गृहमन्त्रीले महानगर प्रहरी प्रमुख र प्रमुख कार्यकारी अधिकृतलाई सोधपुछका लागि गृह मन्त्रालय बोलाए

द एभरेष्ट पोष्ट
२६ असार २०८३ १७:३७

काठमाडौं । गणेश नेपालीको आत्मदाह तथा मृत्यु प्रकरणमा गृह मन्त्रालयले घटनाबारे सोधपुछ र छानबिन प्रक्रिया अघि बढाएको छ। प्रत्यक्षदर्शीहरूले काठमाडौं महानगरपालिकाको नगर प्रहरीमाथि गम्भीर लापरबाहीको आरोप लगाएपछि गृहमन्त्री सुधन गुरुङले महानगर प्रहरी प्रमुख विष्णु जोशी र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंलाई आकस्मिक रूपमा गृह मन्त्रालयमा बोलाएका हुन्।

गृह मन्त्रालयले घटनाका क्रममा नगर प्रहरीको भूमिका, घटनापछिको व्यवस्थापन तथा जिम्मेवारीबारे जानकारी लिन उनीहरूलाई बोलाएको जनाएको छ। मन्त्रालयले घटनाका सबै पक्षबारे तथ्य संकलन गरी निष्पक्ष छानबिन गरिने र आवश्यक परे जिम्मेवारमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।

गणेश नेपालीको आत्मदाह र त्यसपछिको मृत्यु प्रकरणलाई लिएर सार्वजनिक चासो बढिरहेको छ भने घटनामा नगर प्रहरीको भूमिकाबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका छन्। मन्त्रालयको पछिल्लो कदमलाई घटनाको वास्तविकता उजागर गर्ने प्रयासका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस