डडेल्धुरामा रास्वपाबाट जोशीले पाए टिकट, पछि हटे ढकाल

द एभरेष्ट पोष्ट
६ माघ २०८२ १०:२०
डडेल्धुरामा रास्वपाबाट जोशीले पाए टिकट, पछि हटे ढकाल

डडेल्धुरा, ५ माघ ।
अन्ततः सागर ढकालले डडेल्धुराबाट चुनाव लड्ने आकांक्षा त्यागेका छन् । ढकाल पछि हटेपछि डा. तारा जोशीले डडेल्धुरामा रास्वपाबाट प्रतिनिधि सभाको टिकट पाएका छन् ।

ढकालको अडानका कारण रास्वपाले डडेल्धुराको टिकटको टुंगो लगाउन सकेको थिएन् ।

जिल्लाबाट आफ्नो पक्षमा राम्रो माहौल नभएको जानकारी पाएपनि ढकालले डडेल्धुराबाटै चुनाव लड्ने अडान राखेका थिए । सबैतिरबाट चुनाव नलड्न दवाव आएपछि ढकालले जोशीका लागि मैदान खाली गरेका हुन् ।

काठमाण्डौंमै रहेका जोशी टिकट लिएर डडेल्धुरा जाने तयारीमा छन् । रास्वपा सभापति रवि लामिछाने काठमाण्डौं बाहिर भएकोले जोशीको हातमा टिकट भने परेको छैन् ।

यसअघिको निर्वाचनमा शेर बहादुर देउवासंग पराजित भएका ढकालले १३ हजार मत पाएका थिए । जोशी प्रदेश सभामा निर्वाचित सांसद हुन् ।

नेकपा एमाले डडेल्धुराका पूर्व अध्यक्ष समेत रहेका जोशीले भारतको जेएनयु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । उनी नेकपा बिभाजनपछि केही समय नेकपा एकीकृत समाजवादी पार्टीमा जोडिएपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस