धादिङ–१ मा आशिकाको सुरुवाती अग्रता

काठमाडौँ । धादिङ–१ मा आशाका तामाङले सुरुवाती अग्रता कायम गरेकी छिन् । रास्वपाकी उम्मेदवार तामाङले ५५४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डे ३३६ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, एमालेका भूमि त्रिपाठीले २९५ मत ल्याउँदा कांग्रेसका कृष्ण रिजालले १०४ मत ल्याएका छन् ।

कञ्चनपुर १ मा रास्वपाको अग्रता

कञ्चनपुर २१ फागुन ।
कञ्चनपुर १ मा पनि रास्वपाले अग्रता लिएको छ ।

कञ्चनपुर १ मा १३७३ मत गणना हुँदा रास्वपाले ५९६ मत पाएको छ । नेपाली काङ्ग्रेसले ३७१ मत ल्याएको छ ।

नेकपा एमालेका उम्मेदवारले २०० मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टीले १०० मत ल्याउदा उज्यालो नेपालले १०६ मत ल्याएको छ ।

झापामा बालेन्द्र शाह दोब्बर मतले अगाडि

झापा, ५ फागुन ।
झापा ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह मतान्तर दोब्बर बनाएका छन् ।

बालेन्द्रले ३,१६० मत ल्याउदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १,३६१ मत ल्याएका छन् । तेस्रोमा रहेका नेकपाका रन्जित तामाङले ९० मत ल्याएका छन् ।

कञ्चनपुर ३ मा रास्वपाका महताको अग्रता कायमै

कञ्चनपुर,२२ फागुन ।

कञ्चनपुर क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार ज्ञानेन्द्र महताले अग्रता कायमै राखेका छन् ।

दोधारा चाँदनी नगरपालिका १ को ९०० मत गणना गर्दा रास्वपाका महताले ३८७ मत ल्याएका छन् ।

महतालाई पछ्याईरहेका नेपाली काँग्रेसका हरी बोहराले १५६ मत ल्याएका छन् । तेस्रोमा रहेका नेकपा एमालेका डा. दीपक भट्टले ८५ मत ल्याएका छन् । त्यस्तै नेकपाका मान बहादुर सुनारले ५५ मत पाएका छन् ।

अन्य उम्मेदवारहरुले पाएको मत :

हलो ४६
मादल ८
हसिया २
चिम ८
डष्टविन १
अन्जलि माटो २
मोवाईल २

झापा-५ मा केपी ओलीविरुद्ध बालेनले लिए दोब्बर बढीको अग्रता

झापा- झापा क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार बालेन्द्र शाह ८१४ मतसहित चुनावी प्रतिस्पर्धाको पहिलो स्थानमा छ।

उनलाई नेकपा (एमाले) का उम्मेदवार केपी ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन्। हालसम्मको परिणाम अनुसार शाह र ओलीबिचको मतान्तर निकै बढी देखिएको छ।

निर्वाचन कार्यालयका अनुसार बिहान ६ बजेसम्म जम्मा १४ सय मत गणना भएको छ। शाह र ओली दुवै प्रधानमन्त्री पदका उम्मेदवार समेत रहेका छन्।

कैलाली १ मा काँग्रेसका जनक चौधरी अगाडि

धनगढी, २२ फागुन ।
कैलाली क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

काँग्रेसका जनक चौधरीले ३४८ मतले अग्रता लिएका हुन् । उनलाई नागरिक उन्मुक्ति पार्टीले नाउपाले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले पछ्याईरहेका छन् । नाउपाको समर्थन प्राप्त फागुराम चौधरीले २४१ मत ल्याएका छन् । रास्वपाकी कोमल ज्ञवालीले २४१ मत ल्याएकी छन् । चौथो स्थानमा रहेका नेकपाका रामलाल डंगौराले ९९ मत ल्याएका छन् । पाँचौ स्थानमा रहेका नेकपा एमालेका द्धारिका न्यौपानेले ६८ मत ल्याएका छन् ।

बाँके–३ः रास्वपाका खगेन्द्र सुनारको अग्रता कायमै

बाँके- बाँके क्षेत्र नम्बर–३ मा ३ हजार ४ सय ४५ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले फराकिलो अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार सुनारले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पछि पारेका हुन्।

सुनारले १ हजार ६ सय ९८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले ७ सय १५ मत पाएका छन्। सुनार र मल्लबीचको मतान्तर ९ सय ८३ रहेको छ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन ५ सय ४१ मतसहित तेस्रो स्थानमा छन्।

कञ्चनपुर–३ मा रास्वपाको सुरुआती अग्रता

कन्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा कञ्चनपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता बनाएको छ ।

हालसम्म ६०० मतगणना गरिएको छ । रास्वपाका उमेदवार ज्ञानेन्द्रसिंह महता २६० मतसहित अगाडि छन् । नेपाली कांग्रेसका उमेदवार हरिकृष्ण बोहराले १०० मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का दीपकप्रकाश भट्टले ६१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मानबहादुर सुनाले ३८ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

झापा-५ मा बालेनकाे अग्रता, ओली पछ्याउँदै

झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् ।

कुल एक हजार ४ सय मतगणना हुँदा शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।

सुदूरपश्चिमका चार ठाउँमा मतगणना जारी, दुईमा रास्वपाको अग्रता

धनगढी । सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये चार क्षेत्रमा मतगणना जारी रहेको छ। कैलाली क्षेत्र नम्बर १ कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको हो ।

कैलाली-१ र कञ्चनपुर-१ मा शुक्रबार बिहानबाट मतगणना सुरु भएको हो भने कञ्चनपुरका अन्य दुई क्षेत्रमा यसअघि नै गणना सुरु भइसकेको थियो ।

कञ्चनपुरका क्षेत्र नम्बर २ र ३ को सुरुवाती नतिजा पनि सार्वजनिक भइसकेको छ । प्राप्त प्रारम्भिक मत परिणामअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।

कञ्चनपुरको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपकराज बोहराले अग्रता कायम राखेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार २ हजार ७२० मत गणना हुँदा रास्वपाका बोहराले १ हजार ३८० मत ल्याएका छन् ।

काग्रेसका एनपी साउदले ५३९, एमालेका वचनबहादुर सिंहले ३७८ र नेकपाको माधव प्रसाद पन्तले १४१ मत पाएका छन् ।

कैलाली निर्वाचन क्षेत्र १ को मतगणना सुरु

यशोदा शर्मा,

कैलाली । प्रतिनिधिसभा निर्वाचनको कैलाली क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।  यो क्षेत्रमा ५९ हजार ३ सय ३३ मत खसेको
यस क्षेत्रबाट १९ जनाको उम्मेदवारी छ। जसमध्ये नेपाली काँग्रेसका जनकराज चौधरी, नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली, सुनिता भण्डारीले नेमकिपाबाट, लोकेन्द्र कुँवरले राप्रपाबाट, रुपाकुमारी चौधरीले आम जनता पार्टीबाट तथा सत्यनारायण भट्टराई, राजेन्द्रबहादुर शाही, तपेन्द्र शाह, अरुण ठकुल्ला, फागुराम थारू र नरेश रावल को उम्मेदवारी छ ।
कैलाली(१ बाट नै  जनकराज शाहले प्रलोपाबाट, विमलकुमार डगौराले श्रम संस्कृति तथा रामबहादुर विश्वकर्माले नेकपा माओवादीबाट र जनमत पार्टीका भगतराम डगौरा थारू रहेका छन्।

चितवन २ मा रविले लिए अग्रता

भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

प्रारम्भिक गणनामा एमाले उम्मेदवारभन्दा पछि परेका रविले पछिल्लो मतगणनामा एमाले उम्मेदवार अस्मिन घिमिरेलाई उछिनेका छन् ।

रविले एक हजार १५८ मत ल्याउँदा एमालेका अस्मिनले ९०८ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार प्रताप गुरुङ ७७५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मीना खरेलले ५३९ मत ल्याएकी छन् ।

रुपन्देही – २ मा रास्वपाका खरेलको सुरुवातमै फराकिलो अग्रता

बुटवल : रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा शुरुवाती मतगणनामा रास्वपाले फराकिलो अग्रता लिएको छ ।

सुरूमै गणना गरिएको तिलोत्तमा नगरपालिका- १ को अन्तिम परिणाम अनुसार एमालेका उम्मेदवार  बिष्णु पौडेल रास्वपाका सुलभ खरेलभन्दा २ हजार १ सय ६२ मतले पछाडि छन् । खरेलले २ हजार ७७१ र पौडेलले  ६ सय ९ मत पाएका छन् । नेपाली कांग्रेसका चुन्न पौडेलले ३ सय ५ मत ल्याए ।

विष्णु पौडेलमाथि सुलभ हावी, सुरुवातमै फराकिलो मतान्तर

बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेल पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै हावी देखिएका छन् ।

प्रारम्भिक गणनामै सुलभले फराकिलो अग्रता लिने संकेत देखाएका छन् । अहिलेसम्मको गणनाअनुसार उनले पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् ।

खरेलले चार हजार ७४ मत प्राप्त गर्दा पौडेलले जम्मा ८४५ मत पाएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ५०४ मा ल्याएर पछ्याइरहेका छन् ।

काठमाडौं ३ मा कुलमानलाई रास्वपाका पाण्डेले उछिने

काठमाण्डौं, २२ फागुन ।

काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डे कुलमान घिसिङलाई उछिनेका छन् ।

शुरुदेखि नै अग्रता कायम गरेका कुलमान २५४ मतले पछि परेका छन् ।

पछिल्लो मत गणना अनुसार कुलमानले २७०६ ल्याउँदा राजुले २९६० ल्याएका छन् । उनीहरूलाई नेपाली कांग्रेशका रमेश अर्याल र एमालेका रामेश्वर फुयाँलले क्रमशस् ५८३ र ४५६ मत ल्याएर पछ्याइरहेका छन् ।

पूर्व अर्थमन्त्रीलाई पछि पार्दै रास्वपाका खरेल अगाडि

बुटवल, २२ फागुन ।
रुपन्देही २ मा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल भारी मतले पछाडि परेका छन् ।

पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले दुई हजार बढी मतले पछि पारेका छन्।

खरेलले २७८१ मत प्राप्त गर्दा पौडेलले जम्मा ७०९ मत पाएका छन् । तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ३०५ मत ल्याएका छन् ।

स्याङ्जा १ मा कांग्रेसको अग्रता

स्याङ्जा, २२ फागुन।

स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।

हरिनास गाउँपालिका ७ को मतगणना गर्दा अपडेट नेपाली कांग्रेसबाट भरतराज ढकालले २७६ मत पाएका छन् । २३९ मतसहित नेकपा एमालेबाट मीनप्रसाद गुरुङले पछ्याइरहेका छन् ।

कसको मत कति ?

१. नेपाली काङ्ग्रेस – २७६
२. नेकपा एमाले – २३९
३. नेपाली कम्युनिस्ट पार्टी – २६
४. राष्ट्रिय स्वतन्त्र पार्टी – २६०
५. राष्ट्रिय प्रजातन्त्र पार्टी – ६
६. प्रगतिशील लोकतान्त्रिक पार्टी – ०
७. उज्यालो नेपाल पार्टी – ३
८. श्रम संस्कृति पार्टी – ७
९. नेशनल रिपब्लिक नेपाल – २
१०. नेकपा माओवादी – १
११. मङ्गोल नेशनल अर्गनाइजेसन – ०
१२. स्वतन्त्र उम्मेदवार (अशोक बिष्ट – मोडा) – १
खसेको मत :- ८८०
सदर मत :- ८२१
बदर मत :- ५९

कास्की १ मा पनि रास्वपाको अग्रता

पोखरा, २२ फागुन ।
कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खड्क राज पौडेल (गनेश)ले अग्रता लिएका छन् ।

पौडेलले ८६६ मत ल्याउदा उनलाई पछ्याईरहेका नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ४७५ मत पाएका छन्।

नेकपा एमालेका बैनबहादुर क्षेत्रीले ३०७ मत पाएका छन्।

काठमाडौं–२ मा रास्वपाका केसीको अग्रता

काठमाडौं २२ फागुन। काठमाडौं क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुनिल केसीले अग्रता लिएका छन् ।

रास्वपाका केसीले ४२४ मत ल्याउदा एमालेका मणिराम फूयाँलले २३६ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका कविर शर्माले १८९ मत प्राप्त गरि तेस्रो स्थानमा रहँदा राप्रपाकी कुन्ति पोखरेल ५७ मत ल्याएर चौथो स्थानमा छिन् ।

यतिबेला शंखरापुर नगरपालिका वडा नम्बर १ मत गणना भईरहेको छ ।

चितवन २ मा एमालेको अग्रता, रवि लामिछाने दोस्रो

चितवन २२ फागुन ।
चितवन क्षेत्र नम्बर २ मा एमालेले अग्रता लिएको छ ।

एमालेका अस्मिन घिमिरेले ३२५ मतसहित अग्रता कायम गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २११ मत पाएका छन् । नेपाली कांग्रेस नेत्री मिना खरेलले १४५ र नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १६१ पाएका छन् ।

काठमाडौं–५ मा पनि रास्वपाका पोखरेल अगाडि

काठमाडौं,२२ फागुन । काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाले अग्रता लिएको छ ।

