काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेताको कार्यभार सम्हालेका छन् । आइतबार बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले वरिष्ठ नेताको पदभार ग्रहण गरेका हुन् ।
यसअघि उनले आइतबारै काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिएर उनी बनस्थली पुगेर घण्टी बजाएका थिए । उनीसँगै जेन–जी अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका थिए ।
घण्टीघरमा बालेनलाई स्वागत गर्न समर्थकको बाक्लो उपस्थिति रहेको थियो । उनलाई रास्वपा सभापति रवि लामिछानेले स्वागत गरेका थिए ।
काठ्माण्डौ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै ग्रीनल्यान्डमा हजारौँ नागरिक सडकमा आएका छन् ।
कठ्याङ्ग्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाले विरोधका प्लेकार्ड बोकेर राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रीनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाउँदै आफ्नै स्वशासन र सार्वभौमिकताको समर्थन जनाएका समाचार संस्था एपीले जनाएको छ ।
प्रदर्शनकारीहरू नुकको सानो डाउनटाउन क्षेत्र हुँदै अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गर्दा त्यही दिन फ्लोरिडाबाट राष्ट्रपति ट्रम्पले फेब्रुअरीदेखि आठ युरोपेली देशका सामानमा १० प्रतिशत आयात कर लगाउने घोषणा गर्नुभएको खबर सार्वजनिक भएको थियो । यस घोषणाले प्रदर्शनकारीहरूमा थप आक्रोश पैदा गरेको खबरमा उल्लेख छ ।
ट्रम्पको पछिल्लो कदमले अरू राष्ट्र र नागरिकप्रति कुनै संवेदनशीलता नदेखाएको स्पष्ट भएको स्थानीय युवा मलिक डोलेरुप–शेबेलले बताए । राष्ट्रपति ट्रम्पले विगतदेखि नै रणनीतिक रूपमा महत्त्वपूर्ण र खनिज स्रोतले धनी ग्रीनल्यान्डलाई अमेरिकाले आफ्नो स्वामित्वमा लिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन । ग्रीनल्यान्ड डेनमार्कको अधीनमा रहेको स्वशासित क्षेत्र हो ।
यसैबीच ग्रीनल्यान्डको समर्थनमा डेनमार्कका विभिन्न शहर तथा क्यानाडाको इनुइट–शासित क्षेत्र नुनाभुटको राजधानीमा समेत ऐक्यबद्धता र्यालीहरू आयोजना भएका थिए ।
नुकका प्रहरी अधिकारी टम ओल्सेनले शनिवारको प्रदर्शन आफूले देखेको सबैभन्दा ठूलो भएको जानकारी दिए । -एजेन्सी
काठमाडौं । मेयर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएका छन् । उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै उनले केही बेरअघि राजीनामा दिएका हुन् ।
स्वतन्त्र उठेर मेयर जितेका बालेनले रास्वपामार्फत् औपचारिकरूपमा राजनीतिक दलमा भित्रिएर संसदीय चुनाव लड्ने तयारीसहित राजीनामा दिएका हुन् । उनी रास्वपाको वरिष्ठ नेता भइसकेका छन् । झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्ने उनको तयारी छ ।
उनले आफूले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।‘यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अबको दिनम महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।धन्यवाद !’, बालेनले राजीनामा पत्रमा लेखेका छन् ।
काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँगै हामी नेपालका संयोजक एवं युवा अभियन्ता सुदन गुरुङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्।
जेन-जी आन्दोलनका अगुवा समेत रहेका गुरुङले आज दिउँसो ३:३० बजे आफू र बालेन शाहले औपचारिक रूपमा रास्वपा प्रवेश गर्न लागेको जानकारी दिएका हुन्।
पार्टी प्रवेशबारे जानकारी दिँदै गुरुङले यो निर्णय कुनै पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताका कारण लिएको बताए।
उनले भनेका छन्, ‘तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ र परिवर्तनलाई स्थायी बनाइनेछ।’
गुरुङले आफ्नो यो राजनीतिक यात्रा आम सर्वसाधारणसँगै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
कैलाली- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ अन्यमा एकएक गरी १६ वटा निर्वाचन क्षेत्र कायम छन् । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले टुङ्ग्याएका उम्मेदवारमा १२ जना सङ्घीय र प्रदेशका पूर्वमन्त्री हुन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट अछाम क्षेत्र नं. १ बाट भीमबहादुर रावल, सोही दलका कैलाली क्षेत्र नं. ५ मा प्रेम आले, कञ्चनपुर क्षेत्र नं. १ मा विना मगर तथा त्रिलोचन भट्टलाई डोटीबाट उम्मेदवार बनाइएको छ ।
प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाह बाजुराबाट, नेपाली कम्युनिष्ट पार्टीबाट कञ्चनपुर – २ मा लालबहादुर खड्का कञ्चनपुर– ३ मा मानबहादुर सुनार उम्मेदवार हुने भएका छन् ।
नेकपा (एमाले)ले दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बैतडीबाट दामोदर भण्डारी, कैलाली ४ मा लेखराज भट्ट, कैलाली– ३ का गौरीशङ्कर चौधरी र अछाम १ मा झपटबहादुर बोहरालाई प्रत्याशी बनाउने निर्णय गरेको छ ।
काठमाण्डाै- निर्वाचन आयोगले नेपाली कांग्रेसकाे दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा पक्षधर नेताहरूले सडक आन्दोलन थालेका छन् । उनीहरूले आयोगको निर्णयलाई अवैधानिक भन्दै सडक प्रदर्शन थालेका हुन् ।
आज उनीहरूले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका छन् । आयोगको कदम संविधान, कानून र पार्टी विधान विपरीत भएको भन्दै आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेको देउवा पक्षले आन्दोलन पनि थालेको छ ।
यसअघि अस्ति शुक्रवार आयोगको निर्णय सार्वजनिक भएलगत्तै देउवा पक्षका नेता/कार्यकर्ताहरूले आयोग परिसरमा विरोध प्रदर्शन गरेका थिए । देउवा पक्षले निर्णयविरुद्ध देशभर प्रदर्शन र आन्दोलन गर्ने जनाएको छ ।
कांग्रेसका ५३ प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा काठमाण्डौमा विशेष महाधिवेशन गरि गगन थापा सभापतिमा चयन भइसकेका छन् । देउवा पक्षले विशेष महाधिवेशनलाई विधान विपरीत भएको दाबी गर्दै आएको छ । कांग्रेसको विवाद बढ्दै गएपछि आउँदो चुनाव प्रभावित हुन सक्नेसम्मको आँकलन गरिएको छ ।
यसैबीच नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह चुनावी तालिका स्थगनको मागसहित निर्वाचन आयोग जाने तयारीमा छ ।
काठ्माण्डौ- राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका हुन्।
नेकपा नेता गौतम बर्दिया-१, श्रेष्ठ सर्लाही-३ र न्यौपानेले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन्। उनीहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो।
