सर्लाही ४ :रास्वपाका अमरेशकुमारको अग्रता

काठमाण्डौ – प्रतिनिधि सभा चुनावको मतगणना अन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वातन्त्र पार्टी ९रास्वपा०का उम्मदेवार अमरेशकुमार यादवले अग्रता लिएका छन् ।

उनले १९०८ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ५३६ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका अभिनिस रायले ३८९ मत पाएका छन् ।

कैलाली- ३ मा मतगणना सुरु

कैलाली- कैलाली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत पुस्कलराज प्रसाईँले यहाँ मतगणना सुरु भएको जानकारी  दिए ।

उनका अनुसार कैलारी गाउपालिका-३ बाट मतगणना सुरु भएको छ । यहाँ एक लाख नौ हजार एक सय २२ मतमध्ये ५५ प्रतिशत अर्थात् ६० हजार दुई सय ९४ मत खसेको थियो ।

यस क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिका गरी ४५ मतदान स्थल र एक सय ४७ मतदान केन्द्र रहेका थिए । यहाँ विभिन्न ११ दलका ११ उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

अछाम क्षेत्र नं. २ मतगणना शुरु

अछाम । अछाम क्षेत्र नं २ को मतगणना प्रारम्भ भएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालय मंगलसेनमा भएको मतगणना मंगलसेन नगरपालिका वडा नं १२ वान्नातोली, १३ वस्ती र १४ कालागाउँका मत मिलाएर गणना शुरु गरिएको हो ।

क्षेत्र नम्बर १ मा भने मतदानका क्रममा ९० प्रतिशत मत खसेको भन्दै सर्वदलीय बैठकमा विवाद भएपछि हालसम्म मत गणनाको कार्य अघि बढ्न सकेको छैन ।

रवि लामिछाने ६ हजार बढी मतसहित अगाडि

चितवन : चितवन–२ मा जारी मत गणना अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  उम्मेदवार रवि लामिछानेले ३,९६३ सहित अग्रता बनाएका छन् । हालसम्मको मत परिणामअनुसार घण्टी चुनाव चिह्नका उम्मेदवार लामिछानेले ६ हजार ७ सय मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २,३२९ मत पाएका छन् । उनी लामिछानेभन्दा ४,३७१ मतले पछि छन् । नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २,२२२ मत पाएकी छन् । उनी लामिछानेभन्दा ४ हजार ४ सय ७८ मतले पछि छिन् ।

यस्तै नेकपाका उम्मेदवार टेकप्रसाद गुरुङले १,५५८ मत प्राप्त गरेका छन् । उनी लामिछानेभन्दा ५,१४२ मतले पछाडि परेका छन् । मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कैलाली २ मा काँग्रेसका स्वाँरले अग्रता लिए

धनगढी, २२ फागुन ।
कैलाली २ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

४०० मत गणना हुदा काँग्रेसका उम्मेदवार बिजय स्वाँरले १४६ मत सहित अग्रता लिएका छन् ।

दोस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाले ६३ मत ल्याएका छन् । तेस्रोमा रास्वपाका केपी खनालले ४० मत ल्याएका छन् । नेकपाले ५५ र नाउपाले १ मत ल्याएको छ ।

बैतडीमा १२ बजेपछि मात्र मतगणना हुने

बैतडी।  जिल्लाका २१५ मतदान केन्द्रमा भएको ४३८ वटा मतपेटीका रातभरीमा सदरमुकाम आईपुगेपछि शुक्रबार ११ बजे सर्वदलीय बैठक गरी मतगणना गर्ने तयारी भएको छ । सर्वदलीय बैठक आह्वान गरी ११ बजेपछि मतगणना हुने मुख्य निर्वाचन अधिकतृ तीर्थराज भट्टले बताए ।

उनले भने,“ सबै मतपेटीमा बुझिसकेका छौं । मत गणनाका लागि चार वटा कोठामा तारजाली लगाएर तयारी अवस्थामा राखेका छौं । चुनावको नतिजा छिटो सार्वजनिक गर्न चार ठाउँबाट मत गणना हुने छ ।”

यो पटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बैतडीमा ४६.७८ प्रतिशत मत खसेको छ । यो पटकको निर्वाचनमा ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र अन्य एक जना गरी ७३ हजार १४८ मत खसेको छ ।  जिल्लामा अहिले कुल एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।

२०७९ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ५२ प्रतिशत मत खसेको थियो । २०७९ को निर्वाचनमा कुल १ लाख ५० हजार १५६ मतदाता रहेका थिए । अघिल्लो निर्वाचनमा ७८ हजार ३६९ मत खसेको थियो ।  यो पटक करिब छ हजार मतदाता बढे पनि मतदान भने कम भएको छ ।  जिल्लाका अधिकांश मानिस रोजगारीका लागि विदेश गएको निर्वाचन भन्दा कम मतदान भएको आँकलन गरिएको छ ।

यो पटकको निर्वाचनमा जिल्लाका २१५ मतदान केन्द्र कायम भएका छन् । एक मात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको बैतडीमा यो पटक १० वटा राजनीतिक दल र एक जना स्वतन्त्र गरी ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

रुकुम पूर्वमा प्रचण्डले तेब्बर मतले अगाडि

रुकुम पूर्व, २२ फागुन ।

रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाएका छन् ।

दाहाल झण्डै तेब्बर मतले प्रतिस्पर्धीभन्दा अगाडि छन् ।

दाहालले २९८९ मत ल्याउदा उनलाई पछ्याईरहेको काँग्रेसले ९१६, एमालेले ५९२, रास्वपाले २८९ र प्रलोपामा ५८ मत ल्याएको छ ।

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा झण्डै तेब्बर मतले अगाडि

कञ्चनपुर- कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहराले फराकिलो अग्रता बनाएका छन् ।

७ हजार ५६६ मत गन्दा बोहराले ४२६८ मत ल्याएका छन् ।

उनलाई कांग्रेसका एनपी साउदले निकै पछि रहेर पछ्याइरहेका छन् । साउदले १५२५ मत ल्याएका छन् ।

एमालेका बचनबहादुर सिंहले ८३७ मत ल्याएका छन् ।

नेकपाका माधव पन्तले ४२७ मत ल्याएका छन् ।

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । शाहीले एक हजार २४५ मत गणना हुँदा ५४१ मतसहित अग्रता लिइरहेका छन् ।

शाहीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नरेश भण्डारीले ४३५ मतसहित पछ्याइरहेका छन् । यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५४ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका शान्तिलाल महतले ७२ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की विनीता कठायतले ९ मत मात्रै प्राप्त गरेकी छन् ।

कैलाली ५ मा रास्वपाको अग्रता कायमै

यशोदा शर्मा,

कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्द बहादुर चन्दको अग्रता कायमै रहेको छ । शुरुवाती चरणमा १ हजार मतगणनामा गर्दा चन्दले झण्डै दोव्वर मतले अग्रता कायम गरेका छन् ।
१ हजार मतगणना हुँदा रास्वपाका चन्दले ४९०, नेकपा एमालेका यज्ञराज ढुंगानाले २२९, काँग्रेसका नरनारायन शाहले १२७ र नेकपाका प्रेम आलेले ७० मत ल्याएका छन् ।
कैलाली ५ सुदूरपश्चिमकै  चर्चित निर्वाचन क्षत्र हो । जाहाँ १ लाख १ं० हजार ५ सय ३९ मतदाता छन् । यो क्षेत्रबाट ५९ प्रतिसत अर्थात ६६ हजार १ सय ९१ मत खसेको छ ।

रौतहट-४ मा ३६ सय मत गणना हुँदा ऋषि धमलाले पाए ९ मत

काठ्माण्डौ- तहट-४ मा मतगणना जारी छ।

अहिलेम्म ३६ सय मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो क्षेत्रमा ऋषि धमला उम्मेदवार छन्। उनले अहिलेसम्म ९ मत मात्रै पाएका छन्।

पत्रकारितामा सक्रिय रहेका धमलाले आम जनता पार्टी(आजपा)बाट उमेदवारी दिएका थिए।

यो क्षेत्रमा रास्वपाका गणेश पौडेलले २ हजार २०५ मत ल्याएका छन्।

कांग्रेसका देवप्रसाद तिमिल्सिनाले ६९२ मत ल्याएका छन्।

नेकपाका रामकुमार भट्टराईले ६३७ मत ल्याएका छन्।

एमालेका रामजी साहले १ सय २२ मत ल्याएका छन्।

ललितपुर–३ बाट रास्वपाकी तोसिमा कार्की विजयी

ललितपुरः ललितपुर–३ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तोसिमा कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। उनले कुल ३१,१३६ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्।

कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का अमृत खड्काभन्दा १८,१७३ मत बढी ल्याएकी छन्। अमृत खड्काले १२,९६३ मत प्राप्त गरेका थिए।त्यस्तै नेकपा ९माओवादी केन्द्र० की पम्फा भुसालले ८,७६९ मत प्राप्त गरेकी छन्।

त्यस्तै नेकपा ९माओवादी केन्द्र० की पम्फा भुसालले ८,७६९ मत प्राप्त गरेकी छन्।

ललितपुर १ मा काँग्रेसका राणा अगाडि

ललितपुर २२ फागुन ।

ललितपुर क्षेत्र नं १ मा नेपाली काँग्रेसका उदय सम्शेर जवराले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतगणना अनुसार राणाले ३१४४ मत सहित अग्रता कायम राखेका हुन् ।

राणालाई पछ्याएका एमालेका चेतनाथ सञ्जेल १७५३ मत ल्याएका छन् । त्यस्तै रास्वपाका बुद्धरत्न महर्जन १६५२ मत ल्याएका छन् ।

दार्चुलामा दुर्गम क्षेत्रमा रहेका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी

दार्चुला: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलाका दुर्गम क्षेत्रमा रहेका केही मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम खलंगा ल्याउने काम भइरहेको छ।

अपिहिमाल गाउँपालिकाका सितोला, पाथा, सिती र क्षेत्ती मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरी खलंगा ल्याइँदै छ। त्यस्तै, नागु क्षेत्रको मतपेटिका पनि खलंगा ल्याउने क्रममा रहेको जनाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगेपछि सर्वदलीय बैठक बस्नेछ। बैठकपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
सबै मतपेटिका संकलन भइसकेपछि आज दिउँसोसम्म मतगणना प्रक्रिया अघि बढाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काठमाण्डौं १ मा रास्वपाकी रञ्जु दर्शना बिजयी

काठमाडौं २२ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाण्डौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु न्यौपाने (दर्शना) बिजयी भएकी छन् । उनी रास्वपाका तर्फबाट खाता खोल्ने पहिलो उम्मेदवार बनेकी छन् ।

भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे । राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।

 

डडेल्धुरामा बिहान ११ बजेदेखि सुरु हुने मतगणना

डडेल्धुरा- डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो। बैठकमा मतगणना प्रक्रिया, व्यवस्थापन तथा सुरक्षाका विषयमा छलफल गर्दै बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरिएको मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाले जानकारी दिए। मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत भवनमा गरिने जनाएको छ।

कैलाली ५ मा रास्वपाको अग्रता

धनगढी, २२ फागुन ।
कैलाली क्षेत्र नम्बर ५ मा मत गणना शुरु भएको छ । शुरुवाती मतगणनामा रास्वपा पार्टीले अग्रता लिएको छ ।

५०० मतगणना हुदा रास्वपाका आनन्द चन्दले १६२ मत ल्याएका छन् ।

त्यस्तै नेपाली काँग्रेसका नर नारायण शाह मनुले ७३ मत ल्याएका छन् । तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले ६४ मत र नेकपाका प्रेम आलेले ४७ मत ल्याएका छन् ।

शीर्ष नेता : रवि–बालेन र प्रचण्डको अग्रता, ओली पछाडि, गगनकोमा गणना शुरू हुन बाँकी

काठमाण्डौ – प्रतिनिधिसभा चुनावको मतगणना भइरहँदा शीर्ष नेताहरूमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाहेक अरू नेताहरू पछाडि देखिएका छन् ।

देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १ हजार ९३ मतले पछि पारेका छन् । १ हजार ४ सय ७८ मत गणना भइरहँदा बालेनले १ हजार ९३ मत पाएका छन् भने ओलीले ३८५ मत मात्रै प्राप्त गरेका छन् ।

रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले १ हजार ४ सय १५ मतसहित अग्रता लिएका छन् । उनको पछाडि नेकपा एमालेका लिलमणि गौतमले ४ सय ३१ मत प्राप्त गरेका छन् ।

यस्तै चितवन २ बाट रास्वपाका सभापति रवि लामिछानेले ३२६५ मतसहित अग्रता बनाएका छन् । नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ५ सय १९ मत पाएका छन् ।

अर्को चर्चित निर्वाचन क्षेत्र भक्तपुर २ मा एमालेका सचिव महेश बस्नेतलाई १ हजार ४ सय ८७ मतले पछाडि पार्दै रास्वपाका राजीव खत्री ३ हजार ६ मतले अघि छन्। नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र सर्लाही ४ मा भने मतगणना शुरु हुन बाँकी छ ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपालको रौतहट क्षेत्र नम्बर १ र झलनाथ खनालको इलाम क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी छ । -उज्यालो अनलाइनबाट

कैलाली-५ को मतगणना सुरु

यशोदा शर्मा,

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ। शुक्रवार बिहान सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुरु भएको हो। कैलाली ५ मा कांग्रेसबाट नर नारायण शाह, रास्वपाबाट आनन्‍द बहादुर चन्‍द, एमालेबाट यज्ञ राज ढुंगाना, नेकपाबाट पैम आले सहित लगायत प्रतिष्पर्धामा रहेका छन्।
पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा यसअघि निर्वाच क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। अन्य निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइसकेको र दिउँसो ११ बजेदेखि मतगणना सुरु गरिने जनाइएको छ।

डोटीमा ११ बजेदेखि मतगणना हुने

डोटी  : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएसंगै डोटीमा शुक्रबार बिहान ११ बजेदेखि मतगणना हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना हुने निर्णय गरेको हो।

जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिका संकलन भएसंगै मतगणनाको प्रक्रिया सुरू गर्न लागिएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले बताए।

डोटीमा जम्मा ४०.८८ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लाभरी ५२ हजार चार सय ८५ मत खसेको छ ।

महिलाको ३१ हजार नौ सय दुई मत र पुरूषको २० हजार पाँच सय ८३ मत गरि जम्मा ५२ हजार चार सय ८५ मत खसेको जिल्ला निर्वाचन अधिकारी करूणाकर पन्तले जानकारी दिएका छन्।

भक्तपुर–२ मा महेश बस्नेतलाई दोब्बर मतान्तरले पछि पार्दै खत्रीको अग्रता

भक्तपुर:  भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले फराकिलो अग्रता लिएका छन्। हालसम्मको मत परिणाम अनुसार खत्रीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई दोब्बर मतान्तरले पछि पारेका छन्।

रास्वपा उम्मेदवार खत्रीले दोब्बर मत ३ हजार ६० ल्याउँदा उनलाई नेकपा एमालेका महेश बस्नेतले १५ सय ७३ मतसहित पछ्याइरहेका छन् ।

नेपाली कांग्रेस ४ सय ८४ मतसहित तेस्रो स्थानमा हुँदा नेमकिपाले १ सय ६१ मतसहीत चौथो स्थानमा रहेको छ । अन्य उम्मेदवारले तीन अङ्कको नतिजा ल्याउन सकेका छैनन् ।

५ हजार ७ सय ९ मत गणाना गर्दा यो नतिजा आएको हो । यहाँ कूल ७२ हजार ५ मत खसेको छ ।

५१ क्षेत्रमध्य ४१ मा रास्वपा अगाडि

काठमाडौं २२ फागुन।
देशभरीमा ५१ स्थानमा मत गणना जारी रहदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ स्थानमा अग्रता लिएको छ ।

