११ तहको भन्सारदर घट्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज

काठमाडौं । सरकारले ११ तहको भन्सारदरलाई सात तहमा सीमित गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिए ।

३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको बताए ।

३१ निकाय खारेज, १८ निकाय पुनर्संरचना : बजेट वक्तव्य

काठमाडौं । नेपाल सरकारको बोझिलो संगठन संरचनामा सुधार गर्दै छरितो बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत संगठन संरचनामा सुधार गर्ने घोषणा गरेका हुन् ।

“नेपाल सरकार बोझिलो संगठन संरचना अब छरितो हुने छ । २२ मन्त्रालय घटाएर १८ कायम गरिएको छ । यसबाट बचत हुने खर्च प्रशासन सुधारमा खर्च गरी चुस्त दुरुस्त पारिनेछ,” अर्थमन्त्री डा. वाग्लेले भने, “३१ निकाय खारेज, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण र १८ निकाय पुनर्संरचना गरिनेछ ।”

राज्यस्रोतको दोहन अन्त्य गर्नु अपरिहार्य : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्यस्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै नयाँ राजनीतिक जगमा विपुल जनादेशले असाधारण जिम्मेवारी सुम्पिएको बताए ।

“नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ,”अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसाथ गर्दै नीति, कानुन, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व, नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौँ,” उनले भने ।

आयकर दरमा व्यापक हेरफेर

काठमाडौं । सरकारले करको दरमा बृहत पुनरावलोकन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै करको बोझ घटाउन आयकर दरको सीमा व्यक्तिको लागि १० लाख पुर्‍याएको बताए । यसअघि ६ लाख थियो ।

यस्तै माथिल्लो आयकरदर १० प्रतिशत घटाएको छ । यसअघि ३९ रहेको अधिकतम रहेको व्यक्तिगत आयकरको दर अब २९ प्रतिशत हुनेछ ।

प्रधानमन्त्री शाह बजेट भाषण सुन्न सदनमा उपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज दुवै संसदको संयुक्त बैठकमा उपस्थित भएका छन् ।

उनी आगामी वर्षको बजेट सुन्न सदनमा आएका हुन् ।

प्रतिपक्षी दलहरुले निकै दिनदेखि संसद बैठकमा प्रधानमन्त्रीको उपस्थिति खोज्दा उनले बेवास्ता गर्दै आएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा बीचमै बाहिरिएका बालेन १८ दिनपछि सदनमा उपस्थित भएका हुन् ।

बजेट भाषण सुरु

काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण सुरु भएको छ ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट पढ्न सुरु गरेका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै

काठमाडौँः अर्थमन्त्री स्वर्णिम वाग्लेले आज शुक्रबार साँझ ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने भएका छन्। अर्थ मन्त्रालयले अन्तिम रूप दिएको बजेटको आवरण सार्वजनिक गरेपछि अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकतर्फ प्रस्थान गरेका छन्।

यस वर्ष बजेट परम्परागत कालो ब्रिफकेसमा नभई नेपाली कागजको फाइलमा बोकेर प्रस्तुत गरिएको छ। मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि अर्थमन्त्री वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बजेटको ब्रिफकेस परिवर्तन

वालेन्द्र शाह (बालेन) नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले बजेटको ब्रिफकेस परिवर्तन गरेको छ ।

यसअघिका सरकारले वार्षिक बजेट प्रस्तुत गर्न बजेट वक्तव्यको ब्रिफकेस बोक्ने चलन थियो । तर, रास्वपा सरकारले यस परम्परालाई चिर्दै नेपाली कागजसहितको बन्डल प्रयोग गरेको छ ।

खासगरी रास्वपा सरकारले परिवर्तनको राम्रै सन्देश दिन बजेटको ब्रिफकेससमेत परिवर्तन गरेको देखिन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेपाली कागजको फाइल बोकेर संसद प्रवेश गरेका छन् ।

सुदूरपश्चिममा महिला हिंसाका २ सय ५४ उजुरी : कैलाली र कञ्चनपुरमा अधिक

धनगढी , १५ जेठ / सुदूरपश्चिम प्रदेशमा महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना अझै पनि चिन्ताजनक अवस्थामा रहेको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक वर्ष २०८१/८२ मा प्रदेश प्रहरी कार्यालयले संकलन गरेको विवरणअनुसार महिला हिंसा, जबरजस्ती करणी तथा बालविवाहका घटना उल्लेख्य संख्यामा दर्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा महिला हिंसा सम्बन्धी कुल २ सय ५४ उजुरी दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी १ सय ७४ वटा घटना जबरजस्ती करणीसँग सम्बन्धित रहेका छन् भने बालविवाहका ६६ वटा घटना दर्ता भएका छन् । महिला बेचबिखन तथा ओसारपसारका १४ वटा घटना दर्ता हुँदा बोक्सीको आरोप र घरेलु हिंसासम्बन्धी घटना भने शून्य देखिएका छन् ।

तथ्यांकअनुसार जिल्लागत रूपमा कैलालीमा सबैभन्दा बढी १ सय १० वटा उजुरी दर्ता भएका छन् । कञ्चनपुरमा ५९, बझाङमा २०, बाजुरामा १६, डोटीमा १०, बैतडीमा १०, अछाममा १०, डडेल्धुरामा १० तथा दार्चुलामा ९ वटा उजुरी दर्ता भएका छन् ।

जबरजस्ती करणीका घटनामा पनि कैलाली अग्रस्थानमा देखिएको छ । कैलालीमा मात्रै ८३ वटा घटना दर्ता भएका छन् भने कञ्चनपुरमा ३२, बझाङमा १२, बाजुरामा १०, डोटीमा ९, डडेल्धुरामा ७, दार्चुलामा ४, बैतडीमा ९ र अछाममा ८ वटा घटना दर्ता भएका छन् ।

बहु-विवाहका घटनाले पनि सुदूरपश्चिममा सामाजिक चेतनाको स्तरमाथि गम्भीर प्रश्न उठाएको छ । तथ्यांकअनुसार कैलालीमा मात्रै २२ वटा बहु-विवाहका घटना दर्ता भएका छन् । कञ्चनपुरमा २१, बाजुरामा ६, बझाङमा ८, डोटीमा १, अछाममा १, बैतडीमा १, दार्चुलामा ३ तथा डडेल्धुरामा ३ वटा बहु-विवाहका घटना दर्ता भएका छन् ।

महिला अधिकारकर्मीहरूका अनुसार आर्थिक अभाव, अशिक्षा, सामाजिक दबाब, पारिवारिक बेवास्ता तथा चेतनाको कमीका कारण यस्ता घटनामा कमी आउन सकेको छैन । ग्रामीण क्षेत्रमा अझै पनि बालविवाह र महिला हिंसालाई सामान्य सामाजिक अभ्यासका रूपमा हेर्ने प्रवृत्ति कायम रहँदा समस्या झन् जटिल बनेको उनीहरूको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि स्थानीय तह, विद्यालय, समुदाय तथा सरोकारवाला निकायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । यस्तै, लैंगिक हिंसा पीडितका लागि अस्पतालमा आधारित ‘एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत उपचार, मनोसामाजिक परामर्श तथा कानुनी सहजीकरण सेवा विस्तार गर्ने कार्य पनि भइरहेको उल्लेख गरिएको छ ।

प्रदेश तथा स्थानीय तहलाई लैंगिक हिंसा न्यूनीकरणका कार्यक्रम प्रभावकारी बनाउन जिम्मेवार बनाइएको भए पनि अधिकांश स्थानमा कार्यान्वयन पक्ष अझै कमजोर देखिएको सरोकारवालाको टिप्पणी छ । प्रहरी, स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायबीच समन्वयात्मक भूमिका बलियो बनाउन सके मात्रै यस्ता घटना नियन्त्रणमा ल्याउन सकिने विश्लेषण गरिएको छ ।

स्थानीय तहका न्यायिक समितिले समेत हिंसा तथा सामाजिक विवाद समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । प्रदेशभरका विभिन्न स्थानीय तहबाट प्राप्त विवरणअनुसार उजुरी संकलन, छलफल, मिलापत्र तथा सहजीकरणमार्फत विवाद समाधानका प्रयास भइरहेको जनाइएको छ ।

महिला हिंसा र बहु-विवाह जस्ता सामाजिक अपराध नियन्त्रणका लागि कानुनी व्यवस्था कडा बनाइनुका साथै समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी किशोरी शिक्षा, सुरक्षित वातावरण, महिला सशक्तीकरण तथा अभिभावक सचेतनामा राज्यले थप प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने माग पनि उठ्न थालेको छ ।

सुदूरपश्चिममा बढ्दो महिला हिंसा र जबरजस्ती करणीका घटनाले समाजलाई गम्भीर सन्देश दिएको छ । तथ्यांकले केवल संख्या मात्रै नभई सामाजिक यथार्थ पनि उजागर गरेको छ ।

आव २०८३/८४ को बजेट सरकारद्वारा पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए।

चालु आवको बजेट खर्च ६३.७६ प्रतिशत मात्रै

काठमाडौं, १५ जेठ  /  चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवधि अब ४५ दिन मात्र बाँकी छ । कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले १५ जेठ (बिहीबा)सम्म लक्ष्यको ६३.७६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबारसम्म कुल बजेट खर्च १२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ बराबर भएको छ ।

जुन लक्ष्यको ६३.७६ प्रतिशत हो । यस अवधिमा चालु खर्च लक्ष्यको ७२.८५ प्रतिशत बराबर भएको छ । जुन ८ खर्ब ६० अर्ब ३१ करोड बराबर भएको छ । चालु खर्चको लक्ष्य ११ खर्ब ८० अर्ब ९८ करोडको हो । पूँजीगत खर्च लक्ष्यको ३०.१८ प्रतिशत मात्र भएको छ । पूँजीगत खर्च कुल ४ खर्ब ७ अर्ब रुपैयाँको लक्ष्य रहेकोमा खर्च भने १ खर्ब २३ अर्ब रुपैयाँ बराबर मात्र भएको छ ।

वित्तीय व्यवस्थातर्फको खर्च ७१.६४ प्रतिशत भएको छ । यस अवधिमा २ खर्ब ६८ अर्ब ८४ करोड वित्तीय व्यवस्थामा खर्च भएको तथ्यांक छ ।

विनियोजन भने ३ खर्ब ७५ करोड भएको थियो । सरकारले आज आगामी आवको बजेट सार्वजनिक गर्दैछ । सार्वजनिक खर्चका संरचनात्मक समस्या जहाँको तही रहँदा लक्ष्य अनुसार राजस्व नउठ्ने र विनियोजन अनुुसार खर्च नहुने प्रवृत्ति हरेक वर्ष दोहोरिएको छ । आगामी वर्ष यो समस्या हटाउने प्रतिवद्धतासहित नयाँ बजेट आउने बताइएको छ ।

राजस्वतर्फ महालेखाले बुधबारसम्मको मात्र यथार्थ विवरण सार्वजनिक गरेको छ । जस अनुसार १० खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन वार्षिक लक्ष्यको ६९.३३ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । कुल राजस्व र खर्चका बीचमा झण्डै २ खर्बको खाडल बनेको छ ।

काभा महिला भलिबल च्याम्पियनशिपमा नेपाल चाैथाे

काठमाण्डाै – काभा महिला भलिबल च्याम्पियनशिपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भयो । भारतले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले जित्यो । नेपालले तेस्रो सेट २५–१५ ले जित्यो ।

योसँगै भारतले तेस्राे स्थानमा रहेर कांस्य पदक जितेको छ । नेपाल चाैथाे स्थानमा रह्याे ।

प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो साढे ४ बजे इरान र काजकिस्तान खेल्दैछन् । हिजो भएको सेमिफाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । प्रतियोगितामा ८ वटा टोली सहभागी थिए । समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स तथा समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका थिए ।

 

देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड

अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२/२०८३ को आर्थिक सर्वेक्षणमा २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको सङ्ख्या ३२ हजार ३२५ पुगेको उल्लेख छ।

सहकारी क्षेत्रमा रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्।

सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा २०८२ फागुन मसान्तसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन्। कोपोमिसमा २०८१ असार मसान्तसम्म १८ हजार ८९७ सहकारी आबद्ध भएका थिए।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले नेपालको सहकारी क्षेत्रको नियमन गर्दै ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ।

सङ्घीय सरकारबाट समस्याग्रस्त घोषित २३ सहकारी संस्थामध्ये तीन संस्था राफसाफ भएको छ। बाँकी २० सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी छ।

हालसम्म विभिन्न चरणमा कूल ८० हजार ८७ दाबीकर्ताको रु ४७ अर्ब ६० करोड १३ लाख माग दाबी दर्ता भएको छ।

हालसम्म तीन हजार ६८८ दाबीकर्तालाई पूर्ण रुपमा कूल रु दुई अर्ब ५४ करोड ६८ लाख माग दाबी भुक्तान गरिएको छ। साथै चालु आर्थिक वर्षको फागुनसम्म आठ हजार ७६३ दाबीकर्तालाई रु १२ करोड २३ लाख रकम फिर्ता गरिएको सर्वेक्षणमा उल्लेख छ।

इरानसँगको सम्झौता निकै नजिक : अमेरिकी उपराष्ट्रपति भान्स

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दाबी गर्नुभएको छ । यद्दपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

सम्झौतामा युद्धविरामलाई ६० दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता शुरू गर्ने उल्लेख छ ।

यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीले जनाएको छ । तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन् ।

इरानी अर्धसरकारी समाचार संस्था तस्निमले यो सम्झौतालाई अन्तिम स्वरूप नदिइएको वा पुष्टि नभएको भनेर लेखेको छ ।

गएको अप्रिल महिनाको शुरूमा युद्धविराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन् ।

यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ ।

गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव कायमै छ । -एजेन्सी


मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ : राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालय चावाहिलमा आयोजित झण्डोतोलन कार्यक्रममा अध्यक्ष लिङ्देनले आयोगको प्रारम्भिक प्रतिवेदनले धेरै कुराहरूको उजागर गरेको भन्दै यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्ने बताएका हुन् ।

अभूतपूर्व जनमत प्राप्त गरेर वर्तमान सरकार गठन भएको भन्दै उनले जनताको आशा र विश्वासमा कुठाराघात हुने खालको काम सरकारले गर्न नहुनेमा जोड दिए । यसअघि एकल बहुमत प्राप्त गरेको दलले पाँच बर्ष सरकार चलाइएको इतिहास नरहेकाले विगतको राजनीतिक दलहरूले गरेका कमी कमजोरी दोहराउने सुविधा अहिलेको ठूलो दललाई नरहेको उनले बताए ।

उनले होशियारीपूर्वक जनताको विश्वासलाई साकार पार्ने काममा अगाडि बढ्न सरकारलाई शुभकामना दिए । अध्यक्ष लिङ्दनेले गणतन्त्रको करिव दुई दशकमा के पायौ र के गुमायौ भन्ने समीक्षा गर्ने बेला आएको बताए । गणतन्त्रपछि मुलुकमा अर्थतन्त्र मजबुद हुन नसकेको र सुशासन कायम हुन नसकाले देशले जित्ने एउटा नवीन समझदारी गर्न जरुरी भइसकेको उनले बताए ।

कम्बोडिया सरकारद्वारा ६०२ जना नेपालीको जरिवाना

काठमाण्डाै – कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका ६०२ जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ ।

थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिनाहा गरेको हो । दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ ।

दूतावासले सूचनामार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समयावधि सकिएपछि पनि त्यहाँ बसोवास गरिरहेका नेपाली नागरिकको विवरण सङ्कलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात् ‘वन वे ट्राभल डकुमेन्ट’ तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ । दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो ।

तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्थाअनुसार पक्राउ, जरिवाना र कैद सजायसमेत हुन सक्ने दूतावासले जनाएको छ ।

राजनीतिक परिवर्तनले मात्र अपेक्षा पूरा हुँदैनन्, आचरण सुधार गर्नुपर्छ : राष्ट्रपति

काठमाण्डाै- राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य–मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड दिए ।

नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधिसभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै उनले जनचाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको बताए ।

गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ ।

टुँडिखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहलगायत विशिष्ट व्यक्तित्व सहभागी भए । तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नुभएन । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी भएनन् ।

पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । गणतन्त्र स्थापनाको १८ वर्ष पूरा भएको छ । गणतन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा छ ।

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज दिउँसो बोलाइएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न दिउँसो २:३० बजे प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। मन्त्रिपरिषदबाट पारित भएको बजेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटको सीमा (सिलिङ) १८ खर्ब ९० अर्ब रुपैयाँ तोकेको थियो। तर, सरकारले आयोगको सीमाभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार आयोगको उक्त सीमा नाघेर केही ठूलो आकारको बजेट आउने निश्चित भएको जनाएको छ।

यस्तो छ टेलिकमको गणतन्त्र दिवस अफर

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराएको छ ।

अफरअन्तर्गत न्यु इयर लाइट र न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइटअन्तर्गत ४९९ मा प्रतिदिन पाँच जीबी डाटा उपलब्ध हुनेछ र पाँच जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय दुई एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने जनाइएको छ ।

त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत ६९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । जेठ १४ देखि जेठ १६ गतेसम्म अफरअन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ ।

गणतन्त्र दिवस अफर २०८३ प्राप्त गर्नका लागि मोबाइलबाट जेठ १४ देखि १६ गतेसम्म *1415*11# डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने छ ।

५ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ – आज सुनको भाउ बढेको छ । हिजो तोलामा ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ६०० रुपैयाँले बढेको हो ।

आज सुन तोलामा २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा २ लाख ८५ हजार रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट आज आउँदै, करको दरमा ठूलै हेरफेरको चर्चा

काठमाडौँ- आगामी आर्थिक वर्षको बजेट आज सङ्घीय संसद्मा प्रस्तुत हुँदैछ। आज अपराह्न ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

सरकारले आज बजेट ल्याउने कुरा आएसँगै करको दरमा ठूलै हेरफेरका विषयमा पनि चर्चा चलिरहेको छ। गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ मतसहित बनेको रास्वपा सरकारले आफ्नो पहिलो बजेट ल्याउन लागेको हो। जसमा अर्थविद्समेत रहेका अर्थमन्त्री वाग्नेले करको दरमा हेरफेरसहितको बजेट ल्याउन लागेको चर्चासमेत चलेको छ।

यस्तै, सरकारी सेवामा ३० वर्ष पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने तयारी गरेको छ। साथै, कर्मचारीतन्त्रमा व्यापक सुधार र पुनर्संरचना गर्ने उद्देश्यसहित ल्याउन लागिएको यो व्यवस्थाबाट हाल कार्यरत करिब १२ हजार कर्मचारी अवकाशमा जाने अनुमान गरिएको स्रोतले जनाएको छ।

सत्तारुढ दल रास्वपाले चुनावअघि सार्वजनिक गरेको वाचापत्र, सरकार गठनपछि ल्याएको १०० बुँदे शासकीय सुधार योजना तथा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाएर बजेट तयार गरिएको बताइएको छ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको भए पनि अर्थमन्त्री वाग्लेले त्यसभन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेका छन्। अर्थमन्त्री वाग्ले आफू पनि योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

स्रोतका अनुसार सरकारले करिब २२ खर्ब रुपैयाँ बराबरको बजेट तयार गरेको छ। अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे प्रारम्भिक जानकारी समेत गराइसकेका छन्।

ड्यालसमा ‘हिमालय डायलग’ हुँदै

ड्यालस । अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा ‘हिमालय डायलग’ शृंखला अन्तर्गत विशेष साहित्यिक तथा बौद्धिक कार्यक्रम आयोजना हुने भएको छ ।

टेक्ससबाट प्रकाशित हुँदै आएको हिमालय खबरले विभिन्न विषयमा विज्ञ तथा अनुभवी व्यक्तित्वहरूसँग छलफल, बहस र मन्थन गर्ने उद्देश्यसहित ‘हिमालय डायलग’ प्रारम्भ गर्न लागेको हो ।

यसै क्रममा हिमालय खबरको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस च्याप्टरको संयोजनमा ‘हिमालयखबर संवाद, कविता र किताबका कुरा’ शीर्षकको विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

आगामी शनिबार मे ३० तारिखका दिन साँझ ४ बजे इरभिङस्थित भेटघाट रेस्टुरेन्टमा कार्यक्रम सुरु हुने हिमालय खबरका व्यवस्थापकीय सम्पादक तथा संयोजक विकासराज न्यौपानेले जानकारी दिनुभएको छ ।

कार्यक्रममा टेलिभिजन प्रस्तोता, पत्रकार तथा कवि नारायण श्रेष्ठद्वारा एकल कविता वाचन हुनेछ । साथै ‘अमेरिकामा नेपाल–मन्थन’ विषयमा कान्तिपुर दैनिकका पूर्व प्रधान सम्पादक तथा लेखक सुधीर शर्मा र अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतबीच विशेष संवाद हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी ‘केही टाढाका कुरा, केही नजिकका कुरा’ शीर्षकमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल र हिमालयखबरका प्रधान सम्पादक विजय घिमिरेबीच विचार आदानप्रदान हुनेछ । ‘किताबका कुरा’ सत्रमा अज्ञात पुस्तकका लेखक केशवराज ज्ञवालीका विचार प्रस्तुत गरिनेछ ।

कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार तथा लेखक सञ्जय घिमिरेले गर्नुहुनेछ । आयोजकका अनुसार कार्यक्रममा नेपाली भाषा, साहित्य, पत्रकारिता तथा समसामयिक विषयका साथै नेपाली समुदायका विविध सरोकारबारे खुला संवाद हुनेछ ।

आयोजकले ड्यालस क्षेत्रमा रहेका नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई साहित्यिक तथा वैचारिक अन्तरक्रियालाई सफल बनाउन आग्रह गरेको छ ।

ग्यान्सको अध्यक्षमा ठकुराठी निर्वाचित

अस्टिन, टेक्सास

टेक्सासको राजधानी अस्टिनमा सक्रिय नेपाली समुदायको संस्था ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) मा नयाँ नेतृत्व चयन भएको छ। ग्यान्सको आइतबार सम्पन्न निर्वाचनबाट समाजसेवी पदम ठकुराठीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

निर्वाचन समितिद्वारा घोषित परिणामअनुसार अध्यक्ष पदमा पदम ठकुराठी ४७५ मत प्राप्त गरी विजयी हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अशोककुमार शाही ४२१ मत, महिला उपाध्यक्षमा सपना राउत ४२७ मत, उपाध्यक्षमा धिरेन्द्र कुमार यादव ४१७ मत, महासचिवमा सूर्य कार्की ४४५ मत, सचिवमा प्रिन्स भट्ट ४१५ मत तथा कोषाध्यक्षमा नारायण प्रसाद रिजाल ४३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।

कार्यसमिति सदस्यहरूमा दीपक हुमागाईं ४२२ मत, एलिजा थापा पौडेल ४१४ मत, विनाम आचार्य ४१३ मत तथा प्रदीप कुमार भडेल ४०० मत प्राप्त गरी विजयी हुनुभएको छ।

करिब १ हजार १ सय साधारण सदस्य रहेको यस संस्थाको निर्वाचनमा करिब ९ सय सदस्यले मतदान गरेका थिए। संस्थाको विधानअनुसार कार्यसमितिले थप ६ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ।

यसैगरी आइतबार ग्यान्सअन्तर्गत रहेको पशुपतिनाथ मन्दिर बोर्ड अफ ट्रस्टीको पनि निर्वाचन गरिएको थियो। आठ सदस्यीय बोर्ड अफ ट्रस्टीको प्रमुखमा देवराज न्यौपाने तथा उपप्रमुखमा निरोज मानन्धर निर्विरोध चयन हुनुभएको छ। त्यसैगरी सदस्य पदका लागि भएको निर्वाचनमा टिकामाया गुरुङ, सूर्यनारायण शाह, सुरज अधिकारी, वर्षा गौतम, हर्षबहादुर नकर्मी तथा रोशन गोसाईं चयन हुनुभएको छ।

सन् २०१३ मा स्थापना भएको ग्रेटर अस्टिन नेपाली समाजमा अस्टिन आसपासका १९ वटा काउन्टीमा बसोबास गर्ने नेपालीहरू आबद्ध रहेका छन्। ग्यान्सले लोकतान्त्रिक विधिबाट आफ्नो नेतृत्व चयन गर्दै आएको छ।

को हुन् अध्यक्षमा निर्वाचित पदम ठकुराठी ?

ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) को अध्यक्ष पदमा निर्वाचित पदम ठकुराठी नेपालको डडेल्धुरा जिल्लाको रुपाल क्षेत्रका निवासी हुनुहुन्छ। उहाँ सन् २००७ मा अमेरिका आउनुभएको हो।

सन् २०१३ मा ग्रेटर अस्टिन नेपाली समाज स्थापना हुँदा ठकुराठी संस्थापक सदस्यका रूपमा सक्रिय रहनुभएको थियो। सन् २०१४ मा भएको पहिलो साधारण सभाबाट उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। ठकुराठी संस्थाको ट्रस्टी, गोल्डेन ट्रस्टी तथा पशुपतिनाथ मन्दिर सञ्चालन समितिका सदस्यसमेत रहनुभएको छ।

साहित्यकार पाण्डेयको ‘श्रीमती’ उपन्यास अमेरिकामा विमोचन

डेनभर(कोलोराडो)। साहित्यकार तथा लेखक तीर्थराज पाण्डेयको उपन्यास ‘श्रीमती’ को विमोचन गरिएको छ ।

ख्यातिप्राप्त साहित्यकारहरु शकुन ज्ञवाली, उर्मिला निर्दोषी,डा. पुष्पा शर्मा,भारती गौतम, सन्ध्या पहारी, सीता पाण्डे,माया गुरुङले उपन्यासको विमोचन गरेका हुन् ।

विमोचन समारोहमा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, पूर्व अध्यक्षहरु भीम रेग्मी, डा. ज्ञानेन्द्र गदाल, राधेश्याम लेकाली, गोवद्र्धन पूजा, पुरुषोत्तम सुवेदी, मोहन सिटौला, पदम विश्वकर्मा तथा केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

7f1820af-a708-4f62-9548-18f2de15a23f-1779894285.jpg
यसै गरी विओटीका अध्यक्ष पदम विश्वकर्मा , महासचिव प्रकाश नेपाल, सचिव नारायण अधिकारी, सल्लाहकारहरु डा संगीता स्वेच्छा,डा निलम कार्की ,डा नवराज लम्साल लगायतका व्यक्तित्वहरुले श्रीमती उपन्यास सामाजिक सांस्कृतिक पक्ष समेटिएको उपन्यास भएको टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा महिला समितिकी संयोजक उर्मिला निर्दोषी, वाल समितिका संयोजक सुरेन उप्रेती ,सांस्कृतिक समितिका संयोजक महेश्वर पन्त लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यसै गरी केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, अमेरिकाज क्षेत्रका उपाध्यक्ष सुदीप भद्र खनाल,महासचिव राजु सिटौंला, कोषाध्यक्ष तारा अधिकारी, कार्यक्रमका संयोजक किरण अधिकारी लगायत स्थानीय दर्जनौं संघसंस्थाका व्यक्तिहरुकोे पुस्तक विमोचन समारोहमा सहभागिता रहेको थियो । कार्यक्रममा प्रा डा भीम कटटेल,डा गोविन्द सिं रावत,डा विजयराज शर्मा,विभिन्न च्याप्टरका प्रतिनीधिहरु तथा पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो । यसै गरी पत्रकार विकासराज न्यौपाने, सिपिए भीम कार्की,तीर्थ राज अधिकारी,रोहिणी शर्मा लगायतका व्यक्तित्वहरुले समेत उपन्यासले नयाँ आयाम थपेको वताउनु भयो ।

‘श्रीमती’ उपन्यासको चिरफार

नेपालको ग्रामीण भाग त्यो पनि सूदूर पश्चिमको भूगोलमा घरमा भित्रयाईएकी एक युवती र उनले आफनो जीवन साथीसँग सँगै झेल्दै आएका जीवनका वहुआयामिक पाटोहरुमा केन्द्रीत रहेर लेखिएको उपन्यास श्रीमती समकालिन साहित्यमा एक अलग प्रयोगको समेत दृष्टान्त रहेको कृति हो ।

1dc7b4da-e245-4910-a7bd-006ad890b283-1779894269.jpg
श्रीमती उपन्यासमा वितुर र धिमही नाम गरेका पात्रहरुले आफनो कलेज जीवन वैदेशिक यात्राका अनेकन घटना उपघटनाहरुलाई कसरी झेलेका छन भन्ने मार्मिक जीवन उपयोगी दस्तावेजको रुपमा समेत यो उपन्यास रहेको छ ।

लेखक पाण्डेयले अमेरिकामा आईपुगेर पनि आफनो संस्कृतिको जगेर्नामा कसरी तल्लिन भएर लागेका हुन्छन भन्ने कथालाई उपन्यासमा राम्रो सँग लिपिवद्ध गर्न सफल हुनु भएको छ् ।

साथै जीवन यात्रामा आईपरेका अनेकन पात्रहरुसँगको सम्वादले नासाको कुरा देखि जटिल रोग लाग्दा समेत एउटी श्रीमतीले आफनो श्रीमानलाई कसरी ममता प्रदान गर्न सफल भईन भनेर लेखकले उपकथामा राम्रो गरि लेख्नु भएको छ  ।

त्यति मात्र होईन पछिल्ला वर्षहरुमा सामाजिक विकृति र विसंगतिका कारण कसरी घर उजाडिएको छ भन्ने घटना क्रमलाई समेत लेखकले श्रीमती उपन्यास मार्फत प्रस्तुत गरेका छन् । जीवनको दौरानमा भेटिएका दजैनौ पात्रहरुको जीवन भोगाई,त्यसमा श्रीमतीको भूमिका मात्र होईन परदेशमा झेल्नु परेका अनेकन समस्याहरु समेत कथामा बुनेर लेखकले उपन्यासको वहुआयामिक पाटो र सामाजिक परिवेशकलाई केलाउन भरमग्दुर प्रयत्न गर्नु भएको छ । अर्कै परिवेश र वातावरणमा हुर्किएर नयाँ परिवेशमा घर सम्हाल्न आउँदा मनमा खेल्ने अनेकन कौतुहलता र जिम्मेवारीवोधको वारेमा समेत उपन्यासमा विभिन्न कोणबाट प्रष्ट पार्ने काम गर्नु भएको छ ।

7db8e39d-7920-4cf1-8bda-e2177a081976-1779894311.jpg
उपन्यासको बारेमा चर्चा गर्दे उपन्यासकार तथा मदन पुरस्कार विजेता निलम कार्की निहारिकाले टिप्पणी गर्दे भन्नु भयो (  श्रीमती उपन्यासले विवाहिता नारीको अर्थ बोल्छ, आख्यानकारले उपन्यासमा एक प्रमुख पात्र मार्फत श्रीमतीलाई तिमी मेरो शक्ति तिमी मेरो व्रह्म भनेर शुद्ध चैतन्य अविनाशी शाश्वत परमात्माको स्थान दिदै नारीलाई उच्च सम्मान व्यक्त गरेको पाईन्छ ।

विगत लामो समय देखि मेरिल्याण्डमा वस्दै आउनु भएका लेखक तीर्थराज पाण्डेयले अनेसास विओटीको उपाध्यक्ष तथा अवार्ड कमिटिमा वसेर काम गर्दे आउनु भएको छ । पाण्डेय अमेरिकामा वसेर डायस्पोराको साँंस्कृतिक पहिचान र प्रवद्र्धनमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ । उहाँलाई नेपाल सरकारले राष्टिय सम्मान प्रदान गरेको थियो भने अमेरिकाका राष्टपतिद्धारा लाईफटाइम एचिभमेन्ट गोल्ड मेडल अवार्डवाट सन् २०२३ मा सम्मानित हुनु भएको थियो । लेखक पाण्डेयका आमाको सपना खण्ड काव्य ,सविता खण्डकाव्य र चिरायु उपन्यास प्रकाशित भईसकेका छन् ।

एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, पुगे रोड टु यूएफसीको सेमिफाइनल

काठमाडौँ — नेपालका मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले बिहीबार ऐतिहासिक जित निकालेका छन् । उनले मकाओमा आयोजित रोड टु यूएफसी सिजन फाइभको ब्यान्टमवेट समूहको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराएका हुन् ।

अब उनले सेमिफाइनलमा न्युजिल्यान्डका खेलाडी कासिब मुर्डोकसँग प्रतिस्पर्धा गर्नेछन् । मुर्डोक जापानका योनुसुके मिनामीलाई हराउँदै सेमिफाइनल पुगेका हुन् ।

रवीन्द्र दोस्रो चरणमा टेक्निकल नकआउटको आधारमा विजयी रहे । खेल मकाओस्थित ग्यालेक्सी एरिनामा भएको थियो र त्यसमा सुरुआती केही संघर्षपछि रवीन्द्र आफ्नो प्रतिद्वन्द्वीमाथि हाबी रहे ।

यो जितपछि उनी अब यूएफसीसँग अनुबन्ध प्राप्त गर्ने सम्झौतानजिक पुगेका छन् । अब उनलाई त्यस बहुप्रतिक्षित सम्झौताका लागि दुई जित आवश्यकता पर्नेछ .

 

१५ जेठका दिन सबै भन्सार कार्यालयहरू बन्द गर्न विभागको सर्कुलर

काठमाडौं । भन्सार विभागले १५ जेठ, २०८३ ९शुक्रबार० सबै भन्सार कार्यालयहरू बन्द गर्न सर्कुलर जारी गरेको छ । उक्त दिन आगामी आर्थिक वर्ष, २०८३र८४ को बजेट सार्वजननिक हुँदै छ ।

कर व्यवस्थापन र जाँचपासमा असर गर्ने भए पनि विभागले सबै भन्सार कार्यालयहरूलाई सो दिन कुनै पनि मालवस्तुको भन्सार जाँचपास नगर्ने भनेको हो ।

‘अर्थ मन्त्रीज्यूबाट मिति २०८३र२र१५ मा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय र व्ययको विवरण ९बजेट० संघीय संसदमा प्रस्तुत हुने भएकोले सो दिन यात्रु जाँचपासबाहेक भन्सार जाँचपासको कार्य बन्द गर्न गराउन हुन तथा मिति २०८३र२/१६ बाट भन्सार जाँचपास गर्दा आर्थिक विधेयक, २०८३ मार्फत भएका परिवर्तन आसिकुडा प्रणालीमा अद्यावधिक भएरनभएको यकिन गरेर मात्र जाँचपास गर्न हुनका साथै मिति २०८३/२र१४ सम्म दर्ता भएका प्रज्ञापनपत्र सोही मितिभित्र जाँचपास गर्नु गराउनु,’ निर्देशनमा भनिएको छ ।

‘प्रज्ञापनपत्र बाँकी रहेको खण्डमा आर्थिक विधेयक, २०८३ मा दररेट परिवर्तन भएमा सोही अनुरुप जाँचपास गर्ने एवम् २०८३/२र१४ वा सो भन्दा अगाडि मूल प्रज्ञापनपत्रबाट घोषणा गरेका तर, जाँचपास हुन बाँकी वस्तुको हकमा महसुल दर परिवर्तन भएमा परिवर्तित दर अनुसार छुट हुने महसुल असुली गरेर मात्र पटके प्रज्ञापनपत्रबाट वस्तु जाँचपास गर्नहुन समेत निर्देशन गरिएको छ,’ विभागले सबै भन्सार कार्यालयहरूलाई जारी गरेको सर्कुलरमा भनिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा: बजेटको सिद्धान्त, प्राथमिकता प्रस्तुत

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट ९विनियोजन विधेयक०को सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेको छ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन्। दिगो, समावेशी तथा न्यायपूर्ण आर्थिक तथा सामाजिक विकास र समृद्धि हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ। संविधानले परिकल्पना गरेको लोककल्याणकारी राज्यको अवधारणा, सोह्रौँ योजना, सुदूरपश्चिम प्रदेशको आवधिक योजनाका लक्ष्य तथा उद्देश्य, दिगो विकासका लक्ष्य, चुनावी घोषणापत्रलगायतका माध्यमबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई प्रमुख मार्गदर्शन तथा बजेट तर्जुमाको आधार मानेको मन्त्रीले बताए।

सुशासन, डिजिटल रूपान्तरण र संस्थागत सुदृढीकरण, दिगो सार्वजनिक वित्त व्यवस्थापन तथा वित्तीय अनुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरण बजेटका सिद्धान्त रहेका छन्। यसै गरी गुणस्तरीय तथा उत्थानशील पूर्वाधार विकास, मानव पुँजी विकास, सामाजिक न्याय र समावेशी विकास, दिगो तथा उत्थानशील विकास पनि बजेटका सिद्धान्त रहेका छन्।

प्रदेश सरकारले प्रवाह गर्ने सेवालाई सूचना प्रविधिमा आधारित बनाई छिटोछरितो र गुणस्तरयुक्त बनाउने जनाइएको छ। डिजिटल पूर्वाधारको निर्माण, साइबर सुरक्षा सुदृढीकरण, डिजिटल साक्षरता विकास तथा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्धन गर्ने बजेटको प्राथमिकता रहेको छ। यस्तै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायात र सार्वजनिक वित्त व्यवस्थापनलगायतका क्षेत्रमा प्रविधिमैत्री प्रणालीको विकासका लागि डिजिटल नेपाल फ्रेमवर्कसँग तादात्म्य हुने गरी प्रादेशिक रणनीति तर्जुमा गरेर कार्यान्वयनमा ल्याउने बजेटको प्राथमिकता रहेको जनाइएको छ।

प्रदेशमा सुशासन, सेवा प्रवाह, आर्थिक विकास तथा जनसहभागिता अभिवृद्धिका लागि सूचना प्रविधिमा आधारित प्रशासनिक प्रणाली, विद्युतीय सेवा प्रवाह, डिजिटल अभिलेखीकरण बजेटको प्राथमिकता रहेको छ। यसै गरी अनलाइन भुक्तानी प्रणाली तथा एकीकृत तथ्याङ्क व्यवस्थापनलाई विस्तार गरी सार्वजनिक सेवामा पारदर्शिता, प्रभावकारिता र पहुँच अभिवृद्धि गर्ने कार्यलाई बजेटले प्राथमिकता दिने जनाइएको छ।

यसै गरी वित्तीय अनुशासन, नतिजामुखी सार्वजनिक खर्च तथा सार्वजनिक वित्त व्यवस्थापनमा सुधार गर्ने बजेटको प्राथमिकता रहेको छ। उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, उद्योग प्रवर्धन तथा रोजगारी सिर्जना, उत्थानशील पूर्वाधार निर्माण आर्थिक विकासका आधार शिक्षा, स्वास्थ्य तथा मानव पुँजी विकास बजेटको प्राथमिकता रहेको मन्त्री थापाले बताए।

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ।
नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उद्धारसम्बन्धी नमूना अभ्यासमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमूना अभ्यास स्थानीय माँझ प्रस्तुत गरिएको हो।

बराहदल गुल्मका गुल्मपति सेनानी अशोक शाहीले उद्धार एवं क्षति न्यूनीकरणबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमूना अभ्यास गरिएको बताए।

“महाकाली नदी क्षेत्रमा सम्भावित बाढी तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि एकत्रित भएका छौैँ”, सेनानी शाहीले भने, उनले विपद्मा उद्धार गर्नका लागि सेनाको प्राविधिक टोली आवश्यक उपकरणसहित तयारी अवस्थामा रहने गरेको जानकारी दिए। नमूना अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले संयुक्त अभ्यास देखाएका थिए।

त्यसैगरी, कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले महाकाली नदीको किनारको क्षेत्र बाढी तथा विपद्को जोखिममा रहेकाले स्थानीय नागरिक वर्षातका बेला सजग हुनुपर्नेमा जोड दिए। उनले महाकाली नदीमा पौडी खेल्ने, रमाइलो गर्ने क्रममा धेरै नागरिकहरुले ज्यान गुमाउनुपरेको भन्दै बोहराले वर्षातका बेला ज्यान जोखिममा राखेर बाढीको भेलमा दाउरा सङ्कलन लगायतका गतिविधि गर्न नहुने बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी मदन कोइराला र श्री नं। २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विजितराज रेग्मीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
सेनाको उक्त नमूना अभ्यासमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए० लगायतका गैरसरकारी संस्थाको पनि सहकार्य थियो।

खोज्नुहोस