बैतडीमा रास्वपाको अग्रता कायमै, एमाले तेस्रो
बैतडी । बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि मोहन भण्डारीले अग्रता कायम राखेका छन्।
हालसम्म गणना भएको मतअनुसार रास्वपाका भण्डारीले ३ हजार ७२४ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली काँग्रेसका चतुबहादुर चन्द ३ हजार ४ मत सहित दोस्रो स्थानमा रहेका छन्।
नेकपा (एमाले)का दामोदर भण्डारीले २ हजार ५३७ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् भने नेपाल कम्युनिस्ट पार्टीका प्रमानन्द भट्टले १ हजार ६३१ मत प्राप्त गरेका छन्।
