कञ्चनपुर –२ रास्वपाका बोहरा ९ हजार मतान्तरले अघि
महेन्द्रनगर : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा जारी प्रत्यक्ष तर्फको मतगणनाको पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहराले फराकिलो मतान्तर बनाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बोहराले १३ हजार ३०५ मत प्राप्त गरेका छन्। उनी कांग्रेसका एनपी साउद भन्दा ९ हजार २४१ मत अघि छन्। २५ हजार ७६० मत गणना हुँदा साउदले ४ हजार ६४ मत प्राप्त गरेर दोस्रो स्थानमा छन्। एमालेका उम्मेदवार बचन बहादुर सिंह ३ हजार १४५ मतसहित तेस्रो स्थानमा छन्।
नेपाली कम्युनिस्ट पाटी(नेकपा)का माधव प्रसाद पन्तले २ हजार ४८४ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका पूर्व मन्त्री एनपी साउद र रास्वपाबीच कडा टक्कर हुने आकलन गरिएपनि रास्वपाका उम्मेदवार दोब्बर भन्दा बढी मत सहित अग्र स्थानमा छन्। यो क्षेत्रमा एक लाख ९ हजार ५७४ कुल मतदातामध्ये ६१ हजार ७४ मत खसेको थियो।
