२१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : रास्वपा १४, कांग्रेस ४, नेकपा २ र एमाले १ ठाउँमा विजयी
काठमाण्डौ– प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तर्गत अहिलेसम्म २१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)१४ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ४, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले २ क्षेत्र र एमालेले १ क्षेत्र जीतेको छ ।
रास्वपा
१। रुविना आचार्य स् मोरङ ६ मा विजयी हुँदा कांग्रेसका डा। शेखर कोइराला पराजित भएका छन् । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मत मात्रै ल्याएका छन् ।
२। डीपी अर्याल स् काठमाण्डौ ९ मा ३५ हजार ९३ मत ल्याएर विजयी भएका छन् । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याए।
३। मनिष झा– धनुषा ३ मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित भएका छन् । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याए।
४। सन्तोष राजवंशी– मोरङ ४ मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित भए। राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याए।
५। बिना गुरुङ – कास्की ३ मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित भए । बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याए ।
६। प्रदीप बिष्ट – काठमाण्डौ १० मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित भएका छन् । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याए।
७। उत्तम प्रसाद पौडेल – कास्की २ मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित भए। पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याए।
८। सस्मित पोखरेल – काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित भए। पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मत ल्याए ।
९। पुकार बम – काठमाण्डौ ४ मा विजयी हुँदा कांग्रेसका सचित तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित भए । पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याए।
१०। गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी भएका छन् ।
११। राजुनाथ पाण्डे – काठमाडौ–३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भए। रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी हुँदा घिसिङले ११ हजार १७१ मत ल्याए।
१२। विराजभक्त श्रेष्ठ – काठमाण्डौ–८ बाट विजयी भएका छन् । उनले २४ हजार ५९२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत ल्याए।
१३। शिशिर खनाल – काठमाण्डौ–६ बाट विजयी भएका छन् । खनालले २७ हजार ७१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए ।
१४। रञ्जु न्यौपाने (दर्शना) – काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याउनु प्राप्त गरे।
कांग्रेस
१। दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भएका छन् । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए ।
२। रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत ल्याए ।
३। मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गरे ।
४। मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपाकी एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत ल्याए ।
नेकपा
१। कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन् । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याए ।
२। रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । उनले १० हजार २४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरे ।
एमाले
१। बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी भएका छन् । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए।