अहिलेसम्म एमाले ५, कांग्रेस ३ र नेकपाले २ स्थानमा अग्रता लिएको छ ।

रास्वपाले अग्रता लिएका क्षेत्रहरु :

काठमाडौं – १ मा रञ्जु न्‍यौपाने, काठमाडौं – ८ मा विराजभक्त श्रेष्ठ, रूपन्देही – २ मा सुलभ खरेल, काठमाडौं – १० मा प्रदीप विष्‍ट, धनुषा – ३ मा मनिष झा, काठमाडौं – ७ मा गणेश पराजुली, काठमाडौं – ३ मा राजुनाथ पाण्डे, काठमाडौं – ४ मा पुकार बम, मोरङ – ४ मा सन्तोष राजवंशी, काठमाडौं – ५ मा सस्मित पोखरेल, महोत्तरी – १ मा प्रमोदकुमार महतो, भक्तपुर – १ मा रुकेश रञ्जित, चितवन – २ मा रवि लामिछाने, काठमाडौं – ६ मा शिशिर खनाल, कास्की – २ मा उत्तमप्रसाद पौडेल, भक्तपुर – २ मा राजीव खत्री, कास्की – १ मा खड्कराज पौडेलले अग्रता लिइरहेका छन्

यसैगरी बाँके – १ मा सुरेशकुमार चौधरी, चितवन – ३ मा सोविता गौतम, ललितपुर – ३ मा तोसीमा कार्की, कञ्चनपुर – २ मा दिपकराज बोहरा, दाङ – १ मा देवराज पाठक, मोरङ – १ मा यज्ञमणि न्यौपाने, स्याङ्जा – १ मा धनञ्जय रेग्मी, कास्की – ३ मा बिना गुरुङ, रौतहट – ४ मा गणेश पौडेल, रूपन्देही – ३ मा डा। लेखजंग थापा, बाँके – ३ मा खगेन्द्र सुनार, झापा – २ मा इन्दिरा राना मगर, बारा – १ मा गणेश धिमाल, झापा – ५ मा बालेन्द्र शाह, तनहुँ – १ मा स्वर्णिम वाग्ले, मोरङ – ५ मा आशा झा, रूपन्देही – ५ मा तौफिकअहमद खानले अग्रता लिइरहेका छन् ।

कञ्चनपुर – १ मा जनक सिंह धामी, बर्दिया – २ मा श्रीधर पोख्रेल, धादिङ – १ मा आसिका तामाङ, पाल्पा – १ मा विमल पन्त, काठमाडौं – २ मा सुनिल के।सी।, कञ्चनपुर – ३ मा ज्ञानेन्द्र सिंह महता, ललितपुर – २ मा जगदीश खरेल, र मोरङ – ३ मा गणेश कार्कीले अग्रता लिइरहेका छन् ।

नेकपा एमाले पाँच क्षेत्रमा अगाडि

रूपन्देही – ४ मा प्रमोदकुमार यादव, बाँके – २ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा – १ मा मीनप्रसाद गुरुङ, तेह्रथुम – १ मा भानुभक्त ढकाल, चितवन – १ मा दावा दोर्जे लामाले अग्रता लिइरहेका छन् ।

कांग्रेस ४ क्षेत्रमा अगाडि छ ।

ललितपुर – १ मा उदयशमशेर जबरा, कपिलवस्तु – ३ मा अभिषेकप्रताप शाह र कैलाली – १ मा जनकराज चौधरीले अग्रता लिइरहेका छन् ।

नेकपा २ क्षेत्रमा अगाडि छ ।

रूकुम पूर्व – १ मा पुष्पकमल दाहाल प्रचण्ड र कालीकोट – १ मा महेन्द्रबहादुर शाहीले अग्रता लिइरहेका छन् ।

