कञ्चनपुर–३ मा रास्वपाको सुरुआती अग्रता
कन्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा कञ्चनपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता बनाएको छ ।
हालसम्म ६०० मतगणना गरिएको छ । रास्वपाका उमेदवार ज्ञानेन्द्रसिंह महता २६० मतसहित अगाडि छन् । नेपाली कांग्रेसका उमेदवार हरिकृष्ण बोहराले १०० मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का दीपकप्रकाश भट्टले ६१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मानबहादुर सुनाले ३८ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