काठमाण्डाै- नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको छ । सर्वोच्चले रिटको पेशी पर्सि ६ गतेका लागि तोकेको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । खड्कालगायतका नेताहरूले रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरे पनि सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएको छ ।
देउवा समूहको हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले आह्वान गरेको विशेष महाधिवेशनले गएको पुस ३० गते नयाँ कार्यसमिति चयन गरिसकेको छ ।
काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूले बुझाउन लागेको राजीनामा होल्ड गरेका छन् । उनी निकटस्थहरूले आजै राजीनामा दिने तयारी गरेको बताएका थिए । यद्यपि अन्तिम समयमा उनले राजीनामा होल्ड गरेका हुन् ।
उम्मेदवारी दर्ता गरेपछि स्वत: पद खारेज हुने कारण पनि उनले राजीनामा होल्ड गराएका हुन् ।
‘राजीनामा नदिइ उम्मेदवारी दर्ता गर्ने भनेर भनिहाल्न मिल्दैन । जेहोस् अन्तिम समयसम्म होल्ड गर्नुहुन्छ,’ बालेन निकट एक नेताले भने, ‘कांग्रेस अदालत गएको छ, त्यता केही होला, भोलि चुनाव सर्ने वा केही सम्भावना होला । यही अनिश्चितताले गर्दा अहिले राजीनामा होल्ड गरियो ।’
उनी केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाँदैछन् । मेयर पदबाट राजीनामा नदिइ उनी घण्टीघर जान लागेका हुन् ।
झापा–५ बाट चुनाव लड्ने तयारी गरेका बालेन त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन् । पर्सि (माघ ६) उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले समय तोेकेको छ ।
जस अनुसार, दलहरूले उम्मेदवार फाइनल गरिरहेका छन् । यसैबीच रास्वपाले पनि आफ्ना उम्मेदवारहरू टुंगो लगाउँदैछ ।
आजै दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक बस्न लागेको छ । बैठक बस्नुअघि पार्टीका वरिष्ठ नेता बालेन शाह पार्टी कार्यालय पुग्दैछन् ।
अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भिड बढ्दै गएको छ । नेताहरूका अनुसार, मेयर शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ ।
२ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ ।
पार्टी सभापति रवि लामिछाने लगायत आजै जनकपुर प्रस्थान गर्दैछन् । मेयर शाह पनि साँझ ५ बजे जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
काठ्माण्डौ- नाथकन चन्थमको अर्धशतकमा थाइल्यान्डले आईसीसी महिला टी– २० विश्वकप ग्लोबल क्वालिफायरको पहिलो खेलमा घरेलु टोली नेपालविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
थाइल्यान्डका लागि चन्थमले ३९ बलमा ९ चौका र १ छक्काको मद्दतले अविजित ५७ रनको योगदान गरिन् । यसैगरी नान्नापत कोन्चारोएनकाईले ३२ र अपिसरा सुवान्चोरथीले २८ रन बनाए ।
नेपालका लागि दुवै विकेट सीता रानामगरले लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि विन्दु रावलले ४४, सम्झना खड्काले २६ र उपकप्तान पूजा महतोले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
थाइल्यान्डका लागि थिपाचा पुथावोङले ४, ओनिचा कामचोम्फुले ४ तथा चनिदा सुथिरुआङ, सुलीपोर्न लाओमी र सुनिदा चतुरंगरत्नले १–१ विकेट लिए ।
अब नेपालले बिहीबार नेदरल्यान्ड्सको सामना गर्नेछ । थाइल्यान्डले मंगलबार नेदरल्यान्ड्ससँगै प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं- निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्ष सर्वोच्च अदालत पुगेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर देउवा पक्षधर सर्वोच्च पुगेको हो। अहिले रिट अध्ययनको क्रममा रहेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।
माघ २ गते थापा नेतृ्त्वको कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय संविधान,प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको भन्दै यसलाई बदरको माग गरिएको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापालाई आधिकारिकता प्रदान गर्दै कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा दिएको छ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिँदै छन् । केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन् ।
रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाइँदै छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम छ ।
बालेन झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन् । त्यसका लागि रास्वपाले सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
इन्जिनियर विषय अध्ययन गरी र्यापरको छवि बनाएका बालेन २०७९ सालको निर्वाचनमा काठमाडौंको मेयर पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेका थिए ।
गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणासहित ७ बुँदे सम्झौता गरेका थिए ।
डडेल्धुरा, ४ माघ ।
उज्यालो नेपाल पार्टीबाट रास्वपामा मिसिएका डा. तारा जोशी डडेल्धुरामा प्रतिनिधि सभाको उम्मेदवारका लागि आकांक्षी छन् । यद्यपि सागर ढकालले डडेल्धुरा नछोड्ने अडानले रास्वपामा सहमती जुट्न सकेको छैन् ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकीकरण १२ दिनमै भंग हुदा उज्यालो पार्टीका उपाध्यक्ष रहेका जोशी पुरानो घरमा फर्किएनन् । रास्वपामै बसे ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचिमा नसमेटिएका जोशी प्रत्यक्ष तर्फ आकांक्षी हुदा ढकाल बाधक देखिएका हुन् ।
यसअघिको निर्वाचनमा शेर बहादुर देउवासंग पराजित भएका ढकालले १३ हजार मत पाएका थिए । जोशी प्रदेश सभामा निर्वाचित सांसद हुन् ।
नेकपा एमाले डडेल्धुराका पूर्व अध्यक्ष समेत रहेका जोशीले भारतको जेएनयु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । उनी नेकपा बिभाजनपछि केही समय नेकपा एकीकृत समाजवादी पार्टीमा जोडिएपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
डडेल्धुरामा रास्वपाको संगठन विस्तार नभईसकेको अवस्थामा जोशी उपयुक्त उम्मेदवार हुने रास्वपाका स्थानीय कार्यकर्ताहरुको भनाई छ । यद्यपि जोशी बाहेक अरु पनि आकांक्षी छन् । अधिकांश आकांक्षी र कार्यकर्ताहरुले ढकालले आफ्नै गृहजिल्ला गुल्मी वा अन्यत्रबाट उम्मेदवारी दिनुपर्ने आग्रह गरिरहेका छन् ।
ढकाल भने कुनै पनि हालतमा डडेल्धुराबाटै उम्मेदवारी दिने अडानमा छन् । रास्वपाले डडेल्धुराका लागि उम्मेदवार छनौट नगरिसकेको भएपनि आफू नै आधिकारिक उम्मेदवार हुने दावी गर्दै आएका छन् ।
आर्थिक उथलपुथलले चर्काएको र लामो समयदेखिको असन्तुष्टिले मलजल गरेको सरकारविरोधी प्रदर्शनले विगत दुई सातादेखि इरानलाई हल्लाइदिएको छ।
प्रदर्शनकारीहरू प्रत्येक प्रान्तका सहरहरूसम्म फैलिएका छन्। प्रदर्शनहरूमा सत्ताले गरेको दमनमा सयौँ मानिसहरू मारिएको अनुमान गरिएको छ।
अमेरिकाले इरानमा हस्तक्षेप गर्ने विचार गरिरहेको चेतावनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएसँगै इरान यहाँसम्म कसरी पुग्यो भनेर हामीले पछाडि फर्केर हेरेका छौँ।
सन् १९५३ : मोसाडेक अपदस्त
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,इरानका प्रधानमन्त्री मोहम्मद मोसाडेकले इरानी तेल उद्योगको राष्ट्रियकरणसहित व्यापक सुधारहरू घोषणा गरेका थिए
प्रजातान्त्रिक तवरबाट इरानको निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसाडेकलाई सत्ताच्युत गर्न अमेरिका र ब्रिटेनका गुप्तचर निकायले ‘कू’ गर्ने योजना बनाए।
धर्मनिरपेक्ष नेता दुई वर्षअघि मात्र इरानको विशाल तेल भण्डारलाई राष्ट्रियकरण गर्ने वाचा गरी सत्तामा पुगेका थिए।
तर त्यसले स्पष्ट कम्युनिस्ट खतरासहित युद्धपछिको अर्थतन्त्र इरानी तेलको पहुँचमा धेरै निर्भर रहेका ती दुई पश्चिमा सरकारहरूलाई चिन्तित तुल्यायो।
निर्वासित राजा शाह मोहम्मद रेजा पह्लवी फर्किए र देशलाई नियन्त्रणमा लिए।
सन् १९६० को दशकको उत्तरार्द्धमा विपक्षी आन्दोलनहरूलाई नियन्त्रणमा लिन उनी बढ्दो रूपमा ‘गुप्तचर प्रहरी’ (सीक्रट पुलीस)माथि निर्भर हुन थाले।
उनका नीतिहरूले धर्मगुरुहरूलाई असन्तुष्ट बनाए र उनको अधिनायकवादी शासनले दङ्गा, हड्ताल र सामूहिक प्रदर्शनहरू निम्त्यायो। अन्ततः ‘मार्शल ल’ लागु भयो।
सन् १९७९ : इरानी क्रान्ति
तस्बिर स्रोत,Michel Setboun/Corbis via Getty Images
तस्बिरको क्याप्शन,निर्वासनबाट फर्केपछि समर्थकहरूलाई हात हल्लाउँदै आयातोल्लाह खमेनी
आफ्नो शासनविरुद्ध धर्मनिरपेक्ष र धार्मिक विपक्षीहरूले महिनौँसम्म गरेको प्रदर्शन र हडतालपछि अमेरिका-समर्थित शाहले ज्यानुअरी १६ तारिखमा देश छोडे।
त्यसको दुई हप्तापछि इस्लामिक धर्मगुरु आयातोल्लाह खमेनी निर्वासनबाट फर्किए। जनमत सङ्ग्रहपछि, एप्रिल १ तारिखमा इरानलाई इस्लामिक गणतन्त्र घोषणा गरियो।
सन् १९७९-८१ : अमेरिकी राजदूतावास बन्धक सङ्कट
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,सन् १९७९ को नोभेम्बरमा प्रदर्शनकारीले बन्धक बनाएका एक अमेरिकी नागरिक
प्रदर्शनकारीहरूले १९७९ को नोभेम्बरमा तेहरानस्थित अमेरिकी दूतावास कब्जामा लिए। अमेरिकी बन्धकहरूलाई ४४४ दिनसम्म दूतावासभित्रै राखियो।
बाँकी रहेका ५२ बन्धकहरू जनवरी १९८१ मा मुक्त गरिए। दूतावासबाट भागेका अन्य छ जना अमेरिकीलाई फिल्म निर्माताको भेषमा एउटा टोलीले इरानबाट निकालेर लग्यो।
त्यो प्रकरण सन् २०१२ को ओस्कर विजेता फिल्म ‘अर्गो’मा प्रस्तुत गरिएको छ।
सन् १९८०-८८ : इरान-इराक युद्ध आरम्भ
भूभाग र साम्प्रदायिक प्रतिद्वन्द्विताबारे इरान र इराकबीच लामो समयदेखि चलिरहेको विवाद युद्धमा परिणत भयो।
यो द्वन्द्व निकै छिटो गतिरोधमा परिणत भयो, रासायनिक हतियारसहित मोर्चाबन्दी गरेरै लडाइँ भयो। अनि सहरहरूमा हवाई आक्रमण गरियो।
एउटा बिन्दुमा, त्यसको बिस्तार हुँदै खाडीमा तेल ट्याङ्करहरूमा आक्रमण भयो। त्यसले गर्दा अमेरिका र अन्य देशहरूले सुरक्षाका लागि पानीजहाजहरू तैनाथ भए।
आधिकारिक नीतिअनुसार तटस्थ भनिए पनि अमेरिकाले इराकसँग गोप्य कुराकानी सुरु गर्दै आर्थिक सहयोग, हतियार र गुप्तचरी सूचना दियो। यो द्वन्द्व आठ वर्षसम्म चलेको थियो र पाँच लाखभन्दा धेरै मानिस मारिएका थिए।
सन् १९८५-८६ : इरान-कन्ट्रा काण्ड
लेबननमा हिज्बुल्लाहका लडाकुहरूले बन्धक बनाएका अमेरिकी बन्धकहरूलाई मुक्त गराउन तेहरानले गरेको सहयोगको बदलामा अमेरिकाले गोप्य रूपमा इरानलाई हतियार पठाएको दाबी गरिन्छ।
त्यसबाट प्राप्त मुनाफा निकारागुआस्थित अमेरिका समर्थित विद्रोहीहरूलाई अवैध रूपमा पुर्याइएको बताइन्छ।
सन् १९८८ : इरानको यात्रुवाहक विमान खसालियो
अमेरिकी युद्धपोत यूएसएस भिन्सेन्सले जुलाई ३ तारिखमा खाडीमा इरान एअरको विमान खसालिदियो। विमानमा सवार २९० जनाको मृत्यु भयो।
अमेरिकाले एअरबस ए-३०० जहाजलाई भुलवश लडाकु विमान ठानेको बतायो।
मृत्यु हुने अधिकांश पीडितहरू मक्का जाँदै गरेका इरानी तीर्थयात्री थिए।
सन् २००२ : ‘एक्सिस अफ ईभल’
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इरान, इराक र उत्तर कोरियालाई “एक्सिस अफ ईभल” शब्दावली प्रयोग गरेका थिए
अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले आफ्नो ‘स्टेट अफ द यूनियन’ सम्बोधनमा इराक र उत्तर कोरियासँगको “एक्सिस अझ ईभल” को भन्दै इरानको निन्दा गरे। त्यो भाषणले इरानमा आक्रोश निम्त्यायो।
सन् २००० को दशक : पारमाणविक त्रास र प्रतिबन्धहरू
सन् २००२ मा एउटा इरानी विपक्षी समूहले इरानले युरेनिअम विकास कारखानासहित पारमाणविक अस्त्र विकास गरिरहेको खुलासा गरेको थियो।
अमेरिकाले इरानमाथि गोप्य रूपमा परमाणु हतियार कार्यक्रम सञ्चालन गरेको आरोप लगायो। इरानले त्यसको खण्डन गर्यो।
एक दशकसम्म कूटनीतिक गतिविधि र संयुक्त राष्ट्रसङ्घको परमाणु निगरानी संस्थासँग इरानको सम्पर्क समयसमयमा जारी रह्यो।
तर संयुक्त राष्ट्रसङ्घ, अमेरिका र युरोपेली सङ्घले कट्टरपन्थी राष्ट्रपति महमुद अहमदिनेजादको सरकारविरुद्ध कैयौँ चरणको प्रतिबन्ध लगाए।
त्यसका कारण इरानको मुद्राको मूल्य दुई वर्षमा दुईतिहाइ कम भयो।
सन् २०१३-२०१६ : वार्ता र परमाणु सम्झौता
इरानका नरमपन्थी नयाँ राष्ट्रपति हसन रुहानीले पदभार सम्हालेको एक महिनापछि सेप्टेम्बर २०१३ मा उनी र अमेरिकी राष्ट्रपति बराक ओबामाबीच फोनमा कुराकानी भयो। त्यो ३० वर्षभन्दा बढी समयपछि पहिलो पटक शीर्षस्थ तहमा भएको वार्ता थियो।
त्यसपछि सन् २०१५ मा कूटनीतिक सक्रियतापछि इरानले अमेरिका, ब्रिटेन, फ्रान्स, चीन, रुस र जर्मनीसहितको राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच स्थायी समिति सदस्य र थप एक देशको समूहसँग आफ्नो परमाणु कार्यक्रमसम्बन्धी दीर्घकालीन सम्झौता गर्न सहमति जनायो।
सम्झौताअनुसार इरान आफ्नो संवेदनशील परमाणु गतिविधि सीमित गर्न र गम्भीर आर्थिक प्रतिबन्ध फुकुवाको बदलामा अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई अनुमति दिन सहमत भयो।
सन् २०१९ : खाडीमा तनाव
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०१८ को मे महिनामा परमाणु सम्झौताबाट बाहिरिए अनि इरानविरुद्ध पुनः आर्थिक प्रतिबन्ध लगाउँदै इरानको तेल खरिद गर्ने देश र कम्पनीलाई पनि त्यस्तै गर्ने धम्की दिए।
इरानको अर्थतन्त्र गम्भीर मन्दीमा फस्न पुग्यो।
अमेरिकाले सन् २०१९ को मे महिनामा इरानको तेल निर्यातलक्षित प्रतिबन्धमा कडाइ गरेपछि अमेरिका र इरानबीचको सम्बन्ध थप बिग्रियो।
त्यसको जबाफमा इरानले दबावप्रतिरोधी अभियान सुरु गर्यो। सन् २०१९ को मे र जुनमा ओमानको खाडी क्षेत्रमा छ वटा तेल ट्याङ्करमा विस्फोट भयो। अमेरिकाले त्यसको आरोप इरानमाथि लगायो।
इरानी फौजले जुन २० तारिखमा स्ट्रेट अफ हर्मुजमा अमेरिकी सैन्य ड्रोन खसाल्यो।
त्यसबखत अमेरिकाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा आक्रमण भएको बताउँदा इरानले त्यो आफ्नो भूभागमाथि रहेको दाबी गर्यो। इरानले जुलाईमा परमाणु सम्झौताका प्रमुख प्रतिबद्धताहरू फिर्ता लिन थाल्यो।
सन् २०२० : कासिम सुलेमानीको हत्या
इराकमा ज्यानुअरी ३ तारिखमा भएको अमेरिकी ड्रोन आक्रमणमा इरानका वरिष्ठ सैन्य कमान्डर जनरल कासिम सुलेमानी मारिए। उनको मृत्युको कठोर बदला लिने प्रतिबद्धता प्रकट गर्दै इरान सन् २०१५ को परमाणु सम्झौताबाट पछि हट्यो।
सन् २०२१-२०२२ : परमाणु वार्ता
अमेरिकी राष्ट्रपति जो बाइडनले तेहरान परमाणु सम्झौताको कडा पालना गर्न तयार भएमा आफू फेरि सम्झौतामा सहभागी हुने र प्रतिबन्ध फुकुवा गर्ने बताए। तर सन् २०२१ मा कट्टरपन्थी धर्मगुरु इब्राहिम राइसी इरानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुँदा र युक्रेनमा रुसको आक्रमणको प्रयासले वार्ता अवरुद्ध हुन पुग्यो।
सन् २०२२ : महसा अमिनीको मृत्युपछिको विद्रोह
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युपछि इरानभरि विरोध प्रदर्शन भयो
नियमसङ्गत ढङ्गले हिजाब नलगाएको आरोपमा आचार तथा व्यवहार निगरानी गर्ने इरानी प्रहरीद्वारा गिरफ्तार २२ वर्षे कुर्दिश महिला महसा अमिनीको हिरासतमा भएको मृत्युले देशभरि विरोध प्रदर्शन निम्त्यायो। उक्त प्रदर्शनमा महिलाप्रति व्यापक सम्मानको माग भयो।
त्यो इरानी सत्ता इतिहासको पहिलो ठूलो विरोध प्रदर्शन थिएन। सन् २००९ को कथित “हरित आन्दोलन” धाँधली भएको भनिएको चुनावविरुद्ध मध्यमवर्गको विरोध थियो। त्यस्तै सन् २०१७ र २०१९ मा कमजोर वा गरिबबहुल इलाकामा अन्य ठूला प्रदर्शनहरू भएका थिए। तर पछिल्लो जनआक्रोश पहिले कुनै पनि शासनले देखेको भन्दा भिन्न छ।
त्यसपछिको क्रूर दमनमा सयौँ प्रदर्शनकारीहरू मारिए। हजारौँलाई गिरफ्तार गरियो।
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,इजरेलले सन् २०२५ को जुनमा इरानको सैन्य अखडामा व्यापक आक्रमण गरेको थियो
सन् २०२३ : इरानी बन्दी साटासाट र हमासद्वारा इजरेलमा आक्रमण
सेप्टेम्बरमा, इरानमा जेलमा रहेका पाँचजना अमेरिकी नागरिकहरूलाई ६ अर्ब डलरको सम्झौताको एक भागका रूपमा रिहा गरियो। त्यसअनुसार अमेरिकी हिरासतमा रहेका पाँच इरानी नागरिकहरूलाई फिर्ता गरियो र दक्षिण कोरियामा निष्क्रिय तुल्याइएको इरानी कोष फुकुवा भयो।
इरानले वर्षौँदेखि समर्थन गर्दै आएको हमासले अर्को महिना इजरेलमाथि आक्रमण गर्यो, जसमा १,२०० बढी मानिसहरूको मृत्यु भयो र २५१ जनालाई बन्धक बनाइयो।
सन् २०२४ : इजरेल र इरानबीच प्रत्यक्ष द्वन्द्व
इरानले सिरियाको राजधानी दमास्कसमा रहेको आफ्नो वाणिज्य दूतावास भवनमा आक्रमण गरी जेनरलहरूको हत्या गरेको आरोप इजरेलमाथि लगायो र पहिलो पटक आफ्नो भूमिबाट इजरेलविरुद्ध सीधा आक्रमण सुरु गर्यो।
अमेरिका र पश्चिमा शक्तिहरूले अधिकांश क्षेप्यास्त्रहरू खसाल्न इजरेललाई सहयोग गरे।
इजरेलले इरान समर्थित हमास र हिज्बुल्लाह समूहका नेताहरूको हत्या गर्नुका साथै क्षेप्यास्त्र प्रणालीलाई निसाना बनाउँदै इरानभित्र आक्रमण गर्यो।
जुन २०२५ : इरान-इजरेल युद्ध
इजरेलले इरानी सैन्य र परमाणु केन्द्रहरूमा व्यापक आक्रमण गर्दै शीर्षस्थ कमान्डर र वैज्ञानिकहरू मारिदियो।
इरानले जबाफमा इजरेली लक्ष्यहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्यो।
अमेरिकाले इरानको परमाणु कार्यक्रमलाई असक्षम पार्ने उद्देश्यका साथ इरानका तीनवटा परमाणु इलाका हवाई आक्रमण गर्यो तर १२ दिन लामो द्वन्द्वपछि युद्धविरामको सहमति भयो।
डिसेम्बर २०२५ : सत्तालाई चुनौती दिएको विरोध प्रदर्शनमा घातक दमन
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,पछिल्लो प्रदर्शनका क्रममा आन्दोलनकारीहरू सडकमा उत्रिएका छन्
बिग्रिँदो अर्थतन्त्रलाई लिएर राजधानी तेहरानमा प्रदर्शनहरू सुरु भए। ती प्रदर्शनहरू द्रुत गतिमा सबै ३१ वटा प्रान्तका सहरहरूमा विस्तार भए।
इस्लामिक गणतन्त्र र सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको शासन अन्त्यको माग गर्दै भएको प्रदर्शनमा सरकारी दमन भइरहेको छ। हालसम्म १०,००० भन्दा धेरै मानिसहरू पक्राउ परेका छन् र सयौँ प्रदर्शनकारीहरू मारिएका छन्। इरान सरकारले इन्टरनेट सेवा बन्द गरेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हस्तक्षेपको निम्ति अमेरिकाले “निकै कडा विकल्पहरू” बारे विचार गरिरहेको चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्ड गाभ्ने आफ्नो उद्देश्यसँग नमिल्ने देशहरूमाथि कर लगाउने धम्की दिएका छन्।
ह्वाइट हाउस बैठकमा ट्रम्पले “ग्रीनल्यान्डबारे आफ्नो उद्देश्यमा मत नमिलाउने देशहरूमाथि कर लाग्नसक्ने” बताएका हुन्। ग्रीनल्यान्ड नेटो सदस्य डेन्मार्कको अर्धस्वायत्त क्षेत्र हो।
उनले कुनकुन देशमाथि नयाँ कर लाग्न सक्छ भन्ने खुलाएनन्। आफ्नो लक्ष्य पछ्याउन यस्तो करहरू लगाउन कुन अधिकार प्रयोग गर्नेछन् भनेर पनि उनले बताएका छैनन्।
उनको योजनाको डेन्मार्क र ग्रील्यान्डसँगै अन्य देशहरूले पनि विरोध गरेका छन्। अमेरिकाभित्रै पनि उक्त भूभाग अधिग्रहण गर्ने विषयमा कतिपयले निन्दा गरेका छन्। ट्र्म्पले आफ्नो योजना बताइरहँदा संसद्को एउटा प्रतिनिधि टोली उक्त क्षेत्रप्रति समर्थन देखाउन ग्रीनल्यान्ड पुगेको थियो।
कुल ११ सदस्यीय उक्त समूहमा रिपब्लिकनहरू पनि रहेका थिए। उनीहरूले ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ग्रीनल्यान्ड लिने विषयमा राखेको धारणाबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सांसदहरूका साथै डेन्मार्क र ग्रीनल्यान्डका प्रधानमन्त्रीहरूलाई पनि भेटेका थिए।
उक्त समूहका नेता तथा एक जना डेमोक्र्याट क्रिश कून्सले भ्रमण त्यहाँका स्थानीय मानिसहरूलाई सुन्न र “माहौल ठन्डा बनाउन” उनीहरूको धारणा वाशिङ्टन पुर्याउन चाहेको बताएका छन्।
ग्रीनल्यान्डकी एक सांसद अजा खेम्नित्सले अमेरिकी सांसदहरूसँगको भेटले आफूलाई “आशावादी” बनाएको बताएकी छन्।
“हामीलाई साथीहरू चाहिएको छ। हामीलाई सहयोगीहरू चाहिन्छ,” बीबीसीसँग बोल्दै उनले भनिन्।
ट्रम्पको तर्क के हो?
ट्रम्पले अमेरिकाको सुरक्षाका लागि ग्रीनल्यान्ड महत्त्वपूर्ण भएको भन्दै वाशिङ्टनले यसलाई “सहज बाटो” वा “कठिन बाटो” अपनाउँदै किन्ने वा बल प्रयोग गरेर लिने बताएका छन्।
“ग्रीनल्यान्ड अमेरिकी सुरक्षाका लागि हामी चाहिएको हो र यसमा साथ नदिनेलाई मैले कर लगाउन सक्छु,” शुक्रवार ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले भने।
ग्रीनल्यान्डको जनसङ्ख्या एकदमै थोरै छ र यो उत्तर अमेरिका र आर्कटिकको बीचमा पर्छ र यो क्षेप्यास्त्र हमलाको अवस्थामा पूर्व चेतावनी प्रणालीको लागि र पानीजहाजको निगरानीका लागि राम्रो स्थान हो।
अमेरिकाले यसअघि नै त्यहाँको उत्तर पश्चिम छेउमा पर्ने पिटुफ्फिक क्षेत्रमा १०० भन्दा बढी सैनिकहरूलाई स्थायी रूपमा राखेको छ। उक्त क्षेत्र क्षेप्यास्त्र अनुगमन केन्द्रका रूपमा रहेको छ र त्यो दोस्रो विश्वयुद्धयता सञ्चालनमा आएको हो।
डेन्मार्कसँगको विद्यमान सम्झौता अनुसार अमेरिकाले उसले चाहे जति सैनिकहरू त्यहाँ लैजान सक्ने अधिकार रहेको राख्छ।
तर ट्रम्पले रुस वा चीनको सम्भावित आक्रमणविरुद्ध आफ्नो प्रतिरक्षा गर्न अमेरिकाले आफ्नो “स्वामित्व”मा लिनुपर्ने बताउँदै आएका छन्।
डेन्मार्कले सैन्य कारबाहीले उत्तर एट्लान्टिक सन्धि सङ्गठनको अन्त्य हुने चेतावनी दिएको छ। नेटोमा सबैभन्दा प्रभावशाली साझेदार भनेको अमेरिका नै हो।
नेटोले बाहिरबाट हुने आक्रमणमा साझेदारहरूले एक अर्कालाई सहयोग गर्नुपर्ने उसको सिद्धान्त रहेको छ। नेटोले कहिल्यै पनि आफ्नो कुनै एक सदस्यविरुद्ध अर्कोले बल प्रयोग गर्ने अवस्थाको सामना गरेको छैन।
युरोपेली साझेदारहरूले डेन्मार्कको समर्थनमा आफ्नो मत दिएका छन्।
उनीहरूले आर्कटिक क्षेत्र आफ्ना लागि उत्तिकै महत्त्वपूर्ण रहेको र त्यसको सुरक्षा अमेरिकासहित नेटोको संयुक्त जिम्मेवारी हुनुपर्ने बताएको छ।
फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्डस् र यूकले आफ्ना सैनिकको सानो समूह ग्रीनल्यान्ड पठाएका छन्।
फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले चाँडै नै “जमिन, हवाई , र समुद्री सम्पत्ति” त्यहाँ पठाउने बताएका छन्।
बिराटनगर ४ माघ ।
नेकपा एमालेले कोशी प्रदेशका उम्मेदवारहरुको टुंगो लगाएको छ । एमाले सचिवालयले देशभरीका उम्मेदवारहरुको टुंगो लगाउदा कोशी प्रदेशका उम्मेदवारहरु पनि टुंगो लगाएको हो ।
उम्मेदवारहरु
कोशी प्रदेश
ताप्लेजुङ
१ अध्यक्षले टुङ्गाउने
पाँचथर
१ ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१ काजिमान कागते
२ सुहाङ नेम्वाङ
झापा
१ रामचन्द्र उप्रेती
२ देवराज घिमिरे
३ अध्यक्षले टुङ्गाउने
४ मनोज ताम्ली
५ केपी शर्मा ओली
संखुवासभा
१ डा. अर्जुन कार्की
धनकुटा
१ राजेन्द्र राई
भोजपुर
१ शेरधन राई
तेह्रथुम
१ भानुभक्त ढकाल
सुनसरी
१ सूर्य पन्दाक
२ र ३ जगदीश कुसियात (सो मध्य १ अध्यक्षले टुङ्गाउने)
४ भगवती चौधरी
मोरङ
१ घनश्याम खतिवडा
२ दिलीप बगेडिया
३ दिलीप राई
४ जीवन घिमिरे
५ अध्यक्षले टुङ्गाउने
६ अध्यक्षले टुङ्गाउने
सोलुखुम्बु
१ कल्पना राई
ओखलढुंगा
१ अस्मिता थापा
उदयपुर
१ दुर्गा थापा स्वोती
२ अमर रायमाझी
खोटाङ
१ देवविक्रम राई
धनुषा, ४ माघ ।
नेकपा एमालेले मधेश प्रदेशका उम्मेदवारहरुको टुंगो लगाएको छ । एमाले सचिवालयले देशभरीका उम्मेदवारहरुको टुंगो लगाउदा मधेश प्रदेशका उम्मेदवारहरु पनि टुंगो लगाएको हो ।
मधेश प्रदेश
सप्तरी
१ सुमन प्याकुरेल
२ सतिश सिंह
३ ताराकान्त चौधरी
४ बालकृष्ण चौधरी
सिराहा
१ केदार यादव
२ नविनकुमार यादव
३ लिलानाथ श्रेष्ठ
४ बिल्टु यादव
धनुषा
१ रामचन्द्र मण्डल
२ उमाशंकर अग्रहरि
३ जुली महतो
४ रघुवीर महासेठ
महोत्तरी
१ लक्ष्मी महतो कोइरी
२ रामपरिक्षण यादव
३ अध्यक्षले टुङ्गाउने
४ सरोज यादव
सर्लाही
१ अध्यक्षले टुङ्गाउने
२ अध्यक्षले टुङ्गाउने
३ हरि उप्रेती
रौतहट
१ अजय गुप्ता
२ शैलेन्द्र साह
३ कुन्दन कुशवाहा
४ रामजी शाह
बारा
१ अच्युत मैनाली
२ बलवीर चौधरी
३ ज्वाला शाह
४ किसान श्रेष्ठ
पर्सा
१ अध्यक्षले टुङ्गाउने
२ अध्यक्षले टुङ्गाउने
३ प्रमोद जैसवाल
४ जालिम मियाँ अन्सारी
काठमाडौं, ४ माघ ।
नेकपा एमालेले बागमती प्रदेशका उम्मेदवारहरुको टुंगो लगाएको छ । एमाले सचिवालयले देशभरीका उम्मेदवारहरुको टुंगो लगाउदा बागमती प्रदेशका उम्मेदवारहरु पनि टुंगो लगाएको हो ।
उम्मेदवारहरु
बागमती प्रदेश
सिन्धुली
१ प्रदीप केसी (कटुवाल)
२ मनोजजंग थापा
रामेछाप
१ माधवप्रसाद ढुङ्गेल
दोलखा
१ पार्वत गुरुङ
सिन्धुपाल्चोक
१ आङदोर्जे शेर्पा
२ शेरबहादुर तामाङ
काभ्रे
१ अमित लामा
२ अध्यक्षले टुङ्गाउने
धादिङ
१ भूमी त्रिपाठी
२ धनबहादुर घले
नुवाकोट
१ बद्री मैनाली
२ केशव पाण्डे
रसुवा
१ प्रेमबहादुर तामाङ
मकवानपुर
१ रामेश्वर राना
२ महेश बर्तौला
चितवन
१ कृष्णराज पाठक (कमल)
२ अस्मिन घिमिरे
३ शंकरराज थपलिया
काठमाडौं
१ मोहन रेग्मी
२ मणिराम फुयाल
३ रामेश्वर फुयाल
४ अध्यक्षले टुङ्गाउने
५ अध्यक्षले टुङ्गाउने
६ अमनकुमार मास्के
७ अध्यक्षले टुङ्गाउने
८ राजेश शाक्य
९ अध्यक्षले टुङ्गाउने
१० विनोद श्रेष्ठ
ललितपुर
१ चेतनाथ सञ्जेल
२ प्रेमबहादुर महर्जन
३ अध्यक्षले
भक्तपुर
१ सोम प्रसाद मिश्र
२ महेश बस्नेत
दाङ, ४ माघ ।
नेकपा एमालेले लुम्बिनी प्रदेशका उम्मेदवारहरुको टुंगो लगाएको छ । एमाले सचिवालयले देशभरीका उम्मेदवारहरुको टुंगो लगाउदा लुम्बिनी प्रदेशका उम्मेदवारहरु पनि टुंगो लगाएको हो ।
उम्मेदवारहरु
लुम्बिनी प्रदेश
नवलपरासी
१ रामप्रसाद पाण्डे
२ भगवतीप्रसाद यादव
रुपन्देही
१ अध्यक्षले टुङ्गाउने
२ अध्यक्षले टुङ्गाउने
३ बासुदेव घिमिरे
४ अध्यक्षले टुङ्गाउने
५ खिमलाल भट्टराई
कपिलवस्तु
१ विश्राम चौधरी
२ अध्यक्षले टुङ्गाउने
३ बिरेन्द्र कडौनिया
दाङ
१ महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२ महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३ घनश्याम पाण्डे
बाँके
१ सूर्य ढकाल
२ अध्यक्षले टुङ्गाउने
३ दलबहादुर सुनार
बर्दिया
१ सालिकराम अधिकारी
२ विमला विक
पाल्पा
१ नारायण आचार्य
२ विष्णुप्रसाद पौडेल
रुकुम पूर्व
१ अध्यक्षले टुङ्गाउने
रोल्पा
१ गोकुल घर्ती
प्यूठान
१ सूर्यबहादुर थापा
अर्घाखाँची
१ पिताम्बर भुसाल
गुल्मी
१ प्रदीप ज्ञवाली
२ गोकर्ण बिष्ट
सुर्खेत, ४ माघ ।
नेकपा एमालेले कर्णाली प्रदेशमा उम्मेदवारहरुको टुंगो लगाएको छ ।
एमालेका उम्मेदवारहरू
कर्णाली प्रदेश
सल्यान
१ गुलाबजंग शाह
रुकुम पश्चिम
१ नन्दराम देवकोटा
सुर्खेत
१ धुर्व शाही
२ कुलमणि देवकोटा
कालिकोट
१ नागेन्द्र शाही (नेसनल)
जुम्ला
१ शान्तिलाल महत
२ शान्तिबहादुर महत
मुगु
१ पूर्णबहादुर रोकाया
हुम्ला
१ दल फडेरा
डोल्पा
१ लङ्क रोकाया
दैलेख
१ रविन्द्रराज शर्मा
२ लक्ष्मीराज शर्मा
जाजरकोट
१ डम्मरबहादुर सिंह
काठमाण्डौं, ४ माघ ।
नेकपा एमालेले प्रतिनिधि सभाका लागि उम्मेदवारहरु छनौट गरेको छ । केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनौट गर्ने अधिकार अध्यक्ष केपी शर्माले सुम्पिएको एमालेको सचिवालयले अधिकांश क्षेत्रमा भने उम्मेदवार टुंगो लगाएको हो ।
एमालेका केही प्रभावशाली नेताहरु त्यो सूचिमा नअटाउदा कतिपय अपराधिक पृष्ठभूमिका व्यक्तिहरु भने उम्मेदवारको सूचिमा परेका छन् ।
एमाले सचिव योगेश भट्टराई यस पटक एमालेको उम्मेदवारको सूचिमै परेनन् । एमाले नेताहरु ईश्वर पोख्रेल, सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, राजन भट्टराई, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, बिनोद ढकाल, छविलाल बिश्वकर्मा, निरज आचार्य टिकटबाट बञ्चित भए ।
त्यस्तै सुदूरपश्चिममा यस पटक तारा लामा तामाङ, नारदमुनी राना, ऐन महर, कर्ण थापा, झपट रावल र नर बहादुर धामी टिकटबाट बञ्चित भए ।
गत निर्वाचनमा जितेका लामा यो पटक सूचीमा परेनन् । उनी कैलाली र कञ्चपुरका आठ निर्वाचन क्षेत्रमा जित्ने एमालेका एक्ला उम्मेदवार थिए ।
सुदूरपश्चिमको पहाडी जिल्लाबाट सधै टिकट पाउने एक जना भाग्यमानीमा दामोदर भण्डारी हुन् । उनी पटक पटक मन्त्री समेत हुने भाग्यमानी हुन् ।
त्यस्तै २०७४ मा कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार डा. आरजु राणा देउवालाई पराजित गरेका नारद मुनी राना पनि उम्मेदवारको सूचिमा अटाएनन् । यस पटक ओलीको रोजाईमा कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना परेका छन् । उनले कैलाली क्षेत्र नम्बर ५ को टिकट पाएका छन् ।
डोटीबाट आकांक्षी रहेका चक्र मल्ल पनि त्यो सूचिमा परेनन् । बझाङबाट सिफारिस भएको ऐन महर आउट हुदा जिल्लाबाट सिफारिस नै नभएका अफिलाल ओखेडा ईन भए ।
गोरखाबाट अपराधिक पृष्ठभूमिका मिलन गुरुङ(चक्रे) यस पटक एमालेका तर्फबाट टिकट पाउने भाग्यमानी दरिएका छन् । दैलेखबाट सिफारिस गरिएका बिष्णु रिजाल त्यो सूचिमा परेनन् । सधै रुपन्देहीबाट चुनाव लड्दै आएका बिष्णु पौडेल पाल्पा उक्लिएका छन् ।
एमालेका उम्मेदवारहरू
सुदूरपश्चिम प्रदेश
कैलाली
१ द्वारिका न्यौपाने
२ सूर्यबहादुर थापा
३ गौरीशंकर चौधरी
४ लेखराज भट्ट
५ यज्ञराज ढुङ्गाना
कञ्चनपुर
१ कमला बोहरा
२ वचनबहादुर सिंह
३ दीपक भट्ट
अछाम
१ झपटबहादुर बोहरा
२ यज्ञ बोगटी
बाजुरा
१ लालबहादुर थापा
डोटी
१ दीपक धामी
डडेल्धुरा
१ चक्र स्नेही
बझाङ
१ अफिलाल ओखेडा
बैतडी
१ दामोदर भण्डारी
दार्चुला
१ गणेशसिंह ठगुन्ना
⸻
कर्णाली प्रदेश
सल्यान
१ गुलाबजंग शाह
रुकुम पश्चिम
१ नन्दराम देवकोटा
सुर्खेत
१ धुर्व शाही
२ कुलमणि देवकोटा
कालिकोट
१ नागेन्द्र शाही (नेसनल)
जुम्ला
१ शान्तिलाल महत
२ शान्तिबहादुर महत
मुगु
१ पूर्णबहादुर रोकाया
हुम्ला
१ दल फडेरा
डोल्पा
१ लङ्क रोकाया
दैलेख
१ रविन्द्रराज शर्मा
२ लक्ष्मीराज शर्मा
जाजरकोट
१ डम्मरबहादुर सिंह
⸻
लुम्बिनी प्रदेश
नवलपरासी
१ रामप्रसाद पाण्डे
२ भगवतीप्रसाद यादव
रुपन्देही
१ अध्यक्षले टुङ्गाउने
२ अध्यक्षले टुङ्गाउने
३ बासुदेव घिमिरे
४ अध्यक्षले टुङ्गाउने
५ खिमलाल भट्टराई
कपिलवस्तु
१ विश्राम चौधरी
२ अध्यक्षले टुङ्गाउने
३ बिरेन्द्र कडौनिया
दाङ
१ महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
२ महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने
३ घनश्याम पाण्डे
बाँके
१ सूर्य ढकाल
२ अध्यक्षले टुङ्गाउने
३ दलबहादुर सुनार
बर्दिया
१ सालिकराम अधिकारी
२ विमला विक
पाल्पा
१ नारायण आचार्य
२ विष्णुप्रसाद पौडेल
रुकुम पूर्व
१ अध्यक्षले टुङ्गाउने
रोल्पा
१ गोकुल घर्ती
प्यूठान
१ सूर्यबहादुर थापा
अर्घाखाँची
१ पिताम्बर भुसाल
गुल्मी
१ प्रदीप ज्ञवाली
२ गोकर्ण बिष्ट
⸻
गण्डकी प्रदेश
नवलपुर
१ भागीरथ सापकोटा
२ तिलबहादुर महत क्षेत्री (तिलक)
गोरखा
१ आर.सी. लामिछाने
२ मिलन गुरुङ
लमजुङ
१ पृथ्वी सुब्बा गुरुङ
तनहुँ
१ भगवती न्यौपाने
२ केदार सिग्देल
स्याङ्जा
१ मिनप्रसाद गुरुङ
२ खिमबहादुर थापा
म्याग्दी
१ हरिकृष्ण श्रेष्ठ
कास्की
१ बैणबहादुर क्षेत्री
२ कृष्ण थापा
३ दामोदर बैरागी
बागलुङ
१ हिरा केसी
२ मञ्जु शर्मा चालिसे
मुस्ताङ
१ इन्द्रधारा बिष्ट
मनाङ
१ पोल्देन सोताङ गुरुङ
पर्वत
१ पदम गिरी
⸻
बागमती प्रदेश
सिन्धुली
१ प्रदीप केसी (कटुवाल)
२ मनोजजंग थापा
रामेछाप
१ माधवप्रसाद ढुङ्गेल
दोलखा
१ पार्वत गुरुङ
सिन्धुपाल्चोक
१ आङदोर्जे शेर्पा
२ शेरबहादुर तामाङ
काभ्रे
१ अमित लामा
२ अध्यक्षले टुङ्गाउने
धादिङ
१ भूमी त्रिपाठी
२ धनबहादुर घले
नुवाकोट
१ बद्री मैनाली
२ केशव पाण्डे
रसुवा
१ प्रेमबहादुर तामाङ
मकवानपुर
१ रामेश्वर राना
२ महेश बर्तौला
चितवन
१ कृष्णराज पाठक (कमल)
२ अस्मिन घिमिरे
३ शंकरराज थपलिया
काठमाडौं
१ मोहन रेग्मी
२ मणिराम फुयाल
३ रामेश्वर फुयाल
४ अध्यक्षले टुङ्गाउने
५ अध्यक्षले टुङ्गाउने
६ अमनकुमार मास्के
७ अध्यक्षले टुङ्गाउने
८ राजेश शाक्य
९ अध्यक्षले टुङ्गाउने
१० विनोद श्रेष्ठ
ललितपुर
१ चेतनाथ सञ्जेल
२ प्रेमबहादुर महर्जन
३ अध्यक्षले
भक्तपुर
१ सोम प्रसाद मिश्र
२ महेश बस्नेत
⸻
मधेश प्रदेश
सप्तरी
१ सुमन प्याकुरेल
२ सतिश सिंह
३ ताराकान्त चौधरी
४ बालकृष्ण चौधरी
सिराहा
१ केदार यादव
२ नविनकुमार यादव
३ लिलानाथ श्रेष्ठ
४ बिल्टु यादव
धनुषा
१ रामचन्द्र मण्डल
२ उमाशंकर अग्रहरि
३ जुली महतो
४ रघुवीर महासेठ
महोत्तरी
१ लक्ष्मी महतो कोइरी
२ रामपरिक्षण यादव
३ अध्यक्षले टुङ्गाउने
४ सरोज यादव
सर्लाही
१ अध्यक्षले टुङ्गाउने
२ अध्यक्षले टुङ्गाउने
३ हरि उप्रेती
रौतहट
१ अजय गुप्ता
२ शैलेन्द्र साह
३ कुन्दन कुशवाहा
४ रामजी शाह
बारा
१ अच्युत मैनाली
२ बलवीर चौधरी
३ ज्वाला शाह
४ किसान श्रेष्ठ
पर्सा
१ अध्यक्षले टुङ्गाउने
२ अध्यक्षले टुङ्गाउने
३ प्रमोद जैसवाल
४ जालिम मियाँ अन्सारी
⸻
कोशी प्रदेश
ताप्लेजुङ
१ अध्यक्षले टुङ्गाउने
पाँचथर
१ ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१ काजिमान कागते
२ सुहाङ नेम्वाङ
झापा
१ रामचन्द्र उप्रेती
२ देवराज घिमिरे
३ अध्यक्षले टुङ्गाउने
४ मनोज ताम्ली
५ केपी शर्मा ओली
संखुवासभा
१ डा. अर्जुन कार्की
धनकुटा
१ राजेन्द्र राई
भोजपुर
१ शेरधन राई
तेह्रथुम
१ भानुभक्त ढकाल
सुनसरी
१ सूर्य पन्दाक
२ र ३ जगदीश कुसियात (सो मध्य १ अध्यक्षले टुङ्गाउने)
४ भगवती चौधरी
मोरङ
१ घनश्याम खतिवडा
२ दिलीप बगेडिया
३ दिलीप राई
४ जीवन घिमिरे
५ अध्यक्षले टुङ्गाउने
६ अध्यक्षले टुङ्गाउने
सोलुखुम्बु
१ कल्पना राई
ओखलढुंगा
१ अस्मिता थापा
उदयपुर
१ दुर्गा थापा स्वोती
२ अमर रायमाझी
खोटाङ
१ देवविक्रम राई
धनगढी, ३ माघ ।
नेकपा एमालेले सुदूरपश्चिममा उम्मेदवारहरुको टुंगो लगाएको छ ।
कैलाली क्षेत्र नम्बर १ बाट द्वारिका न्यौपाने, २ मा सूर्यबहादुर थापा, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा यज्ञराज ढुङ्गानालाई टिकट दिएको छ ।
त्यस्तै नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर १ मा कमला बोहरा, २ मा वचनबहादुर सिंह, ३ मा दीपक भट्टलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी अछाम क्षेत्र नम्बर १ मा झपटबहादुर बोहरा, २ मा यज्ञ बोगटीले टिकट पाएका छन् । बाजुराबाट लालबहादुर थापा, डोटीबाट दीपक धामी, डडेल्धुराबाट चक्र स्नेही लड्ने भएका छन् । बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी, दार्चुलामा गणेशसिंह ठगुन्नाले टिकट पाएका छन् ।
गत निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट जितेका तारा लामा तामाङ यो पटक उम्मेदवारको सूचीमा परेनन् । उनी कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमा जित्ने एमालेका एक्ला उम्मेदवार थिए । उनको ठाउँमा कमला बोहराले टिकट पाएकी छन् ।
पटक पटक मन्त्री बन्ने अवसर पाएका सुदूरपश्चिमको पहाडी जिल्लाबाट सधै टिकट पाउने एक जना भाग्यमानी दामोदर भण्डारी हुन् ।
त्यस्तै २०७४ मा कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार डा. आरजु राणा देउवालाई पराजित गरेका नारद मुनी राना पनि उम्मेदवारको सूचिमा अटाएनन् । यस पटक ओलीको रोजाईमा कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना परेका छन् । उनले कैलाली क्षेत्र नम्बर ५ को टिकट पाएका छन् ।
डोटीबाट आकांक्षी रहेका चक्र मल्ल पनि त्यो सूचिमा परेनन् । बझाङबाट सिफारिस भएको ऐन महर आउट हुदा जिल्लाबाट सिफारिस नै नभएका अफिलाल ओखेडा ईन भए ।
यस पटक सुदूरपश्चिमबाट कर्ण थापा, झपट रावल, र नरबहादुर धामी पनि टिकटबाट बञ्चित भए । कुनै समय ओलीका विश्वास पात्र मानिने थापा यस पटक टिकटबाटै बञ्चित भए । उनी ओलीसंगको सम्बन्धमा तिक्तता आएपछि टिकटबाट बञ्चित भएका हुन् । बाजुराबाट बिगतमा जितेका थापा मात्र होईन, कैलालीको २ नम्बरबाट जितेका रावल र कञ्चनपुर २ बाट जितेका धामी पनि टिकटबाट बञ्चित भए ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले स्वर्णिम वाग्लेलाई तनहुँ १ बाट उम्मेदवार बनाएको छ ।
यसअघि निर्वाचित भएको क्षेत्रबाट वाग्लेले दोहरिएर चुनाव लड्ने भएका हुन् । उनले तनहुँबाट चुनाव लड्न लागेको बताएका छन् ।
यसअघि काठमाण्डौंबाट निर्वाचित सोबिता गौतमले यस पटक चितवन ३ रोजेकी छन् । उनी नेकपाकी उम्मेदवार रेणु दाहाललाई रोक्ने उद्देश्यले काठमाण्डौंबाट चितवन सरेकी हुन् ।
त्यस्तै रास्वपाले शिशिर खनाललाई काठमाण्डौं ६ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने भएको छ ।
धनगढी, ३ माघ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले सुदूर पश्चिमका नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरु टुंगो लगाएको छ ।
नेकपाले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा भीम रावल २ मा शरदसिंह भण्डारीलाई टिकट दिएको छ ।
त्यस्तै कञ्चनपुर क्षेत्र नम्बर १ मा बिना मगर, २ मा लालबहादुर खड्का, ३ मा मानबहादुर सुनारले टिकट पाएका छन् ।
त्यस्तै डोटीमा त्रिलोचन भट्ट, डडेल्धुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी, बझाङमा मीनबहादुर कुँवर, बाजुरामा प्रकाश शाह, बैतडीमा परमानन्द भट्टलाई उम्मेदवार बनाएको छ ।
यसैगरी कैलाली १ बाट रामलाल डगौरा, २ मा राजेन्द्र साउँद, ३ मा वीरमान चौधरी, ४ मा हरि चौधरी र ५ मा प्रेम आलेलाई नेकपाले उम्मेदवार बनाउने निर्णय गरेको छ ।
धनगढी, ३ पुस ।
नेपाल कम्युनिष्ट पार्टीले पूर्व मन्त्री प्रेम आलेलाई कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले आलेलाई क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको टिकट दिएका हुन् ।
डोटीबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भएका आले दुई पटक मन्त्री भएका थिए । उनी दुई पटक नेकपा एमाले र एक पटक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट निर्बाचित भएका थिए ।
यस पटक भने उनी कैलाली झरेका हुन् ।
पर्यटनमन्त्री रहदा गरेका थुप्रै महत्वपूर्ण कामका कारण आले जनतामाझ लोकप्रिय भएका थिए ।
धनगढीः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त एवं सुदृढ पार्न लागिएको छ।
भौगोलिक विकटता, सडक सञ्जाल, निर्वाचनस्थलको संवेदनशीलतालाई आधार मानेर निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए। “निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाको रणनीतिसहित निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागेका छौँ”, मिश्रले भने, “यसका लागि हातहतियार, गोलीगठ्ठा, सञ्चार सामग्री, जनशक्तिलगायत व्यवस्थापन हुँदैछ।”
निर्वाचनको सुरक्षाका लागि मतदानस्थल तथा केन्द्रको बहिरी घेरामा नेपाली सेना, मध्यम घेरामा, सशस्त्र प्रहरी बल र भित्रि घेरामा नेपाल प्रहरी परिचालनको व्यवस्था मिलाउन लागिएको उनले बताए। विगतका निर्वाचनको मतदानका क्रममा भएको अवाञ्छित एवं अस्वभाविक गतिविधिलाई मध्यनजर गरेर सुरक्षा रणनीति बनाइएको छ। यसबाहेक सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान आआफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेको जनाइएको छ।
मिश्रले भने, “निर्वाचनस्थल तथा केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील निर्वाचनस्थलका रूपमा लिएर सुरक्षा व्यवस्था मिलाउँदै छौँ, प्रदेशको बाजुरा र अछाम जिल्लातिर बढी सुरक्षा संवेदनशीलताको आँकलन गरिएकाले सोही बमोजिमको सुरक्षा व्यवस्थापन मिलाइँदै छ।” निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर प्रदेशका सबै नौ जिल्लामा गरी ३०० मतदानस्थललाई सामान्य, ३९५ लाई संवेदनशील र ४८१ लाई अतिसंवेदनशील निर्वाचनस्थल तोकिएको छ। प्रदेशभर एक हजार १७६ मतदानस्थल र दुई हजार १८६ मतदान केन्द्र कायम गरिएको छ।
मतदानको दिन हिमपात भएमा बाजुरा, बझाङ र दार्चुला जिल्लाका हिमाली क्षेत्रका मतदानस्थलमा केही चुनौती थपिने देखिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मिश्रले बताए। निर्वाचनको तयारीका क्रममा सुरक्षाको व्यवस्थापन गर्न प्रदेशका जिल्लामा निर्वाचन प्रहरी भर्नाको काम अन्तिम चरणमा पुगेको छ। प्रदेशभरि सात हजार ५८ जना नेपाल प्रहरी र १३ हजार ६६९निर्वाचन प्रहरी परिचालन गर्न लागिएको उनले जानकारी दिए।
कैलालीमा तीन हजार ५६७, कञ्चनपुरमा दुई हजार ३५, बाजुरामा ९६४ र दार्चुलामा ८८४, बझाङमा एक हजार४८४, डडेलधुरामा ९४४, बैतडीमा एक हजार २७९, दार्चुलामा ८८४ र अछाममा एक हजार ४६३ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ। पहाडी क्षेत्रका कतिपय जिल्लामा तोकिएको समयभित्र आवश्यकता बमोजिमको निवेदन नपरेपछि निर्वाचन प्रहरीमा भर्ना हुने म्याद दुई दिन थपिएको छ।
निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन प्रयोजनका लागि प्रदेशका सबै जिल्लामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। पाँच निर्वाचन क्षेत्र रहेको कैलालीको निर्वाचन क्षेत्र १ को टीकापुर, क्षेत्र २ को लम्की, क्षेत्र ३ को सुखड, क्षेत्र ४ को अत्तरिया र क्षेत्र ५ को धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए।
तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र १ को बेलौरी, क्षेत्र २ को झलारी र क्षेत्र ३ को भीमदत्तनगरमा र दुई निर्वाचन क्षेत्र रहेको अछाम क्षेत्र १ को साँफेबगर र क्षेत्र २ को मङ्गसैनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा भने सम्बन्धित जिल्ला सदरमुकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। प्रदेशमा प्रतिनिधिसभा सदस्यका १६ निर्वाचन क्षेत्र छन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ।
अहिलेसम्म अन्य कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न सूर्यवाहक उम्मेदवारहरू उठाउने तयारी गरेको छ।
दुर्गम क्षेत्रका उम्मेदवारहरूलाई मनोनयनका लागि सम्बन्धित निर्वाचन क्षेत्र पुग्न समय लाग्ने भएकाले पनि सचिवालयले भोलि नै नामहरू टुङ्ग्याउन लागेको शाहीले जानकारी दिए। यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको अन्तिम जिम्मेवारी सचिवालयलाई दिएको थियो।