काभा भलिबलमा नेपाल फेरि पाँचौ सेटमा पराजित

द एभरेष्ट पोष्ट
७ साउन २०८३ १४:११
काभा भलिबलमा नेपाल फेरि पाँचौ सेटमा पराजित

काठमाडौं ।  काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।

नेपाललाई बिहीबार श्रील्काले ३-२ को सेटमा हराएको हो।

पाकिस्तानको इस्लामावादमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकाविरूद्ध पहिलो सेट २५-१८ ले गुमाएको थियो।

त्यसपछि नेपालले २५-२१ र २५-१९ ले जितेर अग्रता दिएको थियो। तर चौथो सेटमा पाकिस्तानले २५-२१ को जित निकालेर बराबरी गर्‍यो।

निर्णायक पाँचौ सेटमा नेपालले खराब प्रदर्शन गर्‍यो र १५-१० ले पराजित भयो।

यसअघि पहिलो खेलमा पनि नेपाल ३-२ ले पराजित भएकव थियो।

बुधबार भएको खेलमा नेपालले काजखस्तानसँग ३-२ को सेटमा पराजय भोगेको थियो।

काजखस्तानसँग सुरुवाती दुई सेट  गुमाए पनि नेपाल खेलमा फर्किएको थियो। तेस्रो र चौथो सेटमा जित निकाले पनि नेपाल निर्णायक पाँचौ सेटमा पछि पर्‍यो।  पहिलो सेट १९-२५ र दोस्रो खेल २१-२५ खेल गुमाएको नेपालले त्यसपछि ३४-३२ र २५-१९ ले खेल जितेर खेललाई बराबरीमा ल्यायो।  तर पाँचौ सेटमा नेपाल ९-१५ ले पछि पर्‍यो।

प्रतियोगितामा नेपाल र काजखस्तानसहित उज्वेकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्।

नेपालले तेस्रो खेल शुक्रबार दिउँस सवा चार घरेलु टोली पाकिस्तानसँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस