इरानले आजै अस्थायी नेतृत्व परिषद् गठन गर्ने

काठमाडौं । इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीले देशले आजै अन्तरिम नेतृत्व परिषद् गठन गर्ने बताएका छन् । दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईको उत्तराधिकारी चयन हुनुअघि यो एक अस्थायी व्यवस्थाका रूपमा रहनेछ ।

सर्वाेच्च नेता मारिएपछि इतिहासकै खतरनाक आक्रमण शुरू गर्ने इरानको चेतावनी

इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य अड्डा र इजरायलमा आक्रमण गर्ने चेतावनी दिएको छ । आईआरजीसीले इरानी सशस्त्र सेनाको इतिहासकै सबैभन्दा खतरनाक आक्रमण शुरू हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

इरानको सरकारी टेलिभिजनले इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा सर्वाेच्च नेता आयतोल्लाह अली खामेनी मारिएका पुष्टि गरेपछि यो चेतावनी आएको हो । आक्रमणमा खामेनीका छोरी, ज्वाइँ तथा नातिनातिना र एक बुहारी पनि मारिएका इरानी सञ्चारमाध्मयले जनाएका छन् । खामेनी मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा भएको छ ।

खामेनीको मृत्युपछि अब राष्ट्रपतिसहित तीन जनाले त्यहाँको सत्ता सञ्चालन गर्ने भएका छन् । राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्यले अहिलेको सङ्क्रमण्लाई सम्हाल्ने खबरमा उल्लेख छ ।

यसैबीच इजरायलले इरानमाथि आक्रमणको अर्काे लहर शुरू गरेको बताएको छ । यसले मध्यपूर्वलाई अस्थिर बनाउने खतरा बढाएको छ । इजरायली सेनाले आज बिहान इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र हवाई रक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि प्रत्याक्रमण गरेको छ । इरानले अमेरिकी सैन्य अड्डा भएका ठाउँहरू यूएई, कतारको दोहा, बहराइन र कुवेतमा आक्रमण गरेको बीबीसीको खबरमा उल्लेख छ । आक्रमणमा परेर इरानमा दुई सय जनाभन्दा धेरै मारिएका रेड क्रिसेन्टले जनाएको छ ।

मध्यपूर्वका सबैजस्ता देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । मध्यपूर्व हुँदै उड्ने विभिन्न अन्तर्राष्ट्रिय एअरलाइन्सहरूले पनि उडान रद्द गरेका छन् । धेरैजसो देशहरूले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित बस्न भनेका छन् ।

मध्यपूर्वमा तनाव बढेसँगै संयमित हुन र वार्ताबाट समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका छन् । -एजेन्सी

 

शिखर पावर डेभलपमेन्टको आईपीओ खुल्यो

 काठमाडौं- शिखर पावर डेभलपमेन्ट कम्पनीले आम सर्वसाधारणका लागि (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँट गरी सर्वसाधारणका लागि आइतबारदेखि बिक्री खुला गरेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । सर्वसाधारण समूहमा निष्कासन हुने ३२ लाख कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, प्रभावित, कर्मचारी, म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको १८ लाख ४२ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । छिटोमा फागुन २६ र ढिलोमा चैत १ गतेसम आवेदन दिन सकिनेछ ।

यस कम्पनीले बागलुङमा ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना बनाएर सञ्चालनमा ल्याएको छ । सो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा छ ।

आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १३ पैसा छ । प्रतिसेयर आम्दानी ३.६९ रुपैयाँ ऋणात्मक छ । इक्रा नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ ।

बढ्यो सुनचाँदीको मूल्य

काठ्माण्डौ- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा पाँच हजार ६०० र चाँदी प्रतितोला दुई सय ४५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ५०० कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० मा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला पाँच ९८५ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

उपाधि जितेर प्रिया राईले रचिन् इतिहास

काठमाडौं । हङकङको कठिन भूगोल र चुनौतीपूर्ण मौसमलाई माथ दिँदै नेपाली अल्ट्रा रनर प्रिया राईले दोस्रो पटक एसिया ट्रेल मास्टर (एटीएम) को उपाधि जितेर इतिहास रचेकी छन् ।

हङकङमा भएको एसिया ट्रेल मास्टरमा प्रियाले महिला ७२ किमीमा पहिलो हुँदै स्वर्ण जितेकी हुन् । प्रियाले ९ घण्टा ५७ मिनेटमा निर्धारित दूरी पूरा गरेकी थिइन् । एसिया ट्रेल मास्टर (एटीएम) को एक दशक लामो इतिहासमा लगातार दुई पटक उपाधि जितेर उनले कीर्तिमान रचेकी हुन ।

हङकङ र सिंगापुरका प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै स्वर्ण जितेकी प्रिया यस्तो गौरवपूर्ण सफलता हात पार्ने पहिलो नेपाली धाविका समेत बनेकी छन् । यसअघि सन् २०२४ मा पनि च्याम्पियन बनेकी उनले यो जितसँगै एसियाली ट्रेलमा आफ्नो एकछत्र दबदबा प्रमाणित गरेकी छन् ।

यसपटकको रेसमा नेपालबाट अन्य खेलाडीहरू भिसा समस्याका कारण सहभागी हुन नपाउँदा मैदानमा प्रिया एक्लै थिइन् । तर, उनको आत्मविश्वास भने हिमाल जस्तै अटल देखियो । रेसपछि आफ्नो अनुभव सुनाउँदै उनले ट्रेल र मौसम निकै कठिन भए पनि अन्य प्रतिस्पर्धीबाट खासै ठूलो चुनौती महसुस नभएको प्रतिक्रिया दिइन् ।

खोटाङको ऐन्सेलुखर्कबाट सुरु भएको उनको यो यात्राले म्यानमारको कालाव अल्ट्रा ट्रेलदेखि नेपालको मन्जुश्री ट्रेल रेससम्म सफलताको झण्डा गाडिसकेको छ । एकपछि अर्को अन्तर्राष्ट्रिय पदक चुम्दै गरेकी प्रियाले पुरुषतर्फका विजेता फिलिपिन्सका जोन रे ओनिफासँगै इतिहासको पानामा आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भएकी छन् ।

गृहमन्त्री अर्याल सुदूरपश्चिम आउँदै

अछाम । निर्वाचन स्थलहरूको अनुगमन तथा सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार सुदूरपश्चिम प्रदेश आउने भएका छन् । प्रदेशका बझाङ, बाजुरा र अछाम जिल्लामा पुगेर विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यका साथ मन्त्रिस्तरीय अनुगमनलाई महत्त्वका साथ हेरिएको छ । गृहमन्त्री अर्याल आज दिउँसो १२ बजे अछामको पञ्चदेवल विनायक नगरपालिका आइपुग्ने कार्यक्रम रहेको अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले बताए ।

उहाँका अनुसार गृहमन्त्री अर्यालले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुका साथै निर्वाचन तयारी, सुरक्षा रणनीति र आवश्यक व्यवस्थापनका विषयमा समीक्षा गर्नेछन्। साथै बझाङ र बाजुरामा समेत सुरक्षा अवस्थाबारे जानकारी लिँदै सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

मन्त्रिस्तरीय भ्रमणलाई लक्षित गरी जिल्लामा सुरक्षा सतर्कता थप कडा पारिएको प्रशासनले जनाएको छ । स्थानीय तह र सुरक्षा निकायबिच समन्वयलाई अझ प्रभावकारी बनाउँदै निर्वाचन प्रक्रिया व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखिएको बताइएको छ ।

यूएईमा रहेका नेपालीलाई दूतावासले भन्याे– ‘भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्नू’

काठमाण्डाै- संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई सामाजिक सञ्जालमा भ्रम फैलिने भिडियो र तस्वीर सार्वजनिक नगर्न त्यहाँ रहेका नेपाली दूतावासले आग्रह गरेको छ ।

आबुधाबीमा रहेको नेपाली दूतावासले अहिले यूएईमा विकसित परिस्थितिको सन्दर्भमा सूचनामार्फत सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै माध्यमबाट हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र सुरक्षा स्थितिबारे भ्रम फैलिने मनसायको सन्देश प्रवाह नगर्न सचेत गराएको हो ।

यूएईमा रहेका सम्पूर्ण नेपालीलाई त्यहाँको कानून पालना गर्न र विपरीत कार्य भएमा कानूनबमोजिम दण्डनीय हुने चेतावनी यूएईका आधिकारिक निकायबाट जारी भएको उल्लेख गरेको छ ।

दुबई प्रहरीले विमानस्थल र दुबई क्षेत्रका कुनै पनि भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न, गरेको भए हटाउन भनेको छ । यस्ता क्रियाकलाप नरोकिए डिपोर्टसम्मको कारबाही गर्न बाध्य हुने त्यहाँको प्रहरीले चेतावनी दिएको छ ।

 

बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

बाजुरा। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि बाजुरामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्लाका ७७ मतदान स्टल र ११९ मतदान केन्द्रको व्यवस्थापनका लागि सुरक्षा व्यवस्था कडा पारिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार, परिचालन हुने सुरक्षाकर्मीमा सशस्त्रसहित प्रहरी २००, नेपाल प्रहरी ४७५, सेना ३२५ गरी कुल एक हजार सुरक्षाकर्मी रहेका छन्। साथै, एक हजार ६० निर्वाचन प्रहरी पनि खटाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भने, “आगामी फागुन २१ गतेको निर्वाचन सरल, सहज र व्यवस्थित बनाउन एक हजार सुरक्षाकर्मी र एक हजार निर्वाचन प्रहरी खटाइएको हो।”

उनले थपे, “जिल्लाको सबैभन्दा टाढा मतदान केन्द्र हिमाली गाउँपालिका–३ गुम्बा हो। आज बिहान त्यस मतदान केन्द्रमा मतदान सामाग्री ढुवानी गरिएको छ।”

फागुन १६ र १७ गते जिल्लाका सबै मतदान केन्द्रमा मतदान सामग्री वितरण सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतलाई बोलाएर, सुरक्षाकर्मीको उपस्थितिमा सामग्री ढुवानी गरेको जनाएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, जिल्लाका बडीमालिकाः ३,४४६, त्रिवेणीः ३,३५०, बुढीगंगाः ४,२७७, बुढीनन्दः ३,४५२, गौमूलः १,६५०, हिमालीः १,७२२, जगन्नाथः १,६८४, स्वामीकार्तिकः २,२२३, खप्तडछेडेदहः ३,१७४ गरी जम्मा झन्डै २४ हजार ४४३ घरधुरी रहेका छन्।

सन् २०७८ को जनगणना अनुसार, बाजुरामा जनसङ्ख्या एक लाख ३८ हजार ९९८ भए पनि अधिकांश कामको सिलसिलामा भारतमा रहेको बताइएको छ।

बाजुरामा यसपटक नेपाली कांग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाह, रास्वपाका हेमराज थापा, राप्रपाका केशरबहादुर शाही, नेकपा (माओवादी केन्द्र)का भूपेन्द्र सी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का दीपक डिसी र स्वतन्त्र उम्मेदवारका उपेन्द्र शाही चुनावी मैदानमा छन्।

बाजुरामा ८७,८६१ मतदाता छन्, जसमा ४५,४२८ पुरुष, ४२,४३१ महिला र अन्य दुई जना मतदाता छन्। मतदानको व्यवस्थाका लागि ७७ वटा मतदानस्थल र ११८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गत महतले जानकारी दिए।

बीडीए कोलोराडो च्याप्टरद्धारा आयोजित कार्यक्रममा १२ जनाद्धारा रक्तदान

कोलोराडो, १७ फागुन ।
ब्लड डोनर्स अफ अमेरिका(बीडीए) कोलोराडो च्याप्टरद्धारा शनिवार आयोजित रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् ।

ब्लड डोनर्स अफ अमेरिका(बीडीए), नेपाली घर र भिटलान्टको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा माईकल ड्रिसकोल, टीका पौडेल, नवराज मरासिनी, बिकास त्रिपाठी, नुरहरी पोखरेल, बिष्णुराज घिमिरे, बिद्या केसी, फणिन्द्र क्षेत्री, एरिक रोथवेलर, भोला कटुवाल, बिकास भण्डारी, तेज ढकालले रक्तदान गरेका थिए ।

बीडीए कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासिनीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा बीडीएका केन्द्रीय वरिष्ठ उपाध्यक्ष टीका पौडेल, केन्द्रीय उपाध्यक्ष विजय देव अधिकारी र केन्द्रीय कोषाध्यक्ष फणिन्द्र क्षेत्रीको उपस्थिति रहेको थियो ।

बीडीए कोलोराडो च्याप्टरका अध्यक्ष मरासिनीले रक्तदान कार्यक्रम आयोजनाका क्रममा सहयोग गर्ने बीडीएका पदाधिकारीहरुसंगै नेपाली घरका अध्यक्ष बसन्त लम्साल, उपाध्यक्ष गंगा चौलागाईं, जनरल सेक्रेटरी भोला कटुवाल, महिला संयोजक समिका ड्रिस्कोल लगायत सम्पूर्ण रक्तदाता र स्वयमसेवकहरुलाई धन्यवाद दिए ।

आफ्ना सर्वोच्च नेता खामेनेई मारिएका इरानद्वारा पुष्टि, चालिस दिने शोक घोषणा

इरानले अमेरिकी र इजरेली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका पुष्टि गरेको छ।

आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताए।

यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी-इजरेली हमलामा परी खामेनेई मारिएका सामाजिक सञ्जालमार्फत्‌ घोषणा गरेका थिए।

ट्रम्पले “इरानी जनता”, “अमेरिकी जनता” र “विश्वभरि धेरै मानिसका निम्ति” “न्याय” भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्।

उनले बमबारी “जारी रहने भन्दै “इरानी जनताका लागि “उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको” टिप्पणी गरेका छन्।

मध्यपूर्वमा आक्रमण

अमेरिका र इजरेलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ।

दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।

अमेरिका र इजरेलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन्।

दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो।

रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ।

इजरेलसँग सिमा जोडिएको जोर्डनले उस्का सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ।

संयुक्त अरब एमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ। अधिकारीहरूले “पाम जुमेरा क्षेत्रमा एउटा भवनमा भएको” भनेका त्यस घटनामा चारजनालाई चोट पटक लागेको जनाइएको छ।

शक्तिशाली व्यक्ति

खामेनेई सन् १९७९ को क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता हुन्। सन् १९८९ मा रुहोल्लाह खोमेइनीको निधनपछि उनी सर्वोच्च नेता बन्न पुगेका थिए।

खामेनेईका कट्टरपन्थी धारणा र नीतिहरूले नै हालको इस्लामिक गणतन्त्रमा मानिसहरूको जनजीवनलाई आकार दिएको हो।

विगत चार दशकदेखि शक्तिमा रहिआएका खामेनेईको कार्यालयको शक्तिले उनलाई देशको सर्वशक्तिमान व्यक्ति बनाएको थियो।

इरानमा क्षति भएको छ

तस्बिर स्रोत,ISNA/WANA/Reuters

इरानको अवस्था

इरानी सत्ताले सधैँ परमाणु अस्त्र तयार पार्न नचाहेको दोहोर्‍याउँदै आएको छ। तर उसले परमाणु कार्यक्रममा गैरसैनिक प्रयोजनका लागि उपयोग नहुने स्तरमा युरेनियम प्रशोधन गरेको थियो।

सो सन्दर्भमा उसको न्यूनतम चाहना भनेको एउटा बम बनाउन प्रयोग गर्न सकिने विकल्पसम्म तयार पार्ने हुनसक्ने अनुमान गर्न सकिन्छ। तर यस्तो पनि हुन लागेको भन्ने देखाउने प्रमाण इजरेल र अमेरिकाले हालसम्म सार्वजनिक गरेका छैनन्।

हवाई हमलाहरू गर्दैमा कुनै पनि देशमा सत्ता परिवर्तन भएको दृष्टान्तहरू छैनन्। इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वको ठूलो अतिक्रमणकारी सैन्यले सद्दाम हुसेनलाई सत्ताच्युत गरेको थियो।

लिबियामा मुअम्मर गद्दाफीलाई सन् २०११ मा विद्रोही सैन्यले हटाएका थिए र तिनीहरूलाई नेटो र अन्य केही अरब देशहरूले हवाई शक्ति दिएका थिए।

ती दुवै घटनामा निस्किएको नतिजा भनेको सत्ताको पतन, गृहयुद्ध र हजारौँको मृत्यु नै रह्यो। लिबिया अझै पनि असफल राष्ट्रको रूपमा रहेको छ। इराक अझै त्यसबेलाको सैन्य अतिक्रमण र रक्तपातको असरसँग जुझिरहेको छ।

यसपटक हवाई हमलाको शक्तिका भरमा नै सत्ता परिवर्तन भएमा पनि त्यहाँको इस्लामिक शासनलाई मानवअधिकारको प्रत्याभूति दिने उदारवादी प्रजातान्त्रिक व्यवस्थाले प्रतिस्थापन गर्ने छैन।

अहिलेको शासन ढलेमा सत्ताको बागडोर सम्हाल्नका लागि भनेर निर्वासनमा रहेको कुनै विश्वसनीयताप्राप्त सरकार तयार अवस्थामा बसिरहेको पनि छैन।

इरानका नेताहरू कसरी यो युद्धबाट निस्कने, कसरी जोगिने र कसरी यसका प्रभावहरूलाई व्यवस्थापन गर्ने भनेर हिसाबकिताब गरिरहेका हुन सक्छन्।

साउदी अरेबियाको नेतृत्वमा रहेका तिनीहरूका छिमेकीहरू भने शनिवारका हमलाका घटनाहरूका सम्भावित परिणामहरू र निकै ठूलो अनिश्चितताको वातावरणबाट चिन्तित अवस्थामा रहेका हुनसक्छन्।

बीबीसीबाट ।

मध्यपूर्वका उडान अनिश्चितकालका लागि रद्द

काठमाडौं ।  अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र खाडी मुलुकका अमेरिकी सैन्य क्याम्पमा इरानले गरेको जवाफी हमलाका कारण नेपालको अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ । नेपालबाट मध्यपूर्वका खाडी मुलुक र खाडी हुँदै पश्चिमी देश जाने उडान तथा उताबाट नेपाल आउने सबै उडान अनिश्चितकालका लागि रद्द गरिएका छन् । जसकारण शनिबार उडानका लागि त्रिभुवन विमानस्थल पुगेका हजारौँ यात्रु रोकिए ।

