विश्वकपबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक मार्टिनेजले दिए पदबाट राजीनामा
काठ्माण्डौ- फिफा विश्वकप २०२६ बाट बाहिरिएिछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्।
विश्वकपको अन्तिम–१६ मा स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगलका मुख्य प्रशिक्षक मार्टिनेजले आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका हुन्।
साथै, उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिँदै क्रिस्टियानो रोनाल्डोको प्रशंसा समेत गरेका छन्। उनले भने, ‘यस विश्वकपमा उनको प्रयासको लागि हामीले उनलाई धन्यवाद दिनुपर्छ।’
रोनाल्डोले विश्वकप जित्नका लागि उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए। ‘उनको सपना विश्वकप जित्नु थियो र त्यो हासिल गर्न उनले उत्कृष्ट उदाहरण प्रस्तुत गरे,’ मार्टिनेजले भने।
रोनाल्डो फुटबलका एक आइकन भएको बताउँदै उनले भने, ‘उनी फुटबलका एक आइकन हुन् र यस महान खेलाडीको पछाडि रहेको मानवताको एक उत्कृष्ट उदाहरण हुन्।’
