बाजुरामा काँग्रेसको अग्रता 

बाजुरा २२ फागुन ।
बाजुराको प्रारम्भिक मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

नेपाली काँग्रेसका जनक राज गिरीले ४९२ मत ल्याएका छन् । उनलाई पछ्याएका नेकपा एमालेका लाल बहादुर थापाले ४७० मत ल्याएका छन् । दुबै जनाको बीचमा २२ मतको अन्तर छ ।

तेस्रोमा रहेका नेकपाका प्रकाश बहादुर शाहले १२७ मत ल्याएका छन् । रास्वपाका हेमराज थापाले ८३ मत ल्याएका छन् ।

यो मतपरिणाम हिमाली गाउँपालिका १,२ र ३ बिच्छयाँको हो ।

बझाङमा एमालेका महरले लिए अग्रता

बझाङ, २२ फागुन ।
बझाङ जिल्लामा नेकपा एमालेले अग्रता लिएको छ ।

६७९९ मत गणना हुदा एमालेका उम्मेदवार ऐन महरले २१३७ मत ल्याएका छन् । उनलाई पछ्याईरहेका नेपाली काँग्रेसका प्रकाश रसाईलीले १९७४ मत ल्याएका छन् । रास्वपाका शैलेश सिंह १२२५ सहित तेस्रो स्थानमा छन् ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ८४९, नेकपा माओवादीले ६५, राप्रपाले ४७, स्वतन्त्र मादलले ३ मत प्राप्त गरेको छ । अहिलेसम्म ४९९ मत बदर भएको छ ।

कैलाली ५ मा रास्वपाले मतान्तर बढायो

धनगढी,२२ फागुन ।
कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाले मतान्तर बढाएको छ ।

पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दले ६ हजार ९५९ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याईरहेका नेपाली कांग्रेसका नरनारायण शाहले २,८२९ मत प्राप्त गरेका छन्। दुबै जनाबीच ४ हजार १३० मतको अन्तर छ ।

नेकपा एमालेका यज्ञराज ढुङ्गानाले १,८२१ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रेमबहादुर आलेले १७८२ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले ३०० मत र स्वतन्त्र उम्मेदवार प्यारेलाल राना १४० मत प्राप्त गरेका छन्।

सर्लाही ४ मा रास्वपाका अमरेशकुमारको अग्रता कायमै

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले अग्रता कायमै राखेका छन् ।

जारी मतगणनामा सिंहले ४४९६ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले २५३० मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर १९६६ छ ।

त्यस्तै नेकपा एमालेका अमनिश कुमार यादव ६४३, जनमत पार्टीका राकेश मिश्राले ३५८, नेकपाका डा. रजनिश राय १४० र जसपाका रामेश्वर राय यादवले ९ मत ल्याएका छन् ।

बझाङमा कांग्रेसका रसाइलीको प्रारम्भिक अग्रता

२२ फागुन, बझाङ । एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रारम्भिक अग्रता निकालेका छन् ।

शुक्रबार बुंगल नगरपालिका वडा नम्बर ४, ९ र ६ को एक मतदान केन्द्को मत गणना हुँदा ७५० मतसहित रसाइलीले अग्रता लिएका छन् । यस्तै ४१२ मतसहित दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेशकुमार सिंह छन् ।

नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर १९६ मतका साथ तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले १५८ मत पाएका छन् ।

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक–एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले अग्रता बढाएकी छन् ।

सुरुदेखि नै अग्रस्थानमा रहेकी उनले नेपाली कांग्रेसका जनकराज चौधरीलाई पछि पार्दै तीन हजार ५०९ मत प्राप्त गरी अग्रता बढाएकी हुन्  ।

कांग्रेसका चौधरीले तीन हजार १७३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले एक हजार ५८७ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कैलाली क्षेत्र नं २ मा नेकपा (एमाले)का सूर्यबहादुर शाहले १ हजार २१६ मत प्राप्त गरी अग्रता बनाएका छन् । उनलाई नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले १ हजार ६ मत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नन्दबहादुर साउदले ८११ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।

क्षेत्र नं ३ को मतगणना परिणामअनुसार नेकपाका वीरमान चौधरी १ हजार ८१५ मत प्राप्त गरी अग्रता लिएका छन् । उनलाई रास्वपाका जगत जोशीले १ हजार ४१० मत र नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीले ९८१ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

क्षेत्र नं ४ को जारी मतगणनामा रास्वपाका खेमराज कोइरालले १८४ मत प्राप्त गरी सुरुआती अग्रता बनाएका छन् । उनलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्टले १३२ मत र नेकपा (एमाले)का लेखराज भट्ट १०६ मत प्राप्त गरी पछ्याइरहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र) मा रास्वपाका आनन्दबहादुर चन्दले सुरुदेखि नै अग्रता कायम राखेका छन्  । पछिल्लो मतगणनाअनुसार उनले छ हजार ७३ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका नरनारायण शाहले दुई हजार ३४८ मत र नेकपा (एमाले)का यज्ञराज ढुङ्गानाले एक हजार ५२० मत प्राप्त गरी पछ्याइरहेका छन् ।

मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

काठमाडौं । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् ।

यो नेपाली कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।

नेकपा संयोजक प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।

समानुपातिक मतगणना सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरगतको सामानुपातिकतर्फको पनि मतगणना सुरु भएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले काठमाडौँ १ बाट समानुपातिकतर्फको मतगणना थालिएको जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म समानुपातिकतर्फ १९ हजार ७२८ मतगणना हुँदा ११ हजार ५६२ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको छ । यस्तै समानुपातिकतर्फ नेपाली कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा (एमाले) ले १ हजार १५२, श्रम स.स्कृति पार्टीले ४४१, नेपाली कम्युनिष्ट पार्टीले ३९२ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय परिवर्तन पार्टीले २७३ मत प्राप्त गरेका छन् भने अन्य विभिन्न दलले १०० भन्दा तल मत प्राप्त गरेका छन् ।

बझाङमा मतगणना सुरु

बझाङ – बझाङमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ । आज अपराह्न ४स्३० बजेदेखि मतगणना सुरु गर्ने भनिएको भए पनि ५स्४० बजेबाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणना जयपृथ्वी नगरपालिकाबाट सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला अदालत परिसरभित्र दुई स्थानमा मतगणनाको व्यवस्था मिलाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका सूचना अधिकारी प्रकाश सिंहका अनुसार सुरक्षा व्यवस्थासहित आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएपछि मतगणना सुरु गरिएको हो । बझाङमा ४६।४४ प्रतिशत मत खसेको थियो ।

एमालेका ऐन महर, कांग्रेसका प्रकाश स्नेही रसाइली र रास्वपाका शैलेश सिंह र नेपाली कम्युनिस्ट पार्टीका मीनबहादुर कुँवर लगायत ७ जना चुनावी मैदानमा छन् ।

काठमाण्डाै–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २१ हजारभन्दा धेरै मतान्तरले विजयी

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९रास्वपा० का विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार श्रेष्ठ २१ हजार ३७५ मतान्तरले विजयी  भएका छन् । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५, नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत प्राप्त गरेका छन् ।

काठमाडौं-६ मा शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।

बालेन ओलीभन्दा ९ हजार बढी मतले अगाडि

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा मतान्तर थप बढाएका छन् ।

मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर ९ हजार २५३ पुर्‍याएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ११ हजार ९४५ पुगेको छ ।

उनलाई ओलीले २ हजार ६९२ मतका साथ पछ्याइ रहेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ एक हजार ४७७ मतका साथ तेस्रो स्थनामा छन् ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३५५ र नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत पाएका छन् ।

बाजुरामा सात बजेबाट मतगणना सुरु हुने

बाजुरा, फागुन २२ गते । बाजुरामा आज बेलुकी सात बजेबाट मतगणना हुने भएको छ । दिउँसो बसेको सवैदलीय सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । यहाँका दुर्गम मतादन केन्द्रका मतपेटिका ल्याउन ढिलाई भएपछि यहाँको मतगणना पनि ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत संजिव पोखरेलले, “अहिले सबै मतपेटिका मार्तडीमा पुगिसकेपछि दिउँसो तीन बजे यहाँको सर्वदलिय सर्वपक्षीय  बैठक बसेर राती सात बजे देखि मतगणना गर्ने निर्णय भएको बताए ।

उनले भने, “बाजुरामा ४६ हजार २३२ मत खसेको छ । यसमा पुरुष २१ ८५७ र महिला२४ हजार ३७५ जनाले मतदान गरेको छन् । प्रतिशतमा  ५२।६३ मत खसेको छ।”

नेपाली कांग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, रास्वपाका हेमराज थापा, राप्रपाबाट केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र) बाट भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट दीपक डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही गरी आठ जना चुनावी मैदानमा रहेको पोखरेलले बताए।

२०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता ८३ हजार ५६७ मध्ये प्रतिनिधी सभातर्फ साठी हजार १५२ मत खसेको थियो । अर्थात ६१ दशमलव ६३ प्रतिशत मत खसेको थियो ।

त्यो बेला नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डे पहिलो र एमालेका कर्णबहादुर थापा दोस्रो भएको थिए ।  पाण्डेको ३१ हजार ७८९ मत र एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २४८ मत प्राप्त गरेका थिए ।

अछाम २ मा एमालेको सुरुवाती अग्रता

अछाम क्षेत्र नं २ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । १ हजार ८ सय ८३ मत गणना हुँदा नेकपा एमालेका यज्ञ बहादुर बोगटी ७ सय २६ मत प्राप्त गर्दै अग्र स्थानमा छन् भने नेपाली काँग्रेसका पुष्प बहादुर शाह ४ सय ३३ मत सहित दोस्रो स्थानमा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका भुपदेव शाहले ३ सय ५५ मत ल्याएका छन् । त्यस्तै नेकपामा बल बहादुर कुँवरले २ सय २५ मत प्राप्त गरेका छन् ।

झापा-५ : मतगणनास्थल बाहिर गुञ्जिरहेछ ‘बालेन सरकार’

झापा (दमक) । दमक नगरपालिका-८ अर्गानिक कृषि भवन जहाँ झापा-५ को मत गणना चलिरहेको छ । मतगणनास्थलबाट करिब २०० मिटर अघि उनीहरूलाई रोकिएको छ । अर्कोपट्टि सेनाले सुरक्षा दिइरहेको छ । गणनास्थलबाट जब मत परिणाम सार्वजनिक हुन्छ, शुभेच्छुकले नारा लगाउँछन, ‘बालेन सरकार जिन्दावाद ।’

झापामा यतिबेला उखरमाउलो गर्मी छ । असिनपसिन भएका शुभेच्छुक मत परिणाम सुन्न आतुर छन् । यतिसम्म कि, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहको मत परिणाम सुन्न काठमाडौं उपत्यकादेखि झापाको छिमेकी जिल्लासम्मका शुभेच्छुक आइपुगेका छन् ।

तीमध्येका एक हुन् ललितपुर क्षेत्र नम्बर १ मा बिहीबार मतदान गरेर आज शुक्रबार बिहानको फ्लाइटबाट दिउँसो झापा आइपुगेका २९ वर्षीय प्रकाश घिमिरे । अमेरिकामा बस्दै आएका उनी नयाँ पुस्तालाई भोट दिन आएका रहेछन् ।

‘अमेरिकाबाट भोट हाल्न आएको । काठमाडौंबाट बालेनलाई भोट दिने जनता हेर्न झापा आएको,’ उनले भने, ‘युवा एक भएको समय छ । ५ वर्ष देशका लागि काम गर्ने प्रतिनिधि चुन्न आएको हुँ।’

देशलाई आवश्यक परेको महसुस गरेर उनी नेपाल आएका रहेछन् । ‘आफ्नो फाइदा हेरेर मात्र हुँदैन । यो समय देशका लागि एक मत पनि आवश्यक भएकाले आएको हुँ, ‘उनले भने ।

छिमेकी जिल्ला मोरङबाट बालेनको मत परिणाम सुन्न आएका शुभेच्छुक यहाँ छन् । २१ वर्षीय सन्देश निरौला र २२ वर्षीय सौरभ निरौला उर्लाबारीबारीदेखि आएका रहेछन् ।

‘बालेनको जित हेर्न आएका हौं । विजयी भएपछि उहाँले देशको लागि गर्नुहुन्छ भन्ने विश्वास छ । मुख्य कुरा देश सिस्टममा चल्नु पर्‍यो,’ उनीहरूले भने, ‘जेनजीको माग सुशासन र भ्रष्टाचार अन्त्य हो त्यो हुनुपर्‍यो ।’

मतगणनास्थल वरिपरि स्थानीयका घरहरू छन् । जब माइकिङ सुरु हुन्छ, घरघरबाट नतिजा सुन्न स्थानीय निस्कन्छन् ।

२१ वर्षीय रिवाज लुइँटेलको घर नजिकै पर्छ मतगणनास्थल । उनी आज काममा गएका थिए । तर नजिता सुन्न कामै छोडेर आए । ‘घरमा बस्न मन लाग्दैन । अफिस गएको काम गर्न पनि मन लागेन । मन आफूले दिएको मत के भयो भनेर खुलदुली हुने रहेछ,’ उनले भने ।

हिजो रातिदेखि मत गणना सुरु भएको हो । स्थानीयलाई निद्राभन्दा ज्यादा मतले ध्यान तान्छ । सिसम अधिकारी, समीक्षा अधिकारी बिनिता खतिवडा र अप्सरा खत्री मत परिणाम सुन्न राति पनि जागै हुन्छन् । आज सडकमै आएर बलेनले धेरै मत ल्याएकोमा उनीहरू उत्साहित देखिन्थे ।

‘घर नजिकै छ । माइकिङ हुने बित्तिकै जुरुक्क उठेर सुन्छौं । कसले जित्ला भन्ने चासो लाग्छ नि । आज त सडकमै आएको सुन्न,’ उनीहरूले भने, ‘अब नयाँ पुस्ताले देश चलाउनुपर्छ । बलेनले जित्नुपर्छ ।’

बालेनको अग्रता कायमै

झापा-५ मा २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । मत परिणामअनुसार रास्वपाका वरिष्ठ नेता बालेन साह अगाडि छन् । उनले ६ हजार ५५१ मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले १ हजार ४२८, कांग्रेसकी मन्धरा चिमरियाले २१६, नेकपाका रन्जित तामाङले १६५, श्रम संस्कृति पार्टीका समिर तामाङले ३८१ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौलाले १३६ मत ल्याएका छन् । अहिलेसम्म ९ हजार ४१२ मत मत गणना हुँदा ८ हजार ९८५ मत सदर भएको छ । ४२७ मत बदर भएको छ ।

यो क्षेत्रमा १ लाख ६३ हजर ३७९ मतदाता छन् । जसमा ६४ प्रतिशत मत खसेको छ । बिहीबार १८५ मतदान केन्द्र र ६१ वटा स्थलमा बिहीबार मतदान भएको थियो । अहिले धमाधम मत गणना भइरहेको छ । -अनलाइनखबरबाट

कैलाली ५ : रास्वपाले कटायो ५ हजार मत

यशोदा शर्मा,

कैलाली ।कैलाली क्षेत्र नम्बर ५ मा रासोपाले ५००० मत कटाएको छ। १०,६१९ मत गणना हुँदा रास्वपाका आनन्दबहादुर चन्दले ५१२२ मत प्राप्त गरेका छन्।