नेपालका दुई अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका साथै एयर अरेबिया, फ्लाई दुबई, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, कतार एयरलाइन्स र टर्किस एयरलाइन्सका उडान रद्द भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले मध्यपूर्व र पश्चिमतर्फका सम्पूर्ण उडान अनिश्चितकालका लागि रद्द भएको बताए । उनका अनुसार चीन, भारत, हङकङ, मलेसिया, सिंगापुरलगायत देशका उडान भने भइरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वतर्फ शनिबारका लागि आठ अन्तर्राष्ट्रिय एयरलाइन्सका २२ उडान/अवतरणको कार्यतालिका थियो । त्यसमध्ये बिहानी समयका सातवटा मात्रै उडान/अवतरण हुन सके । बाँकी रात्रिकालीन १५ उडान रद्द भए । हिमालय एयरलाइन्सको ९:४० मा कतारको दोहा जाने र १०:३० मा युएईको दुबई जाने उडानहरू रद्द भए । त्यस्तै, नेपाल एयरलाइन्सको ९:४५ मा दोहा जाने, ११:०० मा साउदी अरेबियाको दमाम जाने र ११:१५ मा दुबई जाने उडान रद्द भए । त्यस्तै, कुवेत एयरको १२:१५ मा कुवेत जाने, फ्लाई दुबईको १२:३० मा दुबई जाने उडान पनि रद्द भएका छन् । विभिन्न गन्तव्यमा जानका लागि विमानस्थल पुगेका यात्रु अलपत्र परेका छन् ।

नेपाल वायुसेवा निगमले २८ फेब्रुअरी (शनिबार) र १ मार्च (आइतबार)का लागि तालिका रहेको काठमाडौं–दुबई–काठमाडौं र काठमाडौं–दोहा–काठमाडौंका उडान रद्द भएको घोषणा गरेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले मध्यपूर्वी आकाश मार्गमा जारी परिस्थितिका कारण दुबई, दमाम र दोहा गन्तव्यका आफ्ना सबै उडान अर्को सूचना नभएसम्मका लागि रद्द गरेको जानकारी गराएको छ । एयरलाइन्सहरूले थप जानकारीका लागि आफ्ना सामाजिक सञ्जाल तथा वेबसाइट नियमित रूपमा अवलोकन गर्नसमेत आग्रह गरेका छन् ।

कुवेत, युएई, कतार, इरान, इराक, जोर्डन, इजरायल, लेबनान र बहराइनलगायत देशले आफ्ना आकाशमा उडान रोकेका (एयर स्पेस बन्द गरेका) छन् । मध्यपूर्वको तनावले विश्वभरकै उडान प्रभावित भएको छ । मध्यपूर्वको आकाश हुँदै उड्ने जहाजहरूले अर्कै रुट प्रयोग गरिरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक करिब १५ हजार यात्रुले अन्तर्राष्ट्रिय हवाई सेवा लिने गरेका छन् । सबैभन्दा धेरै उडान संख्या रहेको मध्यपूर्वतर्फको हवाई सेवा अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् । पछिल्लो एक महिना (१ जनवरीदेखि ३१ जनवरीसम्म) भित्रुवन अन्तर्राष्ट्रियय विमानस्थलमा कुल दुई हजार ९४९ अन्तर्राष्ट्रिय उडान तथा अवतरणबाट चार लाख ३० हजार २४८ यात्रुले हवाई यात्रा गरेका थिए । उक्त अवधिमा भएका एक हजार ४७५ अन्तर्राष्ट्रिय उडानबाट दुई लाख १० हजार ८८७ यात्रु विदेश उडेका थिए । त्यस्तै, एक हजार ४७४ अन्तर्राष्ट्रिय उडानबाट दुई लाख १९ हजार ३६१ यात्रु काठमाडौं अवतरण भएका थिए ।

खाडी मुलुक द्वन्द्वको चपेटामा , इरानभर २०० बढी मारिए

काठमाडौं। अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्वमा तनाव बढेको छ। खासगरी खाडी मुलुकहरूमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाएको छ।

इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनलगायतका देशमा भएका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणपछि सम्बन्धित देशका सरकार र ती देशमा रहेका नेपाली दूतावासहरूले अलग-अलग सूचना जारी गर्दै अवस्था सामान्य नहुन्जेल अनावश्यक रूपमा घरबाहिर ननिस्कन आह्वान गरेका छन्। साथै, सतर्क अवस्थामा रहन र सरकारी निकायको आधिकारिक सूचनालाई फलो गर्न पनि उनीहरूले भनेका छन्।

काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले पनि आज एक विशेष ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीहरूलाई घरभित्रै बस्न र स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

 इरानभर २०० बढी मारिए

अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

इरानभर भएका हवाई आक्रमणमा भने कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता अली खामेनी र उनका धेरै वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका छन् ।

त्रासमा नेपाली

नेपाल सरकार र विभिन्न आप्रवासन संस्थाहरूको पछिल्लो तथ्याङ्कअनुसार खाडीका ६ प्रमुख मुलुकहरूमध्ये यूएईमा सबैभन्दा धेरै ६ लाखभन्दा बढी नेपालीहरू छन्। कतारमा करिब ५ लाख नेपालीहरू रहेको अनुमान छ।

साउदी अरबमा करिब ४ लाख ५० हजार, कुवेतमा १ लाख २० हजार तथा बहराइन र ओमानमा ५० हजारभन्दा बढी नेपालीहरू रहेको अनुमान छ।