इङ्ल्यान्डलाई हराउँदै साविक विजेता भारत फाइनलमा प्रवेश

काठमाडौं : आइसिसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको छ।

फाइनलमा भारतले पहिलो सेमिफाइनलको विजेता न्युजिल्यान्डसँग उपाधिका लागि खेल्ने छ। मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो।

भारतले लिएको २५४ रनको बलियो लक्ष्य पछाएको इङ्ल्यान्डले ७ विकेटको क्षतिमा २४६ रन बनायो।

अन्तिम ओभरमा ३० रन चाहिएको अवस्थामा इङ्ल्यान्डले २२ रन मात्रै जोड्न सक्यो। इङ्ल्यान्डको लागि ज्याकोब बेथेलले सर्वाधिक १०५ रनको शतकीय पारी खेले ।उनले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै रन आउट भए। अन्तिम ओभरको पहिलो बलमा ज्याकोबको विकेट नै इङ्ल्यान्डको लागि निकै घातक बन्यो । सुरुवाती दिनु विकेट सस्तैमा गुमाएको इङ्ल्यान्डको लागि बेथेलले पाँचौं विकेटका लागि विल ज्याकसँग ७७ रनको साझेदारी बनाए। एक तर्फबाट विकेट जादा बेथेलले इङ्ल्यान्डको इनिङ्स सम्हालेका थिए।
इङ्ल्यान्डका लागि जोश बटलरले २५ रन बनाउँदा कप्तान ह्यारी ब्रुक ७ रनमै पेबिलियन फर्किए। टम ब्यान्टनले १७, विल ज्याक्सले ३५ रन बनाउँदा साम करन १८ रनमा समेटिए। जेमी ओभरटन २ र जोफ्रा आर्चर  १९ रनमा अविजित रहे।

भारतका लागि बलिङतर्फ हार्दिक पाण्ड्याले २ विकेट लिए। अर्शदिप सिंह, जसप्रीत बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको भारतका लागि इनिङ्सको सुरुवातमा नै क्याच ड्रपको रुपमा जीवनदान पाएका सन्जु सामसनले सर्वाधिक ८९ रन बनाए। उनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। ओपनर अभिषेक शर्मा ७ बलमा २ चौका सहित ९ रन बनाउँदै पेभेलियन फर्किदा इशान किसनले सन्जु श्यामसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे ‌। इशानले १८ बलमा ४ चौका र दुई छक्का सहित ३९ रन बनाए। शिवम दुवैले ४३ रन बनाउँदा कप्तान सूर्यकुमार यादव ११ रनमा स्टम्पिङ भए। हार्दिक पाण्ड्याले २७ र तिलक बर्माले २१ रन बनाए।

इङ्ल्यान्डको लागि बलिङ तर्फ विल ज्याक्स र आदिल रसिदले समान २-३ विकेट लिए ।जोफ्रा आर्चरले १ विकेट लिए।

यससँगै विश्वकप २०२६ को उपाधिका लागि भारतले पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको न्युजिल्यान्डसँग उपाधि रक्षाका लागि खेल्नेछ। साविक विजेता भारतले चौथो पटक टी २० विश्वकपको फाइनल खेल्दैछ। भारतले सन् २००७ मा पहिलोपटक टी२० विश्वकपको उपाधि जितेको थियो। सन् २०१४ मा उपविजेता रहेको भारतले सन् २०२४ मा पुनः टी २० विश्वकपको उपाधि जितेको हो।

न्युजिल्यान्डले भने दोस्रोपटक विश्वकपको फाइनल खेल्नेछ । सन् २०२१ मा अस्ट्रेलियाले उपाधि जित्दा न्युजिल्यान्ड उपविजेताको रूपमा चित्त बुझाएको थियो।

४७ वटा निर्वाचन क्षेत्रमा मतगणना : रास्वपा ३७ क्षेत्रमा अगाडि

काठमाण्डौ – हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रका प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले ३७ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ र नेकपाले २ क्षेत्रमा अग्रता लिएका छन् ।

रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा-१ मा विवाद, मतगणना हुन सकेन

जनकपुरधम । धनुषा-१ मा विवाद भएको छ । विवादका कारण मतगणना सुरु हुनसकेको छैन ।

रास्वपामा खसेको मतबारे विवाद भएको छ । विवाद भएपछि निर्वाचन आयोगको निर्देशन पर्खिने निर्णय गरिएको छ ।

धनुषा-१ मा रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी गत फागुन १८ गते आयोगले खारेज गरेको थियो । विरुद्धमा साहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

यद्यपि साहको उम्मेदवारी खारेजी भएको कारण घन्टी चिह्नमा परेको मतलाई सदर वा बदर के मानेर गणना गर्ने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग सुझाव माग गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार शुक्रबार राति नै आयोगलाई पत्र लेखेर सो मतको बारेमा निर्देशन माग गरिएको छ ।

‘रास्वपा उम्मेदवारको मनोनयन खारेज गरिएको छ । तर मतपत्रमा छाप छँदैछ । त्यो छापमा लगाइएको स्वस्तिक चिह्नलाई के गर्ने भन्ने विषयमा हामीले आयोगलाई पत्र लेखेका छौं’, उनले भने, ‘आज बिहान १० बजेसम्म सो पत्रबारे आयोगको केही निर्णय आउँछ त्यसपछि हामी मतगणना अगाडि बढाउछौं ।’

काठमाण्डौं १ मा रञ्जु दर्शना पाँच हजार मतले अगाडि

काठमाडौँ २२ फागुन ।
काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले मतान्तर बढाएकी छन् ।

कांग्रेसका भन्दा दर्शनाले झन्डै पाँच हजार मतको अग्रता लिएकी रञ्जुले ९ हजार ७८ मत पाएकी छन् ।

उनलाई पछ्याईरहेका नेपाली कांग्रेसका प्रबल थापाले ४ हजार सय ८८ मत पाएका छन् । तेस्रो नम्बरमा रहेका राप्रपाका रविन्द्र मिश्रले २ हजार ३ सय ५५ मत पाएका छन् ।

नेकपाकी मेनुका भण्डारीले २ सय१ मत पाएका छन् । अहिलेसम्म ४ सय १२ मत भने बदर भएको पाइएको छ ।

रुकुम पूर्वमा प्रचण्डको अग्रता

काठमाडौँ, २२ फागुन ।
रुकुम पूर्वको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्।

दाहालले एक हजार १४१५ मत ल्याएका छन्। उनलाई पछ्याईरहेका नेकपा एमालेका लिलामणि गौतमले ४३१ मत ल्याएका  छन् ।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याएकी छिन्।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लखनकुमार थापा १७६ मत ल्याएर चौथो स्थानमा रहेका छन्।

३६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता

काठमाण्डौ- हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रका प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले ३६ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।
प्रारम्भिक नतिजामा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मदेवारले ३ वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले दुई वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।
रास्वापाले अग्रता लिएका क्षेत्र : 

झापा २
झापा ५
मोरङ ४
मोरङ ५
धनुषा ३
महोत्तरी १
रौतहट ४
बारा १
बारा ३
ललितपुर ३
भक्तपुर १
भक्तपुर २
काठमाण्डौ १
काठमाण्डौ २
काठमाण्डौ ३
काठमाण्डौ ४
काठमाण्डौ ५
काठमाण्डौ ७
काठमाण्डौ ८
काठमाण्डौ १०
चितवन २
चितवन ३
तनहुँ १
स्याङ्जा १
कास्की १
कास्की २
कास्की ३
पाल्पा १
रुपन्देही २
रुपन्देही ३
रुपन्देही ५
दाङ १
बाँके १
बाँके ३
कञ्चनपुर २
कञ्चनपुर ३

नेकपा एमालेले अग्रता लिएका क्षेत्र : 

तेह्रथुम १
रुपन्देही ४
बाँके २

नेपाली कांग्रसले अग्रता लिएका क्षेत्र : 

ललितपुर १
मुस्ताङ १
कपिलवस्तु ३

नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएका क्षेत्र :  
रुकुम पूर्व १
कालीकोट १

 

खोज्नुहोस