बुढानीलकण्ठ–६ मा जारी मत गणनामा रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १४२४ मत ल्याउदा दोस्रोमा रहेका नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ४१२ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर १ मा पनि रास्वपाको अग्रता

कञ्चनपुर, २२ फागुन ।
कञ्चनपुर २ मा पनि सय मत गणना हुदा रास्वपाले अग्रता कायम गरेको छ ।

रास्वपाका ज्ञानेन्द्र महताले ४७ मत ल्याउदा नेपाली काँग्रेसका हरी बोहराले १६ र नेकपा एमालेका दीपक भट्टले १४ मत ल्याएका छन् ।

यतिबेला दोधारा चाँदनी वडा नम्बर १ को मत गणना भईरहेको छ ।

कञ्चनपुर २ मा रास्वपाका बोहरा फराकिलो मतले अगाडि

कञ्चनपुर, २२ फागुन ।
कञ्चनपुर २ मा रास्वपाका दीपक बोहराले मतान्तर बढाएका छन् ।

रास्वपाका बोहराले ६३२ मत ल्याउदा नेपाली काँग्रेसका एनपी साँउदले १४५ मत ल्याएका छन् । नेकपा एमालेका बचन बहादुर सिंहले १३५ र नेकपाका माधव पन्तले ४५ मत ल्याएका छन् ।

भक्तपुरमा एमालेका महेश बस्नेत झिनो मतले अगाडि

भक्तपुर, २२ फागुन ।
भक्तपुर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले झिनो मतले अग्रता कायम गरेका छन् ।

बस्नेतले २४२ मत ल्याउदा रास्वपाका राजीव खत्रीले २१८ मत ल्याएका छन् । दुबैबीच २४ मतको अन्तर छ ।

त्यस्तै नेपाली काँग्रेसका कबीर रानाले ३२ मत ल्याएका छन् ।

कास्कीका तीनवटै निर्वाचन क्षेत्र र चितवन ३ को मतगणना सुरु

काठमाण्डौं, २२ फागुन ।

कास्कीका तीनवटै निर्वाचन क्षेत्र र चितवन ३ को मतगणना सुरु मतगणना सुरु भएको छ ।

चितवनको माडी नगरपालिका-५, ६ र ९ नम्बर वडाबाट मतगणना प्रारम्भ गरिएको छ । यो क्षेत्रमा ६४.४६ प्रतिशत मत खसेको छ ।

कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नम्बर २ को शुक्रबार बिहान साढे १२ बजे सुरु भएको हो भने कास्की-१ को २ बजे र कास्की-३ को बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको छ ।
कास्की-२ को पोखरा महानगरपालिका-३३ को गणना भइरहेको छ भने कास्की- १ को रुपा गाँउपालिकाबाट सुरु गरिएको छ । यसैगरी कास्की-३ को अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका-१ बाट मतगणना सुरु गरिएको छ ।

काठमाडौं १ मा पनि रास्वपाकी रञ्जु दर्शना अगाडि

काठमाडौ,२२ फागुन । काठमाडौं १ मा पनि रास्वपाले अग्रता कायम गरेको छ।

शुरुवाती मतगणनामै रास्वपाका रञ्जु दर्शनाले १६५८ ल्याएकी छन् । उनलाई पछ्याएका नेपाली कांग्रेसका प्रबल थापाले ९२९ मत ल्याएका छन् ।

राप्रपाका रविन्द्र मिश्रले ४८५, एमालेका मोहनराज रेग्मीले १६१ र नेकपाका मेनुका भण्डारीले ४३ पाएकी छन् ।

 

कञ्चनपुर २ मा पनि रास्वपाको अग्रता

कञ्चनपुर, २२ फागुन ।
कञ्चनपुर क्षेत्र नम्बर २ मा शुरुवाती मतगणनामै रास्वपाले अग्रता कायम गरेको छ ।

२०० मतगणना हुदा रास्वपाका उम्मेदवार दीपक बोहराले १९७ मत पाएका छन् । काँग्रेसका एनपी साँउदले २ मत ल्याएका छन् । एक मत बदर भएको छ ।

काठमाडौं–४ मा पनि रास्वपाको अग्रता

काठमाडौं २२ फागुन, । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता कायम गरेको छ ।

रास्वपाका उम्मेदवार पुकार बम ८६२ मत ल्याएर अग्रता कायम गरेका हुन् ।

दोस्रोमा एमालेका उम्मेदवार राजन भट्टराई छन् । उनले २७३ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यतिबेला  बुढानिलकण्ठ नगरपालिका १ को गणना भईरहेको छ ।

खोज्नुहोस