यसबाहेक, इजरायलमा करिब ५ हजार नेपालीहरू ‘केयरगिभर’ र कृषि क्षेत्रमा कार्यरत छन्।

खाडी मुलुकहरू नेपालीका लागि वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरू हुन्। मध्यपूर्वमा पछिल्लो २४ घण्टामा विकसित सैन्य तनावका कारण खाडी मुलुकहरूमा कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता उत्पन्न भएको छ।

इजरायल र इरानबीचको प्रत्यक्ष सैन्य टकराव र खाडी क्षेत्रका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी भएका आक्रमणका प्रयासले वैदेशिक रोजगारीमा रहेका नेपालीहरू प्रत्यक्ष जोखिममा परेका छन्। विशेषगरी खुला स्थानमा निर्माण कार्यमा संलग्न र सुरक्षा गार्डको रूपमा कार्यरत नेपालीहरू बढी जोखिममा देखिएको त्यहाँ रहेका नेपालीहरू बताउँछन्।

गैरआवासीय नेपाली सङ्घ कुवेत र नेपाल पत्रकार महासङ्घ कुवेत शाखाले छुट्टाछुट्टै सूचना जारी गरेर हटलाइन सम्पर्क नम्बरहरू सार्वजनिक गरेका छन्।

साथै कुवेत सरकार तथा सम्बन्धित सुरक्षा निकायबाट जारी आधिकारिक सूचना मात्र विश्वास गरी पालना गर्न, सकेसम्म घरभित्र सुरक्षित रहन, अनावश्यक रूपमा बाहिर ननिस्किन, नेपाल वा अन्य मुलुकमा यात्रा गर्नेहरूले सम्बन्धित एयरलाइन्सको वेबसाइट वा टिकट एजेन्टमार्फत जानकारी लिएर मात्र यात्रासम्बन्धी निर्णय लिन अनुरोध गरेका छन्।

 

युनिक मोडर्न एकेडेमीको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

धनगढी १७ फागुन ।  युनिक मोडर्न एकेडेमी धनगढी उपमहानगरपालिका वडा नं २ सरस्वतीनगरको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रम आयोजना गरी शनिबार सम्पन्न भएको छ ।

युनिक मोर्डन एकेडेमीकी संस्थापक रत्ना विष्टको सभापतित्वमा सम्पन्न भएको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम साहित्य समाज धनगढीका अध्यक्ष मदन पुरस्कार विजेता राम लाल जोशी रहनुभएको थियो ।

त्यसैगरि कार्यक्रमका विशिष्ट अतिथिहरुमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता ठेकेन्द्र राज जोशी, धनगढी उपमहानगरपालिका वडा नं २ कार्यालयका वडा अध्यक्ष धर्म राज ओझा, वडा सदस्य केशव राज पन्त, पूर्व वडा सदस्य मान बहादुर सिंह, कैलाली अस्पतालका संचालक जनक राज जोशी, पश्चिम टुडे मिडिया हाउसका सम्पादक खेम राज उपाध्याय, अतिथिहरुमा विभिन्न विद्यालयका प्रधानाध्यापक, लायन्स क्लबका पदाधिकारी, समाजसेवी व्यक्तिहरु रहनु भएको थियो ।

विद्यालयकी प्रधानाध्यापक लक्ष्मी धामी भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयले १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा समाजमा महत्वपूर्ण योगदान दिनुभएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम साहित्य समाज धनगढीका अध्यक्ष राम लाल जोशीले धनगढी उपमहानगरपालिका वडा नं २ कार्यालयका वडा अध्यक्ष धर्म राज ओझा, पूर्व वडा सदस्य समाजसेवी मान बहादुर सिंह, पश्चिम टुडे मिडिया हाउसका सम्पादक खेम राज उपाध्यायलाई प्रशंसा पत्र सहित सम्मान गर्नुभएको हो ।

कैलाली अस्पतालका संचालक जनक राज जोशीले युनिक मोर्डन एकेडेमीमा अध्ययनरत गरीब जेहेन्दार विद्यार्थीलाई वार्षिक ५ हजार रुपैया आर्थिक सहयोग गर्नुका साथै विद्यालयका शिक्षक– शिक्षिका विद्यार्थीहरुलाई कैलाली अस्पतालमा स्वास्थ्य उपचार सेवामा २० प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयकी संस्थापक रत्ना विष्टले४०–५० जना विद्यार्थीहरु भर्नाबाट अध्यापन गरिरहेको विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मारेका कारण र अभिभावक ज्यूहरुको विश्वास जितेको हुँदा हाल ३ सय भन्दा बढी विद्यार्थीहरु यस विद्यालयमा अध्ययन गरिरहेको बताउनु भयो ।

