कैलाली ५ : रास्वपाले कटायो ५ हजार मत
यशोदा शर्मा,
कैलाली ।कैलाली क्षेत्र नम्बर ५ मा रासोपाले ५००० मत कटाएको छ। १०,६१९ मत गणना हुँदा रास्वपाका आनन्दबहादुर चन्दले ५१२२ मत प्राप्त गरेका छन्।
उनलाई पछाइरहेका नेपाली कांग्रेसका नरनारायण शाहले १८३६ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुङ्गानाले १४४३ मत प्राप्त गर्दा नेकपाका प्रेमबहादुर आलेले ११०८ मत प्राप्त गरेका छन्।
यही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले २४३ र स्वतन्त्र उम्मेदवार प्यारालाल राणाले १४० मत प्राप्त गरेका छन्।
गणना गरिएका कुल मतमध्ये ५४४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
