कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा झण्डै तेब्बर मतले अगाडि
कञ्चनपुर- कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहराले फराकिलो अग्रता बनाएका छन् ।
७ हजार ५६६ मत गन्दा बोहराले ४२६८ मत ल्याएका छन् ।
उनलाई कांग्रेसका एनपी साउदले निकै पछि रहेर पछ्याइरहेका छन् । साउदले १५२५ मत ल्याएका छन् ।
एमालेका बचनबहादुर सिंहले ८३७ मत ल्याएका छन् ।
नेकपाका माधव पन्तले ४२७ मत ल्याएका छन् ।