कार्यक्रममा विद्यालयकी संस्थापक विष्टले यसको श्रेय सम्पूर्ण शिक्षक शिक्षिका, अभिभावक, विद्यालयको शुभेच्छुक ज्यूहरुको रहेको र उहाँहरु प्रति हार्दिक आभार समेत प्रकट गरिन् ।

विद्यालयले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मानव सेवा आश्रम, दृष्टि फाउण्डेसन, आमाको माया छात्रावास, विभिन्न मठमन्दिर लगायतका सामाजिक संस्थाहरुमा आर्थिक सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु देखाएका थिए ।

वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको संचालन अनिता चौधरी र स्मृति जैरुले गर्नुभएको थियो ।

विद्यालयमा खेल सप्ताहमा विजयी भएका विद्यार्थी खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

ट्रम्पले भने: इरानका सर्वोच्च नेता स्ट्राइकमा मारिएका छन्

संयुक्त राष्ट्र अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र अमेरिकाद्वारा  इरानमा गरिएका विशाल आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी  मारिएको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा खामेनीको मृत्यु भएको घोषणा गर्दै यसलाई इरानी जनताका लागि “देश फर्काउने सबैभन्दा ठूलो मौका” रहेको बताएका छन्।

उनले यस आक्रमणलाई इरानको शासन प्रणाली परिवर्तन गर्ने प्रयासको भाग भएको र इरानी नेतृत्वलाई टार्गेट गरिएको बताए।

ट्रम्पले श्रोतहरू मार्फत खामेनी र अन्य शीर्ष नेताहरू मारिएका बताएका छन् र संयुक्त आक्रमण “Operation Epic Fury” को भाग भएको जानकारी दिएका छन्। उनले इरानका बलियो सैन्य र सुरक्षा अधिकारीहरूले पनि सेना छोड्ने संकेत गरिरहेका बताए।

तर, इरानी पक्षले यसबारे आधिकारिक पुष्टि गरेको छैन र खामेनीलाई सुरक्षित रहेको दाबी गरिएको छ।

यो आक्रमणपछि इरानले प्रतिकृया स्वरूप मिसाइल र ड्रोन मार्फत अमेरिका र इजरायलका लक्ष्यहरूमा हमला गरेको पनि रिपोर्ट गरिएको छ, जसले क्षेत्रीय तनावलाई अझ बढाएको छ।

इरानले मध्यपूर्वका विभिन्न सहरमा हवाई आक्रमण गरेको विवरण

इरानले आफ्नो सिमानाभित्रका विभिन्न स्थानमा भएका अमेरिकी र इजरेली ह‍‍मलाको जबाफमा मध्यपूर्वभरी नै हवाई हमलाहरू गरेको छ।

इरानले हमला गरेको भन्ने विवरणहरू दुबई, दोहा, बाहरेन, कुवेत जस्ता स्थानबाट आइरहेका छन् जहाँ अमेरिकी सैन्य अखडाहरू रहेको ठानिएको छ।

दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो।

रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ।

इजरेलसँग सिमा जोडिएको जोर्डनले उस्का सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ।

इजरेलले पनि इरानी क्षेप्यास्त्रहरूको लहर नै आएको जनाएको छ भने देशै भर हवाई हमलाको चेतावनी दिने साइरनहरू बजिरहेका थिए।

कतिपय विमान सेवाहरूले त्यस क्षेत्रमा आफ्ना हवाई उडानहरू रद्द गरेका छन्।

दुबईको पाँच तारे होटेलमा विस्फोटन

दुबईको पाँच तारे होटेलको प्रवेश द्वारमा विस्फोटन

तस्बिर स्रोत,Video screengrab : दुबईको पाँच तारे होटेलको प्रवेश द्वारमा विस्फोटन

संयुक्त अरब एमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ। अधिकारीहरूले “पाम जुमेरा क्षेत्रमा एउटा भवनमा भएको” भनेका त्यस घटनामा चारजनालाई चोट पटक लागेको जनाइएको छ।

इरानमा पुगेको क्षति
इजरेल र अमेरिकी हमलापछि तेहरानमा भेला भएका इजरेल तथा अमेरिका विरोधी प्रदर्शनकारीहरू
कतारको राजधानी दोहा
इरानमा हमला
उक्त घटनाको भएको भनिएको र सत्यता पुष्टि भएको भिडिओ दृश्यहरू सामाजिक सञ्जालहरूमा राखिएका छन्। तिनमा द फेअरमोन्ट होटेलको प्रवेश द्वारमा विस्फोट भएको देखिन्छ।

उक्त होटेलको अगाडिको भवनबाट खिचिएको भिडि‌ओमा क्षेप्यास्त्र खसेको र विस्फोट भएको दृश्य देखिन्छ।

उक्त दृश्य खिचिरहेका व्यक्ति विस्फोटपछि भुइँमा लडेको जस्तो लाग्छ र आगोको ठूलो मुस्लो देखिँदा उनी सो भवनको बाल्कोनीबाट पर हट्दछन्।