उनलाई पछाइरहेका नेपाली कांग्रेसका नरनारायण शाहले १८३६ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाले १४४३ मत प्राप्त गर्दा नेकपाका प्रेमबहादुर आलेले ११०८ मत प्राप्त गरेका छन्।
यही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले २४३ र स्वतन्त्र उम्मेदवार प्यारालाल राणाले १४० मत प्राप्त गरेका छन्।
गणना गरिएका कुल मतमध्ये ५४४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

सुदूरपश्चिमका ८ क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता

अहिले सुदूरपश्चिममा १६ मध्ये १३ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ। जसमा कञ्चनपुर १, २, ३, कैलालीको १, ४, ५, बैतडी र डडेल्धुरामा रास्वपाको सुरुवाती अग्रता छ।

कैलाली– २ र डोटीमा नेकपा एमालेको अग्रता छ। अछाम–१ र कैलाली–३ मा नेपाली कम्युनिष्ट पार्टीको सुरुवाती अग्रता छ। अछाम २ को अपडेट आउन बाँकी छ। बाजुरा, बझाङ र दार्चुलामा मतगणना सुरु गर्ने तयारी छ।

कैलाली २ मा- नेकपा एमालेको अग्रता

कैलाली- कैलाली क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ।   ३७०६ मत गणना हुँदा एमाले उम्मेदवार सूर्यबहादुर थापाले ९३३ मत प्राप्त गरेका छन्।
उनलाई पछाइरहेका नेपाली कांग्रेसका विजयबहादुर स्वारले ८१० मत प्राप्त गरेका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टीका नन्दबहादुर साउथले ८०५ मत प्राप्त गर्दा रास्वपाका केपी खनालले ८९ मत प्राप्त गरेका छन्।
चकिया चुनाव चिन्हबाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार पतिराम चौधरीले ५३ र नेसनल रिपब्लिक नेपालका उम्मेदवार दलबहादुर बुच्चा मगरले ३५ मत ल्याएका छन्।
गणना भएका मतमध्ये २०० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

सुनसरी–१ मा रास्वपाकी गोमाको फराकिलो अग्रता, हर्क साम्पाङ दोब्बर मतले पछि

सुनसरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार दोब्बर मतले अगाडि रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार सुनसरी–१ मा घण्टी चुनाव चिन्हका रास्वपा उम्मेदवार गोमा तामाङ ‘सरिन’ ४६० मतसहित सबै भन्दा अगाडि रहेका छन् ।

यस्तै धरान उपमहानगरपालिकाका पूर्व प्रमुख (मेयर) समेत रहेका श्रम सँस्कृति पार्टीका अध्यक्ष रहेका उम्मेदवार हर्क साम्पाङ राईले हालसम्म १५३, राप्रपाका उद्धव श्रेष्ठ ९५, नेकपाका सूर्यबहादुर भट्टराई ४१, नेकपा एमालेका टीकाराम लिम्बूले २० मत ल्याएका छन् ।

म्याग्दीमा महावीर पुन झन्डै २ हजार मतले अघि

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत मतगणना चलिरहँदा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले १ हजार ९ सय २५ मतको अग्रता लिएका छन् ।

पछिल्लो गणनामा पुनले ३ हजार ३७५ मत प्राप्त गरेका छन्  । यस्तै नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ४५०, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का अर्जुन थापा १ हजार २ सय ३७, नेपाली कांग्रेसका केवी भण्डारीले १ हजार १६४ मत प्राप्त गरेका छन्  ।

म्याग्दीमा नेकपाका थापाले शुरुआती अग्रता लिएका थिए ।

दार्चुलामा बेलुकी ७ बजेदेखि मतगणना सुरु हुने

दार्चुला : दार्चुलामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकले जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना आज बेलुकी ७ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।मुख्य निर्वाचन अधिकृत भुवन गिरिका अनुसार सर्वदलीय बैठकपछि मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ ।

राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सरोकारवालाको उपस्थितिमा भएको बैठकले मतगणना प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउने सहमति गरेको हो ।

हिजो सम्पन्न भएको मतदानमा दार्चुला जिल्लामा ५३।७६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर ४९ हजार ९६८ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

