कैलाली निर्वाचन क्षेत्र १ को मतगणना सुरु
यशोदा शर्मा,
कैलाली । प्रतिनिधिसभा निर्वाचनको कैलाली क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । यो क्षेत्रमा ५९ हजार ३ सय ३३ मत खसेको
यस क्षेत्रबाट १९ जनाको उम्मेदवारी छ। जसमध्ये नेपाली काँग्रेसका जनकराज चौधरी, नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली, सुनिता भण्डारीले नेमकिपाबाट, लोकेन्द्र कुँवरले राप्रपाबाट, रुपाकुमारी चौधरीले आम जनता पार्टीबाट तथा सत्यनारायण भट्टराई, राजेन्द्रबहादुर शाही, तपेन्द्र शाह, अरुण ठकुल्ला, फागुराम थारू र नरेश रावल को उम्मेदवारी छ ।
कैलाली(१ बाट नै जनकराज शाहले प्रलोपाबाट, विमलकुमार डगौराले श्रम संस्कृति तथा रामबहादुर विश्वकर्माले नेकपा माओवादीबाट र जनमत पार्टीका भगतराम डगौरा थारू रहेका छन्।
