बीडीए कोलोराडो च्याप्टरद्धारा आयोजित कार्यक्रममा १२ जनाद्धारा रक्तदान
कोलोराडो, १७ फागुन ।
ब्लड डोनर्स अफ अमेरिका(बीडीए) कोलोराडो च्याप्टरद्धारा शनिवार आयोजित रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् ।
ब्लड डोनर्स अफ अमेरिका(बीडीए), नेपाली घर र भिटलान्टको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा माईकल ड्रिसकोल, टीका पौडेल, नवराज मरासिनी, बिकास त्रिपाठी, नुरहरी पोखरेल, बिष्णुराज घिमिरे, बिद्या केसी, फणिन्द्र क्षेत्री, एरिक रोथवेलर, भोला कटुवाल, बिकास भण्डारी, तेज ढकालले रक्तदान गरेका थिए ।
बीडीए कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासिनीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा बीडीएका केन्द्रीय वरिष्ठ उपाध्यक्ष टीका पौडेल, केन्द्रीय उपाध्यक्ष विजय देव अधिकारी र केन्द्रीय कोषाध्यक्ष फणिन्द्र क्षेत्रीको उपस्थिति रहेको थियो ।
बीडीए कोलोराडो च्याप्टरका अध्यक्ष मरासिनीले रक्तदान कार्यक्रम आयोजनाका क्रममा सहयोग गर्ने बीडीएका पदाधिकारीहरुसंगै नेपाली घरका अध्यक्ष बसन्त लम्साल, उपाध्यक्ष गंगा चौलागाईं, जनरल सेक्रेटरी भोला कटुवाल, महिला संयोजक समिका ड्रिस्कोल लगायत सम्पूर्ण रक्तदाता र स्वयमसेवकहरुलाई धन्यवाद दिए ।