पुष्टि भएका अरू भिडि‌ओहरूमा उक्त पाँच तारे होटेलमाथि धुवाँको मुश्लो उडिरहेको देखिन्छ।

युएईको रक्षा मन्त्रालयले भनेको छ उस्ले इरानी क्षेप्यास्त्र र ड्रोनहरूको नयाँ लहरलाई बीच मै रोकिदिएको छ। त्यसअघि सो देशमाथि “इरानी बलिस्टिक क्षेप्यास्त्रहरूबाट हमला भएको” जनाइएको थियो।

सडकमा क्षेप्यास्त्र खसेपछि कतारले गर्यो इरानको निन्दा

कतारको एक आवासीय क्षेत्रमा एउटा क्षेप्यास्त्र सम्भवतः प्रतिरोधी हमलापछि अनियन्त्रित भएको खसेको भिडिओ दृश्यमा देख्न सकिन्छ।

उक्त क्षेप्यास्त्र जमिनमा खसेपछि ठूलो आगोको ज्वाला निस्कन्छ र कालो धुवाँको मुश्लो आकाशमा उड्न थाल्छ। त्यहाँ वरपर रहेका मानिसहरू यत्रतत्र भाग्न थाल्छन्।

कतारको विदेश मामिला मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै “इरानी बलिस्टिक क्षेप्यास्त्रले कतारी भूभागमा निशाना” बनाउने कार्यको निन्दा गरेको छ।

त्यसलाई उस्ले आफ्नो “राष्ट्रिय सार्वभौमिकतामाथिको सिधा उल्लंघन र उस्को सुरक्षा र अखण्डतामाथिको हमला” भनेको छ। र त्यो “अस्विकार्य गतिविधि” भएको पनि जनाएको छ।

कुवेतमा पनि विस्फोटन

उत्तरी इजरेलस्थित हाइफाको खाडीमा खसेको क्षेप्यास्त्र

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,उत्तरी इजरेलस्थित हाइफाको खाडीमा खसेको क्षेप्यास्त्र विस्फोटन

बीबीसी संवाददाता केट विलिअम्स भन्छिन् उनले कुवेतमा शिक्षकको काम गर्ने सेब गिब्सनसँग कुरा गर्दा त्यहाँ उनले ठूलो विस्फोटनको आवाज सुनेको र त्यसपछि उनी बसेको भवन थर्किएको बताएका थिए। त्यसपछि अरू साना तीन या चार विस्फोटनहरू भएका उनले बताए।

उक्त स्थान कुवेत सिटिबाट ३० मिनेटको मोटरबाटोको दुरीमा पर्ने महबुला हो।

विस्फोटनको आवाजहरू सुनिनु अघि त्यहाँ चेतावनीका साइरनहरू बजेका थिए र अरबी तथा अङ्ग्रेजी भाषाहरूमा सावधानीका सन्देशहरू पनि दिइएको उनले बताए। सेबले उनी कार्यरत विद्यालय भोली पनि बन्द रहने बताइएको जानकारी दिए।

त्यसअघि कुवेतको रक्षा मन्त्रालयका एकजना प्रवक्ताले त्यहाँको अली अल-सलेम हवाई अखाडालाई इरानी बलिस्टिक क्षेप्यास्त्रहरूले निशाना बनाएका जनाएका थिए। कुवेतको स्थानीय सञ्चार माध्यमहरूले त्यहाँको विमानस्थललाई एउटा ड्रोनले निशाना बनाएको थियो।

तस्बिर स्रोत,Reuters : 

बीबीसीबाट ।

इरानका सर्वोच्च नेता आक्रमणमा मारिएको ईजरायलको दावी

इजरायलले शनिबार भएको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, इरानका सर्वोच्च नेता, मारिएको पुष्टि गरेको छ।

यस विषयमा जानकारी भएका दुई इजरायली स्रोतका अनुसार, इजरायलले खामेनीको मृत शरीरको तस्बिरसमेत प्राप्त गरेको दाबी गरिएको छ। तीमध्ये एक स्रोतले मृत शरीरको फोटो इजरायलसँग रहेको बताएका छन् भने अर्का स्रोतका अनुसार यसबारे औपचारिक घोषणा तयारी अवस्थामा छ।

यसअघि साँझ, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ले खामेनी “अब हामीसँग छैनन् भन्ने धेरै संकेतहरू छन्” भनी बताएका थिए।

तर यसैबीच, इरानको विदेश मन्त्रालयका प्रवक्ताले इरानका राष्ट्रपति र सर्वोच्च नेता दुवै “सुरक्षित र स्वस्थ” रहेको बताएका छन्। यद्यपि, आक्रमण सुरु भएयता खामेनी सार्वजनिक रूपमा देखिएका छैनन् न त कुनै भिडियो सन्देशमा नै उपस्थित भएका छन्।

खोज्नुहोस