काठमाडौं–४ मा पनि रास्वपाको अग्रता
काठमाडौं २२ फागुन, । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता कायम गरेको छ ।
रास्वपाका उम्मेदवार पुकार बम ८६२ मत ल्याएर अग्रता कायम गरेका हुन् ।
दोस्रोमा एमालेका उम्मेदवार राजन भट्टराई छन् । उनले २७३ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले २१२ मत ल्याएर तेस्रो स्थानमा छन् ।
यतिबेला बुढानिलकण्ठ नगरपालिका १ को गणना भईरहेको छ ।
