अछाम क्षेत्र नं. २ मतगणना शुरु
अछाम । अछाम क्षेत्र नं २ को मतगणना प्रारम्भ भएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालय मंगलसेनमा भएको मतगणना मंगलसेन नगरपालिका वडा नं १२ वान्नातोली, १३ वस्ती र १४ कालागाउँका मत मिलाएर गणना शुरु गरिएको हो ।
क्षेत्र नम्बर १ मा भने मतदानका क्रममा ९० प्रतिशत मत खसेको भन्दै सर्वदलीय बैठकमा विवाद भएपछि हालसम्म मत गणनाको कार्य अघि बढ्न सकेको छैन ।
