झापा-५ मा ओलीभन्दा साढे २५ हजार मतले बालेन अगाडि

झापा : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा क्षेत्र–५ को जारी मत गणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वा० उम्मेदवार बालेन (बालेन्द्र) शाहले मतान्तर झन फराकिलो बनाउँदै लगेका छन् । घण्टी चुनाव चिन्हमा उम्मेदवार बालेनले अहिलेसम्म ३४ हजार ८६३  मत प्राप्त गरेका छन्।

उनका मुख्य प्रतिष्पर्धी पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत ल्याएका छन् । बालेन र ओलीबीचको मतान्तर २५ हजार ७९५ रहेको छ ।

यस्तै श्रम सँस्कृति पार्टीका समिर तामाङले ५,६४५, नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ९७४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ८६२ र राप्रपाका लक्ष्मी संग्रौलाले ७७९मत प्राप्त गरेका छन् ।

कैलाली ४ मा रास्वपाका कोइराला ३ हजार ७ सय मतले अगाडि

यशोदा शर्मा,

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा रास्वपा फराकिलो मतान्तरले अघि बढिरहेको छ ।

१२ हजार ९३४ मत गणनाको परिणाम सार्वजनिक हुँदा रास्वपा उम्मेदवार खेमराज कोइरालाले ६,२२९ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख बिष्ट आनन्दले ३ हजार ५२५ मत पाएका छन्।

नेकपा एमालेका लेखराज भट्टले २००७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ७२९ मत मात्रै प्राप्त गरे।

बाँकेमा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी

२३ फागुन, काठमाडौं । बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाएका छन् ।

नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुम, २३ फागुन ।
तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले हराए । सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत पाए ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७७३७ मत पाए ।

त्यस्तै श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५२०० र नेकपाका रनध्वज लिम्बुले ९१९ मत ल्याएका छन् ।

कांग्रेस महामन्त्री प्रदीप पौडेल पराजित

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल पराजित भएका छन्। प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत काठमाडौं-५ प्रतिनिधिसभा उम्मेदवार दिएका रास्वपाका सस्मित पोखरेलसँग भारी मतले पराजित भएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरेल ३०,७३७ मत प्राप्त गर्दा कांग्रेसका महामन्त्री पौडेलले ९,१५९ मत मात्र प्राप्त गरेका हुन्। पोखरेल २१,५७८ मतान्तरले निर्वाचित भएका छन्।

विशेष महाधिवेशनमार्फत महामन्त्रीमा पौडेल निर्वाचित भएका थिए। कांग्रेसले २.० को घोषणा गरेर अगाडि बढेपनि मत परिणामा कुनै प्रभाव परेको देखिएन।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार इश्वर पोखरेलले ४,७०१ मत ल्याएका छन्। पौडेलले अघिल्लो निर्वाचनमा इश्वर पोखरेललाई जितेर सांसद हुँदै मन्त्री बनेका थिए।

डोटीमा काँग्रेसले उछिन्यो एमालेलाई

डोटी, २३ फागुन ।
डोटीमा शुरुवातदेखि नै अग्रता कायम गर्दै आएका नेकपा एमालेका उम्मेदवार दीपक धामी पछि परेका छन् । धामीलाई केआईसिंह गाँउपालिकाको मत गणनापछि काँग्रेसका भरत बहादुर खड्काले पछि पारेका हुन् ।

पछिल्लो मतगणनाको परिणाम अनुसार ११३११ मत सहित काँग्रेसका खड्काले अग्रता लिएका हुन् । एमालेका धामीले १०२५७ मत ल्याएका छन् । उनीहरुका बीच १०५४ मतको अन्तर छ ।

मोरङ–६ : शेखरलाई हराउँदै रास्वपाकी रुबिना निर्वाचित

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् ।

उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।

त्यस्तै, एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले भने ३ हजार ४ सय मत प्राप्त गरेका छन् ।

२१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : रास्वपा १४, कांग्रेस ४, नेकपा २ र एमाले १ ठाउँमा विजयी

काठमाण्डौ– प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तर्गत अहिलेसम्म २१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)१४ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ४, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले २ क्षेत्र र एमालेले १ क्षेत्र जीतेको छ ।

रास्वपा

१। रुविना आचार्य स् मोरङ ६ मा विजयी हुँदा कांग्रेसका डा। शेखर कोइराला पराजित भएका छन् । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मत मात्रै ल्याएका छन् ।
२। डीपी अर्याल स् काठमाण्डौ ९ मा ३५ हजार ९३ मत ल्याएर विजयी भएका छन् । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याए।
३। मनिष झा– धनुषा ३ मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित भएका छन्  । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याए।
४। सन्तोष राजवंशी– मोरङ ४ मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित भए। राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याए।
५। बिना गुरुङ – कास्की ३ मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित भए । बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याए ।
६। प्रदीप बिष्ट – काठमाण्डौ १० मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित भएका छन्  । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याए।
७। उत्तम प्रसाद पौडेल – कास्की २ मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित भए। पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याए।
८। सस्मित पोखरेल – काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित भए। पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मत ल्याए ।
९। पुकार बम – काठमाण्डौ ४ मा विजयी हुँदा कांग्रेसका सचित तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित भए । पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याए।
१०। गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी भएका छन्  ।
११। राजुनाथ पाण्डे – काठमाडौ–३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भए। रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी हुँदा घिसिङले ११ हजार १७१ मत ल्याए।
१२। विराजभक्त श्रेष्ठ – काठमाण्डौ–८ बाट विजयी भएका छन्  । उनले २४ हजार ५९२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत ल्याए।
१३। शिशिर खनाल – काठमाण्डौ–६ बाट विजयी भएका छन् । खनालले २७ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए ।
१४। रञ्जु न्यौपाने (दर्शना) – काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याउनु प्राप्त गरे।

कांग्रेस
१। दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भएका छन् । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए ।
२। रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी भएका छन्  । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत ल्याए ।

३। मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी भएका छन्  । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गरे ।

४। मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपाकी एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत ल्याए ।

नेकपा
१। कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन्  । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याए ।
२। रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरे ।

एमाले
१। बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी भएका छन् । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए।

बझाङमा एमालेको अग्रता कायमै

बझाङ, २३ फागुन ।
बझाङमा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतगणना अनुसार नेकपा एमालेका ऐन महर ११७६० सहित अग्रस्थानमा छन् । महरलाई पछ्याईरहेका नेपाली काँग्रेसका उम्मेदवार प्रकाश रसाईली स्नेहीले ११०७८ मत ल्याएका छन् ।

त्यस्तै नेकपाका मीन बहादुर कुवँर ७४८२ मत सहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा रास्वपाका शैलेस सिंहले ६६७१ मत ल्याएका छन् ।

बैतडीमा रास्वपाको अग्रता कायमै, एमाले तेस्रो

बैतडी । बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि मोहन भण्डारीले अग्रता कायम राखेका छन्।

हालसम्म गणना भएको मतअनुसार  रास्वपाका भण्डारीले ३ हजार ७२४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली काँग्रेसका चतुबहादुर चन्द ३ हजार ४ मत सहित दोस्रो स्थानमा रहेका छन्।

नेकपा (एमाले)का दामोदर भण्डारीले २ हजार ५३७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् भने नेपाल कम्युनिस्ट पार्टीका प्रमानन्द भट्टले १ हजार ६३१ मत प्राप्त गरेका छन्।

कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपा फराकिलो मतान्तरले अगाडि

यशोदा शर्मा,

कैलाली, २३ फागुन ।

प्रतिनिधि सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार कैलाली क्षेत्र नम्बर १ का रासोपा उम्मेदवार कोमल ज्ञवाली ४००० मतसहित अग्रस्थानमा छिन् । उनले १९९५४ मत प्राप्त गरेकी छन् ।

उनका प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसका जनकराज चौधरीले ७४६३ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारुले ५,८ ४२ मत ल्याएका छन्।

त्यस्तै नेकपा एमालेका द्वारिका प्रसाद न्यौपानेले ३६०६ र स्वतन्त्र फागुराम चौधरीले २५६५ मत ल्याएका छन्। फागुरालाई नागरिक उन्मुक्ति पार्टीको समर्थन प्राप्त छ ।

कैलाली क्षेत्र नम्बर २ मा पनि रास्वपाको अग्रता कायमै छ। यो क्षेत्रमा ९०० मतले केपी खनाल अनि प्रतिस्पर्धीभन्दा अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका सूर्यबहादुर थापाले १८२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले १५५१ मत प्राप्त गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साँउदले १४३३ र नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीले १०४२ मत ल्याएका छन्।

क्षेत्र नम्बर ३ मा रास्वपाका जगत जोशी २ हजार ४१७ मतले अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका नेपाली कम्युनिष्ट पार्टीका वीरमान चौधरीले ६ हजार ८०९ मत ल्याउँदा नागरिक उन्मुक्ति नेपालका विक्रम चौधरीले ४ हजार ९६ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका भीम बडुवालले ३,६७० र नेकपा एमालेका गौरीशंकर चौधरीले २५४६ मत ल्याएका छन्।

कैलाली ४ मा पनि रास्वपा २४३५ मतको फराकिलो अन्तरले अगाडि छ । रास्वपाका खेमराज कोइरालाले ४४३० मत प्राप्त गर्दा नेपाली कांग्रेसका गोरख बिष्टले १९९५ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका लेखराज भट्टले १६७६ र नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरीले ६७३ मत ल्याएका छन्।

कैलाली क्षेत्र नम्बर ५ मा पनि रास्वपा फराकिलो मतान्तरले अगाडि छ। रास्वपाका आनन्द बहादुर चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरनारायण शाह उनीभन्दा ७,७१७ मतले पछाडि छन्।

चन्दले १९९४० मत प्राप्त गर्दा शाहले ४२२३ मत ल्याएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आलेले २५५६, नेकपा एमालेका यज्ञराज ढुङ्गानाले २४८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले ६२१ मत प्राप्त गरेका छन्।

 

झापा ५ मा बालेन झण्डै तेब्बर मतले ओलीभन्दा अगाडि

झापा, २३ फागुन ।
झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झण्डै २० हजारको अन्तरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पारेका छन् ।

बालेन्द्रले २६ हजार ६२ मत ल्याउदा ओली ओली ६ हजार ७९४ मतमा सिमित भएका छन् । उनीहरुबीच १९ हजार २६८ मतान्तर छ ।

त्यस्तै नेपाली कांग्रेसकी मन्धरा चिमोरियाले ७८६ मत र नेकपाका रञ्जित तामाङले ६६९ मत प्राप्त गरेका छन्।

सर्लाही–४ मा अमेरशको अग्रता कायमै, गगन पछाडि

सर्लाही, २३ फागुन ।
सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले मतान्तर बढाएका छन् ।

सिंहले ७ हजार २ सय ५२ मत प्राप्त गरिरहदा उनलाई पछ्याईरहेका नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले ४४४४ मत प्राप्त गरेका छन् । उनीहरूबीच २ हजार ८ सय ८ मतको अन्तर छ ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार अमनिश यादवले १ हजार २८२ र नेकपाका डा. रजनिश रायले ३ सय ९५ मत प्राप्त गरेका छन् ।

रसुवामा कांग्रेसका मोहनको ह्याट्रिक

काठमाडौं, २३ फागुन। देशभरी नोपली काँग्रेस हारिरहदा रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले ह्याट्रिक गरेका छन् ।

रसुवाबाट तेस्रो पटक बिजयी भएका आचार्यले १० हजार६५६ मत ल्याएका छन् । झण्डै दोब्बर मतले उनले बिजय हात पारेका हुन् । उनका प्रतिस्पधर्मी राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५ हजार ५७१ मत ल्याए ।

धनुषा ३ मा रास्वपाका मनिष झा बिजयी

धनुषा, २३ फागुन ।

धनुषा ३ मा रास्वपाका उम्मेदवार मनिष झा बिजयी भएका छन् । रास्वपाका प्रवक्ता समेत रहेका झा ४३ हजार १४२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

उनी २८ हजारको भारी मतान्तरले बिजयी हुदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १५ हजार ९५२ मत पाए । त्यस्तै नेकपा एमालेकी जुलिकुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरिन् ।

दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी

दैलेख, २३ फागुन ।
दैलेख क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी बासना थापा बिजयी भएकी छन् ।

थापा १२ हजार ३७२ मत ल्याएर बिजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरे ।

कास्की ३ मा रास्वपाकी बिना गुरुङ विजयी

कास्की : कास्की क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार बिना गुरुङ विजयी भएकी छन्।  गुरुङले ३७,७५० मत पाएर विजयी भएकी छन्।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस मनोज गुरुङले १२,७८० मत ल्याए। त्यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर पौडेलले ७,९०६ मत प्राप्त गरे।

झापा-५ अपडेट : ओलीभन्दा बालेन १४ हजार बढी मतले अघि

२२ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो विवरण अनुसार, रास्वपाका उम्मेदवार शाहले १८ हजार ८४३ मत प्राप्त गरेका छन् ।

दोस्रोमा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ४४४२ मत प्राप्त गरेका छन् ।

ओलीभन्दा बालेन १४ हजार ४ सय १ मतले अघि छन् ।

तेस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले २०९१ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङ ४९६ मत प्राप्त गरेका छन् ।

डोटीमा एमालेका दीपक धामीलाई लगातार अग्रता

डोटी । डोटीमा नेकपा एमालेले सुरुवात देखि नै लिइरहेको अग्रता कायम राखिरहेको छ । एमालेबाट यहाँ अनेरास्ववियूका केन्द्रीय अध्यक्ष दीपक धामी उम्मेदवार छन् ।

हालसम्मको अपडेटअनुसार यहाँ धामीले ४ हजार ८७६ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतबहादुर खड्काले तीन हजार ९०८ मतसहित पछ्याइरहेका छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट उम्मेदवार रहेको सुदूरपश्चिम प्रदेशमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट दुई हजार ३१२ मतसहित चौथो स्थानमा छन् ।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार नरेन्द्र खड्का छन् । उनले दुई हजार ८४० मत पाएका छन् ।

हालसम्म बोगटान फुड्सिल, बडीकेदार र जोरायल गाउँपालिकाको पूरै मत र सायल गाउँपालिकाको वडा नम्बर १, २ र ४ नम्बर वडाको मतगणना सकिएको छ ।

काठमाडौं १० : २९ हजार बढी मतान्तरसहित रास्वपाका प्रदीप विष्ट निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ३७ हजार ४६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् ।

दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की छन् । उनले ८,१०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मतसहित तेस्रो स्थानमा छन् ।

काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले २७,८०५ मतसहित विजयी भएका हुन् ।

नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३९८२ मत ल्याएर दोस्रो स्थानमा रहँदा पराजुलीले जित हासिल गरेका हुन् ।

कालिकोटमा महेन्द्रबहादुर शाही विजयी

सुर्खेत । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

उनी ११ हजार ३३८ मतसहित निर्वाचित भएका कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले रातोपाटीलाई बताए । यहाँ नेकपा एमालेका नगिन्द्र शाही निकटम प्रतिद्वन्द्वी बने । नगिन्द्रले १० हजार ३ सय ५२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसले हर्षबहादुर शाहीले ७ हजार १३३ मत पाए ।

रास्वपाले विजयी र्‍याली नगर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै किसिमको विजय र्‍याली नगर्ने भएको छ ।

निर्वाचन हुनुको पृष्ठभूमिमा भएको जेनजी आन्दोलन र मध्यपूर्वको घटनालाई ध्यानमा राख्दै रास्वपाले विजय उत्सव नमनाउने भएको हो ।

रास्वपा उपसभापति डिपि अर्यालले आफ्ना उम्मेदवारलाई एक भिडियो सन्देश जारी गर्दै अबिरजात्रा र र्‍याली नगर्न भनेका हुन् ।

रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको निर्देशन रहेकाले अब मतदाताको म्यान्डेट अनुसार काम गरेपछि विजयी र्याली मनाउने अर्यालले बताएका छन् ।

‘यसपटकको निर्वाचन आउनुमा हाम्रा साना नानीबाबु, जेनजी उमेरसमूहका छोराछोरीले ज्यान गुमाएको पिडा अझै सेलाएको छैन,’ अर्यालले भनेका छन्, ‘साथै सबै नेपालीले सुशासन र भ्रष्टाचारको अन्त्य होस् भन्नुभएको कुरा पनि याद गर्नुपर्छ । सँगसँगै मध्यपुर्वमा भएको घटनालाई पनि याद गर्नुपर्छ । त्यसैले अबिरजात्रा गर्ने मुडमा हामी छैनौं ।’

आफूहरूलाई काम गर्नका लागि जनताले यो उल्लेख्य मत दिएको बताउँदै अर्यालले जनताले दिएको म्यान्डेट पूरा भएपनि जनताको घरदैलोमा पुगेर धन्यवाद ज्ञापन गर्ने पनि बताए ।

‘यो मत हामीलाई जनताले काम गर्नु भनेर दिनुभएको म्यान्डेट हो । त्यो पुरा गरेपछि यहाँहरुसँग घरदैलोमा अबिरजात्रा गर्ने दिन त आइनै हाल्छ । सबैभन्दा पहिला हामीले काम गर्नुपर्नेछ,’ अर्यालले भनेका छन् ।

कास्की-२ मा रास्वपाका पौडेलको जित सुनिश्चित

पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) उम्मेदवार उत्तमप्रसाद पौडेलको जित सुनिश्चित भएको छ । ५२ हजार ७३६ मत खसेकोमा हालसम्म ४१ हजार ५४१ सदर मत गणना भएको छ । यस्तै एक हजार ५७२ मत बदर भएको छ ।

अब ११ हजार १९५ मत गन्न बाँकी हुँदा रास्वपा उम्मेदवार पौडेल १८ हजार ८१७ मतान्तरले अगाडि छन् । उत्तमले २५ हजार १३७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रश्मी आचार्यले ६ हजार ३२० मत ल्याएका छन् ।

नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला तेस्रो हुँदै ४ हजार ६६९ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका हेमबहादुर थापा पराजुलीले एक हजार १०७ मत ल्याउँदा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले एक हजार २५८ मत ल्याएका छन् ।

उज्यालो नेपाल पार्टीका कुशल गुरुङले ९२७ मत प्राप्त गरेका छन् । निर्वाचन आयोगले गणना सकेर मतपरिणाम घोषणा गर्ने तयारी गरेको छ ।

कास्की-२ मा अघिल्ला निर्वाचनहरूमा एमालेले जित्दै आएको थियो । रास्वपा सभापति रवि लामिछानेसँगै टेलिभिजनमा काम गरेका पौडेलले यसपटक एमालेको विरासत तोड्दै संसद्को यात्रा तय गरेका छन् ।

कांग्रेसका मोहन आचार्य विजयी

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत रसुवा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य भारी मतका साथ विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार आचार्यले १० हजार ६ सय ४५ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर तामाङ ४ हजार ६ सय ८८ मतका साथ तेस्रो स्थानमा रहेका छन्। उज्यालो नेपाल पार्टीका मान बहादुर तामाङले १ हजार ४ सय ५३ मत प्राप्त गरेका छन्।

कुलमानले भने, ‘हारले फरक पर्दैन, उज्यालो नेपालको यात्रा रोकिन्न’

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्। बिहीबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले घिसिङलाई भारी मतान्तरले पराजित गर्दै जित हात पारेका हुन्।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार विजयी पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत मात्रै ल्याउन सके। राजुनाथ पाण्डेले कुलमानलाई ७ हजार ५८६ मतको अन्तरले पछि पारेका हुन्।

निर्वाचनमा पराजय भोगेपछि उज्यालो नेपालका अध्यक्ष घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिँदै विजयी पाण्डेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। उनले चुनावी परिणाम जे जस्तो भए पनि आफू पछि नहट्ने संकेत गरेका छन्।

घिसिङले आफूलाई मतदान गर्ने मतदाताप्रति आभार प्रकट गर्दै सुशासन, समृद्धि र उज्यालो नेपाल निर्माणको अभियानमा आगामी दिनमा अझ बढी सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

आफ्ना नेता, कार्यकर्ता र समर्थकहरूलाई धन्यवाद दिँदै घिसिङले जनताको माया र विश्वास नै आफ्नो लागि मुख्य प्रेरणाको स्रोत रहेको उल्लेख गरेका छन्। उनले आगामी दिनमा देश र जनताको सेवामा थप जिम्मेवार भएर लाग्ने र समृद्ध नेपाल निर्माणको यात्रालाई निरन्तरता दिने उद्घोष समेत गरेका छन्।

कञ्चनपुर –२ रास्वपाका बोहरा ९ हजार मतान्तरले अघि

महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा जारी प्रत्यक्ष तर्फको मतगणनाको पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहराले फराकिलो मतान्तर बनाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार बोहराले १३ हजार ३०५ मत प्राप्त गरेका छन्। उनी कांग्रेसका एनपी साउद भन्दा ९ हजार २४१ मत अघि छन्। २५ हजार ७६० मत गणना हुँदा साउदले ४ हजार ६४ मत प्राप्त गरेर दोस्रो स्थानमा छन्। एमालेका उम्मेदवार बचन बहादुर सिंह ३ हजार १४५ मतसहित तेस्रो स्थानमा छन्।

नेपाली कम्युनिस्ट पाटी(नेकपा)का माधव प्रसाद पन्तले २ हजार ४८४ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका पूर्व मन्त्री एनपी साउद र रास्वपाबीच कडा टक्कर हुने आकलन गरिएपनि रास्वपाका उम्मेदवार दोब्बर भन्दा बढी मत सहित अग्र स्थानमा छन्। यो क्षेत्रमा एक लाख ९ हजार ५७४ कुल मतदातामध्ये ६१ हजार ७४ मत खसेको थियो।

कुलमान घिसिङ पराजित, काठमाडौं ३ मा रास्वपाका पाण्डे विजयी


काठमाडौं  : काठमाडौं क्षेत्र नं ३ मा उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन्। उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।

उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याए। त्यस्तै कांग्रेसका रमेश अर्यालले ६ हजार र एमालेका रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याए।

खोज्नुहोस