सर्वदलीय बैठकले प्रारम्भिक चरणमा जिल्लाका विभिन्न स्थानीय तहबाट प्राप्त मतपेटिकाको मतगणना सुरु गर्ने निर्णय गरेको छ । जसअनुसार सुरुमा व्यास, दुहुँ, शैल्यशिखर, महाकाली, लेकम, नौगाड, मार्मा, अपिहिमाल र मालिकार्जुन गाउँपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत गिरिले जानकारी दिए ।

मतगणनालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुरक्षासहितको व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा सुरक्षाकर्मी, कर्मचारी तथा दलका प्रतिनिधिको उपस्थितिमा मतगणना गरिने बताइएको छ ।

जिल्लामा मतपेटिका संकलनको काम पनि सम्पन्न भइसकेको छ । सबै स्थानीय तहबाट मतपेटिका सुरक्षित रूपमा सदरमुकाम ल्याएर मतगणनास्थलमा राखिएको  प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । मतगणना सुरु भएसँगै आज रातिदेखि नै प्रारम्भिक नतिजा आउने अपेक्षा गरिएको छ ।

कञ्‍चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

कञ्चनपुर: प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा कञ्चनपुरको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा ६ हजार २४ मत गणना हुँदा रास्वपाका उम्मेदवार जनकसिंह धामी १ हजार ८३० मतसहित अग्रस्थानमा छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्वपाका उम्मेदवार धामी पछि नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ एक हजार ५१९ मतसहित दोस्रो स्थानमा छन् । यो क्षेत्रमा कूल ६१ हजार ७४ मत खसेको थियो ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराको अग्रता कायम छ । सात हजार ३७२ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउँदले दुई हजार २८० मत ल्याएका छन् ।

एमालेका बचन बहादुर सिंहले एक हजार ११२ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार माधव पन्तले एक हजार ४०९ मत प्राप्त गरेका छन् । कञ्चनपुर २ मा ६४ हजार ८८१ मत खसेको थियो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महता दुई हजार १२२ मतसहित अग्रस्थानमा छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहराले ८८० मत ल्याएका छन् भने एमालेका दीपक प्रकाश भट्टले ९०६ मत प्राप्त गरेका छन् । नेकपाका मान बहादुर सुनार ५२७ मत प्राप्त गरेका छन् ।  यो क्षेत्रमा  कुल ५८ हजार ३६१ मत खसेको थियो ।

कैलाली-१ मा रास्वपा अघिअघि कांग्रेस पछिपछि

 यशोदा शर्मा,

कैलाली । कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र रासोपा बीच प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म ६ हजार २५७ मत गणना भएकोमा रास्वपा उम्मेदवार कोमल गेवाली १ हजार ५७१ मतसहित अग्रस्थानमा छिन्।
उनलाई पछ्याउँदै नेपाली काङ्ग्रेसका जनकराज चौधरी १ हजार ४३४ मतसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा चुनाव चिन्ह सहित स्वतन्त्र उम्मेदवारी दिएका फागुराम चौधरी रहेका छन्। उनले ११८१ मत प्राप्त गरेका छन्। ।
यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले ४९५ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका रामलाल डंगौरा थारुले ४४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले १५९ र उज्यालो नेपाल पार्टीका प्रदीप कुमार चौधरीले २४७ मत प्राप्त गरेका छन्।

देशभर ८१ निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

काठ्माण्डौ- बिहीबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले देशका विभिन्न प्रदेशका ८१ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका उम्मेदवारहरू कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा अघि रहेका छन्।

काठमाडौं उपत्यकामा रास्वपाका उम्मेदवारहरूको अग्रता  

विराज भक्त श्रेष्ठ — काठमाडौं–८  प्राप्त मत   १८,१११

सस्मित पोखरेल — काठमाडौं–५ प्राप्त मत  १३,७०८

पुकार बम — काठमाडौं–४ प्राप्त मत   १२,१९२

गणेश पराजुली — काठमाडौं–७ प्राप्त मत  १२,८२१

राजु नाथ पाण्डे — काठमाडौं–३ प्राप्त मत  ११,१३८

शिशिर खनाल — काठमाडौं–६ प्राप्त मत  १०,६१५

डोल प्रसाद अर्याल — काठमाडौं–९ प्राप्त मत  ९,०७८

प्रदिप विष्ट — काठमाडौं–१० प्राप्त मत   ११,४०२

ललितपुरमा तोसीमा कार्की ललितपुर–३ प्राप्त मत  ८,८७१

मा रुकेश रन्जित भक्तपुर–१  प्राप्त मत  ९,८०४

कोशी प्रदेशमा  

वालेन्द्र शाह — झापा–५  प्राप्त मत  ५,२५४

इन्दिरा राना मगर — झापा–२  प्राप्त मत  ४,५८०

निशा डाँगी — झापा–१  प्राप्त मत  ३,१७०

सन्तोष राजवंशी — मोरङ–४  प्राप्त मत १४,७५८

रुबिना आचार्य — मोरङ–६  प्राप्त मत  ११,४३०

मधेश प्रदेशमा  

मनिष झा — धनुषा–३  प्राप्त मत  १५,९३५

अरबिन्द साह — बारा–३  प्राप्त मत  १२,७४४

प्रमोद कुमार महतो — महोत्तरी–१ प्राप्त मत  ७,३५२

गणेश धिमाल — बारा–१ प्राप्त मत  ५,८७७

गणेश पौडेल — रौतहट–४ प्राप्त मत  ४,१९२

गण्डकी प्रदेशमा

उत्तम प्रसाद पौडेल — कास्की–२ प्राप्त मत  १२,७३९

बिना गुरुङ — कास्की–३  प्राप्त मत २,३०३

स्वर्णिम वाग्ले — तनहुँ–१  प्राप्त मत  ४,९१७

धनन्जय रेग्मी — स्याङ्जा–१  प्राप्त मत  ४,६३५

लुम्बिनी प्रदेशमा

सुलभ खरेल — रूपन्देही–२  प्राप्त मत  १६,७८८

सुरेश कुमार चौधरी — बाँके–१ प्राप्त मत १०,७७८

देवराज पाठक — दाङ–१  प्राप्त मत  ८,९३३

सुदूरपश्चिम प्रदेशमा   

दिपक राज बोहरा — कञ्चनपुर–२  प्राप्त मत ७,३७२

जनक सिंह धामी — कञ्चनपुर–१ प्राप्त मत  १,८३०

ज्ञानेन्द्र सिंह महता — कञ्चनपुर–३ प्राप्त मत २,१२२

निर्वाचन आयोगका अनुसार देशभर मतगणना जारी रहेकाले हालको नतिजा प्रारम्भिक मात्र हो।

बैतडीमा रास्वपाको सुरुवाती अग्रता, दामोदर भण्डारी तेस्रो

बैतडी : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीको एकल निर्वाचन क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता देखिएको छ ।

२०० मत गणना हुँदा रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले ६५ मत प्राप्त गरेका छन् ।  उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका चतुर बहादुर चन्दले ६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै बैतडीबाट सबै भन्दा बलियो पकड भएका नेकपा एमालेका उम्मेदरवार दामोदर भण्डारी तेस्रो स्थानमा छन् । उनले ४० मत प्राप्त गर्दा नेकपाका प्रमानन्द भट्टले १५ मत पाए ।

चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि

काठमाडौं । चितवन क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले फराकिलो अग्रतालाई कायमै राखेकी छन् ।

१९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अगाडि छिन् ।

५ हजार २५६ मतका साथ रेनुले सोबितालाई पछ्याइरहेकी छन् ।

नेकपा एमालेका टेकप्रसाद गुरुङले १ हजार ४६५ मत प्राप्त गरेका छन् ।

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडौं । मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले बताए ।

उनका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी  ११ : ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

उनी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए ।

खोज्नुहोस