देउवा प्रतिनिधि सभामा नलड्ने

काठमाण्डौं, ६ माघ ।

पूर्वप्रधामन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभा निर्वाचनमा नलड्ने भएका छन् ।

स्वकीय सचिव भानु देउवाले पूर्व प्रधानमन्त्री देउवा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नउठ्ने सञ्चारमाध्यमलाई बताएका छन् ।

यो निर्णयसंगै सात पटक डडेल्धुराबाट र एक एक पटक कैलाली र कञ्चनपुरबाट प्रतिनिधि सभामा जितेका देउवाको अविजित यात्रामा बिराम लागेको छ ।

नेपाली काँग्रेसले १४० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगायो

काठमाण्डौं, ५ माघ ।
नेपाली काँग्रेसले प्रतिनिधि सभाका लागि १ सय ४० क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । केही क्षेत्रमा उम्मेदवारको टुंगो लाग्न अझै बाँकी छ ।

नेपाली काँग्रेसका सभापति गगन थापा, निवर्तमान सभापति शेर बहादुर देउवा र काँग्रेस नेता शेखर कोईराला पक्षबीच भएको सहमतीपछि उम्मेदवारहरुको नामावली प्रकाशित भएपनि यसलाई नेपाली काँग्रेसले आधिकारिक रुपमा अझै सार्वजनिक गरेको छैन् ।

उम्मेदवारहरुको नामावली :

धनकुटा – दिनेश राई

पाँचथर – नरेन्द्र केरुङ

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ

तेह्रथुम – सन्तोष सुब्बा

इलाम १ – निष्कल राई

इलाम – २ भेषराज आचार्य

उदयपुर १ – विदुर बस्नेत

उदयपुर २ – रामकुमार राई

मोरङ ३ – सुनिल शर्मा

खोटाङ – वीरकाजी राई

ओखलढुंगा – रामहरि खतिवडा

सोलुखुम्बु – प्रकाश कार्की

पाल्पा १ – सन्दिप राना

पाल्पा २ – हिमालदत्त श्रेष्ठ

गोरखा १ – प्रेम खत्री

खोरखा २ – प्रकाश दवाडी

मनाङ – टेकबहादुर गुरुङ

मुस्ताङ – योगेन्द्र गौचन

बाग्लुङ २ – टेकराज पौडेल

म्याग्दी – केबी भण्डारी

रोल्पा – डा. सुदनकुमार वली

दाङ १ – योगेन्द्र चौधरी

दाङ २ –किरण किशोर घिमिरे

दाङ ३ होल्ड

पूर्व रुकुम – कुसुम थापा मगर

प्यूठान –डा. गोविन्दराज पोखरेल

दैलेख– १ दिक्पाल शाही

दैलेख– २ बासना थापा

कालिकोट – हर्षबहादुर बम

डोल्पा – कर्णबहादुर शाही

जुम्ला – दीप बहादुर शाही

हुम्ला – जयपति रोकाय

मुगु – ऐनबहादुर शाही

सल्यान – केशव विष्ट

अछाम १ – भरत स्वाँर

अछाम २ – पुष्प शाह

बाजुरा – जनक गिरी

बैतडी – चतुरबहादुर चन्द

डोटी – भरतबहादुर खड्का

ललितपुर १ – उदयशम्शेर राणा

काठमाडौं –६ सबुज बानियाँ

पर्वत – अर्जुन जोशी

तनहुँ १ – गोविन्द भट्टराई

तनहुँ २ – शंकर भण्डारी

गल्मी १ –चन्द्र भण्डारी

गुल्मी २ – भुवन श्रेष्ठ

कञ्चनपुर –२ एनपी साउद

कञ्चनपुर १ – गोपी उपाध्याय

कञ्चनपुर ३ होल्ड

कैलाली १ –जनकराज चौधरी

कैलाली २ – विजय स्वाँर

कैलाली ३ – भीम बडुवाल

कैलाली ४ – वीरबहादुर बलायर

कैलाली ५ – नरनारायाण शाह

दार्चुला – धर्मानन्द जोशी

डडेलधुरा – होल्ड

बझाङ – प्रकाश स्नेही

बारा ३ – फरमुल्लाह मन्सुर

धनुषा १ – मुक्ता कुमारी यादव

धनुषा ३ – विमलेन्द्र निधि

ललितपुर–१ उदय शमशेर राणा

नुवाकोट १ – डा. प्रकाशशरण महत

नुवाकोट २ – जगदिश्वरनर सिं केसी

काभ्रे २ – मधु आचार्य

दोलखा – अजयबाबु सिवाकोटी

सुर्खेत २ – नारायण कोइराला

सुर्खेत १ –होल्ड

भोजपुर – बालकृष्ण थापा

लमजुङ – गमप्रसाद गुरुङ

स्याङजा १ – भरत ढकाल

स्याङजा २ –भागवतप्रकाश मल्ल

बागलुङ १ – भिम शिरिष

बागलुङ २ – टेकराज पौडेल

रुपन्देही २ – चुन्नुप्रसाद पौडेल

रुपन्देही ३ – सुशील गुरुङ

नवलपरासी १ – विनोद चौधरी

नवलपरासी २ – देवेन्द्रराज कँडेल

सुनसरी ३ – विजय गच्छदार

सुनसरी ४ –ज्ञानेन्द्रबहादुर कार्की

सप्तरी १ – रामदेव साह

सप्तरी २ रामकुमार यादव

सप्तरी ३ दिनेश यादव

सप्तरी ४ तेजुलाल चौधरी

नवलपरासी -१ बाट विनोद चौधरी

नवलपरासी २ बाट देवेन्द्र राज कँडेल

गायक प्रविण भट्टराईको तेस्रो गीत ‘खुशी म हुन्छु’ बजारमा

क्यालिफोर्निया, ५ माघ ।
गायक प्रविण भट्टराईले आफ्नो तेस्रो गीत ‘खुशी म हुन्छु’ सार्वजनिक गरेका छन् ।

‘आमालाई नभन्नु’ र ‘तिमी र म’ पछि गीतको सफलतापछि भट्टराईले आईतवार ‘खुशी म हुन्छु’ गीत सार्वजनिक गरेका हुन् ।
क्यालिफोर्नियामा संगीतका पारखी र शुभेच्छुकहरुका माझमा आईतवार राति राति ८ बजे ‘खुशी म हुन्छु’ सार्वजनिक गरेका भट्टराईले सोही समयमा आफ्नो अफिसियल युट्युव च्यानलमा म्युजिक भिडिओ पोष्ट गरे ।

गीतकार अनिल शर्माको रचनामा भट्टराईले स्वर दिएको यो गीतमा कल्याण सिंहले संगीत भरेका छन् । प्रेममा परेको एक युवकले आफ्नो खुशी गीत मार्फत व्यक्त गरेका छन् । त्यही गीतमा प्रविणले मिठो स्वर दिएका छन् ।

प्रियमान्छेको साथले खुशी नहोला को होला ? त्यही प्रिय मान्छेको छातीमा अडेस लगाएर निर्धक्क निदाउन पाए, किन कोही याद गरोस बिगत र भविश्य ? हो उनी त्यही प्रिय मान्छेको साथमा रमाउछन् । उनलाई बर्तमान मिठो लाग्छ ।

साथमा प्रिय मान्छे भए के चाहियो ? न हिजोको पीर । न भोलिको चिन्ता । उनी उन्मुक्त भएर गाउछन्, मिठो गीत ।

हो, जब प्रिय मान्छलाई हातमा डो¥याउदै निस्किन्छन्, अनन्त यात्रामा । उनी हिजोको पीर र भोलिको चिन्ता बिर्सिन्छन् ।

उनी टाढा पुग्छन्, दुःखहरुबाट । पुग्छन्,सुखको नजिक । एउटा सुख होईन, अनिगिन्ति सुखहरु । त्यसैले उनी थप्छन्, सुखहरुको नजिक । सुखैसुखैमा भएपछि धर्ती सुन्दर लाग्ने भैगो । संसार सुन्दर त्यसै हुने भयो ।

जहाँ प्रिय मान्छे, त्यही खुशी । जहाँ खुशी, त्यही स्वर्ग ? स्वर्ग कसले देखेको छ र ? उनी कल्पनामा डुब्छन् । र पुग्छन्, स्वर्गमा ।

उनी आकाशका तारा छुने कुरा गर्दैन् । प्रियमान्छेको साथमा कल्पिन्छन्, लाग्छ उनी आकाश छुदैछन् । र, मायालुलाई फुक्र्याउछन् । भन्छन्, कहिले लाग्छ आकाश छुन्छु, यस्तो लाग्छ स्वर्गमै हुन्छु ।

उनी औंधी खुशी हुन्छन्, प्रिय मान्छेको न्यानो साथमा । र त गीतमा भन्छन्, तिमीसंग हुदा म खुशी हुन्छु ।

गीतका शब्दहरु जति मिठा छन् । त्यत्तिकै मिठो छ, संगीत । त्यसमा सुगन्ध थपेको छ, प्रविणको स्वरले । म्युजिक भिडिओको छायांकनले अन्त्यसम्म डो¥याईरहन्छ, दर्शकलाई । प्रेमिल मात्र छैन्, पारिवारिक पनि छ भिडिओ ।

अमेरिकाको क्यालिफोर्नियामा छायांकन गरिएका दृष्यहरुमा प्रेमिल जोडीका स्नेहिल पलहरु मात्र कैद छैनन्, पारिवारिक जमघटका रमाईला दृष्यहरु पनि समेटिएका छन् । जसले म्युजिक भिडिओलाई उत्कृष्ट बनाएको छ ।

डुक्मणी थपलियाले निर्माण गरेको यो म्युजिक भिडिओका निर्देशक सुनिल रावल हुन् । गीतको छायांकन, सम्पादन र निर्देशन सागर खरेलले गरेका हुन् । गीतको म्युजिक भिडिओमा मोडल अंकित केसी र ईकृष्या थपलियाको अभिनय रहेको छ ।

मधु केसी/सरु थपलियाले निर्माण गरेको यो गीतका मिक्स/मास्टर दिक्षित पौडेल हुन् । पौडेलले नै संगीत निर्माण तथा एरेन्जमेन्टको भूमिका निर्वाह गरेका छन् ।

मिस्टिक भाइब्स रेकर्डस् थ्रोन्टन कोलोराडो र डीएस क्रिएसन स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट राजन भक्त श्रेष्ठ हुन् ।

गीत सुनिरहदा कुनै उत्कृष्ट व्याण्डले संगीत भरे झै महशुस हुन्छ । जसमा गिटारमा पुरस्कार खड्का, सारंगीमा हेमन्त काञ्छा रसाइली र बाँसुरीमा रत्न बीकेले साथ दिएका छन् ।

गायक भट्टराईले म्युजिक भिडिओ बजारमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनले म्युजिक भिडिओ हेरेर सुझाव, सल्लाह र प्रतिक्रिया दिन दर्शक तथा स्रोताहरुलाई आग्रह   गरे ।


दार्चुलाबाट टिकट पाउने जोशी को हुन् ?

धनगढी, ५ माघ ।
नेपाली काँग्रेसले दार्चुलामा प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको छ ।

पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडुले उम्मेदवार नबन्ने घोषणा गरेपछि जोशीले टिकट पाएका हुन् । यसअघि दार्चुलाको राजनीतिमा खासै चर्चामा नरहेका ५० वर्षीय  जोशीले काँग्रेसका नेता बडु र सभापति गगन थापाको रोजाईमा टिकट पाएका हुन् ।

कानूनमा स्नातकोत्तर जोशीसंग संयुक्त राष्ट्र संघ(युएन) मा राजनीति, मानव अधिकार र द्वन्द व्यवस्थापनका क्षेत्रमा काम गरेको डेढ दशक लामो अनुभव छ । दार्चुला शैल्यशिखर नगरपालिका- ८ पपरथलामा जन्मिएका जोशी जोशी संयुक्त राष्ट्र संघ(युएन) को आकर्षक जागीर छोडेर पूर्ण रुपमा राजनीतिमा होमिएका हुन् ।

विद्यार्थीकालमा नेविसंघको राजनीतिमा सक्रिय जोशी जेनजी आन्दोलनको भावना बुझ्ने क्षमता राख्छन् । मानवअधिकार, सामाजिक न्याय र विकासका बीज्ञ मानिने जोशी दार्चुलाको सामान्य परिवार जन्मिएर आफ्नै बलबुता र मिहिनेतले युएनको महत्वपूर्ण जिम्मेवारी पाउने व्यक्ति हुन् ।

उनलाई नजिकबाट चिन्नेहरु संसारका थुप्रै विकसित मुलुक भ्रमण गरेका जोशीलाई दार्चुलाको भूगोल र यहाँका जनताका समस्या र आवश्यकता बुझेको व्यक्तिका रुपमा लिन्छन् ।

उनी सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् । उनले आफ्नो व्यक्तिगत लगानीमा दार्चुलाका दुई विद्यालयमा २२ लाख रुपैयाको मातृभूमि छात्रवृति अक्षयकोष स्थापना गरेका छन् । उनले २०७९ सालमा लेकम गाउँपालिकाको हुनैनाथ मावि रातामाता र शैल्यशिखर नगरपालिका–८ को गलैनाथ मावि झरकडामा रु ११ र ११ लाखको छात्रवृति अक्षयकोष स्थापना गरेका थिए ।

मातृभूमि छात्रवृतिबाट दुबै विद्यालयमा विपन्न तथा जेहेन्दार परिवारका पाँच पाँच विद्यार्थी लाभान्वित भईरहेका छन् । सोही अक्षयकोषबाट हरेक वर्ष दुबै विद्यालयका तीन तीन जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान प्रदान गर्ने गरिएको छ । त्यस बाहेक धार्मिक र सामाजिक क्षेत्रमा उनले थुप्रै सहयोग गरेका छन् ।

शिक्षामार्फत दार्चुलाको विकास संभव ठान्ने जोशीको गुणस्तरीय शिक्षामा सबैको पहूँच सुनिश्चित गराउने अठोट छ ।

 

राप्रपाले काठमाडौंका १० क्षेत्रमा उम्मेदवार टुंगो लगायो

काठमाडौँ,५ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंका १० क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको ।

राप्रपाले काठमाडौं १ मा रवीन्द्र मिश्र र काठमाडौं २ मा कुन्ति पोखरेललाई दोहोर्‍याएर टिकट दिएको छ । मकवानपुरबाट चुनाव लड्दै आएका कमल थापाले यस पटक काठमाण्डौंबाट टिकट पाएका छन् । रविन्द्र मिश्र र कुन्ति पोखरेल भने पुरानै क्षेत्रमा दोहोरिएका छन् ।

काठमाडौं ३ मा सुन्दरसिंह बोहोरा,काठमाडौं ४ मा सुरेन्द्र भण्डारी,काठमाडौं ५ मा कमल थापा, काठमाडौं ६ मा उद्धव भेटुवाल, काठमाडौं ७ मा लालकुमार लामा,काठमाडौं ८मा नवीन शाही, काठमाडौं ९ मा दिलिप कार्की र काठमाडौं १० मा बलराम थापालाई उम्मेदवार बनाएको छ।

यसअघि मकवानपुरबाट उम्मेदवार हुँदै आएका थापाले काठमाडौं ५ मा टिकट पाएपछि राप्रपाका स्थानीय नेताहरु हिक्मतजंग कार्की लगायतले पार्टी नै छोडेका छन् । कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूमाथि अन्याय भएको भन्दै स्वतन्त्र भएको दाबी गरेका छन् ।

राप्रपाका १० क्षेत्रमा उम्मेदवार

काठमाडौ १ रविन्द्र मिश्र

काठमाडौ २ कुन्ति पोखरेल

काठमाडौ ३ सुन्दरसिंह बोहारा

काठमाडौ ४ सुरेन्द्र भण्डारी

काठमाडौ ५ कमल थापा

काठमाडौ ६ उद्धव भेटुवाल

काठमाडौ ७ लालकुमार लामा

काठमाडौ ८ नवीन शाही

काठमाडौ ९ दिलिप कार्की

काठमाडौ १० बलराम थापा

नेपाली काँग्रेसबाट कैलालीमा कसकसले पाए टिकट ?

धनगढी, ५ माघ ।
नेपाली काँग्रेसले कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।

काँग्रेसले कैलाली क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा बिजय स्वाँर, ३ मा भीम बडुवाल, ४ मा बीर बहादुर बलायर र ५ मा नर नारायण शाहले टिकट दिएको छ ।

रास्वपामा समानुपातिक सूचिमा को को परे, विस्तृतमा ? (सुदूरपश्चिमबाट छ जना)

काठमाण्डौं, ५ माघ ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभामा समानुपातिक तर्फका ११० जना उम्मेदवारको बन्द सूचि सार्वजनिक गरेको छ ।

१. राम लामा (पुरुष) – काभ्रेपलाञ्चोक

२. खुस्बु सरकार श्रेष्ठ (पुरुष) – ललितपुर

३. मिङमा ग्याबु शेर्पा (पुरुष) – ताप्लेजुङ

४. मनोहर प्रधान (पुरुष) – चितवन

५. ज्ञानेन्द्र मल्ल (पुरुष) – काठमाडौँ

६. सुनिलभक्त श्रेष्ठ (पुरुष) – काठमाडौँ

७. भूमि बहादुर गुरुङ (पुरुष) – स्याङ्जा

८. विश्व राई (पुरुष) – धनकुटा

९. आयुष मानन्धर (पुरुष) – मोरङ

१०. सोम बहादुर लालचन (पुरुष) – काठमाडौँ

११. मानकाजी श्रेष्ठ (पुरुष) – तनहुँ

१२. खर्क बहादुर बुढा (पुरुष) – काठमाडौँ

१३. मनोज राजवंशी (पुरुष) – झापा

१४. बसुमाया तामाङ (महिला) – धादिङ

१५. गंगा छन्त्याल (महिला) – बागलुङ

१६. सुम्निमा उदास (महिला) – ललितपुर १७.

अनुष्का श्रेष्ठ (महिला) – काठमाडौँ

१८. ओजस्वी शेरचन (महिला) – काठमाडौँ

१९. सिर्जना श्रेष्ठ (महिला) – सुनसरी

२०. रजनी श्रेष्ठ (महिला) – मोरङ

२१. कुसुम महर्जन (महिला) – काठमाडौँ

२२. भूमिका श्रेष्ठ (महिला) – काठमाडौँ

२३. प्रमिला कुलुजु (महिला) – भक्तपुर

२४. सुजाता तामाङ (महिला) – संखुवासभा

२५. कृपा महर्जन (महिला) – काठमाडौँ

२६. एलिजा गुरुङ (महिला) – गोरखा

२७. जिना विष्ट (महिला) – मकवानपुर

२८. विष्णु कुमारी गुरुङ (महिला) – कास्की

२९. मीरा महर्जन (महिला) – सिन्धुपाल्चोक

३०. निर्मला खिम्दिङ (महिला) – ताप्लेजुङ

३१. गीता सिक्राकार (महिला) – काठमाडौँ

३२. उमा घले तामाङ (महिला) – नुवाकोट

खस आर्य (क्रम ३३ देखि ६५ सम्म)

३३. रमेश प्रसाईँ (पुरुष) – ताप्लेजुङ ३४.

सुदिप ढकाल (पुरुष) – पाल्पा

३५. प्रमोद न्यौपाने (पुरुष) – सिन्धुपाल्चोक

३६. प्रकाश बहादुर बोहरा (पुरुष) – दैलेख

३७. पवन शाही (पुरुष) – कालिकोट (पिछडिएको क्षेत्र)

३८. प्रेम बहादुर बोहरा (पुरुष) – रुकुम (पिछडिएको क्षेत्र)

३९. चोला प्रसाद बस्याल (पुरुष) – स्याङ्जा

४०. विमल कुमार तिवारी (पुरुष) – सिराहा

४१. टीका राम दाहाल (पुरुष) – मोरङ

४२. टेक बहादुर पोखरेल (पुरुष) – काठमाडौँ

४३. जनक न्यौपाने (पुरुष) – पाल्पा

४४. दिपक कुमार बोगटी (पुरुष) – म्याग्दी

४५. हरिश प्रसाद भट्ट (पुरुष) – बैतडी

४६. इच्छा राम कार्की (पुरुष) – काठमाडौँ

४७. महेश्वर घिमिरे (पुरुष) – चितवन

४८. प्रतिमा रावल (महिला) – कञ्चनपुर

४९. रचना खतिवडा खत्री (महिला) – काभ्रेपलाञ्चोक

५०. लिमा अधिकारी (आचार्य) (महिला) – काठमाडौँ

५१. विदुषी राणा (महिला) – काठमाडौँ

५२. समिक्षा बास्कोटा (महिला) – काठमाडौँ

५३. श्रद्धा कुवर क्षेत्री (महिला) – रुपन्देही

५४. टीका संग्रौला (महिला) – झापा

५५. क्रान्तिशिखा धिताल (महिला) – दाङ

५६. आकृति अवस्थी (महिला) – डडेलधुरा

५७. सृष्टी भट्टराई (महिला) – सुनसरी

५८. मन्जु भुषाल (महिला) – रुपन्देही

५९. प्रभा कार्की (महिला) – ललितपुर

६०. शोभा खनाल (महिला) – गोरखा

६१. रत्ना कुमारी थापा (महिला) – अछाम (पिछडिएको क्षेत्र)

६२. जानु पौड्याल (महिला) – बर्दिया

६३. प्रभा ढकाल (महिला) – बारा

६४. निना रेग्मी पोखरेल (महिला) – ललितपुर

६५. शोभा कार्की (महिला) – ओखलढुङ्गा

दलित (क्रम ६६ देखि ८० सम्म)

६६. प्रकाश चन्द्र दर्जी (पुरुष) – सुनसरी

६७. प्रकाश वि.क. (पुरुष) – बागलुङ

६८. रुपक घिमिरे (पुरुष) – तनहुँ

६९. विजय जैरु (पुरुष) – कञ्चनपुर

७०. गोविन्द लुहार (पुरुष) – बझाङ (पिछडिएको क्षेत्र)

७१. अरविन्द कुमार राम (पुरुष) – सिराहा

७२. हिरालाल बादी (पुरुष) – सुर्खेत

७३. रीमा विश्वकर्मा (महिला) – बर्दिया

७४. अमृता बिक (महिला) – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

७५. सीता बादी (महिला) – सुर्खेत

७६. स्मृति सेन्चुरी (महिला) – दोलखा

७७. सुष्मा स्वर्णकार (डिम्पल) (महिला) – बाँके

७८. तारा विश्वकर्मा (महिला) – काभ्रेपलाञ्चोक

७९. खिमा विक (महिला) – दाङ

८०. अनिता नेपाली (महिला) – झापा

थारु (क्रम ८१ देखि ८७ सम्म)

८१. सुरेन्द्र चौधरी (पुरुष) – काठमाडौँ

८२. प्रेम लाल चौधरी (पुरुष) – मोरङ

८३. गोविन्द बहादुर थारु (पुरुष) – बाँके

८४. गीता चौधरी (महिला) – कञ्चनपुर

८५. उर्मिला चौधरी (महिला) – दाङ

८६. पुष्पा कुमारी चौधरी (महिला) – सप्तरी

८७. करिश्मा कठरिया (महिला) – कैलाली

मधेशी (क्रम ८८ देखि १०५ सम्म)

८८. पुरुषोतम सुप्रभात यादव (पुरुष) – सिराहा

८९. खगेन्द्र कर्ण (पुरुष) – सप्तरी

९०. नन्दन यादव (पुरुष) – महोत्तरी

९१. राम प्रकाश महतो (पुरुष) – सिराहा

९२. देव नारायण मण्डल (पुरुष) – धनुषा

९३. उदय प्रकाश (पुरुष) – सर्लाही

९४. अभिजित गुप्ता (पुरुष) – काठमाडौँ

९५. पूनम कुमारी अग्रवाल (महिला) – सिराहा

९६. निशा मेहता (महिला) – सुनसरी

९७. ललिता कुमारी (महिला) – सिराहा

९८. अंकिता ठाकुर (महिला) – सप्तरी

९९. सरिता महतो (महिला) – सर्लाही

१००. कामिनी कुमारी (महिला) – महोत्तरी

१०१. सुनिता कुमारी चौधरी (महिला) – पर्सा

१०२. पूनम साह (महिला) – धनुषा

१०३. प्रमिला कुमारी सिंह (महिला) – महोत्तरी

१०४. जुली यादव (महिला) – धनुषा

१०५. मञ्जु सिंह (महिला) – धनुषा

मुस्लिम (क्रम १०६ देखि ११० सम्म)

१०६. सैय्यद वकार अहमद शाह (पुरुष) – बाँके

१०७. मिर्जा राशिद बेग (पुरुष) – कपिलवस्तु

१०८. समिना मिया (महिला) – चितवन

१०९. अफसाना बानू (महिला) – काठमाडौँ

११०. गजाला शमीम मिकरानी (महिला) – रौतहट

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडाैं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेका छन्।

मेडिकल व्यवसायी प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका हुन्।

नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

उनलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

कैलालीमा टिकट वितरणमा रास्वपाभित्र असन्तुष्टि

धनगढी, ५ माघ ।
प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवारहरुको चयनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीमा नेताहरूबीच मतभेद सुरु भएको छ ।

स्थापनाकालदेखि पार्टीको संगठन विस्तारमा सक्रिय विस्तारमा सक्रिय स्थानीय नेताहरुलाई पाखा लगाएर बाहिरबाट उम्मेदवार चयन गरेकोमा रास्वपाभित्र मतभेद शुरु भएको हो ।

कैलाली १ मा कोमल ज्ञवाली, २ मा केपी खनाल, कैलाली ३ मा लक्ष्मण थारू, ४ मा हरि रेग्मी, ५ मा आनन्द चन्दलाई रास्वपाले उम्मेदवार बनाएको छ ।

कैलाली क्षेत्र नम्बर १ मा रास्वपाका केन्द्रिय सदस्य तथा सुदूर पश्चिम प्रदेश सभापति प्रकाश बिष्ट आकांक्षी थिए । तर उनी टिकटबाट बञ्चित भए । समानुपातिकमा नअटाएका बिष्ट प्रत्यक्ष तर्फ पनि समावेश भएनन् । उनको ठाउँमा ज्ञवालीलाई रास्वपाले उम्मेदवार बनायो । बिष्ट स्थापना कालदेखि नै सुदूरपश्चिममा रास्वपाको संगठन विस्तारमा सक्रिय थिए । उनले आफू आकांक्षी भएको सामाजिक सञ्जाल मार्फत पनि प्रष्ट पारेका छन् । उनलाई उम्मेदवार नबनाईएकोमा रास्वपाका स्थानीय नेता कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।

कैलाली क्षेत्र नम्बर २ मा पनि स्थापनाकालदेखि नै पार्टीको संगठन विस्तारमा सक्रिय नेताहरुले टिकट पाएनन् । खनालले टिकट पाए । त्यहाँ पनि रास्वपामा मतभेद तिब्र भएको छ ।

कैलाली क्षेत्र नम्बर ३ मा लक्ष्मण थारुले टिकट पाएका छन् । नागरिक उन्मुक्ति पार्टीसंगको एकिकरण अभियानका क्रममा भएको सहमतीबाट थारुले टिकट पाएका हुन् । सहमती अनुसार कैलालीका ५ मध्ये २ निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी र थरुहट पक्षधरले टिकट पाएका हुन् ।

त्यस्तै कैलाली ५ मा पनि चन्दलाई टिकट दिएको विषयमा पनि नेताहरूले असन्तुष्ट व्यक्त गरेका छन् । कैलाली क्षेत्र नम्बर ५ मा एकल सिफारिस भएका भीमबहादुर बोहराले टिकट नै पाएनन् । रास्वपाले उनको ठाउँमा चितवनमा व्यवसाय गर्दै आएका आनन्द चन्दलाई टिकट दियो । चन्दलाई टिकट दिदा क्षेत्र नम्बर ५ मा बिरोध भईरहदा चन्दलाई व्यवस्थापन गर्ने क्रममा क्षेत्र नम्बर ५ का हरी रेग्मीलाई रास्वपाले क्षेत्र नम्बर ४ मा टिकट दियो । रेग्मीले टिकट पाएकोमा क्षेत्र नम्बर ४ का सभापति दीपक ओझा लगायतले सामाजिक सञ्जालमै उक्त निर्णयको विरोध गरिरहेका छन् ।

बैतडीमा सबै दलले टुंग्याए उम्मेदवार

बैतडी- फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा सबै दलले उम्मेदवारी टुंग्याएका छन्।

एमाले बैतडीले दामोदर भण्डारीलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। भण्डारी २०७० को संविधानसभा निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भइ चौथो पटकको उम्मेदवार हुन लागेका हुन्। उनी एक पटक अर्थराज्यमन्त्री र तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भइसकेका छन्।

कांग्रेसले जिल्ला सभापति तथा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई उम्मेदवार बनाएको छ। जिल्लाबाट एकल सिफरिस भएका सभापति चन्द प्रतिनिधिसभाको टिकट ल्याएर आइसकेको कांग्रेस बैतडीका सचिव प्रेम चन्दले जानकारी दिए ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले परमानन्द भट्टलाई उम्मेदवार बनाएको छ । जिल्ला विकास समितिका पूर्वसभापति समेत रहेका भट्ट एमाले बैतडीका संस्थापक नेता पनि हुन् । एमालेबाट छुट्टिएपछि उनी एकीकृत समाजवादीमा आवद्ध थिए।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारीलाई उम्मेदवार बनाइएको छ । भण्डारी २०७४ मा कांग्रेसबाट र २०७९ मा स्वतन्त्र उम्मेदवार भएर प्रदेशसभा सदस्य निर्वाचन लडेका हुन् । यी दुवै निर्वाचनमा भण्डारी पराजित भएका थिए ।

बालेन नै प्रधानमन्त्री बन्छन्, नबने आत्मदाह गर्नेछु:डा. अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् ।

जनकपुरमा आयोजित रास्वपाको कार्यक्रममा उनले बालेन प्रधानमन्त्री नबने जनकपुरको रणभूमिमा आत्मदाह गर्नेसमेत घोषणा गरेका हुन् । उनले भने, ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु । बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

कांग्रेसले अछामका दुवै क्षेत्रमा उम्मेदवार टुंग्यायो

अछाम।​​​​​​​ कांग्रेस अछामले उम्मेद्वारको टुंगो लगाएको छ। अछाम-१ मा कांग्रेस अछामका पूर्वजिल्ला सभापति भरतकुमार स्वाँर र क्षेत्र नम्बर २ मा पार्टीका जिल्ला सभापति पुष्पपबहादुर शाह उम्मेदवार तय भएका छन्।

स्वाँर कांग्रेसको विशेष महाविशनको पक्षमा खुलेका थिए भने शाह शेरबहादुर देउवाको पक्षमा खुलेका थिए। सभापति गगन थापा पक्षका स्वाँर र देउवा पक्षका शाह गरी दुवैलाई टिकट दिएपछि अछाममा पार्टी फुटको चरणबाट जोगिएको चर्चा हुन थालेको छ।

२०३३ सालदेखि कांग्रेसको राजनीति सुरु गरेका स्वाँर एक पटक जिल्ला विकास समितिको सभापति र पार्टीको जिल्ला सभापति भइसकेका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अछाम-१ बाट उम्मेदवार बनेका स्वाँर तत्कालीन एमालेका उम्मेद्वार भीम रावलसँग पराजित भएका थिए । स्वाँर दोस्रो पटक प्रतिनिधिसभा उम्मेद्वार भएका छन्।

अछाम-२ मा शाह तेस्रो पटक प्रतिनिधिसभा उम्मेद्वार भएका छन् । २०७४ मा तत्कालीन वाम गठबन्धनका उम्मेदवार यज्ञबहादुर बोगटीसँग पराजित भएका शाहले ०७९ मा भने उनै बोगटीलाई पराजित गरेर संसदीय यात्रा सुरु गरेका थिए । यसपटक पनि एमालेबाट बोटगी र कांग्रेसबाट शाह चुनावी मैदानमा भेटिने भएका छन् ।

अछाम-२ मा शाह, बोगटीसँगै नेपाली कम्युनिस्ट पार्टीबाट शरदसिंह भण्डारी, रास्वपाबाट भूपदेव शाह चुनावी मैदानमा छन् ।

आनन्द चन्द कैलाली–५ बाट रास्वपाका उम्मेदवार

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली–५ बाट आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएको छ। चन्द काठमाडौंका पूर्वमेयर तथा रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन शाहका निकटस्थ मानिन्छन्।

चन्दले काठमाडौं महानगरपालिकामा बालेन शाहको कार्यकालमा शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रम निर्माणमा सहयोग गरेका थिए। त्रिभुवन विश्वविद्यालयका विज्ञान संकायका उपप्राध्यापक रहिसकेका चन्दले रसायन शास्त्रमा बिद्यावारिधि गरेका छन्।

चन्दले रास्वपाबाट आफूले टिकट पाएको बताउँदै कैलालीको विकास र सुशासनको सपनालाई मूर्त रूप दिन आफू कैलाली आएको बताएका छन्। कैलाली-५ को समृद्धि, विकासका लागि आफ्नो एजेन्डा केही दिनमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गर्ने बताएका छन्।

पूर्णबहादुर खड्का चुनाव नलड्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आशन्न निर्वाचन नलड्ने भएका छन् । पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि उनी २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने भएका हुन् ।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए । उनीनिकट स्रोतले खड्का निर्वाचन नलड्ने पुष्टि गरेको छ ।

‘पूर्ण दाइ चुनाव लड्नु हुन्न । तर, चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ । पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ उनीनिकट एक नेताले भने ।

नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएका छन् ।

‘अदालतको निर्णय गगनजीको पक्षमा आए सबैलाई मिलाएर पार्टीलाई एकढिक्का राख्ने,’ ती नेताले भने, ‘संस्थापनको पक्षमा निर्णय आयो भने गगनजीहरूलाई पनि मिलाएर पार्टी एकढिक्का बनाउँछु भन्नुभएको छ ।’

डोटीमा कांग्रेसबाहेक सबै दलले टुंग्याए उम्मेद्ववार

डाेटी। फागुन २१ काे प्रतिनिधिसभा निर्वाचनका लागि डोटीमा कांग्रेसबाहेक सबै दलले उम्मेद्वारी टुंग्याएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

भट्ट २०७४ मा माओवादी केन्द्रबाट डोटी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भई पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०७९ को निर्वाचनमा उम्मेदवार नबनेका उनी यस पटक प्रतिनिधि सभाको निर्वाचनमा पुनः उम्मेदवार बन्ने भएका हुन्।

एमालेले डोटी प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट दीपक धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

शिखर नगरपालिका–१० निवासी धामी हाल एमाले निकट अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन्। स्वास्थ्य शिक्षा पृष्ठभूमिका धामी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्।

राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा निर्वाचनका लागि मनोज भट्टलाई उम्मेदवार बनाउने भएको छ। पार्टीका महासचिवसमेत रहेका भट्टलाई सिफारिस गरिएको जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्रबहादुर खड्का उम्मेदवार बन्ने भएका छन्। खड्का २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचनमा सहभागी भई प्रेमबहादुर आले मगरसँग पराजित भएका थिए। व्यवसायी खड्का डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खड्ग अग्रवाल उम्मेदवार बनेका छन् ।

कांग्रेसले भने साेमबार दिउँसाेसम्म उम्मेद्वारकाे टुंगो लगाएकाे छैन ।

कञ्चनपुर–२ मा प्रचण्डले दिए दुई जनालाई टिकट

कञ्चनपुरनेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर क्षेत्र नम्बर २ मा दुई जनालाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि शनिबार नेकपाले कञ्चनपुरका ३ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको थियो।

कञ्चनपुर– २ मा नेकपाका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼको हस्ताक्षरमा दुई जनालाई टिकेट वितरण गरिएको पाइएको छ।

क्षेत्र नम्बर २ मा साबिक नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष लालबहादुर खड्कालाई टिकट दिएको थियो। खड्का अघिल्लो पटक नेकपा एमालेको तर्फबाट प्रदेशसभामा निर्वाचित भएर सामाजिक विकासमन्त्री भएका हुन्।

तर अहिले सोही नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले साबिक नेकपा एकीकृतकै माधव पन्तलाई टिकट दिएका छन्। टिकट पाएका पन्तले सामाजिक सञ्जालमा राखेको भिडियोमा उनलाई टिकट दिँदै प्रचण्डले शुभकामना समेत दिएका छन्। ‘एउटा युवा बुद्धिजीवी पनि युवा नेता पनि कञ्चनपुर क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिनु भएको छ,’पन्तलाई टिकट दिँदै प्रचण्डले भनेका छन्,‘हामीलाई विश्वास छ उहाँ विजयी भएर आउनुहुने छ। अग्रिम बधाई र शुभकामना पनि छ। ’ उक्त भिडियोमा सहसंयोजक नेपालले पनि बधाई दिएका छन्।

एउटा निर्वाचन क्षेत्रमा दुई जनालाई टिकट दिएपछि यहाँका कार्यकर्ता असन्तुष्ट बनेका छन् भने कुन उम्मेदवार आधिकारिक हो भन्ने अन्योल छ।

नेकपा कञ्चनपुरका नेता खेमराज पाण्डेले यसअघि उक्त क्षेत्रमा लाल बहादुर खड्काको नाम टुंगो लागेको भएपनि आज पन्तलाई टिकट दिएको जानकारी पाएको बताए। ‘यसबारेमा माथिल्लो निकायमा के रहेछ म बुझ्दै छु,’उनले भने, पाण्डे साबिकको नेकपा माओवादीका जिल्ला इन्चार्ज हुन्। ३ वटा क्षेत्र रहेको कञ्चनपुरमा नेकपाले क्षेत्र नम्बर १ मा विना मगर र ३ मा मानबहादुर सुनारलाई उम्मेदवार बनाएको छ।

आशिका तामाङ रास्वपा बाट धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्ने

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्।

रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्।

यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।

समानुपातिकतर्फको ८९ लाख १७ हजार मतपत्र छपाई सकियो

काठमाण्डौ- प्रतिनिधिसभा चुनावको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ । निर्वाचन आयोगले भक्तपुरमा रहेको जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो । आयोगले कूल २ करोड ८ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ । कूल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले उपलब्ध गराएको विवरण अनुसार अब १ करोड १९ लाख १३ हजार मतपत्र छपाई हुन बाँकी छ । यस्तै, अहिलेसम्म २० हजार ८ सय ३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४ सय २० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ ।

केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ ।

निर्वाचन आयोगले सुरु गर्‍यो कल सेन्टर

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ । आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो ।

निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

‘कल सेन्टर आजबाट सुरु भएको छ। अहिले हामी कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिन्छौं । समय क्रमश: थपिँदै लगिने छ’, उनले भने ।

आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ । नि:शुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन् । एकै पटक १५ जनासम्मले फोन गर्दा  कलहरु होल्डमा रहनुपर्ने छैन ।

सोमबारदेखि सुरु भएको कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म सञ्चालनमा रहने छ ।

उम्मेदवार टुंग्याउन कांग्रेस संसदीय बोर्डको बैठक बस्दै

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ । पार्टीको उम्मेदवार तय गर्न केही बेरमा बैठक बस्ने तयारी रहेको सहमहामन्त्री डा.डिला संग्रौला पन्तले जानकारी दिइन् ।

‘अहिलेसम्म कतैको पनि उम्मेदवार फाइनल भएको छैन । केही बेरमा टुंग्याउन संसदीय बोर्डको बैठक बस्दैछौँ,’ सहमहामन्त्री डा. संग्रौलाले रातोपाटीसँग भनिन्, ‘सबैलाई मिलाएर उम्मेदवारको टिकट वितरण गर्ने प्रयास भएकाले केही ढिलो भएको हो । अब मिलाउँछौँ ।’

उनले निवर्तमान सभापति र डा. शेखर कोइराला समूहलाई पनि मिलाएर टिकट वितरणको प्रयास भइरहेको जानकारी दिइन् ।

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । गत कात्तिक ९ गते मन्त्री बनेका गुप्ता  फागुन २१ का प्रतिनिधिसभा निर्वाचनमा सिरहा- १ बाट रास्वपाको उम्मेदवार बन्ने तयारी गरेका छन् ।

पछिल्लो समय अमेरिका भ्रमणको विषयमा उनी विवादमा परेका थिए । गुप्ताले आफूले राजीनामा बुझाइसकेको तर आज बिदा परेकाले दर्ता हुन नसकेको तर राजीनामा बारे प्रधानमन्त्री सुशिला कार्कीलाई जानकारी गराइसकेको बताएका छन् ।

गुप्ता हाल रास्वपाका नेताहरुसँग मधेश प्रदेशमा रहेका छन् ।

जाडो बिस्तारै कम हुँदै, शुक्रवारदेखि हल्का वर्षाको सम्भावना

काठमाण्डौ- माघ लागेदेखि जाडो बिस्तारै कम हुन थालेको छ । बिहान बेलुका चिसै भए पनि दिउँसो घामले पोल्ने गरेको छ । बिहान र बेलुकाको समयमा पनि तापक्रम पहिलेकोभन्दा केही बढ्न थालेको छ ।

पुसको अन्तिम हप्ता काठमाण्डौको न्यूनतम तापक्रम २ डिग्री सेल्सियससम्म झरेकोमा त्यसपछि भने बढ्न थालेको हो । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । देशका अरु ठाउँमा पनि तापक्रम केही बढेको छ । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै तराई भूभागका थोरै ठाउँमा हुस्सु लागेको छ ।

भोलि पर्सिदेखि तराईमा हुस्सु र कुहिरो हराउँदै जाने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताएका छन । उनका अनुसार आउँदो शुक्रवारदेखि आइतवारसम्म पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली हुँदै पूर्वी भागसम्म हिउँदे वर्षा र उच्च हिमाली क्षेत्रमा राम्रो हिमपातको सम्भावना छ ।

पश्चिम तराईमा हल्का वर्षाको सम्भावना भए पनि पूर्वी तराईमा बादल मात्रै लाग्ने उनको भनाइ छ ।

 

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका लागि सङ्गठित भएका छन् । जातीय भेदभाव तथा दलित समुदायभित्रै कायम आन्तरिक विभेद अन्त्य गर्ने उद्देश्यले यहाँका दलित परिवार एकजुट भएका हुन् । समुदायको एकता र हकअधिकार सुनिश्चित गर्न १७ सदस्यीय ‘नमूना समूह’ गठन गरिएको छ । समूहले विशेषगरी दलित समुदायभित्रका दमाइँ, विश्वकर्मा, सार्की, बादीलगायत उपजातिबीच हुने अन्तरजातीय विभेद अन्त्यलाई प्राथमिकतामा राखेको छ ।

दलित अगुवा शिवी लुहारका अनुसार दलित समुदायभित्रै पनि चुलोचौका र पानी नचलाउने जस्ता कुप्रथा अझै कायम छन् । ‘दमाइँ, विश्वकर्मा, सार्की र बादी समुदायको साझा प्रतिनिधित्व हुने गरी समूह बनाएका छौँ,’ उनले भने, ‘दलितभित्रको अन्तरजातीय विभेद अन्त्य गर्दै आन्तरिक एकता कायम गर्नु र बाह्य विभेदविरुद्ध एकजुट भएर आवाज उठाउनु हाम्रो उद्देश्य हो ।’

समूहले दलित समुदायमा सामाजिक सद्भाव कायम गर्न अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने तथा संविधानले प्रत्याभूत गरेका हकअधिकार कार्यान्वयनका लागि सम्बन्धित निकायमा पैरवी गर्ने लक्ष्य लिएको छ । हाल समूहमा वडा नम्बर ५ का करिब एक सय दलित परिवार आबद्ध भइसकेका छन् । समूहका अध्यक्ष नन्दराम वडका अनुसार आगामी दिनमा सदस्य सङ्ख्या बढाएर दुई सय ५० परिवारसम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

समूहले सामाजिक मुद्दासँगै आर्थिक सुरक्षालाई पनि प्राथमिकतामा राख्दै बचत परिचालनको अवधारणा अघि सारेको छ । अध्यक्ष वडले भने, ‘समूहमा आबद्ध प्रत्येक सदस्यबाट मासिक अनिवार्य एक सय बचत गर्ने व्यवस्था गरिएको छ, जसलाई समुदायको कल्याणकारी कार्यमा खर्च गरिनेछ ।’

आर्थिक अभावका कारण दलित समुदायमा मृत्यु संस्कार गर्न समस्या हुने अवस्थालाई मध्यनजर गर्दै सङ्कलित बचत रकमबाट शव वाहनको व्यवस्था, दाउरा तथा किरियापुत्रीलाई आवश्यक खाद्यान्नलगायत सामग्री सहयोग गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

‘योसँग समुदायलाई आर्थिक पछौटेपनबाट छुटकारा दिलाउनका लागि व्यावसायिक तालिम र आयआर्जनसँग जोड्छौँ’ उनले भने, ‘जातीय विभेदबारे सचेत पार्नका लागि सशक्तिकरणका कार्यक्रम सञ्चालन गरी सक्षम बनाउछौँ ।’

वडा नम्बर ५ मा ‘नमूना कार्यक्रम’का रूपमा सुरु गरिएको यस समूहको प्रभावकारिता हेरेर शुक्लाफाँटा नगरपालिकाका अन्य वडामा पनि यस्तै समूह विस्तार गर्ने योजना रहेको अध्यक्ष वडले बताए ।

स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व र बजेट विनियोजनका सवाल उठिरहेको सन्दर्भमा शुक्लाफाँटामा सुरु भएको यो सङ्गठित प्रयासले जातीय विभेद न्यूनीकरण तथा दलित समुदायको आर्थिक र सामाजिक जीवनस्तर सुधारमा सकारात्मक योगदान पुर्‍याउने वडा सदस्य जयराज पाण्डेयले बताए ।

समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

काठमाण्डौ- निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलबाट पेश भएका समानुपातिक तर्फका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।

५७ वटा चुनाव चिह्नमा ६३ राजनीतिक दलबाट पेश भएका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ । बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने कुनै मतदाताले आजदेखि आउँदो १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न आयोगले आग्रह गरेको छ ।

दाबी विरोधका लागि निर्देशिकाबमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने पनि आयोगले जनाएको छ ।

रास्वपाले ३३ क्षेत्रमा उम्मेदवारको टुंगो लगायो

काठमाण्डौं, ५ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३३ क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाएको छ ।

ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ
झापा–१ – निशा डाँगी
झापा–२ – इन्दिरा रानामगर
झापा–३ – प्रकाश पाठक
झापा–४ – शम्भु सुस्केरा
झापा–५ – बालेन शाह
मोरङ–३ – गणेश कार्की
ओखलढुंगा – विश्वराज पोखरेल
उदयपुर–२ – सूर्यबहादुर तामाङ
काठमाडौं–६ – शिशिर खनाल
काठमाडौं–७ – गणेश पराजुली
काठमाडौं–८ – विराजभक्त श्रेष्ठ
काठमाडौं–९ – डिपी अर्याल (डोलप्रसाद)
चितवन–१ – हरि ढकाल
चितवन–२ – रवि लामिछाने
चितवन–३ – सोबिता गौतम
गोरखा–१ – सुदन गुरुङ
गोरखा–२ – कविन्द्र बुर्लाकोटी
नवलपुर–१ – राजन गौतम
जुम्ला – बिनिता कठायत
बाजुरा – हेमराज थापा
कञ्चनपुर–१ – जनकसिंह धामी
कञ्चनपुर–२ – दीपक बोहरा
कञ्चनपुर–३ – ज्ञानेन्द्र महता
कैलाली–१ – कोमल ज्ञवाली
कैलाली–३ – लक्ष्मण थारू
कैलाली–४ – हरि रेग्मी
कैलाली–५ – आनन्द चन्द
बाँके–३ – खगेन्द्र सुनार
दाङ–२ – विपिन आचार्य
रुपन्देही–३ – डा. लेखजंग थापा
कास्की–२ – उत्तम पौडेल
स्याङ्जा–१ – धनञ्जय रेग्मी

डडेल्धुरामा रास्वपाबाट जोशीले पाए टिकट, पछि हटे ढकाल

डडेल्धुरा, ५ माघ ।
अन्ततः सागर ढकालले डडेल्धुराबाट चुनाव लड्ने आकांक्षा त्यागेका छन् । ढकाल पछि हटेपछि डा. तारा जोशीले डडेल्धुरामा रास्वपाबाट प्रतिनिधि सभाको टिकट पाएका छन् ।

ढकालको अडानका कारण रास्वपाले डडेल्धुराको टिकटको टुंगो लगाउन सकेको थिएन् ।

जिल्लाबाट आफ्नो पक्षमा राम्रो माहौल नभएको जानकारी पाएपनि ढकालले डडेल्धुराबाटै चुनाव लड्ने अडान राखेका थिए । सबैतिरबाट चुनाव नलड्न दवाव आएपछि ढकालले जोशीका लागि मैदान खाली गरेका हुन् ।

काठमाण्डौंमै रहेका जोशी टिकट लिएर डडेल्धुरा जाने तयारीमा छन् । रास्वपा सभापति रवि लामिछाने काठमाण्डौं बाहिर भएकोले जोशीको हातमा टिकट भने परेको छैन् ।

यसअघिको निर्वाचनमा शेर बहादुर देउवासंग पराजित भएका ढकालले १३ हजार मत पाएका थिए । जोशी प्रदेश सभामा निर्वाचित सांसद हुन् ।

नेकपा एमाले डडेल्धुराका पूर्व अध्यक्ष समेत रहेका जोशीले भारतको जेएनयु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । उनी नेकपा बिभाजनपछि केही समय नेकपा एकीकृत समाजवादी पार्टीमा जोडिएपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

सुदूरपश्चिममा नेपाली काँग्रेसका संभावित उम्मेदवारहरु (कहाँ कसले टिकट पाउदैछन् ? विस्तृतमा)

धनगढी, ५ माघ ।
नेपाली काँग्रेसले सुदूरपश्चिमका अधिकांश जिल्लाका उम्मेदवारहरु तय गरेको छ । यद्दपि ती नाममा अन्तिम मोहर भने आज साँझसम्म लाग्ने छ ।

काँग्रेसले कैलाली क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा बिजय स्वाँर, ३ मा भीम बडुवाल, ४ मा बीर बहादुर बलायर र ५ मा नर नारायण शाहले टिकट दिएको छ ।

कञ्चनपुर क्षेत्र नम्बर १ मा गोपी उपाध्यायले टिकट पाउने निश्चित जस्तै छ । २ र ३ मा एनपी साँउद र रमेश लेखकलाई पर्खिरहेको काँग्रेसले २ मा साँउद सम्पर्कमा नआए लेखराज जोशीले टिकट पाउने संभावना छ ।

बाजुरामा जनक गिरी, बैतडीमा चतुर बहादुर चन्द, बझाङमा प्रकाश स्नेही रसाईली र डोटीमा भरत खड्काले टिकट पाउने निश्चित छ ।

अछाम १ मा कांग्रेस अछामका पूर्वजिल्ला सभापति भरतकुमार स्वाँर र क्षेत्र नम्बर २ मा पार्टीका जिल्ला सभापति पुष्पपबहादुर शाहलाई टिकट दिएको छ ।

काँग्रेसले डडेल्धुरामा निवर्तमान सभापति शेर बहादुर देउवालाई उम्मेदवार बनाउने भएको छ । देउवाले असमहती जाहेर गरेमा भने अन्य आकांक्षीहरुका विषयमा छलफल गरिने स्रोतले बतायो ।

दिलेन्द्र बडुले चुनाव नलड्ने घोषणा गरेका कारण दार्चुलामा नयाँ अनुहारले टिकट पाउने संभावना छ ।

स्रोतले आज साँझसम्म देशभरीका उम्मेदवारहरुको टुंगो लागी सक्नेछ ।

एमालेले निर्णय उल्ट्यायो, लामा र महरलाई टिकट दियो

धनगढी, ४ माघ ।
नेकपा एमालेले आफ्नो निर्णय उल्ट्याउदै कञ्चनपुरमा तारा लामा तामाङ र बझाङमा ऐन महरलाई टिकट दिएको छ ।

यसअघि एमालेले कञ्चनपुर क्षेत्र नम्बर १ मा कमला बोहरा र बझाङमा अफिलाल ओखेडालाई टिकट दिने निर्णय गरेको थियो । जिल्लाबाट सिफारिस नै नभएका ओखेडाको नाम टिकट पाउनेको सूचिमा परेको थियो ।

कञ्चनपुर क्षेत्र नम्बर १ बाट गत निर्वाचनमा जितेका लामा र बझाङमा झिनो मतले पराजित भएका महर टिकटबाट बञ्चित हुदा एमालेभित्र बिरोध भएको थियो । चौतर्फी बिरोधपछि एमालेले आफ्नो निर्णय सच्याउदै लामा र महरलाई टिकट दिएको हो ।

खोज्नुहोस