कैलाली-१ मा रास्वपा अघिअघि कांग्रेस पछिपछि
यशोदा शर्मा,
कैलाली । कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र रासोपा बीच प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेसम्म ६ हजार २५७ मत गणना भएकोमा रास्वपा उम्मेदवार कोमल गेवाली १ हजार ५७१ मतसहित अग्रस्थानमा छिन्।
उनलाई पछ्याउँदै नेपाली काङ्ग्रेसका जनकराज चौधरी १ हजार ४३४ मतसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा चुनाव चिन्ह सहित स्वतन्त्र उम्मेदवारी दिएका फागुराम चौधरी रहेका छन्। उनले ११८१ मत प्राप्त गरेका छन्। ।
यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार द्वारिका प्रसाद न्यौपानेले ४९५ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका रामलाल डंगौरा थारुले ४४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले १५९ र उज्यालो नेपाल पार्टीका प्रदीप कुमार चौधरीले २४७ मत प्राप्त गरेका छन्।
