निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे देउवा पक्षका नेताहरू

द एभरेष्ट पोष्ट
५ माघ २०८२ ११:४४
निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे देउवा पक्षका नेताहरू

काठमाडौं- निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्ष  सर्वोच्च अदालत पुगेको छ।  गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर देउवा पक्षधर सर्वोच्च पुगेको हो। अहिले रिट अध्ययनको क्रममा रहेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

माघ २ गते थापा नेतृ्त्वको कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय संविधान,प्रचलित कानुन र कांग्रेसको विधान विपरीत रहेको भन्दै यसलाई बदरको माग गरिएको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापालाई आधिकारिकता प्रदान गर्दै कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस