दार्चुलाबाट टिकट पाउने जोशी को हुन् ?

द एभरेष्ट पोष्ट
६ माघ २०८२ २२:१०
दार्चुलाबाट टिकट पाउने जोशी को हुन् ?

धनगढी, ५ माघ ।
नेपाली काँग्रेसले दार्चुलामा प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको छ ।

पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडुले उम्मेदवार नबन्ने घोषणा गरेपछि जोशीले टिकट पाएका हुन् । यसअघि दार्चुलाको राजनीतिमा खासै चर्चामा नरहेका ५० वर्षीय  जोशीले काँग्रेसका नेता बडु र सभापति गगन थापाको रोजाईमा टिकट पाएका हुन् ।

कानूनमा स्नातकोत्तर जोशीसंग संयुक्त राष्ट्र संघ(युएन) मा राजनीति, मानव अधिकार र द्वन्द व्यवस्थापनका क्षेत्रमा काम गरेको डेढ दशक लामो अनुभव छ । दार्चुला शैल्यशिखर नगरपालिका- ८ पपरथलामा जन्मिएका जोशी जोशी संयुक्त राष्ट्र संघ(युएन) को आकर्षक जागीर छोडेर पूर्ण रुपमा राजनीतिमा होमिएका हुन् ।

विद्यार्थीकालमा नेविसंघको राजनीतिमा सक्रिय जोशी जेनजी आन्दोलनको भावना बुझ्ने क्षमता राख्छन् । मानवअधिकार, सामाजिक न्याय र विकासका बीज्ञ मानिने जोशी दार्चुलाको सामान्य परिवार जन्मिएर आफ्नै बलबुता र मिहिनेतले युएनको महत्वपूर्ण जिम्मेवारी पाउने व्यक्ति हुन् ।

उनलाई नजिकबाट चिन्नेहरु संसारका थुप्रै विकसित मुलुक भ्रमण गरेका जोशीलाई दार्चुलाको भूगोल र यहाँका जनताका समस्या र आवश्यकता बुझेको व्यक्तिका रुपमा लिन्छन् ।

उनी सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् । उनले आफ्नो व्यक्तिगत लगानीमा दार्चुलाका दुई विद्यालयमा २२ लाख रुपैयाको मातृभूमि छात्रवृति अक्षयकोष स्थापना गरेका छन् । उनले २०७९ सालमा लेकम गाउँपालिकाको हुनैनाथ मावि रातामाता र शैल्यशिखर नगरपालिका–८ को गलैनाथ मावि झरकडामा रु ११ र ११ लाखको छात्रवृति अक्षयकोष स्थापना गरेका थिए ।

मातृभूमि छात्रवृतिबाट दुबै विद्यालयमा विपन्न तथा जेहेन्दार परिवारका पाँच पाँच विद्यार्थी लाभान्वित भईरहेका छन् । सोही अक्षयकोषबाट हरेक वर्ष दुबै विद्यालयका तीन तीन जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान प्रदान गर्ने गरिएको छ । त्यस बाहेक धार्मिक र सामाजिक क्षेत्रमा उनले थुप्रै सहयोग गरेका छन् ।

शिक्षामार्फत दार्चुलाको विकास संभव ठान्ने जोशीको गुणस्तरीय शिक्षामा सबैको पहूँच सुनिश्चित गराउने अठोट छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस