसुकैले पनि थेग्न सक्दैन,’ उनले भने ।

आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई सरकारले राहत तथा सहयोग उपलब्ध गराउने घोषणा गरेको प्रसंग उल्लेख गर्दै प्रसाईंले त्यसप्रति पनि प्रश्न उठाए । ‘सरकारले अहिले गणेश नेपालीको परिवारलाई जागिर दिन्छौं, क्षतिपूर्ति दिन्छौं, बच्चा पढाइदिन्छौं भनेर भन्छ । तर बच्चाहरू पढाउनका लागि सबैले गणेश नेपाली नै हुनुपर्ने हो त ? नेपालीहरूले आत्मदाह गर्नुपर्ने हो त? घरबारविहीनहरूले अब त्यही गर्नुपर्ने हो त? ’ उनले प्रश्न गरे ।

उनले देशमा दैनिक २२ देखि २५ जना मानिस झुण्डिएर ज्यान गुमाइरहेको दाबी गर्दै सरकारले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए । ‘किन यसतर्फ सरकारको आँखा पुग्दैन? यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन । आज नेपालीले खोलाको डिलमा समेत बास पाएनन् । भोको पेट, पानीमा भिजेको छ । जाडोमा त्यो बच्चाको अवस्था कस्तो होला? कति हृदयविदारक कथा छ । यस्तो कथा अमेरिकाका निर्देशकहरूले भेट्टाए भने त्यसैमा फिल्म बनाएर ओस्कार पुरस्कार जित्न सक्थे,’ उनले भने ।

कीर्तिपुरको डुबानपछि खरिपाटी र बोडे सारिए बागमती किनारका सुकुमवासी

काठमाडौं। अविरल वर्षापछि कीर्तिपुर नगरपालिका-१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर पूरै डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरूलाई सरकारले भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण गरेको छ।

कीर्तिपुरको सेन्टरमा बाढी पसेर बिजोग भएपछि शनिबार र आइतबार बिहान गरेर दुई दिनको अवधिमा ३१ घरपरिवारका ८९ जनालाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको हो भने केही परिवारलाई भक्तपुरकै बोडेमा व्यवस्थापन गरिएको छ।

बागमती किनारका बस्तीहरू डुबानमा पर्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको टोलीले गत वैशाख १२ गतेदेखि बल प्रयोग गरेर थापाथली लगायतका क्षेत्रबाट सुकुमवासीहरूलाई हटाएको थियो।

सुरुमा मात्र १५ दिनका लागि भन्दै होल्डिङ सेन्टरमा राखिएका उनीहरूलाई दुई महिना बित्दासमेत उचित व्यवस्थापन नगर्दा अहिले एकपछि अर्को गम्भीर संकट आइलागेको छ।

दुई दिनअघि मध्यरातमा अचानक होल्डिङ सेन्टरभित्र बाढी पसेपछि सुकुमवासीहरूका प्रायः सबै भौतिक सामग्री, घरायसी सामान, लत्ताकपडा र अत्यावश्यक वस्तुहरू भिजेर पूर्ण रूपमा नष्ट भएका छन्।

अचानक बाढी पसेका कारण धेरैले आफ्नो सामान सुरक्षित स्थानमा निकाल्ने मौका नै पाएनन्, जसले गर्दा उनीहरू अहिले एक सरो लुगाको भरमा मात्र बाँच्न बाध्य भएका छन्। होल्डिङ सेन्टर पूरै डुबानमा परिसकेपछि मात्र सुरक्षाकर्मीहरू उद्धारका लागि पुगेका थिए र उनीहरूले सुकुमवासीहरूलाई डुङ्गाको सहायताले सुरक्षित बाहिर निकालेका थिए।

सुरक्षा निकायका अनुसार होल्डिङ सेन्टरमा रहेका कुल १५४ जनामध्ये ५४ जनाको उद्धार गरी तत्कालका लागि त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको थियो। त्यस्तै अन्य ६ जना आफ्ना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका थिए भने बाँकी ९४ जनाले सुरुमा अन्यत्र जान मानेका थिएनन्।

अन्ततः सरकारले उद्धार गरिएका र समस्यामा परेका ती सुकुमवासीहरूलाई भक्तपुरका विभिन्न सेन्टरहरूमा स्थानान्तरण गरे पनि स्थायी विकल्प र उचित व्यवस्थापनको अभावमा उनीहरूको बिचल्ली कायमै रहेको छ।

दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएर घरमै पुर्‍याइदियो प्रहरीले

काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएर उनलाई विमानस्थलबाट निवाससम्म लगिएको छ ।

झापाबाट काठमाडौं आएका प्रसाईंलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

प्रसाईंले पत्रकार सम्मेलन गर्न लागेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

काठमाडौंका एसपी पवन भट्टराईले विमानस्थलमा निषेधित क्षेत्रमा बोल्न खोजेकाले नियन्त्रणमा लिएर निवासमा पुर्‍याइएको बताए ।

“विमानस्थलभित्र जिल्ला सुरक्षा समितिले कुनै पनि किसिमको प्रदर्शन र भेला गर्न नपाइने निर्णय गरेको छ,” उनले भने,“त्यहीअनुसार त्यहाँ भेला गर्न नदिएको हुन सक्छ ।”

 

पूर्वी र मध्य नेपालमा आज र भोलि ठुलो वर्षाको सम्भावना

काठमाडाैं । पश्चिममा केन्द्रित रहेको मनसुनी वर्षा आज (आइतबार)बाट पूर्वी र मध्य नेपालमा सिफ्ट हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन कोशी, मधेश, बागमती र गण्डकी तथा लुम्बिनीका पूर्वी क्षेत्रकेन्द्रित वर्षाको सम्भावना छ । त्यसमा पनि कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा अति भारी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।

मौसमविद् रोजन लामिछानेले लुम्बिनीका पश्चिमी भूभागसँगै कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा कम पानी पर्ने देखिएको बताए । ‘पानी त देशभर पर्छ, तर मनसुनको न्यूनचापीय रेखा पूर्वमा नेपालको तराई नजिक आउँदै छ । यसले आइतबारबाट पूर्वी र मध्य नेपालमा अलि बढी पानी पर्ने देखिन्छ,’ उनले भने, ‘मधेशमा पनि पानी पर्छ । त्यहाँका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना छ ।’

विभागका अनुसार आइतबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । तर, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा ठुलो वर्षाको सम्भावना पनि छ ।

विभागले वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन तथा आवश्यक सावधानीका साथ यात्रा गर्न आग्रह गरेको छ ।

गृहमन्त्रीले महानगर प्रहरी प्रमुख र प्रमुख कार्यकारी अधिकृतलाई सोधपुछका लागि गृह मन्त्रालय बोलाए

काठमाडौं । गणेश नेपालीको आत्मदाह तथा मृत्यु प्रकरणमा गृह मन्त्रालयले घटनाबारे सोधपुछ र छानबिन प्रक्रिया अघि बढाएको छ। प्रत्यक्षदर्शीहरूले काठमाडौं महानगरपालिकाको नगर प्रहरीमाथि गम्भीर लापरबाहीको आरोप लगाएपछि गृहमन्त्री सुधन गुरुङले महानगर प्रहरी प्रमुख विष्णु जोशी र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंलाई आकस्मिक रूपमा गृह मन्त्रालयमा बोलाएका हुन्।

गृह मन्त्रालयले घटनाका क्रममा नगर प्रहरीको भूमिका, घटनापछिको व्यवस्थापन तथा जिम्मेवारीबारे जानकारी लिन उनीहरूलाई बोलाएको जनाएको छ। मन्त्रालयले घटनाका सबै पक्षबारे तथ्य संकलन गरी निष्पक्ष छानबिन गरिने र आवश्यक परे जिम्मेवारमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।

गणेश नेपालीको आत्मदाह र त्यसपछिको मृत्यु प्रकरणलाई लिएर सार्वजनिक चासो बढिरहेको छ भने घटनामा नगर प्रहरीको भूमिकाबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका छन्। मन्त्रालयको पछिल्लो कदमलाई घटनाको वास्तविकता उजागर गर्ने प्रयासका रूपमा हेरिएको छ।

निधनको चार महिनापछि इरानी पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टि

एजेन्सी : इरानका पूर्व सर्वोच्च नेता अली खामेनीलाई उनको निधन भएको चार महिनाभन्दा बढी समयपछि शुक्रबार उनको जन्मस्थान मशहदस्थित इमाम रेजा दरगाहमा दफन गरिएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरुका अनुसार एक सातासम्म चलेको राष्ट्रिय श्रद्धाञ्जलि कार्यक्रमपछि एक पारिवारिक समारोहका बीच निजी रूपमा दफन प्रक्रिया सम्पन्न गरिएको हो।

राजधानी तेहरानबाट सुरु भएको शवयात्रा र श्रद्धाञ्जलि कार्यक्रममा लाखौँ इरानी नागरिक सहभागी भएका थिए। तेहरानपछि धार्मिक सहरहरू कोम, नजफ र कर्बलामा समेत विशाल शवयात्रा आयोजना गरिएको थियो। अन्तिम चरणमा अत्यधिक भीड नियन्त्रणबाहिर गएपछि उनको कफिनलाई हेलिकोप्टरमार्फत मशहदस्थित इमाम रेजा दरगाह पुर्‍याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शोकसभामा सहभागीहरूले इरानी राष्ट्रिय झण्डा, खामेनीका तस्बिर र विभिन्न राजनीतिक तथा धार्मिक नारासहित श्रद्धाञ्जलि व्यक्त गरेका थिए। शवयात्राका क्रममा केही स्थानमा अमेरिका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध तीव्र नाराबाजीसमेत भएको थियो।

गणेश नेपालीको मृत्यु सम्बन्धी घटना अध्ययन गर्न छानविन समिति गठन

काठमाडौँ- गणेश नेपाली आत्मदाहको विषयलाई छानविन गर्न सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

सरकारले गणेश नेपाली घटना प्रकरण गर्न पाँच सदस्यीय छानविन समिति गठन गरेको गृहमन्त्री सुधन गुरुङले संसदलाई जनकारी दिनु भएको हो  ।

गृहमन्त्रीले यो घटनामा संघीय सरकार भन्दा पनि स्थानीय सरकारको भूमिका देखिएको भन्दै देशमा तीन तहका सरकार छन् भनेर बुझ्नुपर्ने बताउनुभयो ।

आज प्रतिनिधि सभामा जवाफ दिनुहुँदै  उहाँले सरकारको अथक प्रयासकाबीच गणेश नेपालीलाई बचाउन नसकेको भन्दै घटना प्रति दुख ब्यक्त गर्नुभयो ।

उहाँले संघमा आफ्नो सरकार भएपनि स्थानीय र प्रदेशमा आफ्नो सरकार नभएको भन्दै सरकार भएकाहरु उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।।

डिएसपी चौधरीलाई जिल्ला तानिएको भन्ने समाचार सत्य होइन : प्रहरी प्रवक्ता काफ्ले

काठमाडौँ : नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्ट पारेका छन्। कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गरेको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

प्रवक्ता काफ्लेले भने, “उहाँलाई कुनै कारबाही गरिएको छैन, न त उहाँ निलम्वनमा पर्नुभएको छ। नेपाल प्रहरी चेन अफ कमान्डअनुसार सञ्चालन हुने संस्था हो। यस विषयमा सम्बन्धित प्रदेशमार्फत मौखिक रूपमा जानकारी लिन मात्र खोजेका हौँ। कुनै औपचारिक वा लिखित कारबाही प्रक्रिया अघि बढाइएको छैन।”

प्रवक्ता काफ्लेले सरकारका कर्मचारीका रूपमा सार्वजनिक कार्यक्रममा बोल्दा पदको मर्यादा, व्यावसायिक आचरण र कानुनअनुसार प्रस्तुत हुनुपर्ने बताए। उनले भने, “विशेषगरी कुनै व्यक्तिको नाम लिएर अभिव्यक्ति दिँदा अझ बढी जिम्मेवार र संयमित हुनुपर्ने हुन्छ। विद्यार्थीसँगको कार्यक्रममा बोल्दा पनि शिष्ट र व्यावसायिक ढङ्गले प्रस्तुत हुनुपर्ने अपेक्षा रहन्छ। त्यसैले उहाँले कुन सन्दर्भमा के बोल्नुभएको हो भन्ने विषयमा सामान्य प्रशासनिक र व्यावसायिक रूपमा बुझ्न खोजेका हौँ।”

प्रवक्ता काफ्लेले यो जानकारी लिने नियमित प्रक्रिया मात्र रहेको स्पष्ट पार्दै यसलाई कारबाही वा अनुशासनको प्रक्रियाका रूपमा बुझ्नु उपयुक्त नहुने स्पष्ट पारे।

गणेश नेपालीको मृत्युबारे वीर अस्पतालले के भन्यो ?

काठमाडौं । वीर अस्पतालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको औपचारिक जानकारी दिएको छ।

वीर अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शरीरको करिब ५५ प्रतिशत भाग गम्भीर रूपमा जलेका (Severe Burn) नेपालीको शुक्रबार बिहान ११ः१९ बजे उपचारकै क्रममा मृत्यु भएको जनाएको हो।

अस्पतालका अनुसार बिहीबार आकस्मिक कक्षमा भर्ना गरिएपछि उनलाई तत्काल सघन उपचार कक्ष (आईसीयू) मा राखी मेकानिकल भेन्टिलेटरको सहायतामा चौबीसै घण्टा उपचार गरिएको थियो। प्लास्टिक सर्जरी, एनेस्थेसिया र क्रिटिकल केयर विभागका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा नर्सिङ टोलीले उनको जीवन बचाउन सबै सम्भव प्रयास गरेको वीर अस्पतालको भनाइ छ ।

उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारीसमेत भइरहेका बेला स्वास्थ्य अवस्थामा अचानक गम्भिर जटिलता देखिएपछि चिकित्सकहरूले तत्काल कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) तथा अन्य जीवनरक्षक उपचार गरेका थिए। तर निरन्तरको प्रयासका बाबजुद उनको स्वास्थ्यमा सुधार आउन नसकेको अस्पतालले जनाएको छ।

 

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी युरोपभरि ‘आउट अफ स्टक’

काठमाडौं । फिफा विश्वकप २०२६ मा नर्वेको ऐतिहासिक प्रदर्शनसँगै राष्ट्रिय टोलीको जर्सीको माग अप्रत्याशित रूपमा बढेको छ ।

इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलअघि युरोपभर आधिकारिक विक्रेतासँग नर्वेको जर्सी सकिएको छ भने समर्थकहरू रातभर लाइन बसेर जर्सी किन्न बाध्य भएका छन् ।

नर्वे फुटबल संघ (एनएफएफ) ले जर्सीको मागलाई निकै कम आँकेको स्वीकार गरेको छ । मार्चमा नयाँ जर्सी सार्वजनिक भएयता नाइकसहित अधिकांश आधिकारिक विक्रेतामा जर्सी लगातार बिक्री भएर सकिएको संघले जनाएको छ ।

स्टार स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शन र ब्राजिलमाथिको ऐतिहासिक जितपछि जर्सीको माग झन् ह्वात्तै बढेको हो । नयाँ जर्सी बिक्रीमा आउनासाथ केही मिनेटमै सकिने अवस्था रहेको बताइएको छ ।

एनएफएफका व्यावसायिक निर्देशक रुनार पाहर आन्द्रेसेनका अनुसार यस वर्ष खुद्रा विक्रेताहरूले करिब दुई लाख ५० हजार जर्सी अर्डर गरेका छन् । गत वर्ष सोही अवधिमा यो संख्या करिब ५० हजार मात्र थियो ।

उनले समर्थकको माग अनुमानभन्दा निकै माथि पुगेको भन्दै विश्वकप चलिरहेको बेला उत्पादन उल्लेखनीय रूपमा बढाउन कठिन हुने बताए ।

ओस्लोस्थित प्रसिद्ध खेल सामग्री पसल टोर्सहोभ स्पोर्ट मा मंगलबार नयाँ जर्सी आइपुग्ने खबरसँगै बुधबार बिहानैदेखि सयौँ समर्थक लाइनमा बसेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार लाइन करिब ६ सय मिटर लामो थियो। कतिपय समर्थकले १२ घण्टासम्म कुर्सी बोकेर पालो कुर्दै बसेका थिए ।

पसलका प्रबन्धक आन्डर्स लिलेबेर्गले आफूले यति उत्साह यसअघि कहिल्यै नदेखेको बताए । उनले भने, ‘म धेरै वर्षदेखि यहाँ काम गरिरहेको छु, तर यस्तो माहोल पहिले कहिल्यै देखेको थिइनँ। यो साँच्चिकै अविश्वसनीय छ ।’

हाल पसलले अर्को चरणमा आउने जर्सीका लागि नाम दर्ता गर्न थालेको छ । तर सबैले इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनलअघि जर्सी पाउने सुनिश्चितता भने छैन ।

जर्सीको अभावसँगै पुनःबिक्री बजारमा यसको मूल्य पनि आकासिएको छ । आधिकारिक रूपमा ८९.९९ पाउन्डमा बिक्री भएको घरेलु जर्सी अहिले केही पुनःबिक्री वेबसाइटमा ३५५ पाउन्डसम्म पुगेको छ । त्यस्तै अवे जर्सी २३१ पाउन्डभन्दा बढीमा बिक्री भइरहेको छ ।

एनएफएफका अनुसार राष्ट्रिय टोलीको जर्सी बिक्रीबाट यस वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै आम्दानी भएको छ ।

नर्वेले यस विश्वकपमा इराक, सेनेगल, आइभरी कोस्ट र पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

अब नर्वेले आइतबार इंग्ल्यान्डसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौं । हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ ।

वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहिले बिहान ११:२० मा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले  बताए ।

राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो ।

वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए ।

नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेकाले अवस्था क्रिटिकल भएको डाक्टरले बताएका थिए । शरीरको भित्री अंगहरूमा पनि असर पुगेको उनीहरूको भनाइ थियो ।

कैलालीमा १६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी : कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ जगतपुर निवासी २३ वर्षीय समिर डगौरा रहेका छन्। बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको जनाइएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गणेश नेपालीको स्वास्थ्यबारे वीर अस्पतालले भन्यो– अझै पनि केही भन्न सक्ने अवस्था छैन

काठमाडौँ। वीर अस्पतालले आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका– १, का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन वीर अस्पतालले शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा विशेषज्ञ टोली २४ सै घण्टा उपचारमा खटिएको जनाएको छ।

गणेशको अवस्थाबारे अहिले नै ठोस रूपमा भन्न नसकिने र कुनै पनि समयमा अवस्था बिग्रन सक्ने पनि अस्पतालको भनाइ छ। ‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ। https://nepalnews.com/2026/07/10/bir-hospital-says-it-is-still-too-early-to-say-anything-about-ganesh-nepalis-health/

रक्षा बम भन्छिन्- गणेश नेपाली जेनजी आन्दोलनकारी हो, तिमीहरूको शासनमा मृत्युसँग जुधिरहेको छ

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन-जी आन्दोलनमा सक्रिय सहभागी भएको खुलेको छ । नागरिक आन्दोलनमा सक्रिय अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमार्फत गणेशले आन्दोलनमा भाग लिएर घाइते समेत बनेको बताएकी छन् ।

उनी लेख्छिन्, ‘गणेश नेपाली जेन-जी आन्दोलनमा सहभागी थिए । आन्दोलनका क्रममा उनको हातमा सामान्य चोट पनि लागेको रहेछ । उनी त्यही आन्दोलनकारी हुन्, जो आफू बाँच्न लायक देश होस् भनेर त्यो दिन सडकमा ओर्लिएका थिए ।’

हिजो तिनै युवाहरूले गरेको संघर्षको जगमा आज शासन चलिरहेको तर तिनै युवाहरू राज्यको संवेदनहीनताका कारण अस्पतालको शय्यामा पुगेको उनले टिप्पणी गरेकी छिन् ।

बम थप्छिन् ‘आज त्यही संघर्षका कारण तिमीहरू सत्ता र शक्तिमा छौ, तर उ तिमीहरूको शासनमा अस्पतालको शय्यामा मृत्यु र जीवनबीच जुधिरहेको छ ।’

सरकारले भुइँतहका मानिसहरूमाथि त्रास फैलाएको र उनीहरूको आर्थिक अवस्थालाई नजरअन्दाज गरेको बमको आरोप छ । दुई-तिहाइको दम्भले गरिब जनताको पीडा नबुझेको उल्लेख गर्दै उनले भनेकी छिन्, ‘दुईतिहाइको मातले जे पनि गर्न सकिन्छ भनेर तिमीहरूले भुइँतहका मानिसहरूमाथि त्रासमाथि त्रास थोपर्दै आइरहेका छौँ ।’

विशेष गरी ट्राफिक नियम र पार्किङका नाममा लिइने चर्को जरिवानाप्रति उनले गम्भीर प्रश्न उठाएकी छिन् ।

‘ट्राफिक नियम उल्लङ्घन गर्दा हजारौँ/लाखौँ जरिवाना तिर्नुपर्ने व्यवस्था तिमीहरूले आफ्नै आर्थिक हैसियतअनुसार ल्याउँदै छौ । तर, तिमीहरूलाई याद रहोस्, यो देश १,००० रूपैयाँ जरिवाना तिर्न नसकेर आत्मदाह गर्न बाध्य हुने मानिसहरूको देश हो,’ बमले चेतावनीपूर्ण भाषामा भनेकी छिन् ।

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह

काठ्माण्डौ- प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण–व्यवसायीसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताए।

प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास–निर्माणका कामलाई निर्धारित समयमाल सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकामा जोड दिए।

छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

उनीहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमा आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराए। साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा सहभागी थिए।

सरकारले एकदिनमै गर्‍यो १७ अर्ब बढी भुक्तानी

काठमाडौं । चालु आर्थिक वर्ष अन्तिम साता प्रवेश गर्नै लाग्दा सरकारले भुक्तानीको गति ह्वात्तै बढाएको छ ।

बुधबार एकदिनमै १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिएको छ । कानुन अनुसार आज सरकारले गर्ने भुक्तानीको चेक काटिसक्नुपर्छ । सोहीकारण अहिले भुक्तानी प्रणालीमा जाम हुने समस्या आएको छ ।

स्थानीय तहले सञ्चालन गर्ने सूत्र प्रणालीमा देशैभरि समस्या देखिएको छ । यस्तो समस्या भुक्तानी गर्ने अन्तिम दिन अझ बढी देखिने गर्छ । कार्यालयका अनुसार बुधबारसम्म कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड बराबर भएको छ ।

मंगलबार बजेट खर्च १५ खर्ब १४ अर्ब ८७ करोड बराबर थियो । पूँजीगत खर्च बुधबारसम्म लक्ष्यको ४० प्रतिशतमात्र छोएको छ । यस वर्ष कुल १ खर्ब ६३ अर्ब १७ करोड बराबर पूँजीगत खर्च भएको छ ।

सरकारले ४ खर्ब ७ अर्ब पूँजीगत खर्चको लक्ष्य राखेको छ । यस वर्ष कुल बजेट भने १९ खर्ब ६४ अर्बको कार्यान्वयन भइरहेको छ । राजस्व संकलन बुधबारसम्म लक्ष्यको ७८.१५ प्रतिशतमात्र भएको  छ ।

कुल १४ खर्ब ८० अर्बको लक्ष्य राखिएको राजस्वमा संकलन भने ११ खर्ब ५६ अर्बमात्र भएको छ ।

सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको भेट

काठ्माण्डौ। सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गेका छन्।

भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनका क्रममा भारत सरकारले उपलब्ध गराएको महहत्वपूर्ण लजिस्टिक सहयोगप्रति आभार व्यक्त गरे।

उनले नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए। उच्चस्तरीय भ्रमणको आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थियो।

उनले नागरिक उड्डयन, रेल तथा बस सेवामार्फत कनेक्टिभिटी विस्तारले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै भविष्यमा थप उडान, रेल तथा बस रुट विस्तार हुने अपेक्षा व्यक्त गरे।

सभामुख अर्यालले भारतको लोकसभाका सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी दिँदै दुवै पक्षका लागि उपयुक्त समयमा उनलाई नेपालमा स्वागत गर्न तत्पर रहेको बताए।

उनले भारतको संसदलाई लोकतन्त्रको दृढ संरक्षकका रूपमा सधैँ उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै आफ्नो गौरवपूर्ण इतिहासमा भारतको संसदले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

सभामुख अर्यालले नयाँ प्रतिनिधि सभाको गठनपछि माननीय बिपिन आचार्यको नेतृत्वमा १० सदस्यीय नेपाल–भारत संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिँदै उक्त समूहले अन्तर–संसदीय सहयोगलाई नयाँ गति प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले संसदीय कूटनीतिले नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसले दुवै देशका सांसदहरूबीच आपसी समझदारी, अनुभव आदानप्रदान तथा एकअर्काका प्राथमिकता र आकांक्षाप्रति सम्मान अभिवृद्धि गर्ने बताए।

सभामुख अर्यालले भारतले संसदीय प्रक्रियाको प्रभावकारिता, पारदर्शिता र पहुँच अभिवृद्धिका लागि डिजिटल समाधान तथा ‘नेसनल ई–विधान एप्लिकेसन’ लगायतका प्रविधिमैत्री अभ्यास अवलम्बन गरेकोमा प्रशंसा व्यक्त गर्दै भारतको डिजिटल संसदीय प्रणाली, कागजरहित कार्यप्रणाली तथा प्रविधिमैत्री विधायी अभ्यासबाट ज्ञान आदान–प्रदानको अपेक्षा व्यक्त गरे।

उनले नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नेपालको विकास प्रयासमा भारतको निरन्तर सद्भावना र सहयोग महत्वपूर्ण रहेको बताए। साथै, नेपाल र भारतले आपसी सहकार्य र साझेदारीमार्फत साझा शान्ति, समृद्धि र प्रगतिका निम्ति निरन्तर मिलेर कार्य गर्ने विश्वास व्यक्त गरे।

भेटमा राजदूत श्रीवास्तवले भारतका लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययन तथा अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा दिएका थिए।

उनले संसदीय कूटनीति र उच्चस्तरीय राजनीतिक संवादले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै व्यापार, कनेक्टिभिटी, ऊर्जा, शिक्षा तथा जन–जनबीचको सम्बन्ध विस्तारमा भारत सरकार निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

१७ जेठको घटनामा संसदीय मर्यादा उल्लंघन, सभामुखलाई अधिकार प्रयोग गर्न सुझाव

काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गर्दै सभामुखलाई प्राप्त विशेषाधिकारको प्रयोग गर्न सुझाव दिएको छ ।

समितिले अमर्यादित र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्थालाई सभामुखले कठोरतापूर्वक गर्नु गराउनुपर्ने आवश्यकता देखिएको सुझाव दिएको छ ।

सभामुखको सचिवालयले जारी गरेको प्रेसनोट अनुसार समितिले माननीय सदस्यहरूले पालना गर्नुपर्ने गरी प्रतिनिधिसभा नियमावलीमा उल्लेख भएका आचारसंहिता तथा नियमहरुको पूर्ण परिपालना गर्ने गराउने विषयलाई सांसद स्वयं, संघीय संसद् सचिवालय तथा सभामुखले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएको छ ।

त्यसैगरी, समितिले अभिमुखीकरण तथा आचारसंहिता सम्बन्धी सचेतना अभिवृद्धि, दलीय नेतृत्व र प्रमुख सचेतकहरूको भूमिकालाई प्रभावकारी बनाउने, सुरक्षा तथा प्रविधि व्यवस्थापनमा सुधार गर्ने, अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुकरण गर्ने, आचरण अनुगमन समितिलाई सक्रिय बनाउने, संसद् सचिवालयको जनशक्ति तथा प्रविधि सुदृढीकरण गर्ने, राजनीतिक दलहरूको आन्तरिक अनुशासन र उत्तरदायित्व अभिवृद्धि गर्ने, नजिर व्यवस्थापन, सिसिटिभी निगरानी तथा अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा कार्यव्यवस्था परामर्श समितिको सक्रियता र प्रशासनिक सहजीकरणलाई थप प्रभावकारी बनाउन सुझाव दिएको छ ।

गत १७ जेठमा भएको घटनाको छानबिन गर्न समितिमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारी संयोजक तथा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य थिए ।

सीमा विवादबारे सरकारको स्पष्ट जवाफ माग्दै विपक्षीको विरोध जारी

काठ्माण्डौ- प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन्।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले एउटै विषयमा निरन्तर विरोध भइरहेकाले विपक्षी दलका तर्फबाट एक जना सदस्यलाई सङ्क्षिप्त धारणा राख्न समय दिएका थिए।

नेपाली कांग्रेसकी हरिनादेवी कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ…’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरे।

त्यसपछि अन्य विपक्षी दलका सांसदहरूले पनि बोल्न समय माग गरेपछि सभामुख अर्यालले सबै विपक्षी दललाई बोल्न समय दिए।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की यशोदाकुमारी बरालले विपक्षीले पटक–पटक उठाउँदै आएको विषयमा सरकारले सुनुवाइ नगरेको भन्दै ध्यानाकर्षण गराइन्।

सोही पार्टीका भीमकुमार बुढामगरले नेपाली जनता आफ्नो भूमिको रक्षाका लागि प्रतिबद्ध रहेका बेला प्रधानमन्त्रीले राष्ट्रियतासँग जोडिएको आफ्नो अभिव्यक्ति सच्च्याउनुपर्ने माग गरे।

यसैगरी, श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीले सो विषयमा सत्ता पक्षको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिन्।

कैलालीमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियो थेरापिस्ट पक्राउ

कैलाली कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेपछि करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिजियो थेरापिस्ट अनिल तिवारी रहेको प्रहरीले जनाएको छ ।

तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईँमाथि अस्पतालभित्रै कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । आफूमाथि कुटपिट गर्ने तिवारीलाई कारबाही गर्नुपर्ने माग गर्दै बजगाईंले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईलाई निवेदन दिएका थिए

सोही निवेदनमा टिकेर अस्पतालले इलाका प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै निवेदन दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

स्रोतकाअनुसार मधेश प्रदेश घर भएका तिवारी २०७२ सालतिर नेपाली कांग्रेसका रतन खड्का अस्पताल व्यवस्थापन समिति अध्यक्ष भएका बेला ज्यालादारी काम गर्ने गरी थेरापी विभागमा राखिएका थिए । २०७६ तिर उनी करार सेवामा राखिएका थिए ।

सोही बेलादेखि उनी अस्पतालभित्र राजनीतिक पहुँचका आधारमा हैकम चलाउँदै आएका थिए । टीकापुर अस्पतालले केही दिनअघि ल्याब सम्बन्धीका सामान खरिद गरेको थियो । त्यसमा ल्याब इन्चार्जसहितलाई आर्थिक अनियमितताको आरोप लगाएर तिवारीले मेसुलाई उजुरी दिएका थिए ।

सोही विषयमा सोमबार दिउँसो तिवारीकै कार्यकक्षमा छलफल भइरहेका बेला उनले सुरुमा बजगाईं र मेसु राईमाथि अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको स्रोत बताउँछ । आफूसँग बिना कारण निहुँ खोज्न भन्दै बजगाईं आफ्नो कार्यकक्षतिर गएका थिए ।

सोही क्रममा तिवारीले उनीमाथि कुटपिट गरेका थिए । विवादको विषय नखुलाए पनि तिवारीले मेसुकै अगाडि आफूलाई गालीगलौज र दुर्व्यवहार गरेपछि त्यहाँबाट कार्यकक्षतिर निस्किएको बताए । तिवारीले त्यहीँ आएर कुटपिट गरेका उनी बताउँछन् ।

तिवारीले बजगाईंमाथि कुटपिट गरेको विषयमा छानबिन गर्न अस्पताल व्यवस्थापन समितिले पनि समिति गठन गरेको छ ।प्रहरीले पनि उनलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन् ।

निरन्तर एउटै विषयमा सबै विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएपछि सभामुखले बिहीबार विपक्षी दलहरूको तर्फबाट एक जनाले कुरा राख्ने र सभालाई अगाडि बढाउने प्रस्ताव राखे ।

त्यसअनुसार नेपाली कांग्रेसकी सांसद नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई समय दिए ।

तर एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा विपक्षी दलहरू सहमत भएनन् ।

त्यसपछि संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुख अर्यालले आग्रह गरेका हुन् ।

‘मैले माननीय सदस्यहरूलाई आग्रह गरे बमोजिम नै माननीय सदस्यहरूको विरोध गर्ने शैली पनि … विरोध पनि के विषयमा मात्रै बोल्नुस्, त्यहाँबाट बाहिर नजानुस् भनेर सभामुखले भनिरहनुपर्ने अवस्था आउनु राम्रो होइन’ सभामुख अर्यालले भने ।

उनले अगाडि थपे, ‘त्यसकारणले जुन विषयवस्तुको लागि विरोधको सुरुवात गरिएको छ । त्यहीभित्र बसेर आफ्ना भनाइ राख्दाखेरि त्यसको अँैचित्य पनि पुष्टि होला ।’

यत्ति भनेर सभामुख अर्यालले विपक्षीको तर्फबाट एक जनाले मात्रै बोल्ने प्रक्रियाका निम्ति आग्रह गरे ।

‘सबै माननीय सदस्यहरूलाई विपक्षी बेन्चतर्फ मेरो अनुरोध, फेरि पनि एक जना माननीय सदस्यले यहाँहरु सबैलाई प्रतिनिधित्व गर्दै बोलि नै सक्नु भएको हुनाले हामी दैनिक कार्यसूचीमा प्रवेश गरौं ।’

तर, विवक्षी दलहरूले मानेनन् ।

४ ऐन र एउटा नियमावली खारेज गर्दै सरकार

काठमाडौं । सरकारले ४ वटा ऐन र एउटा नियमावली खारेज गर्दैछ ।

यस निम्ति अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ ल्याएका छन् । यसको दफा ५ मा खारेजी र बचाउ सम्बन्धी प्रावधान छ ।

जसमा चार वटा ऐन खारेज गर्ने प्रस्ताव छ ।

(क) प्रादेशिक विकास योजनाहरु (कार्यान्वित गर्ने) ऐन, २०१३

(ख) नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४

(ग) आय टिकट दस्तुर ऐन, २०१९

(घ) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२

(ङ) वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५

यसबाहेक राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली २०७९ पनि खारेज गर्ने प्रस्ताव विधेयकमा छ ।

प्रस्तावित विधेयकअनुसार विधेयक ऐनमा रुपान्तरित भएर लागू हुँदाका बखत राजस्व अनुसन्धान विभागमा दर्ता भई विभागबाट अनुसन्धान भइरहेका वा अनुसन्धान पूरा भए तापनि मुद्दा दायर हुन बाँकी रहेका उजुरी अन्य निकायमा सर्नेछन् ,

यस्तो विषय आयकर, अन्त:शुल्क, मूल्य अभिवृद्धि कर र गैरकर सम्बन्धी भए आन्तरिक राजस्व विभागमा सर्नेछ ।

चोरी निकासी वा पैठारी सम्बन्धी विषय भन्सार विभागमा सर्नेछ ।

विदेशी विनिमयसँग सम्बन्धित कसूरको हकमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ११क बमोजिम तोकिएको अनुसन्धान अधिकारीमा सर्नेछ ।

यो ऐन प्रारम्भ हुँदाका बखत राजस्व अनुसन्धान विभागमा रहेका अभिलेखलाई नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णय बमोजिम तत् तत् निकायमा सर्ने गरी व्यवस्थापन गर्ने भनिएको छ ।

खोज्नुहोस