बढ्यो सुनचाँदीको मूल्य
काठ्माण्डौ- नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा पाँच हजार ६०० र चाँदी प्रतितोला दुई सय ४५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला तीन लाख २० हजार ५०० कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० मा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला पाँच ९८५ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार ७४० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
