धनगढीमा अनसनरत डा. केसीको माग सम्बोधन गर्न छलफल थालिसक्यौं : मन्त्री पोखरेल

द एभरेष्ट पोष्ट
८ साउन २०८३ १६:५८
धनगढीमा अनसनरत डा. केसीको माग सम्बोधन गर्न छलफल थालिसक्यौं : मन्त्री पोखरेल

धनगढी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कैलालीको धनगढीमा सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले अनौपचारिक रूपमा छलफल थालिसकेको बताएका छन् । शुक्रबार पत्रकारहरूसँगको भेटमा मन्त्री पोखरेलले आफू डा. केसीको मागप्रति सकारात्मक रहेको बताउँदै अनौपचारिक छलफल सुरु गरिसकेको बताएका छन् ।

मन्त्री पोखरेलले भने, ‘उहाँको मागहरू के–के छन्, त्यसमा सरकारले अनौपचारिक रूपमा छलफल गर्न सुरु गरिसकेको छ, उहाँको मागप्रति सरकार सकारात्मक छ ।’

शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्त खारेज गर्नुपर्ने मुख्य माग राख्दै डा. केसी सत्याग्रहमा बसिरहेका छन् ।

उपकुलपति र रजिस्ट्रारको निजी कलेजसँग नजिकको सम्बन्ध रहेको आरोप लगाउँदै उनीहरूलाई हटाउन उनको माग छ । सरकारले गएको ३१ असारमा प्रा.डा. सुनीलकुमार जोशीलाई दशरथचन्द विश्वविद्यालयको उपकुलपति तथा डा. भीमबहादुर चन्दलाई रजिस्ट्रार नियुक्त गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस