सुदूरपश्चिम समाज मेरिल्याण्डको अध्यक्षमा राना निर्वाचित
मेरिल्यान्ड, अमेरिका
सुदूरपश्चिम समाज मेरिल्यान्ड अध्यक्षमा यज्ञ बहादुर राना निर्वाचित भएका छन् ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा आईतवार सम्पन्न समाजको साधारण सभाबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
समाजको उपाध्यक्षमा गणेश भट्टराई, महासचिवमा हंसा भट्ट, सचिवमा विश्व जैसी तथा कोषाध्यक्षमा सलीना रिमाल निर्वाचित भएकी छन् ।
त्यस्तै सदस्यमा टेक कटुवाल, योगेन्द्र चन्द, केदार विक्रम शाही, रक्षा बानियाँ, सम्झना रावत, शंकरी खड्का, सञ्जु बि.के.निश्चल शाह, दीपक भारती तथा भीम कुँवर निर्वाचित भएका छन् ।
नव निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष (२०२६–२०२८) रहने छ ।
