प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशनका निमित्त प्रमुखको अधिकार रद्द

द एभरेष्ट पोष्ट
८ साउन २०८३ १७:२९
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशनका निमित्त प्रमुखको अधिकार रद्द

काठमाडौं ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ ।

मन्त्रालयले १० असारको निर्णयबाट शाखा अधिकृत तारादत्त भट्टलाई रामारोशन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेकाले उक्त निर्णय कार्यान्वयन गर्न आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको जनाएको हो ।

मन्त्रालयले गाउँपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारा दत्त भट्टलाई तत्काल हाजिर गराई नियमित कामकाजमा लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जगत बहादुर रावललाई दिइएको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी गराउँदै अबदेखि मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टमार्फत मात्र गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस