कैलाली ५ मा रास्वपाको अग्रता कायमै
यशोदा शर्मा,
कैलाली । कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्द बहादुर चन्दको अग्रता कायमै रहेको छ । शुरुवाती चरणमा १ हजार मतगणनामा गर्दा चन्दले झण्डै दोव्वर मतले अग्रता कायम गरेका छन् ।
१ हजार मतगणना हुँदा रास्वपाका चन्दले ४९०, नेकपा एमालेका यज्ञराज ढुंगानाले २२९, काँग्रेसका नरनारायन शाहले १२७ र नेकपाका प्रेम आलेले ७० मत ल्याएका छन् ।
कैलाली ५ सुदूरपश्चिमकै चर्चित निर्वाचन क्षत्र हो । जाहाँ १ लाख १ं० हजार ५ सय ३९ मतदाता छन् । यो क्षेत्रबाट ५९ प्रतिसत अर्थात ६६ हजार १ सय ९१ मत खसेको छ ।
